Monday, October 16, 2017

टीभीएस किंग डिलक्स वीरगन्जमा सार्वजनिक

https://www.karobardaily.com/news/82850
    supervisor_accountनीरज पिठाकोटे    visibility6204

समाचार प्रतिनिधि तस्विर
वीरगन्ज: साना सवारी साधनमा यात्रुहरुको रोजाइमा परेको टीभीएसको तीनपांग्रे अटो रिक्सा ‘टिभिएस किंग डिलक्स’ वीरगन्जमा सार्वजनिक गरिएको छ । नेपालका लागि अधिकृत विक्रेता रहेको शंकर समूहको जगदम्बा मोटर्स प्रालिले नेपाल भिœयाएको तीनपांग्रे सवारी साधन टीभीएस किंगको आइतबार वीरगन्जमा सार्वजनिक गरिएको हो ।
दुई वर्ष अघिदेखि दुईपांग्रे र तीनपांग्रे सवारी साधनको पनि व्यवसाय गर्न थालेको शंकर समूहको जगदम्बा मोट्र्स प्रालिले तीनपांग्रे अटोको पनि नेपाली बजारमा बिक्री वितरणलाई आक्रामक बनाएको छ । निम्न मध्यमवर्गहरुलाई स्वरोजगार बनाउँदै विदेश पलायनलाई रोक्नका लागि पनि टिभिएस अटो किंग उपयुक्त हुने जगदम्बा अटोका मार्केटिङ प्रमुख विक्रम शर्मा पौडेलेको दावी छ ।
टीभीएस किंगले ‘विदेश छोडौं स्वदेश रोजौं’ भन्ने अभियान नै चलाएर देशभर बिक्री वितरण गरिरहेको पौडेलले जानकारी दिए । नेपालकै सर्वाधिक माइलेज दिने दाबी गरिएको टीभीएस किंग तीनपांग्रे अटोको बनावट बलियो, न्यूनतम मर्मत खर्च, भरपर्दो इञ्जिन र आरामदायी सिट भएकाले पनि यात्रुहरुको रोजाइमा पर्ने मार्केटिङ प्रमुख पौडेलको भनाइ छ । एकदमै सरल मूल्य रहेको टीभीएसको सर्भिस सेन्टर सहितको सेवा र सुविधा उपलब्ध गरेको छ । 
साथै ४० देखि ५० प्रतिशत अग्रिम भुत्तानीमा फाइनान्सको समेत सुविधा रहेको जनाएको छ । एक वर्षअघि नै वीरगन्जबाट बिक्री सुरु गरिएको टीभीएस किंग अटो अहिलेसम्ममा १ सय ५० बटा बिक्री भइसकेको वीरगन्जको म्याक्स अटोका मार्केटिङ अफिसर अमरेन्द्र मिश्रले बताए । ३० देखि ३५ किलो मिटर प्रतिलिटर माइलेज दिने यो अटोको बजार मूल्य ५ लाख १९ हजार करिब छ ।
ल्याडर चेचिस, टिकाऊ, कारको जस्तै बलियो डायस्बोर्ड रहेको र अति कम दुर्घटना हुने गरी चेचिसको बनावट रहेकाले पनि यात्रुहरु सुरक्षित यात्रा गर्न सक्ने जनाएको छ । वातवरण प्रदूषण मैत्री मापदण्डबाट प्रमाणित भई आएको अटोले मासिक २ हजार ५ सयदेखि ४ हजारसम्म आम्दानी गर्न सक्नेछ ।
------------------------------KRD-------------------------------------------------------------
https://buses.cardekho.com/compare/tvs-king-and-bajaj-re-compact

No comments:

Post a Comment