पत्र पत्रिका बाट -साभार
http://www.swasthyakhabar.com/news-details/5100/2017-07-08
प्रकाशित १८५११ पटक पढिएको
धुलिखेल अस्पतालमा सन् २०१३ अगस्टबाट सेवा सुरु गरेपछि हालसम्म चार सयभन्दा बढी बिरामीले रेडियोफ्रिक्वेन्सी एबलेसन गराइसकेका छन्। विभिन्न चरणमा गरिएका अध्यनन अनुसार रेडियोफ्रिक्वेन्सी एबलेसन गराएका बिरामीमा फेरि नशा सुन्निने समस्या दोहोरिएको पाइएको छैन।
कसरी हुन्छ रेडियोफ्रिक्वेन्सी एबलेसन?
यो एक प्रकारको शल्यक्रिया नै हो। जसमा भेरिकोज भेन (नशा सुन्निएको) भएको खुट्टालाई पूरै अथवा आंशिक रुपमा केही समयका लागि बेहोस गरिन्छ। त्यसपछि घुँडाभन्दा तलको फुलेको नशाको भागमा सियोको मध्यमबाट रेडियोफ्रिक्वेन्सी एबलेसन गर्ने मसिनो तार छिराइन्छ। यस तारलाई अल्ट्रासाउन्ड मेसिनको माध्यमबाट भेरिकोज भेन भएको नशाको मुख्य भागसम्म छिराइन्छ। त्यसपछि छाला तथा भित्री नशालाई हानी नहुने किसिमले भेरिकोज भेन भएको नशालाई सात-सात सेन्टिमिटर गर्दै पूरै नशालाई जलाइन्छ। यो प्रक्रियाका लागि करिब १५ देखि २० मिनेट समय लाग्छ। रेडियोफ्रिक्वेन्सी एबलेसनपछि कुनै-कुनै भागमा औषधि हालेर जलाइन्छ भने कुनै भागमा सानो आकारमा चिरेर खराब नशालाई बन्द पनि गरिन्छ।
रेडियोफ्रिक्वेन्सी एबलेसनपछिको अवस्था
रेडियोफ्रिक्वेन्सी अबलेसन गरेपछि सोही दिन अथवा भोलि पल्ट बिरामी घर जान सक्छन्। बिरामीले दैनिक क्रियाकलाप भोलि पल्टैबाट सुरु गर्न सक्छन् भने अवस्था हेरेर ३-४ दिनमा नियमित काममा फर्किन सक्छन्। रेडियोफ्रिक्वेन्सी एबलेसनपछि करिब दुई साता ब्यान्डेज लगाउनु राम्रो हुन्छ। विशेषगरी, वैदेशिक रोजगारीबाट आएका बिरामीको हकमा १२ दिनपछि लामो यात्रामा तथा काममा फर्कन मिल्छ।
रेडियोफ्रिक्वेन्सी एबलेसनका फाइदा
– शल्यक्रियाको भोलिपल्ट नै राम्ररी हिँड्न सकिन्छ,
– शल्यक्रियामा कम रक्तस्राव हुन्छ,
– दुखाइ कम हुन्छ,
– आफ्नो काममा छिटो फर्कन सकिन्छ,
– छालामा सानो घाउ/दाग मात्र रहन्छ। आदि।
भेरिकोज भेनको शल्यक्रिया गरेका बिरामीले के–के गर्ने
(१) शल्यक्रियाको एक सातासम्म चिकित्सकको सुझाव अनुसार खुट्टामा ब्यान्डेज लगाउने,
(२) खुट्टामुनि १ – २ वटा सिरानी राखी खुट्टा उचाल्ने,
(३) खुट्टाको हलुका कसरत गर्ने,
(४) कम्तिमा दुई हप्तासम्म भारी सामान नउचाल्ने,
(५) सिँढी तलमाथि धेरै नगर्ने।
(डा. कर्मचार्य धुलिखेल अस्पतालको कार्डियो थोरासिक तथा भास्कुलर विभागमा कार्यरत छन्)
No comments:
Post a Comment