Saturday, October 14, 2017

वायरलेस एअरफोनमार्फत एमबीबीएसको परीक्षामा चिट चोराउने चार जना पक्राउ [अपडेट]

पत्र पत्रिका बाट  -साभार    http://kantipur.ekantipur.com/news/2017-10-14/20171014163436.html
- जनकराज सापकोटा, काठमाडौं
आश्विन २८, २०७४-एमबीबीएसको प्रवेश परीक्षाका सहभागी विद्यार्थीलाई वायरलेस डिभाईस उपलब्ध गराउने अजय यादव पक्राउ परेका छन् । यादवले जाँच दिने विधार्थीको कानभित्र नदेखिने खालको वायरलेस डिभाईस राख्ने प्रबन्ध मिलाउँथे । त्यसरी राखिएको डिभाईसमा परीक्षा स्थल बाहिरबाट गिरोहका सदस्यहरुले प्रश्नको उत्तर टिपाइदिन्थे । 
एमबीबीएसको प्रवेश परीक्षामा आधुनिक ईलक्ट्रोनिक्स डिभाईस प्रयोग गरेर चिट चोराउने गिरोहका ४ सदस्य चाबहिलबाट पक्राउ परेका छन् । त्यस्तै अरुको नाममा परीक्षा दिने दुई जना र डिभाईस्‌को माध्यमबाट चिट चोर्दै परीक्षा दिने चार विधार्थी पनि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले विशेष सूचनाका आधारमा गिरोहको सदस्यहरुलाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार गिरोहका सदस्यहरुले विधार्थीलाई कानभित्र राख्न मिल्ने वायरलेस एअरफोन उपलब्ध गराउँथे । प्रश्नपत्र बाँडिसकेपछि गिरोहको सदस्यले परीक्षा हल बाहिरको गोप्य स्थानमा बसेर मोबाइलमार्फत सही उत्तरहरु प्रेषण गर्थे । यसरी प्रेषण गरिएको उत्तर विद्यार्थीले कानभित्र राखिएको सानो आकारको एअरफोनमार्फत सुन्थे र फटाफट उत्तर लेख्थे ।
अपराध महाहाखाका एक अधिकारीका अनुसार चिट चोराउने गिरोहको ठूलो संख्या काठमाडौंभरीका विभिन्न परीक्षा केन्द्रमा परिचालन भएको देखिन्छ । प्रहरीले गिरोहका अन्य सदस्यहरुको पनि खोजी जारी राखेको छ । 
प्रकाशित: आश्विन २८, २०७४

No comments:

Post a Comment