पत्र पत्रिका बाट -साभार
http://www.abhiyan.com.np/new/Articles/view/106566
२०७४-०६-२७
मा प्रकाशित
२२७
पटक पढिएको
काठमाडौं (अस) बिटक्वाइनलगायत
क्रिप्टोकरेन्सीको गैरकानूनी कारोबारीबाट प्रहरीले विभिन्न सामान तथा उपकरण
बरामद गरेको छ । पक्राउ परेकामध्ये प्रशान्त शाहले दोलखाको तामाकोशी
गाउँपालिका–५, किर्नेटारस्थित भीमबहादुर श्रेष्ठको घरमा लुकाइराखेका
बिटक्वाइन बनाउने उपकरण बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान
ब्यूरो महाराजगञ्जका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । बिटक्वाइन
कारोबारमा संलग्न सातजनालाई एक हप्ताअगाडि प्रहरीले पक्राउ गरेको थियो ।
बरामद उपकरणहरू :
- बिटमेन माइनर थान २६
- बिटमेन पावर सप्लाई थान १५
- टीपी लिङ्क राउटर थान १
- नेटवर्क भिडियो रेकर्डर थान १
- सम्बन्धित अन्य सामग्री
नेपालमा बिटक्वाइन, क्रिप्टोकरेन्सीलगायत
विद्युतीय मुद्राको कारोबारलाई नेपाल सरकारले बन्देज लगाएको छ । नेपाल
राष्ट्र बैङ्क ऐन २०५८ ले यस्ता कारोबारलाई बन्देज लगाएको हो ।
के हो बिटक्वाइन ?
बिटक्वाइन एक प्रकारको विद्युतीय मुद्रा हो । यसको निर्माण र सञ्चालन विद्युतीय रूपले हुन्छ । बैङ्क नोट र सिक्काको सट्टा यसलाई इलेक्ट्रोनिक माध्यमबाट प्रयोग गर्ने गरिन्छ । यो मुद्राको उत्पादन हुने प्रक्रियालाई ‘माइनिङ’ भनिन्छ ।

यसको छपाइ तथा वितरण कसले गर्छ ?
यो मुद्राको कुनै पनि किसिमको बैङ्क वित्तीय संस्था तथा देशबाट भौतिक रूपमा छपाइ तथा वितरण हुँदैन । यो मानिसको समुदायबीच डिजिटल प्रक्रियाबाट उत्पादित मुद्रा हो, जुन समुदायमा जो कोही आबद्ध हुन सक्छन् । बिटक्वाइन माइनिङले एउटा गणितीय समस्याको समाधान गर्ने प्रक्रिया बुझाउँछ ।

No comments:
Post a Comment