पत्र पत्रिका बाट -साभार
http://www.abhiyan.com.np/new/Articles/view/106164
२०७४-०६-२०
मा प्रकाशित
काठमाडौं । घर बनाउँदा स्ल्याब ढलान
गर्नैपर्ने बाध्यताबाट अब छुटकारा मिल्ने भएको छ । जग हालेर पिलर र बिम
ढलान गरिसकेपछि स्ल्याब ढलानको सट्टा प्रिकाष्ट स्ल्याब (कारखानामा पहिले
नै तयार पारिएको स्ल्याब) राख्न सकिने भएको हो । पिलर, बिम बनाएपछि छतको
ढलानको सट्टा प्रिकाष्ट स्ल्याब राख्दा निर्माण छिटो हुने इञ्जिनीयरहरूको
भनाइ छ ।
स्ट्रक्चरल इञ्जिनीयर सुदीप कारञ्जितका
अनुसार यसको प्रयोग आवासीय घर, कार्यक्रम हल, फ्याक्ट्री, इँटा भट्टालगायत
संरचनामा सजिलै गर्न सकिन्छ । निर्माण सम्पन्न भएपछि बिगार्न पर्दा पनि
पुनः प्रयोग गर्न मिल्ने यसको मुख्य विशेषता हो । प्mयाक्ट्री सार्नुपर्दा
पुनः प्रयोग गर्न मिल्ने हुनाले यसको लोकप्रियता बढ्दै गएको बताइएको छ ।
यसको प्रयोगका लागि बिम, पिलर मात्रै
बनाउनुपर्छ । यसपछि छतको रूपमा कारखानाबाट प्रिकाष्ट स्ल्याब लगेर फिट गरे
पुग्छ । क्रेनको सहायताले प्रिकाष्ट फिट गर्न सकिन्छ । प्रिकाष्ट स्ल्याब
१५ फिट लम्बाइसम्मको पाइन्छ । यस्तो ढलानमा दुईओटा पिलरबीचको दूरी १५
फीटसम्म राख्न सकिन्छ, जसले गर्दा निर्माण खर्चमा कमी आउने बताइएको छ ।
अन्य आरसीसी स्ल्याब ढलान गर्ने भए पिलरको दूरी १०/१२ फीटसम्म राख्ने
गरिन्छ । तर, विज्ञहरूका अनुसार सपोर्ट सिष्टम गरे प्रिकाष्ट २० फीट
चौडाइसम्मको पिलरको फरकमा राख्दा पनि फरक पर्दैन ।
परम्परागत ढलान भन्दा बढी हलुका हुनु यसको
अर्को विशेषता हो । इञ्जिनीयरहरूका अनुसार परम्परागत ढलानमा २ हजार ४
सयदेखि २ हजार ५ सय प्रतिघनमिटर घनत्व हुन्छ भने यसमा १ हजार ५ देखि १ हजार
६ सय प्रतिघनमिटर मात्रै घनत्व हुन्छ । यसको बीचमा प्वाल हुने भएकोले बढी
हलुका भएको हो । प्वाल भएकै कारण यसमा ताप प्रसार हुँदैन, जसले गर्दा तातो
हुन पाउँदैन । यसैले इँटा भट्टाको डग (इँटा भट्टाको माथिपट्टि)मा पनि यसको
प्रयोग गर्न सकिन्छ । साथै, प्वालकै कारण यसमा प्लम्बिङ, कन्सिल्ड वायरिङ
गर्न समेत सजिलो हुन्छ ।
नेपालमा नगरकोटको क्लब हिमालय, वीरगञ्जको
हिमालयन बैङ्क, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय,
त्रिपुरेश्वरको एनआईसी एशिया बैङ्क र कमलादीको लक्ष्मी बैङ्कमा यस प्रकारको
प्रिकाष्ट स्ल्याबको प्रयोग भइसकेको छ । गोर्खा प्रिकाष्ट प्राइभेट
लिमिटेडले नेपालमा यस्तो प्रविधिको निर्माण सामग्रीको उत्पादन शुरू गरेको
हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इञ्जिनीयर राजन दुवालका
अनुसार नेपालमा विभिन्न साइजका प्रिकाष्ट स्ल्याबको उत्पादन भइरहेका छन् ।
गोर्खा प्रिकाष्टले मात्रै २ फीट चौडाइ र १
सय एमएम (५ इञ्च) मोटाइका प्रिकाष्ट स्ल्याब उत्पादन गर्दै आएको दुवालले
जानकारी दिए । उनका अनुसार लम्बाइ भने आवश्यकताअनुसार उपलब्ध हुन्छन् ।
हलुका, छिटो जडान, भूकम्पीय दृष्टिकोणबाट सुरक्षित हुनुलगायत यसका विशेषता
हुन् । कारखानामा पहिले नै बनाएर राखिने भएकाले निर्माण कार्यमा स्वतः कम
समय लाग्छ । यसको निर्माण ५३ ग्रेड सिमेण्ट, ७ एमएमको हाईपावर प्रिटेन्शाइल
स्टील (डण्डी), बालुवा, चिप्सको प्रयोगबाट हुने कम्पनीले जानकारी दिएको छ ।
No comments:
Post a Comment