पत्र पत्रिका बाट -साभार http://radiokantipur.ekantipur.com/news/2017-10-23/20171023185839.html
खारेजीमा परेका करिव १ हजार ५ सय उद्योगले
नविकरणको लागि अन्तिम मौका पाउने भएका छन् । नयाँ औद्योगिक व्यवसाय ऐन
कार्यन्वयनमा आएसँगै स्वत: खारेजीमा परेका उद्योगले पुन: संचालनका लागि ३
महिना म्याद थप्न सक्ने सुविधा उपलब्ध गराएको हो । उद्योग मन्त्रालयले आज
राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो मौका दिएको छ ।
उद्योग मन्त्रालयको सूचना अनुसार आजको ३ महिनाभित्र उद्योगहरुले नविकरण वा
म्याद थप गर्न पाउने छन् । कानुन मन्त्रालयले बाधा अड्काउ फुकाउ अन्तर्गत
नियमावलीबाट म्याद थप गर्न मिल्ने बताएपछि मन्त्रालयले त्यस्त उद्योगलाई ३
महिनाको म्याद दिइएको उद्योग सचिव शंकर कोइरालाले जानकारी दिनुभयो ।
सरकारले गत मंसिर ७ देखि औद्योगिक व्यवसाय ऐन, २०७३ कार्यान्वयनमा ल्याएको
थियो । उद्योग दर्ता भएपछि सञ्चालनमा आईसक्नुपर्ने प्रावधान भएकाले
लगानीकर्ताले उद्योग सञ्चालनमा ल्याउन नसकेमा म्याद सकिनु एक महिना अघि नै
थप गर्नुपर्ने नयाँ ऐनमा उल्लेख छ ।
नयाँ प्रावधान आएसँगै मन्त्रालयले. स्वत: खारेजीमा परेका उद्योगहरुलाई
संचालनका लागि अन्तिम मौका दिने तयारी थालेको थियो । अर्बौर्ेको लगानी
जोगाउने उद्देश्यसहित त्यस्ता उद्योगलाई अन्तिम मौका दिइएको उद्योग विभागले
जनाएको छ ।
प्रकाशित:कार्तिक ६, २०७४
No comments:
Post a Comment