Tuesday, October 31, 2017

तराईको ‘सरप्राइज’: बाढीमा डुबेको धानको नयाँ रेकर्ड



पत्र पत्रिका बाट  -साभार 



यस वर्ष इतिहासकै सर्वाधिक धान भित्र्याइँदै

रविन्द्र घिमिरे 2 प्रतिक्रिया

१२ कात्तिक, काठमाडौं । गत साउनमा बाढीले तराई तहसनहस पार्दै गर्दा सबैैको अनुमान थियो, यस वर्ष धानको उत्पादन ह्वात्तै घटेर चामलमा परनिर्भरता बढ्छ । कतिपयले त आर्थिक वृद्धिमै असर पुग्ने अनुमानसमेत नगरेका होइनन् ।
धान भित्र्याउने समयमा भने तराईले ‘सरप्राइज’ नै दिएको छ ।
विभिन्न जिल्लाबाट वर्षे धान उत्पादन वृद्धिको प्रारम्भिक तथ्यांक आएपछि काठमाडौंका कृषि अधिकारीहरु तीनछक छन् । गत वर्ष कत्ति पनि उत्पादन हुँदैन भनिरहेका अधिकारीहरु यसै वर्ष धानले नयाँ रेकर्ड राख्ने अवस्था देखेपछि अच्चमित छन् ।
गत वर्ष हालसम्मका सबै ‘रेकर्ड’ तोड्दै झण्डै पाँच अर्ब ३० करोड किलो (५२ लाख ३० हजार मेट्रिक टन) धान उत्पादन भएको थियो । यस वर्ष अझ बढेर करिब पाँच अर्ब ४० करोडदेखि पाँच अर्ब ५० करोडसम्म पुग्ने देखिएको छ ।
धान भित्र्याउँदासम्म असिना पानीले असर नगरे यस वर्ष धान उत्पादन बढ्ने निश्चित देखिएको कृषि विकास मन्त्रालयले जनाएको छ ।
यसरी बढ्दैछ उत्पादन
धेरै जिल्लाका किसान धान भित्र्याउने सुरसारमा छन् । जिल्ला कृषि विकास कार्यालयहरुबाट प्राप्त प्रारम्भिक विवरणअनुसार उत्पादन ५५ लाख मेटि्रक टनसम्म पुग्ने अवस्था देखिएको विभागका महानिर्देशक डिल्लीराम शर्मा बताउँछन् ।
‘बाढीले धान बालीलाई असर पारेकै हो । तर, उत्पादनमा ह्रास नै आउने गरी भने तहसनहस भएको होइन,’ महानिर्देशक शर्मा भन्छन्, ‘समयमै र पटक-पटक भएको वर्षाले धान उत्पादनमा निकै सहयोग पुर्‍यायो ।’
उनका अनुसार यस वर्ष रासायनिक मलको अभाव पनि भएन । गत वर्षभन्दा उत्पादनमा बढोत्तरी हुने भएपछि नयाँ रेकर्ड कायम हुने अवस्था आएको उनको भनाइ छ ।
गत वर्ष बजार मूल्यअनुसार एक खर्ब पाँच अर्ब रुपैयाँ बराबरको धान उत्पादन भएको थियो । बर्सेनि उत्पादन बढ्दै गए नेपालको चामलमाथिको निर्भरता घट्दै जानेमा विभाग विश्वस्त छ ।

आर्थिक वर्ष ०६८/६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान फलेको थियो । गत वर्ष उक्त रेकर्ड तोडिएको थियो, ५२ लाख ३० हजार मेटि्रक टनबाट ।
यस वर्षको उत्पादनले इतिहासकै रेकर्ड ‘ब्रेक’ गर्ने अधिकारीहरु बताउँछन् ।
विभागका अनुसार आव ०७२/७३ मा ४२ लाख ९९ हजार र ०७१/७२ मा ४७ लाख ८८ हजार मेटि्रक टन धान फलेको थियो ।
कृषि विकास मन्त्रालयका सह-प्रवक्ता शंकरप्रसाद सापकोटा नेपालमा प्रतिहेक्टर धान उत्पादन बढ्दै गएका कारण पनि यस वर्ष इतिहासमै सबैभन्दा बढी धान भित्र्याउन पाइने अपेक्षा छ ।
‘चीनले एक हेक्टरमा नौ मेटि्रक टन धान फलाउँछ । हामी तीन दशमलव ३७ मेटि्रक टन मात्रै फलाउँदै छौं । त्यसैले यो दर वृद्धि होस् भनेर हामीले उत्पादकत्व बढाउन विभिन्न कुरामा ध्यान दिएका छौं,’ सापकोटाले भने, ‘सही समय मलको व्यवस्थापन, जमिनको तयारीमा कृषकलाई सचेतना, यान्त्रिकीकरण, बीउबिजनको सहज उपलब्धतालगायत कारणले पनि यसमा सघाएको हो ।’
तराईमा बाढीले खेत डुबाए पनि बालीमा ठूलो असर नगरेका कारण उत्पादन वृद्धिको आँकडालाई सम्भव तुल्याएको सापकोटा बताउँछन् ।

कृषकको मिहिनेतको फल
नेपालमा उत्पादन भएको धानले माग नधान्ने भएपछि वर्षमा २५ अर्बभन्दा बढीको चामल आयात हुन्छ । विशेषगरी महँगा र बास्नादार चामल विदेशबाट ल्याउने गरिएको छ ।
कृषि विभागका अनुसार यस वर्ष गत आवभन्दा झण्डै डेढ सय हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो । गत वर्ष करिब १४ लाख हेक्टरमा रोपाइँ भएको थियो ।
‘धान रोपेपछिको वातावरण पनि अनुकुल रह्यो । बाढीले धानको बीउमा बढी क्षति गरेको थियो,’ महानिर्देशक शर्मा भन्छन्, ‘कृषकले विभिन्न विकल्प खोजेर भए पनि धान रोपे, जसले गर्दा उत्पादन घट्न पाएन ।’
यस्तै, पहाडी जिल्लामा हुने धान खेतीमा पनि यस वर्ष ठूलो समस्या देखिएको छैन । अनुकुल मौसमले रोग किराको प्रकोप कम हुँदा र सिँचाइमा समस्या नहुँदा उत्पादन बढ्न सहयोग पुगेको अधिकारीहरुको भनाइ छ ।
कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योदान ३३ प्रतिशत रहन्छ । जीडीपीमा झण्डै ६ खर्बको हिस्सा लिने कृषिमा पनि धानको योगदान २० प्रतिशतभन्दा बढी छ । नेपालको प्रमुख बाली भएकाले खाद्यान्न उत्पादनमा यसको आधा योगदान छ ।
हरेक वर्ष धानको प्रतिहेक्टर उत्पादन पनि बढ्दै गएकाले सरकारी अधिकारीहरु उत्साहित छन् । तर, खेत मासेर बढिरहेको शहरीकरण र प्लटिङको समस्याले धान उत्पादनलाई अपेक्षाअनुरुप वृद्धि हुन दिएको छैन ।
पीडित किसानलाई सवा खर्बको प्याकेज
यसैबीच, सरकारले बाढी प्रभावित ३० जिल्लाका कृषकलाई एक अर्ब २५ करोडको राहत प्याकेज घोषणा गरेको छ । धानबाली, माछा पोखरीलगायतमा क्षति भएका कृषकका लागि सरकारले निःशुल्क बीउबिजन दिने, भकारीहरु उपलब्ध गराउनेलगायत कार्यक्रम बनाएको छ ।

महानिर्देशक शर्माका अनुसार यी सबै कार्यक्रमका बजेट जिल्ला-जिल्लाका कृषि विकास कार्यालयहरुमा पठाइसकिएको छ ।
‘यसका लागि छुट्टै कार्यविधि बनाएका छौं । कृषि विकास कार्यालयहरुले पनि क्षति बेहोरेका कृषकको विवरण राखेका छन् । सोही आधारमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वको राहत व्यवस्थापन समितिले कसलाई, कसरी राहत दिने भनेर निर्णय गर्छ,’ शर्मा भन्छन् ।
यसमा बाढीले सुकाएका डिप ट्युबेल पुनःस्थापित गर्नेलगायत कार्यक्रम पनि छन् । कतिपय कृषककका लागि सोझै खातामा जानेगरी कार्यक्रम बनाइएको छ ।
यस्तै, विभागले ७५ वटै जिल्लामा सहुलियत दरमा उन्नत जातका धान, मकै र गहुँका बीउ दिनेगरी अर्को कार्यक्रम पनि बनाएको छ । जिल्ला कृषि विकास कार्यालयले कार्यान्वयन गर्ने ती कार्यक्रमअन्तर्गत् ५० प्रतिशत अनुदानमा कृषकलाई बीउबिजन उपलब्ध गराइने महानिर्देशक शर्माको भनाइ छ ।
यस्तो छ धान उत्पादनको इतिहास 
क्र.स. आर्थिक वर्ष उत्पादन(मेट्रिक टनमा)
०६२/६३ ४२ लाख
०६३/६४ ३६ लाख ८० हजार
०६४/६५ ४२ लाख ९९ हजार
०६५/६६ ४५ लाख २३ हजार
०६६/६७ ४० लाख २३ हजार
०६७/६८ ४४ लाख ६० हजार
०६८/६९ ५० लाख ७२ हजार
०६९/७० ४५ लाख
०७०/७१ ५० लाख ४७ हजार
१० ०७१/७२ ४७ लाख ८८ हजार
११ ०७२/७३ ४२ लाख ९९ हजार
१२ ०७३/७४ ५२ लाख ३० हजार
१३ ०७४/७५ ५५ लाख (अनुमानित)
२०७४ कार्तिक १२ गते १८:०६ मा प्रकाशित (२०७४ कार्तिक १३ गते १३:४६मा अद्यावधिक गरिएको)


यौन सम्बन्ध लुकाउन भाइको हत्या , पोल खुलेपछि दिदीले गरिन् आत्महत्या

पत्र पत्रिका बाट  -साभार        

जागेश्वर यादव / लहान
सिरहाको कर्जन्हा–२ की एक किशोरीले यौन सम्बन्ध लुकाउन भाइ (ठूलो बुबाको छोरा) को हत्या गरेको खुलेको छ । उनले पनि प्रहरी हिरासतमै आत्महत्या गरेकी छन् ।१६ वर्षीया प्रियंका यादव र १४ वर्षीय सञ्जयकुमार साहले आफ्नो यौन सम्बन्ध खुल्ने डरले कुसुमलाल यादवका १३ वर्षीय छोरा भवेशको हत्या गरेका हुन् ।
हत्या आरोपमा पक्राउ परेका प्रियंका यादव र सञ्जयकुमार साह । प्रियंकाले हिरासतमै आत्महत्या गरेकी हुन् ।



१ कात्तिकमा भैंसी चराउन गएकी प्रियंका र सञ्जयको शारीरिक सम्बन्ध देखेका भवेशले ‘घरमा सुनाइदिन्छु’ भनेपछि दुवैले हत्या गर्ने योजना बनाएका थिए । संयोगवश भवेशले दिदी र सञ्जयको शारीरिक सम्बन्ध देखेपछि घर परिवारबाट बच्न उनीहरूले हत्या गरेको प्रहरीले जनाएको छ ।
भैंसी चराउन गएको बेलामा प्रियंका र सञ्जयलाई आपत्तिजनक अवस्थामा देखेका भवेशले काका र आफन्तलाई सुनाइदिने भनेपछि दुवै जनाले भवेशको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्रचार्य बताए । ३ कात्तिकमा हराएका भवेशको शव घरनजिकै वनमारा घारीमा कुहिएको अवस्थामा दुई दिनपछि भेटिएको थियो ।

किशोरीले गरिन् हिरासतमै आत्महत्या

अनैतिक सम्बन्धको प्रत्यक्षदर्शी भाइलाई केटा साथीसँग मिलेर हत्या गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी प्रियंका यादवले आत्महत्या गरेकी छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाद्वारा आइतबार दिउँसो हत्या अभियोगमा प्र्रेमी सञ्जयकुमार साहसहित सार्वजनिक गरेपछि ५ बजे प्रहरी हिरासतमै सलको पासो लगाएर आत्महत्या गरेकी हुन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार जिल्ला अदालत सिरहाबाट अनुसन्धानका लागि म्याद लिएर इलाका प्रहरी कार्यालय विष्णुपुर हिरासतमा राखिएको थियो । प्रिंयकाले आफू नुहाउन जानुप¥यो भन्दै बाथरुममा गई बाथरुमको झ्यालमा सलको पासोमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
इलाका प्रहरी कार्यालय विष्णुपुरमा राखेको अवस्था उनले आत्महत्या गरेकी हुन् । हत्या अभियोगमा पक्राउ परेका प्रियंका र सञ्जयलाई प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
पत्रकार सम्मेलनमा दुवैको यौन सम्बन्ध प्रत्यक्ष देखेका १३ वर्षीय भवेशकुमार यादवको खुकुरीले घाटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । ३ कात्तिकमा हत्या गरिएका भवेशको शव कर्जन्हा नगरपालिका–२ स्थित नर्सरीको वनमारा घारीमा घाटी रेटेर शरीर छुट्टिएको अवस्थामा फेला परेको थियो ।

कसरी भयो हत्या ?

शव भेटिएपछि नेपाल प्रहरी प्रदेश–२ कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली अनुसन्धानमा खटिएको थियो । अनुसन्धानको क्रममा मृतककी ठूलो बुबाकी छोरी प्रियंका र धनुषाको धनौजीपट्टि घर भई कर्जन्हा–२ स्थित मामाको घरमा बसेर पढिरहेका सञ्जयको अनैतिक सम्बन्ध रहेको प्रारम्भिक सूचना पाएपछि प्रहरीले साता दिनभित्रै अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गजुसिद्धि बज्रचार्यले बताए ।
उनका अनुसार १ कात्तिकमा भैंसी चराउन गएकी प्रियंका र सञ्जयको शारीरिक सम्बन्ध देखेका भवेशले ‘घरमा सुनाइदिन्छु’ भनेपछि दुवैले हत्या गर्ने योजना बनाएका थिए । भवेश र सञ्जय एउटै स्कुलको कक्षा ४ मा पढ्ने मिल्ने साथी हुन् ।
संयोगवश भवेशले दिदी र सञ्जयको शारीरिक सम्बन्ध देखेपछि घर परिवारबाट बच्न हत्या योजना बनाएका थिए । हत्या गर्ने योजनामुताविक ३ कात्तिकमा दुवैले ‘नर्सरीमा मोबाइल र पटाका लुकाएर राखेका छौं, लिन जाऔं’ भन्दै फकाएर वनमारा घारीमा लुकाएर राखेको धारिलो खुकुरी प्रहार गरी हत्या गरेका थिए । उनको हत्यापछि शवलाई कसैले पनि चिन्न नसकोस् भनेर शरीर एकातिर टाउको अर्कोतिर बनाएर गाडेका थिए । प्रहरीका अनुसार हत्या भएको केही दिनपछि आफूले भैंसी चराउन जाँदा जंगलमा भाइको सर्ट जस्तै हात देखेको भन्दै प्रियंकाले नै घरमा खबर गरेकी थिइन् । उनकै सूचनापछि प्रहरीले कुहिएको अवस्थामा भवेशको शव फेला पारेको थियो ।

 


Saturday, October 28, 2017

चालिस हजारको लगानीले डेढ वर्षमै दश लाख कमाई, जापानबाट फर्किएका घिमिरेको सफलताको कथा

पत्र पत्रिका बाट  -साभार   http://www.bizmandu.com/content/-29510.html             +   

रत्ननगर, चितवन । १७ बर्ष अघि गहना बेचेर २ विगाहाबाट केरा खेती शुरु गरेका यज्ञप्रसाद सुवेदी दम्पत्ती अहिले ५५ विगाहामा केरा खेती गर्छन । अहिले उनीहरु बार्षिक २ करोडको केरा बेच्दै आएका छन् ।

Ek kosha kera 3.50 Rs and 35/Kg from bari    Kathmandu nearly 5 prati kosha malbhog to 10 pratikoash samm bikchha 

एक गाडी पिकअफ बोलेरोमा रु एक लाखसम्म मूल्य आउँछ । प्रतिबिगाहा रु दुई लाख १२ हजारभन्दा बढी लगानी लाग्छ । कोसाको तीन रुपैयाँ ५० पैसा पर्छ । किलोमा लैजाँदा रु ३५ छ ।   प्रतिबिगाहा रु 4 लाख ko kera hunchha so shuddha nafa prati bigaha 2 lakh / barsha hunchha ????

 


गुल्मी। गुल्मीका एक युवाले ४० हजार रुपैयाँमा डेढ बर्षमै १० लाख रुपैयाँ कमाएका छन्। जापान छाडेर आफ्नै गाउँमै व्यावसायिक केराखेती गरेर उनले आम्दानी गरेका हुन्। 

मुसिकोट नगरपालिका–१ भर्माचौर निवासी ४४ वर्षीय चन्द्रमणि घिमिरेले व्यावसायिक केराखेतीसँगै मेवा, खुर्सानी र कुखुरापालन व्यवसायबाट झण्डै डेढ वर्षमा १० लाख आम्दानी गरेका हुन्। 
घिमिरेले झण्डै चार रोपनी जग्गामा एक वर्षयता आफ्नै खेतमा ४० हजारको लगानीबाट २८० केराको बोट लगाएका थिए। अहिले केराको बोट ८०० पुगेको छ। 
व्यवसायबाट आफू सन्तुष्ट भएको भन्दै जापानको कमाइ गाउँमै  गर्दै आएका घिमिरे आफ्नो केरा व्यवसायलाई अझ वृद्धि गर्दै लैजाने र गाउँलाई नै केरामय बनाउने योजना सुनाए। 
घिमिरेले हाल तीन स्थानीय जात अन्तर्गत फुस्रेर, झोप्रे, मुहुरे र तीन उन्नत जातअन्तर्गत चिनी केरा, झापाली माल्भोग र मनिपुरे माल्भोग जात गरी छ जातका व्यावसायिक केराखेती गरिरहेका छन्। 
आफूले उत्पादन गरेका केरा, खुर्सानी, मेवा र कुखुरा आदिको राम्रो व्यापारले गर्दा बजारमा मागअनुसार उत्पादित वस्तु आफूले बजारमा पुर्याउन नसकेको  घिमिरे बताए। रासस
-----------------------------------Khemraj said-------------------------------------------
मुरी = 1,369 sq feet;            
4  मुरी = 1 रोपनी
1 रोपनी= 16   Aana   आना =5476 Sq.ft.=30 Dhur=1.5 Kattha
4 Paisa : 1 Aana
16 Aana : 1 Ropani   = 4 Naali : 1 Ropani (in the Western hills)
1 Aana (आना) = 342.25 sq. ft.   = 1.8779   (धुर)
1 Aana (आना) = 16 Daam (दाम)
1 Paisa (पैसा) = 4 Daam (दाम)
1 Kattha (कठ्ठा) = 20 Dhur (धुर)
1 Kattha (कठ्ठा) = 338.63 m²
1 Kattha (कठ्ठा) = 3645 sq.ft.
1 Dhur (धुर) = 16.93 m²
1 Dhur (धुर) = 182.25 sq.ft.


SO 
Above 4 Ropani=  6 katha 
Saradar 50 kerako bot = 1 kaththama lahauna milne


काठमाडौंभित्र र धुलिखेलसम्म मेट्रोरेल

पत्र पत्रिका बाट  -साभार https://www.karobardaily.com/news/83057

    supervisor_accountभीम गौतम   visibility1572

समाचार प्रतिनिधि स्केच
काठमाडौ : लगानी बोर्डले काठमाडौं उपत्यकाभित्र चल्ने र नागढुंगादेखि धुलिखेलसम्म पुग्ने गरी दुई मेट्रोरेल निर्माणका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको छ । वर्षौंदेखि मेट्रोरेल निर्माणको चर्चा चले पनि बोर्डले अहिले दुवै मेट्रोरेल निर्माणका लागि अन्तिम प्रतिवेदन तयार पारेको हो ।
राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य संयोजक रहेको समितिले प्रतिवेदन तयार गरेको बोर्डले जनाएको छ । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका प्रतिनिधि सदस्य छन् ।
२४ पुस २०७३ मा बसेको लगानी बोर्डको २५ औं बैठकले योजना आयोगका पूर्वाधार हेर्ने तत्कालीन सदस्य हितेन्द्रमान प्रधानको संयोजकत्वमा समिति गठन गरेको थियो । काठमाडौं रेलमार्ग र मोनोरेल परियोजना प्रदान गर्नका लागि गरिनुपर्ने निम्न परिपूर्ति कोष (भायबिलिटी ग्याप) र परियोजना विकासका लागि उपयुक्त तरिकाबारे विद्यमान सार्वजनिक निजी साझेदारी (पीपीपी) नीति समेतलाई आधार मानी उपयुक्त सुझाव पेश गर्न समितिलाई जिम्मेवारी दिइएको थियो ।
  • कुल ७९ किलोमिटर लामो रुट बन्ने
  • चार वर्षभित्र निर्माण सम्पन्न हुन सक्ने
  • कुल लागत ५ खर्ब ३६ अर्ब
  • दुवैलाई ३५/३५ मेगावाट विद्युत् आवश्यक
  • दैनिक साढे तीन लाख यात्रुलाई सेवा
जापान सहयोग नियोग (जाईका) ले सन् २०१६ मा तयार पारेको गुरुयोजना, रेल विभाग र कोरियन इन्जिनियरिङ कम्पनीले गरेको अध्ययन, लगानी बोर्डले नै बेलायती सहयोग नियोग (डिफिड) लगायतका निकायले तयार पारेको प्रतिवेदनमा आधारित भएर समितिले अन्तिम प्रतिवेदन तयार पारेको हो ।
बूढानिलकण्ठदेखि नारायणगोपाल चोक, सातदोबोटो हुँदै तराईसँग जोड्ने दु्रतमार्गसम्मको रुट–१ र नौबिसे, नागढुंगादेखि कलंकी–कोटेश्वर हुँदै धुलिखेलसम्मको रुट–२ को अन्तिम प्रतिवेदन तयार पारेको लगानी बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले जानकारी दिए । “मेट्रोरेल निर्माणका लागि अन्तिम प्रतिवेदन तयार भएको छ, बोर्डले स्वीकृति दिएपछि ग्लोबर टेन्डर गरेर निर्माणमा अघि बढ्छौं ।”
प्रतिवेदनअनुसार २५ किलोमिटर लामो रुट–१ को मेट्रोरेल र ५४ किलोमिटरको रुट–२ को मेट्रोरेल चार वर्षभित्र निर्माण सम्पन्न गर्न सकिनेछ । दुवै मेट्रोरेलका लागि ३५/३५ मेगावाट विद्युत् आवश्यक देखिएको छ । रुट–१ बाट दैनिक १ लाख ५८ हजार र रुट–२ को मेट्रोरेलबाट दैनिक दुई लाख यात्रुलाई सेवा दिन सकिने अध्ययनले देखाएको छ ।
बेलायती सहयोग नियोगका परामर्शदाताले तयार पारेको लागतअनुसार रुट–१ को मेट्रोको १ खर्ब ७६ अर्ब र रुट–२ को रेलमार्गको ३ खर्ब ६० रुपैयाँ लागत अनुमान गरिएको छ । तुरुन्तै बोलपत्र आह्वान गरेर निर्माण गर्न सकिने दुईमध्ये रुट–१ को विभागमार्फत् र रुट–२ को लगानी बोर्डमार्फत् नै काम अघि बढाउने लक्ष्य राखिएको छ । मेट्रोरेलको योजना अघि बढाउन लगानी बोर्डले स्वीकृति दिनुपर्ने भए पनि प्रधानमन्त्री अध्यक्ष रहेको बोर्डको बैठक १८ साउनपछि बसेको छैन ।
मेट्रो रेल बनाउन सकेमा यात्रुहरूलाई सहज हुनुका साथै वातावरणमैत्री मेट्रो रेलबाट धेरै फाइदा हुने सरोकारवाला बताउँछन् । “मेट्रोरेलले यातायात व्यवस्थापनलाई सुरक्षित र भरपर्दो बनाउँछ । यसबाट अहिले खपत हुँदै आएको इन्धन घटाउनेछ भने साना सवारी साधन विस्थापन भएर काठमाडौंको अस्तव्यस्त अवस्थाको अन्त्य हुनेछ,” लगानी बोर्डका यातायात क्षेत्रका परामर्शदाता आशिष गजुरेल भन्छन् ।
सडकमाथिको पुल (एलिभेटेड ट्रयाक) मा निर्माण हुने मेट्रोरेल बनेपछि अन्य सवारीसाधन उपत्यका छिर्न नदिने लक्ष्य राखिएको छ । धुलिखेल क्षेत्रमा ठूला बसपार्क बनाएर अरनिको तथा वीपी राजमार्गमार्फत् आउने सबै बस यसै क्षेत्र तथा महेन्द्रलगायत अन्य राजमार्गमार्फत् आउने बसहरूको लागि नौविसे क्षेत्रमा ठूलो बसपार्क बनाएर त्यही रोकी ट्रेनमार्फत काठमाडौं भित्र्याउने लक्ष्य राखिएको छ ।
लगानी बोर्डले समयमै निर्णय गर्न सकेमा र अन्य सरोकारवाला मन्त्रालयसहितका निकायहरूले तदारुकता देखाए चर्चामा मात्र रहेको मेट्रोरेल अबको चार वर्षमै काठमाडौंमा देख्न पाइने लगानी बोर्डका अधिकारीहरू बताउँछन्


Monday, October 23, 2017

चीनको पानीबम, भारत र नेपाल

पत्र पत्रिका बाट  -साभार      http://annapurnapost.com/news-details/82327

केशवप्रसाद भट्टराई मंगलवार, असोज ३१, २०७४ 0 74090 पटक पढिएको

तीब्बतको जलस्रोतले चीनको शक्ति बढाएको छ




सन् १९६४ मा प्रकाशित जर्ज गिन्सबर्ग र माइकल माथोस लिखित पुस्तक ‘कम्युनिस्ट चाइना एन्ड तिबेत—दी फस्ट डजन यर्स’ मा लेखकद्वयले तिब्बत सम्बन्धमा एउटा सिद्धान्त प्रतिपादन गरेका छन्-जसअनुसार, जसले तिब्बतमाथि आधिपत्य जमाउँछ उसले सम्पूर्ण हिमालयको फेदीलाई नियन्त्रण गर्छ । हिमालयको फेदीलाई नियन्त्रण गर्नेले दक्षिण एसियालाई चुनौती दिने सामथ्र्य राख्दछ । जसले दक्षिण एसियालाई चुनौती दिन सक्छ उसले दक्षिण पूर्व एसिया र सम्पूर्ण एसियामाथि आफ्नो प्रभुत्व स्थापना गर्न सक्छ ।
KESHAV-prd-bhattarai-copy_20गिन्सबर्ग र माथोसद्वारा उक्त भूराजनीतिक सिद्धान्त प्रतिपादन भएको आधा शताब्दीपछि यही १० अक्टोबरका दिन जर्मनीको हाइडलबर्ग विश्वविद्यालय, कलेज अफ विलियम एन्ड मेरी, हार्वड विश्वविद्यालय र एड डाटाले गरेको एउटा अध्ययनको प्रतिवेदनले भन्यो—अब छिट्टै अन्तर्राष्ट्रिय दाताराष्ट्रको रूपमा चीनले अमेरिकालाई उछिन्दै छ ।
उक्त अनुसन्धानअनुसार सन् २००० देखि २०१४ को अवधिमा एक सय चालीस मुलुकका पाँच हजार परियोजनामा चीनले तीन सय ५५ अर्ब डलरबराबर रकम सहयोग उपलब्ध गराएको थियो । सो अवधिमा अमेरिकी सहयोग भने तीन सय ९५ अर्ब डलर थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्ता सहयोगमा ३२ प्रतिशत कटौती गर्ने घोषणा गरेर चीनलाई पहिलो दाता राष्ट्र बन्ने बाटो खोलिदिएका छन् ।
चीनको सहयोगमा अनुदान भन्दा सरल ऋणको मात्रा बढी हुने गर्छ । त्यस्ता सहयोगमा राजनीतिक सर्त रहँदैनन् । द्विपक्षीय व्यापारिक हितलाई केन्द्रमा राखेर सम्झौता गरिन्छ । तर अमेरिकी सहयोगमा अनुदानको परिमाण बढी हुने तर सामाजिक, आर्थिक र राजनीतिक सर्तहरूसमेत जोडिने भएकोले अधिकांश विकासोन्मुख मुलुकहरूको प्राथमिकतामा चीन परेको देखिन्छ ।
आफूलाई आर्थिक र व्यापारिक लाभ हुने निश्चित गरेर मात्रै चीनले सहयोग उपलब्ध गराउने भएकाले त्यसको परिणामस्वरूप चिनियाँ अर्थतन्त्र समृद्ध हुँदै जाने र त्यसको राजनीतिक र रणनीतिक असर पनि निर्माण हुँदै जाने भएकोले त्यसले चीनलाई त्यस्तो ऋण र अनुदान सहयोग बढाउँदै लैजान प्रेरित गरिरहने देखिन्छ । उता अमेरिकाले त्यस्तो सहयोग घटाउँदै जाने देखिएकाले निकट भविष्यमा चीन अमेरिका भन्दा ठूलो दाता राष्ट्र बन्ने अवस्थालाई उल्लेखित अध्ययनले प्रक्षेपण गरेको हो ।



तिब्बतमाथि चीनको स्वामित्व रहेको सन्दर्भमा गिन्सबर्ग र माथोसले आधा शताब्दीअघि उल्लेख गरेअनुसार चीनलाई प्राप्त हुने भूरणनीतिक लाभलाई पहिलो दाताराष्ट्रको हैसियतले उपलब्ध गराउने राजनीतिक र रणनीतिक पुँजीसँगको योगले चीनलाई असाधारण महत्वको विश्व शक्तिको हैसियत प्रदान गरेको छ ।
सिँचाइको कुरै छोडौं, पिउने पानीको अभाव समेत सम्भवत: नेपालमा सबैभन्दा बढी छ । भनिरहनु पर्दैन हामी भारतबाट बिजुली आयात गरिरहेका छौं ।राम्रो जल व्यवस्थापन भनेको राम्रो, सक्षम र उत्तरदायी शासन हो । त्यस्तो शासनद्वारा नेपालको जलस्रोतको उन्नत दोहन र व्यवस्थापन गर्ने राष्ट्रिय क्षमता तथा कूटनीतिक कौशल प्रदर्शन गर्न नसकेर नै हामी शक्तिशाली छिमेकीसँगको निरन्तरको तनाव र त्यसबाट उत्पन्न हुने राजनीतिक अस्थिरता गरिबी, अभाव बेहोर्दै राज्य असफलताको चरणमा प्रवेश गरिरहेका छौं ।
चीनलाई त्यस्तो प्रभुत्वपूर्ण हैसियत तिब्बतको भूराजनीतिक अवस्थितिको साथै त्यहाँको जलभण्डारले दिएको छ । स्मरणीय छ, उत्तरी र दक्षिणी धु्रवपछि तिब्बत संसारको तेस्रो ठूलो जलभण्डारको स्वामी हो । त्यसैले तिब्बतलाई तेस्रो ध्रुव पनि भनिन्छ । त्यति ठूलो जलभण्डारको स्वामित्व विश्वको अर्को मुलुकलाई प्राप्त छैन । स्मरणीय के छ भने उत्तरी र दक्षिणी धु्रवको जल मानव समुदायका लागि उपयोगविहीन अवस्थामा छ । तर तिब्बतको जलसम्पदा मध्य एसिया, दक्षिण एसिया र दक्षिणपूर्व एसियाका गरेर झन्डै विश्वको आधा जनसंख्याको भरणपोषणलगायतको जल आवश्यकता पूरा गरिरहेको छ भनेर स्विस रणनीतिक विश्लेषकहरू जनपेयर लेहमान र निना निन्कोभिकले दी ग्लोबलिस्टमा लेखेका छन् ।
नयाँ शताब्दीको नयाँ रणभूमि : तिब्बतको जलभण्डार
२९ सेप्टेम्बर २०१६ मा भारतीय सेना र रक्षा मन्त्रालयले पाकिस्ताननियन्त्रित कश्मिरमा सर्जिकल स्ट्राइक गरेर सातवटा आतंककारी शिविर ध्वस्त पारेर अनेकौं आतंककारीलाई सिध्याएको दाबी गरेको थियो । त्यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रगत र पानी एकैसाथ बग्न नसक्ने भएकोले भारत र पाकिस्तानमाझको सिन्धु नदीको जल बाँडफाँटसम्बन्धी सन्धिअनुरूप पाकिस्तानले पाइरहेको पानी नदिन सकिने चेतावनी दिएको र दुवै मुलुकबीच निर्धारित सिन्धु नदी जल बाँडफाँटसम्बन्धी नियमित बैठक स्थगित गर्न दिएको आदेशलाई भारतीय समाचारमाध्यमहरूमा प्रमुखताका साथ प्रसारित थियो ।
विश्व बैंकको मध्यस्थतामा १९६० मा भएको उक्त सन्धिविपरीत त्यसरी पानी रोकिएमा त्यो अन्तर्राष्ट्रिय कानुनविपरीत हुनुको साथै त्यसलाई पाकिस्तानविरुद्ध युद्धको घोषणाका रूपमा लिइने जानकारी पाकिस्तानका विदेश नीति सल्लाहकार तथा घाग राजनेता सरताज अजिजले दिएको बारे पाकिस्तानी दैनिक डनले सोही वर्षको सेप्टेम्बर २७ मा उल्लेख गरेको थियो ।
भारतले त्यस्तो चेतावनी दिएलगत्तै चीनले ब्रह्मपुत्र नदीको एउटा शाखा नदीको वहाव रोकिदिएको बारे अर्को पाकिस्तानी दैनिक दी एक्सप्रेस ट्रिब्युनले १ अक्टोबर २०१६ मा उल्लेख गर्‍यो । चीनले उक्त कार्य लाल्हो जलविद्युत् परियोजनाको एउटा प्राविधिक पक्षमात्र भएको तर भारतमा जाने ब्रह्मपुत्र नदीको वहावमा कुनै कटौती नगरिने बताएको भए पनि त्यसलाई चीनले भारतलाई उसको पाकिस्तान जलरणनीतिविरुद्ध दिएको एउटा संयमित चेतावनी थियो भनेर ७ मार्च २०१७ मा दी डिप्लोम्याटले लेखेको छ । ३० सेप्टेम्बर २०१६ मा फरेन पलिसी पत्रिकामा माइकल कुगल्म्यानले पनि भारतले पाकिस्तानविरुद्ध सिन्धु जलसन्धिविपरीत कुनै कार्य गरेमा त्यसले भारतविरुद्ध त्यस्तै रणनीति अवलम्बन गर्न चीनलाई सजिलो पर्ने उल्लेख गरेका छन्।
२० अगस्ट २०१७ मा सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्स डेलीको वैदेशिक मामिलामा केन्द्रित सहप्रकाशन ग्लोबल टाइम्सले चीन र भारतबीच डोक्लाम विवाद चलिरहँदा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट सुरक्षित रहन आवश्यक ब्रह्मपुत्र नदीको पानीसम्बन्धी सूचना सामग्रीहरू चीनले उपलब्ध नगराएको स्वीकार गरेको थियो । तर एक प्रश्नको उत्तरमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ् सुवाङ्ले सेप्टेम्बर १२ को एउटा नियमित पत्रकार सम्मेलनमा बाढीले ब्रह्मपुत्र नदीको जल सूचना संकलनसम्बन्धी प्राविधिक संरचना भत्काइदिएकोले त्यस्तो सूचना संकलन गर्न नै नसकिएकोले उक्त सामग्री उपलब्ध गराउन नसकिएको जानकारी दिएका थिए ।
तर भारतीय आरोपलाई नै पुष्टि हुनेगरी एक चिनियाँ थिंकट्यांक सम्बद्ध विज्ञ हु झियोङ्लाई उद्धृत गर्दै ग्लोबल टाइम्स चीन एउटा जिम्मेवार मुलुक भए पनि भारतले डोक्लाममा उसको प्रभुसत्ताको उल्लंघन गरिरहेको अवस्थामा चीनले पनि सामान्य अवस्थामा जस्तो त्यस्तो सूचना उपलब्ध गराइरहन नसक्ने उल्लेख गरेको थियो ।
कुल दुई हजार आठ सय ८० किलोमिटर लामो ब्रह्मपुत्र नदी विभिन्न शाखा नदीहरूलाई आफूमा समाहित गर्दै तिब्बतमा दुई हजार ५७ किलोमिटरको यात्रा तय गर्दै भारतमा प्रवेश गर्दछ । भारतका विश्व विख्यात जल रणनीति विज्ञ ब्रह्म चेल्लानीको एउटा चर्चित भनाइ अनुसार हिजोका दिनमा हामीले भूमिका लागि युद्ध लड्यौं, आज ऊर्जाका लागि लडिरहेका छौं र भोलिको हाम्रो युद्ध भनेको पानीका लागि हुनेछ । सबैभन्दा त्रासदरूपमा यो एसियामा देखा पर्ने पनि उनको निष्कर्ष छ । भारतदेखि भियतनामसम्म र रूसदेखि कजाकस्तानसम्मका नदीहरूको मुहानमा स्वामित्व रहेको चीन यो जलयुद्धको मुख्य पक्ष हुने समेत चेल्लानीको निष्कर्ष छ ।
सम्भावित जल हतियार र जल युद्ध
१२ डिसेम्बर २०१४ मा चीनले ४८ अर्ब डलर लागतको मानव इतिहासकै सबैभन्दा ठूलो दुई हजार चार सय किलोमिटर लामो नहर र सुरुङ मार्गको उद्घाटन गरेको समाचार टिप्पणी ब्रिटिस दैनिक गार्जियनमा प्रकाशित थियो । सोही आलेखमा जोनाथन केम्यानले १९५० को दशकको आरम्भमा नै तिब्बतको भ्रमणको अवसरमा दक्षिण चीनमा भएको विराट जलस्रोतको केही अंशलाई उत्तरका सुक्खा क्षेत्रमा लैजाने बताएको उल्लेख गरेका छन् ।
१० अक्टोबर २०१७ मा प्रोजेक्ट सिन्डिकेटमा ब्रह्म चेल्लानीले उल्लेख गरेअनुसार संसारभर जति बाँध छन् त्यति चीनमा मात्रै छन् । उनका अनुसार भारतको अरुणाचल प्रदेश र आसामको सम्पूर्ण जल आवश्यकताको परिपूर्ति गर्दै बंगलादेशको प्रमुख जलस्रोतको रूपमा रहेको ब्रह्मपुत्र र दक्षिणपूर्व एसियाको मुख्य जीवनाधारको रूपमा रहेको मेकङ् नदीको माथिल्लो भागमा विशाल बाँध निर्माण गरेर चीनले तल्लो तटीय क्षेत्रका मुलुकलाई जलसंकटमा धकेलिरहेको छ ।
चेल्लानीले के पनि उल्लेख गरेका छन् भने एउटा गोली पनि नचलाई चीनले तिब्बतको जलस्रोतमाथि नियन्त्रण कायम गरेर तल्लो तटीय क्षेत्रका मुलुकहरूलाई बन्धक बनाउन सक्दछ र त्यो स्थिति भारतको सबैभन्दा ठूलो रणनीतिक त्रासदी हो ।
हफिंगटन पोस्टले १२ अक्टोबर २०१६ मा दिएको जानकारीअनुसार चीन ४० अन्तर्राष्ट्रिय नदीहरूको उद्गमस्थल हो र ती नदीहरू १६ अन्य मुलुकहरूमा बग्दछन् ।
तर चीनबाट अन्य मुलुकहरूमा बग्ने नदीहरूको पानीमध्ये ११ नदीहरूमार्फत ४० प्रतिशत पानी भारतमा पुग्दछ । भारतको कुल जलस्रोतमध्ये एकतिहाइको स्रोत तिब्बत हो । त्यसैले तिब्बतबाट भारतमा बग्ने वा तिब्बतबाट नेपाल हुँदै भारत पुग्ने नदीहरूको जलसम्बन्धमा भारत चीनबीचको सहमति वा असहमति भारतको जीवनमरणको सवाल हो ।
क्लाउड आर्पीले भरत बर्माद्वारा सम्पादित र इन्डियन डिफेन्स रिभ्युद्वारा प्रकाशित ‘थ्रेट फ्रम चाइना’ नामक पुस्तकमा तिब्बत हुँदै भारत प्रवेश गर्ने नदीको पानीमध्ये एकतिहाइलाई चीनको जलाभाव क्षेत्रमा लैजाने परियोजना अघि बढिरहेको उल्लेख गरिरहेका छन् । आर्पीले सोही पुस्तकमा अरुणाचल प्रदेश, आसाम, हिमान्चल प्रदेश र पञ्जावमा विभिन्न समयमा अकस्मात् आएका बाढीहरूबाट भएको खर्बौंको सम्पत्तिको विनास र सयौंको मृत्यु कुनै सुनियोजित तरिकाले गराइएको हुनसक्ने आशंका गरेका छन् ।
डेनिस डी. ग्राएले अप्रिल २०११ मा तिब्बतका आठ महानदीहरूमा २० वटा ठूला ठूला बाँध बनिसकेका र अन्य ४० भन्दा बढी निर्माणको क्रममा रहेको हफिंगटन पोस्टमा उल्लेख गरेका थिए।
ब्रह्म चेल्लानीले २००९ मा नै दी इन्टरनेसनल इकोनोमीमा चीनले आफ्नो भूभागमा निर्माण गरेको बाँध, नहर, जलाशय र अन्य सिँचाइ प्रणालीमा सन्चित पानीलाई राजनीतिक हतियारको रूपमा उपयोग गर्ने क्रममा एक्कासी छोडिदिएर भारतका सीमावर्ती क्षेत्रमा कृतिम बाढी र पहिरो ल्याइदिनसक्ने उल्लेख गरेका थिए ।
२२ अगस्ट २०१७ मा प्रियंका शाहले विभिन्न भारतीय विज्ञहरूलाई उद्धृत गर्दै टपयाप्समा उल्लेख गरेअनुसार चीनको त्यस्तो सम्भावित कार्यले केही घन्टामै करोडौं मानिसहरू मृत्युवरण गर्न वाध्य हुन सक्ने र त्यसले गर्ने विनास कुनै आणविक बमले गर्नेभन्दा कम नहुने उल्लेख गरेकी छन् ।
लामो ऐतिहासिक कालखण्डदेखि एसियामा विभिन्न विस्फोटक रणनीतिक केन्द्रहरू रहेका छन् । दोस्रो विश्व युद्धपछि र खासगरेर चीन र भारतको बढ्दो आर्थिक र सैनिक सामथ्र्य, त्यसले निर्माण गरेका नयाँनयाँ रणनीतिक साझेदारहरू, जटिल सम्बन्धको चरणबाट गुज्रिरहेका तर परस्पर सीमा जोरिएका आणविक शक्ति सम्पन्न भारत, चीन र पाकिस्तानबीचको सम्बन्धमा एसियाको एकछत्र जलस्वामीका रूपमा चीनको उपस्थिति र त्यसलाई रणनीतिक उपयोग गर्ने चीनको चाहनाले तिब्बतलाई नयाँ विस्फोटक केन्द्रको रूपमा बुझ्ने गरिएको छ ।
जलस्रोतमा क्षेत्रीय सहयोगको बाटो र नेपाल सन्दर्भ
११ मे २००५ मा दी न्युयोर्क टाइम्समा स्ट्यानली वाइसको एउटा विचारोत्तेजक लेख थियो । त्यसमा उनको प्रश्न थियो—नेपालको बर्बर माओवादी विद्रोह, भारतको हिंसाग्रस्त उत्तरपूर्वी क्षेत्र, चीनको भारतसँगको तीव्र ऊर्जा प्रतिस्पर्धा एवं पाकिस्तान, भारत र बंगलादेशका मुस्लिम अतिवादीबीच बढ्दो घनिष्टताको एउटै कारण के हो ?
वेइसको संक्षिप्त उत्तर थियो-पानी !
त्यसपछि उनले थपे, हिमालबाट नेपाल र भुटान भएर बग्ने अनेकौं नदीलाई दीर्घकालीन ऊर्जा विकास र उपयोग रणनीतिअनुरूप प्रयोग गर्ने हो भने यी नदीले सिंगो दक्षिण एसियामा स्थिरता र समृद्धि दिने सामथ्र्य राख्दछन् ।
तत्कालीन भारतीय वाणिज्यमन्त्री आनन्द शर्माले साउथ एसियन न्युज एजेन्सीलाई १८ फ्रेबुवरी २०१२ मा दिएको एउटा अन्तर्वार्तामा भनेका थिए—भुटान, नेपाल, भारत र पाकिस्तानको संयुक्त जलविद्युत् क्षमता दुई लाख मेगावाटभन्दा बढी छ तर त्यसको एक चौथाइ भन्दा पनि कम क्षमताको मात्र उपयोग भइरहेको छ । सबै मुलुकबीच विश्वासको संकटले त्यो क्षमताको उपयोग हुन दिइरहेको छैन ।
स्मरणीय छ, आजभन्दा चार दशकअघि नै कोलम्बो योजनाको छब्बीसौं परामर्शदातृ समितिको पूर्ण बैठकमा श्री ५ वीरेन्द्रले दक्षिण एसियाका सबै मुलुक परस्पर लाभान्वित हुनेगरी नेपालको जलस्रोत विकास र उपयोगमा सहकार्य गर्न राखेको प्रस्तावको मर्म पनि यही थियो ।
प्रतिव्यक्ति स्वच्छ जल उपलब्धताको हिसाबले नेपाल संसारको सबैभन्दा धनी देशमध्ये पर्दछ । जलाशय प्रणालीबाट निष्काशित जललाई पुन: सञ्चय गरेर विद्युत् उत्पादन गर्ने हो भने नेपालको जलविद्युत् उत्पादन क्षमता अनुमान गरिए भन्दा कयौं बढी हुने बुझ्न सकिन्छ ।
नेपाल, भारत र बंगलादेशमा ठूलाठूला जलाशयहरू निर्माणगरी समुचित भण्डारण र उपयोग गर्ने हो भने भारत र बंगलादेश समेतको स्वच्छ जल र बिजुलीको ठूलो आवश्यकतालाई सजिलै सम्बोधन गर्न सकिन्छ ।तर सिँचाइको कुरै छोडौं, पिउने पानीको अभाव समेत सम्भवत: नेपालमा सबैभन्दा बढी छ । भनिरहनु पर्दैन हामी भारतबाट बिजुली आयात गरिरहेका छौं ।
राम्रो जल व्यवस्थापन भनेको राम्रो, सक्षम र उत्तरदायी शासन हो । त्यस्तो शासनद्वारा नेपालको जलस्रोतको उन्नत दोहन र व्यवस्थापन गर्ने राष्ट्रिय क्षमता तथा कूटनीतिक कौशल प्रदर्शन गर्न नसकेर नै हामी शक्तिशाली छिमेकीसँगको निरन्तरको तनाव र त्यसबाट उत्पन्न हुने राजनीतिक अस्थिरता गरिबी, अभाव बेहोर्दै राज्य असफलताको चरणमा प्रवेश गरिरहेका छौं ।
७ जुलाइ २०१४ मा प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित अन्तिम सोभियत राष्ट्रपति मिखाइल गोर्बाचोभको लेखअनुसार जनसंख्याको तुलनामा मानिसको जल आवश्यकता र उपभोगको परिमाणमा असामान्य वृद्धि भइरहेको छ । त्यसको परिणाम सन् २०२५ सम्ममा संसारका एक अर्ब ८० करोड मानिस जल अकाल र दुईतिहाइ कठोर जलसंकटको अवस्था भोग्न वाध्य हुनेछन् । यसले विश्वमा जटिल राजनीतिक तनाव, आप्रवाशन, आर्थिक संकट, हिंसा, राजनीतिक अस्थिरता र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षामाथि गम्भीर खतराको स्थिति आमन्त्रण गर्नेछ ।
संसारको ६० प्रतिशत नदी तथा जलाधार क्षेत्र दुई वा सो भन्दा बढी मुलुक भएर बग्दछ । यस्ता नदी तथा जलाधार क्षेत्रको संख्या झन्डै छ सय छन् । तीमध्ये ४० प्रतिशत नदी तथा जलाधार क्षेत्रलाई उपयोग गर्ने सम्बन्धमा मात्रै मुलुकहरूबीच सहमति भएको छ । यस्ता नदी तथा जलाधार क्षेत्रलाई व्यवस्थापन गर्ने राष्ट्र संघीय महासन्धि पनि छ तर चीन लगायत दक्षिण एसियाका कुनै पनि मुलुकले त्यसलाई अनुमोदन गरेका छैनन् ।
विश्व बैंकको मध्यस्थतामा १९६० मा भारत र पाकिस्तानबीच भएको सिन्धु जलउपयोगसम्बन्धी सन्धिमा भारत निकै उदार देखिएको छ । तर नेपाल र बंगलादेशले भारतको त्यो उदारतालाई अनुभव गर्न पाएका छैनन् । सम्भवत: कुनै तेस्रो पक्षको मध्यस्थतामा हुने सन्धिमा मात्र भारतको त्यो उदारता अभिव्यक्त हुने हो कि भनेर सोच्न सकिने आधार भएकोले चीनसमेत विश्व बैंक जस्तै कुनै अन्तर्राष्ट्रिय संस्थाको मध्यस्थतामा नेपाल, भारत, भुटान र बंगलादेशबीच पारस्परिक जलस्रोत विकास र उपयोगसम्बन्धी सन्धि भयो र त्यसको सञ्चालनसम्बन्धी साझा क्षेत्रीय संरचना निर्माण भई त्यसमार्फत कार्य सफल हुन सक्यो भने त्यसले चीनको सम्बन्धमा भारतीय आशंका र भारतका सम्बन्धमा नेपाल तथा बंगलादेशका अविश्वासका रेखा मेटिएर क्षेत्रीय शान्ति र स्थिरताका नयाँ आधारहरू पक्कै विकास हुन सक्नेछन् ।
-भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्र्याटजिक स्टडिज (निस) सँग सम्बद्ध छन्

बेचिंदै गएका खोला

पत्र पत्रिका बाट  -साभार  http://annapurnapost.com/news-details/82556

विकास थापा सोमवार, कात्तिक ६, २०७४ 3845 पटक पढिएको


जलसरोकार

कालीगण्डकी ए ले पूर्ण उत्पादन सुरु गरेको तीन वर्षसम्म नेपालमा बिजुली ‘जगेडा’ थियो । त्यतिबेला नेपालले भारतलाई बिजुली बेच्न प्रस्ताव गरेको थियो । भारतले प्रतियुनिट २ रुपैयाँ ४० पैसा (भारु) दिने भएपछि कुरो मिलेको थिएन र नेपालले पहिलो वर्ष ८० करोड र दोस्रो र तेस्रो वर्ष क्रमशः ६० करोड युनिट बिजुली ‘खेर’ फाल्यो । तत्कालीन जलस्रोत मन्त्रीले वर्षायाममा खेर जाने यस्तो बिजुली यहीं खपत गर्नुपर्छ भनेर ‘मौसमी महसुल’ का लागि महसुल निर्धारण आयोगमा प्रस्ताव गरेका थिए ।
प्राधिकरणले ६० करोड युनिट वर्षायाममा एकसाथ खपत गर्न सकिंदैन, उल्टै ट्रान्सफरमर पग्लन्छन् र पड्कन्छन् भनेर आयोगले वास्तै गरेन । उक्त प्रस्ताव कार्यान्वयन भएको भए केही वर्षका लागि जगेडा बिजुली खपत हुन्थ्यो होला । त्यतिमात्र होइन, एउटा पद्धति र प्रणालीलाई सन्तुलित राख्ने कोसेढुंगो सावित हुन्थ्यो । परम्परागत मानसिकता र धारणा भएका ऊर्जा क्षेत्रबाटै निवृत्त व्यक्तिहरु आयोगमा रहेकाले नयाँ कार्य हुन पाएन । यसको असर अबका दिनहरुमा पर्दै जानेछ ।

माथिल्लो तामाकोसी (४५६ मेगावाट) लगायतका स्वदेशका निजी र सार्वजनिक क्षेत्रबाट करिब २०० मेगावाट बिजुली उत्पादन हुँदैछ । तर विडम्बना के छ भने यी उत्पादनहरुले हिउँदको माग धान्न सक्दैनन् भने वर्षायाममा चाहिने भन्दा बढी उत्पादन हुन्छ र ‘जगेडा’ रहन्छ । प्राधिकरणलाई सम्भावित जगेडा बिजुली अहिलेदेखि नै टाउको दुखाइको विषय भइसकेको छ । उसले खेर जाने विद्युत् विद्युतीय सवारी साधनमार्फ उपयोग गर्ने सोच बनाइरहेको छ । वर्षायाममा बिजुली सस्तो र हिउँदमा केही महँगो हुने गरी तयार पारिएको प्रस्ताव कार्यान्वयन हुन पाएको भए २०५९ सालदेखि नै बिजुली कम उत्पादन हुने समयमा कम खपत गर्ने बानी बसिसकेको हुन्थ्यो ।
यसले प्रणालीमा सन्तुलन कायम भई लोडसेडिङ व्यवस्थापन सहज हुने थियो । यसपालिको हिउँदमा बिजुलीको माग र आपूर्ति (भारतबाट आयातीतसमेत) करिब-करिब बराबर हुने भएकाले विगतका वर्षहरुमा जस्तो उल्लेखनीय लोडसेडिङ नहोला तर प्रणालीलाई स्थिर राख्ने कार्य भने चुनौतिपूर्ण देखिन्छ । कदाचित् कुनै विद्युत्गृह अनिवार्य मर्मतका लागि बन्द गर्नुपर्‍यो वा बिग्रेमा एकाध घण्टा लोडसेडिङ हुने अवस्था छ । लोडसेडिङ नहुँदा ‘हामीले लोडसेडिङ गरेनौं’ भनेर ऊर्जा मन्त्रीहरुले छाती फुलाएर भन्न पाउँछन् ।
यस्तो गर्व भित्रको पीडा भने अर्के छ । यसपालिको डिसेम्बर महिनाभित्र ढल्केबर सवस्टेशन पूरा हुने निर्धारित योजना असफल हुँदा भारतबाट थप बिजुली ल्याउन नपाएर लोडसेडिङ हुने पो हो कि भन्ने पिरलो छ । अन्य नाकामा उल्लेखनीय परिमाणमा बिजुली ल्याउने प्रसारण लाइन छैन । नेपालको लोडसेडिङ कम गर्न भारतीय बिजुलीको हिस्सा करिब ३६ प्रतिशत छ । यो परिमाण बढ्दो छ ।
झन्डै १२ अर्ब रुपैयाँ बराबरको बिजुली आयात हुने गरेको छ । यो क्रम २०६२ सालदेखि निरन्तर छ र आगामी अझ कयौं वर्षसम्म पनि जारी रहने छाँटकाँट देखिएको छ । भारतीय बिजुली विस्थापित गरी स्वदेशी उपयोगमा राज्यको ध्यान छैन । सरकारमा बस्नेहरु भारतीय बिजुलीको बढ्दो आयातमा गौरव गर्छन् । उनीहरुको दिमागमा लोडसेडिङ अन्त्य भनेकै भारतीय बिजुलीबाट हो भन्ने छ । यो मानसिकताबाट मुक्त नभएसम्म अन्य धेरै कुराहरुमाजस्तै भारतीय बिजुलीमा नेपाल दीर्घकालसम्म निर्भर रहिरहनेछ ।
प्रणाली चलाउने, पढेका, देखेका, जानेका र बुझेकाहरुलाई थाहा छ कि जलाशययुक्त बिजुली नभई नेपालको लोडसेडिङ दीर्घकालीन रुपमा अन्त्य हुँदैन भन्ने । तर उनीहरु सम्भाव्य आयोजनाको पहिचान, विस्तृत अध्ययन र वित्तीय बन्दोबस्ती त परै जाओस् आयोजनाको अध्ययनमा समेत रुचि राख्दैनन् । विद्युत् प्राधिकरणको विकल्प छैन किन कि राज्यले अर्काे समानान्तर संस्था खडा गर्न सक्दैन र विकल्पमा निजी क्षेत्र आउन सक्दैन । प्राधिकरणमा सुशासन कायम गर्ने हो भने यो संस्था विश्वकै एक उत्कृष्टमध्येको सिकाइको केन्द्र बन्न सक्छ । यसको सफल सञ्चालन कसरी गर्नुपर्छ भन्ने उदाहरण त गत वर्षको भदौ अन्त्यतिर जिम्मेवारी पाएका कुलमान घिसिङले देखाइसके ।
प्राधिकरण सञ्चालक समितिमा व्यावसायिक, उच्च नैतिकता भएका र प्रतिष्ठित व्यक्तिहरुलाई ल्याउने र राजनीतिक हस्तक्षेपमुक्त वातावरण तयार पार्ने हो भने देशका रणनीतिक महत्वका आयोजनाहरु यही निकायले पार लगाउन सक्छ । तर १४ मेगावाटको कुलेखानी, ३० मेगावाटको चमेलिया जस्ता आयोजनाहरुमा आधा दर्जनभन्दा बढी नियामक निकायहरु हावी हुनु र ऊर्जा मन्त्रीको प्रत्यक्ष स्वार्थ जोडिनलेु समयमा निर्माण सम्पन्न हुन सकेका छैनन् । राजनीतिक हस्तक्षेपले प्राधिकरण कतिसम्म थला पर्छ भन्ने उदाहरण ऊर्जा मन्त्रीले ल्याउने सञ्चालक समितिका सदस्य हेरे पुग्छ । उनीहरुसित खासै भिजन र एजेन्डा नै हुँदैनन् । मन्त्रीको स्वार्थमात्र पूरा गर्ने, मन्त्रीले नचाहेको एजेन्डा रोक्न र चाहेको पारित गराउनेमा मात्र उनीहरुको ध्यान केन्द्रित हुन्छ ।
भारतीय बिजुली आयातले क्षणिक राहत देला, तर दीर्घकालमा मुलुकलाई कंगाल बनाइदिन्छ भन्ने तथ्यको उपेक्षा गरिएको छ । प्राधिकरणलाई गम्भीर र बृहत् जलाशययुक्त आयोजनाको जिम्मेवारीबाट जसरी विमुख गरियो, ऊर्जा क्षेत्रको कालोदिन त्यहींबाट सुरु भएको मान्न सकिन्छ । प्राधिकरणले अध्ययन गरिरहेको बूढीगण्डकी खोसेर विकास समिति बनाइयो । विकास समितिले बडो मेहेनत गरेर अध्ययन पूरा गरेपछि नेपालमा काम गर्न नसक्ने प्रमाणित भइसकेको कम्पनीलाई कमीसनको लोभमा ठेक्का दिइयो । अध्ययन पूरा भएको झन्डै दुई वर्ष पूरा भइसकेको छ । ऊर्जा मन्त्रालयमा गतिलो नेतृत्व भएको भए बूढीगण्डकीको वित्तीय बन्दोबस्तीको विषय टुंगो लागिसक्थ्यो । अहिले आएर यो आयोजना अलपत्र परेको छ । बूढीगण्डकीबाहेक अरु जलाशययुक्त आयोजना अध्ययन नै भएको छैन ।
अध्ययन गर्न लागेको नलसिंहगाडमा अख्तियारले सबै काम रोकिदिएको छ । पहिलोपटक फाइल लगेर ‘केही छैन’ भनेर फिर्ता भएको नलसिंहगाडमा अख्तियारको नेतृत्व परिवर्तन हुनासाथ ‘अनियमितता भएको आशंका’ मा मुद्दा चलाइयो । अनियमितता गर्नेले उन्मुक्ति पाउनु हुँदैन, तर कामै रोक्नु भने गम्भीर कुरा हो । यस्तो दोहोरो मापदण्डले पनि ऊर्जाक्षेत्रलाई अधोगतिमा पुर्‍याएको छ ।
यस्तै दोहोरो मापदण्ड अहिलेका ऊर्जा सचिवले आयोजनाका लाइसेन्स वितरण गर्दा देखाएका छन् । काबेली ए र हेवा डुब्छ भनेर ७६२ मेगावाटको तमोरलाई लाइसेन्स नदिएका ऊर्जा सचिवले राष्ट्रलाई समृद्ध तुल्याउने र पछिल्लो सन्ततिसम्मका लागि नभई नहुने १०८०० मेगावाटको कर्णाली चिसापानीजस्तो आयोजना ध्वस्त पार्ने गरी दुईवटा लाइसेन्स ‘निजी क्षेत्र’ लाई दिए । उर्जा सचिवले ६८८ मेगावाटको बेतान कर्णाली र ४२६ मेगावाटको फुकोट कर्णाली दिंदा १०८०० मेगावाटको कर्णाली चिसापानी डुब्ने कुरालाई नजरअन्दाज गरे । कर्णाली चिसापानी हाललाई अप्ठेरो होला, तर भविष्यको निम्ति अत्यावश्यक हो । विद्युत् नीति र स्वयं ऊर्जा मन्त्रालयले पारित गरेको जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र सम्बन्धी निर्देशकाविपरीत यी दुई कर्णाली (बेतान र फुकोट) को लाइसेन्स जारी भएको छ ।
विद्युत् ऐनले लाइसेन्स दिने अधिकार सचिवलाई दिएको छ भन्दैमा मुलुकलाई दीर्घकालीन रुपमा गम्भीर असर पर्ने निर्णय गरिनु हुँदैन । यहाँसम्म कि चिलिमे (२२ मेगावाट) ले निर्माण गर्ने परिकल्पना गरेको र योजनासमेत बनाइसकेको लाङटाङ जलाशययुक्त आयोजना पनि निजी क्षेत्रलाई दिइयो । दलालले लाइसेन्स हात पार्छ, अनि त्यसले विदेशीलाई बेच्छ । त्यो विदेशीले विश्व बैंक, आइएफसीजस्ता निकायलाई हुलेर महँगो पर्नेगरि डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) का लागि दवाब दिन्छ । सुपर सिक्स अन्तर्गतको तल्लो सोलु (८२ मेगावाट), माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) यो प्रवृत्तिका ज्वलन्त उदाहरण हुन् । विदेशीले भन्दैमा डलरमै दिने, ऐनमा प्रावधान नभएको आयोजना विकास सम्झौता (पीडीए) गरिदिने र उनीहरुले भनेजसरी गरिदिने चलन छ ।
स्वदेशका प्रवद्र्धकलाई प्रोत्साहित नगर्ने तर विदेशीलाई दिन पाएसम्म नेता र सचिव रमाउने गर्छन् । नेपालको निजी क्षेत्रले ३०० मेगावाटको जलाशययुक्त आयोजना बनाउन सक्दैनन् र दिइएको लाइसेन्स विदेशीलाई बेचिन्छ भन्ने कुरो ऊर्जा सचिवहरुलाई थाहा छ। तर यसैमा उनीहरु रमाइरहेका छन् । नेपालको सन्दर्भमा विदेशीलाई आयोजनाको लाइसेन्स दिनु, हालको अवस्थामा, कि महँगो डलरमा पीपीए गराउनु हो कि होल्ड गर्नु हो।
माथिल्लो कर्णाली, पश्चिम सेती सेता यसका प्रतिनिधि हुन् । प्राधिकरणले ज्यान फालेर लिन चाहेको तमोर (बूढीगण्डकीको भन्दा लागत आधा लागत हुने र ऊर्जा बराबर उत्पादन हुने) मा कुनै विदेशीले चासो दिएको भए हाम्रा नेता र सचिवहरुले दिलाएरै छाड्थे । गुरुयोजनामा परेका आयोजना धमाधम काट्दै थोरै क्षमतामा जारी गर्दै जाने हो भने नेपालले छाती फुलाएर भन्ने गरेको ८३ हजार मेगावाट इतिहासमा सीमित हुनेछ । गुरुयोजनाले सबैभन्दा उत्कृष्ट भनेर पहिचान गरिसकेपछि त्यसको अस्तित्व कुनै हालतमा समाप्त पार्नु हुँदैनथ्यो । बेथान र फुकोटले कर्णाली चिसापानीलाई समाप्त परिदिएको छ भने काबेली र हेवाले तमोरलाई । यसरी एकपछि अर्काे गर्दै नेपालका सम्भाव्य र गौरव गर्न लायक खोलानाला बेचिंदै गए र यो क्रम जारी छ ।

विद्युतीय सवारीका लागि चार्जर स्टेसन

पत्र पत्रिका बाट  -साभार    http://gorkhapatraonline.com/news/46783                

 भउचप्रसाद यादव


काठमाडौँ, कात्तिक ७ गते ।  तपाईँ विद्युतीय सवारी साधन खरिद गर्दै हुनुहुन्छ वा खरिद गर्ने सोचमा हुनुहुन्छ भने तपाईँको लागि खुसीको खबर छ ।  विद्युतीय सवारी साधनलाई प्रवद्र्धन र उत्साहित गर्ने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले नेपालमा नै पहिलो पटक विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माण गर्ने नीति ल्याएको छ ।
नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले विश्वभरि लोकप्रिय बन्दै गएको विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्दै पेट्रोलियम पदार्थको निर्भरतालाई कम गर्न प्राधिकरणले ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माण गर्ने नीति ल्याएको बताउनुभयो ।
राज्य र जनस्तरबाट समेत पेट्रोलियम पदार्थको भरपर्दो विकल्पको रूपमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगका लागि सशक्त रूपामा पहल हुनुपर्ने बताउँदै उहाँले यस योजनालाई राज्यले नीतिगत रूपमा नै अगाडि बढाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।  machin
उहाँका अनुसार पेट्रोल पम्पजस्तै विभिन्न ठाउँमा सहज रूपमा निर्माण गर्न सकिने ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माणका लागि गृहकार्य र प्रक्रिया अगाडि बढाइसकिएको छ ।  सुरुमा काठमाडौँका विभिन्न स्थानमा यो चार्जर सेन्टर स्थापना गर्ने सोच प्राधिकरणको रहेको बताउँदै उहाँले पहिलो चार्जर स्टेसन काठमाडौँको रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा निर्माण गरिने जानकारी दिनुभयो ।  काठमाडौँपछि विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा, नेपालगन्जमा यो स्टेसन निर्माण गरिने छ ।
साधारण चार्जर प्रविधिले एउटा कार चार्ज गर्न पाँचदेखि सात घण्टासम्म लाग्नेछ ।  प्रस्तावित ‘हाई भोल्टेज चार्जर स्टेसन’ बाट एउटा विद्युतीय कार चार्ज गर्न बढीमा आधा घण्टा लाग्न सक्ने छ ।  प्रस्तावित चार्जर स्टेसनबाट सुरुमा केही समयका लागि निःशुल्क सेवा प्रदान गरिनेछ ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना यसै वर्ष निर्माण सम्पन्न भएसँगै अबको डेढ वर्षपछि रातिको समयमा र वर्षायाममा दिनमा समेत बिजुली बढी हुने भएको बताउँदै उहाँले विद्युत् उत्पादनको उपयोग र पेट्रोलिय पदार्थमा हुने अर्बौं रुपियाँको वार्षिक आयातलाई कम गर्न प्राधिकरणले यो नीति ल्याएको उहाँले बताउनुभयो ।
वातावरण संरक्षण र प्रवद्र्धन गर्न विश्वव्यापी रूपमै विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको बताउँदै उहाँले विद्युतीय सवारी साधनको अत्यधिक प्रयोग गरेर मात्र पेट्रोलिय पदार्थमाथिको परनिर्भरता हटाउन सक्ने धारणा व्यक्त गर्नुभयो ।  भारत, बेलायत, फ्रान्स, नर्वेलगायत मुलुकले सन् २०३० सम्म विद्युतीय सवारी साधन प्रयोग गर्ने तथा डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने नीति लिएको छ ।

रंंङमा प्रयोग हुने लेडबाट क्यान्सर

पत्र पत्रिका बाट  -साभार    http://gorkhapatraonline.com/news/46761

काठमाडौँ, कात्तिक ६ गते ।  के तपाईंले घर तथा कोठा चिटिक्क सजाउन भित्तामा प्रयोग गर्नुभएको रङ्गीचङ्गी रंङको नकारात्मक असरबारे सोच्नुभएको छ, त्यस्ता नकारात्मक असरबाट बचेर मात्र भित्ता सजाउनुहोस् अन्यथा आफ्ना बालबालिका क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन् ।
विशेषगरी भित्ता तथा टेबुलमा प्रयोग हुने विभिन्न रङ्गीचङ्गी रंङमा लेड (सिसा)को मात्रा प्रयोग गरिएको हुन्छ ।
घर तथा विद्यालयको कक्षाकोठामा प्रयोग हुने ती सिसाका कण हावाका माध्यमबाट स–साना बालबालिकाको शरीरभित्र सजिलै प्रवेश पाउँछ र दीर्घकालमा क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन् ।
लेडको सम्पर्कबाट वर्षेनी आठ लाख मानिसको मृत्यु हुने गरेको छ भने मध्यम आय भएका मुलुकमा हरेक वर्ष ९७७ अर्ब डलरको क्षति हुने गरेको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले विश्वव्यापीरुपमा मानिसमा बौद्धिक अशक्तता ९.५ प्रतिशत तथा ४ प्रतिशत मुटुसम्बन्धी रोग हुने जानकारी दिनुभयो ।
उहाँले थप्नुभयो, “नेपालमा वर्षेनी पाँच वर्ष मुनिका बालबालिकामा हुने लेड असरबाट रु एक खर्ब ५६ अर्ब बराबरको क्षति हुन्छ । त्यसैले लेडरहित कलरमात्र भित्तामा प्रयोग गर्नुपर्छ ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र तथा लिडर्स नेपालले काठमाडौँ उपत्यकालगायत पश्चिम नेपालका केही बजारबाट संकलन गरिएका १८ पेन्टस उद्योगको ३७ वटा रंगको नमूनाको प्रयोगशाला परीक्षण गर्दा ५९.४६ प्रतिशत रंग सरकारले तोकेको ९० पिपिएम मापदण्डभित्र रहेको र बाँकी रंगमा अत्यधिक सिसा प्रयोगमा रहेको जनाएको छ ।
गौरीशंकर, जस्मिन, जेजिस, एपोलो, अर्ति, जी–७, अमेरिकन पेन्ट इण्डष्ट्री, पशुपति पेन्टस, एशियन पेन्टस तथा नेपाल पेन्टस इण्डष्ट्रीका रंगमा तोकेको मापदण्डभन्दा धेरै गुणाबढी लेड पाइएको छ ।
त्यस्तै काठमाडौँ उपत्यकाका ३१२ बालबालिकासहित वीरगञ्जका विद्यालयका ५० छात्रछात्रामा गरिएको अध्ययनअनुसार ती बालबालिकाको रगतमा लेडको मात्र ९० पिपिएमभन्दा बढी पाइएको सो केन्द्रले जनाएको छ । ६० प्रतिशत बालबालिकाको रगतमा ९० पिपिएमभन्दा बढी लेड पाइएको थियो ।
ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले ग्रीलको मेसिनमा लामो समयदेखि प्रयोग गर्दै आएको तेलमा पनि अत्यधिकमात्रामा लेडको प्रयोग भएको पाइएको जानकारी दिनुभयो ।
बिपी कोइराला स्वास्थ्य अध्ययन प्रतिष्ठान तथा नेपाल स्वास्थ्य अध्ययन प्रतिष्ठानले हालसम्म चारपटक लेडसम्बन्धी देशव्यापी अध्ययन गरिसकेको जानकारी दिँदै कार्यकारी प्रमुख शाहले कात्तिक ५ देखि कात्तिक ११ सम्म अन्तर्राष्ट्रिय लेड विष रोकथाम सप्ताह– २०१७ मनाइएको जानकारी दिनुभयो ।

 

बाहिरी चक्रपथको निर्माण उपभोक्ता समितिमार्फत्

पत्र पत्रिका बाट  -साभार     https://www.onlinekhabar.com/2017/10/633812

मन्त्रिपरिषद्को निर्णय आए दुई वर्षभित्र सक्ने लक्ष्य       रविन्द्र घिमिरे    2 प्रतिक्रिया


६ कात्तिक, काठमाडौं । काठमाडौंको बाहिरी चक्रपथ आयोजना उपभोक्ता समितिमार्फत् निर्माण गरिने भएको छ । उपत्यका विकास प्राधिकरणले हरेक एक किलोमिटरमा स्थानीय जग्गाधनीको सहभागितामा उपभोक्ता समिति बनाएर निर्माण गर्ने मोडेल ल्याएको हो ।
शहरी विकास मन्त्रालयले जग्गा अधिग्रहणको प्रक्रिया थाल्ने प्रस्ताव मन्त्रिपरिषद्मा नलैजाँदा चक्रपथ योजना अलपत्र परेको छ । मन्त्रिपरिषद्ले आयोजना अगाडि बढाउने निर्णय लिए दुई वर्षभित्रै ट्रयाक खोल्ने काम सक्ने योजना रहेको मन्त्रालयका शाखा अधिकृत ध्रुव सापकोटाले जानकारी दिए । यसअघि सापकोटा बाहिरी चक्रपथ आयोजनाका निमित्त प्रमुख थिए ।
उनका अनुसार ७२ किलोमिटरको आयोजनामा ७२ वटा उपभोक्ता समिति बन्नेछन् । सम्बन्धित नगरपालिकाका मेयर अध्यक्ष रहने उपभोक्ता समितिलाई नै बजेट उपलब्ध गराएर काम गराउने योजना बनाइएको छ ।
अधिग्रहणमा अल्झिएको योजना
पहिलो चरणमा चोभारदेखि भत्केको पाटी, मच्छेगाउँ, गाम्चा हुँदै सतुंगलसम्मको खण्डमा जग्गा अधिग्रहणका लागि आयोजनाले प्रस्ताव गरेको छ । यसका लागि आयोजनाले जग्गाधनीको गुनासो सुनुवाइ पनि गरिसकेको छ ।
सुविधासम्पन्न चक्रपथ निर्माण गरेर त्यससँगै जोडिएका जग्गामा आधुनिक घडेरी विकास गर्ने र पुनः जग्गाधनीलाई जग्गा फिर्ता गर्नेगरी अधिग्रहण प्रक्रिया सुरु गर्न लागिएको छ ।
जग्गा प्राप्तिको प्रक्रियामा सरकारले कुनै ठूलो रकम खर्चिनुपर्ने छैन । मन्त्रिपरिषद्ले जग्गा अधिग्रहणको निर्णय गरेलगत्तै जिल्ला प्रशासन कार्यालयले ३५ दिने सूचना प्रकाशित गर्नेछ ।
त्यसको १५ दिनभित्र अधिग्रहणको प्रक्रिया टुंगिएर त्यसमा पर्ने सबै जग्गा सरकारको नाममा आउनेछ । बाहिरी चक्रपथमा पर्ने जग्गाको बिक्री वितरण आयोजनाले यसअघि नै रोकिसकेको छ ।
पहिलो खण्डको ६ दशमलव ६ किमिको डीपीआर पनि स्वीकृत भइसकेको छ । अब जग्गा अधिग्रहणको प्रक्रिया सक्नासाथ उपभोक्ता समितिबाट ट्रयाक खोल्ने काम सुरु गरिने सापकोटाले बताए ।
पहिलो खण्डमा जग्गाप्राप्तिको प्रक्रियामा स्थानीय बासिन्दासँग सहमति जुटिसकेकाले अब काम सुरु गर्न समस्या नहुने आयोजनाको दाबी छ ।
‘आयोजनामा विवाद छैन,’ अधिकृत सापकोटाले भने, ‘जग्गा हाम्रो नाममा आउनासाथ पहिलो खण्डमा काम थालनी हुन्छ । चाँडै मन्त्रिपरिषद्बाट स्वीकृति पाए लक्ष्यअनुसार काम गरिसक्छौं ।’
‘गिभ एन्ड टेक’ अवधारणा
चक्रपथको पहिलो खण्ड निर्माणका लागि ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । अधिग्रहणपछि पहिलो खण्डमा सात हजार आठ सय रोपनी सरकारको नाममा आउनेछ ।
त्यसमध्ये करिब २५ सय रोपनी सडककै भागमा पर्नेछ भने बाँकी जमिनलाई सरकारले व्यवस्थित आवास क्षेत्रका रुपमा विकास गर्नेछ ।
सापकोटाका अनुसार बाहिरी चक्रपथ खण्डमा अधिग्रहण हुनेमध्ये सात दशमलव आठ प्रतिशत जग्गा मात्रै सडक क्षेत्रमा पर्छ ।
आयोजनाले बाहिरी चक्रपथ निर्माण गर्दा स्थानीयवासीसँग ‘गिभ एन्ड टेक’ मोडेलमा जग्गा लिँदैछ । हाल चलिरहेको जग्गा अधिग्रहण गर्ने प्रक्रिया यसमा अवलम्बन गरिने छैन ।
बाहिरी चक्रपथ खोल्न लागिएका क्षेत्रमा जग्गा दिने स्थानीयवासीलाई सडकले नै ठूलो फाइदा दिने भएकाले उनीहरुलाई जग्गामा योगदान गर्न लगाइँदैछ । सबै स्थानीय बासिन्दा आफ्नो स्वामित्वको जग्गा विकसित घडेरीका रुपमा परिणत हुने भएकाले जमिन दिन तयार भएको प्राधिकरणको दाबी छ ।
आयोजनाले चक्रपथसँगै पाँच सय मिटर जग्गा एकीकरण गर्ने भएकाले यसले स्थानीय बासिन्दालाई धेरै लाभ मिल्नेछ । निःशुल्क जग्गा उपलब्ध गराउँदा उनीहरुले चक्रपथ र जग्गा एकीकरणको कुल लागतमा आठ प्रतिशत योगदान गर्नेछन् । सरकारले यसवापत उनीहरुको ८० हजार रोपनी एकीकरण गरिदिनेछ ।
मन्त्रालयका अनुसार चक्रपथको दायाँ–बायाँ २५०/२५० मिटर जग्गा एकीकरण गरिनेछ । यसलाई व्यवस्थित बस्तीका रुपमा विकास गर्न सडक आसपासका पाँच सय मिटर क्षेत्रफलमा विभिन्न पूर्वाधार बनाइदिनेछ, आयोजनाले ।
यसरी सडक आसपास जग्गा विकास गर्दा अहिले प्रतिआना दुई लाख रुपैयाँ पर्ने घडेरीको मोल उच्च हुने र त्यसबाट स्थानीय बासिन्दालाई बढी फाइदा हुने विश्वास आयोजनाको देखिन्छ ।
सडक आसपासमा सडक, विद्युत, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थललगायत पूर्वाधारसहितको व्यवस्थित बस्ती विकास गर्ने योजना छ ।
त्यसवापत उनीहरुलाई छुट्टै क्षतिपूर्ति या मुआब्जा दिइने छैन । पहिलो खण्डमा पर्ने करिब दुई सय घरलाई भने सरकारकै तर्फबाट क्षतिपूर्ति दिएर हटाइनेछ ।
कस्तो बन्छ चक्रपथ ?
काठमाडौंमा ३५.०८ किमि, ललितपुरमा १५.८० किमि र भक्तपुरमा २१.०५ किमि रहनेगरी चक्रपथ निर्माण गरिनेछ ।
चोभारबाट गम्चा, सतुंगल, नैकाप, पूरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखागाउँ, चपली, चुनिखेल, गोकर्णेश्वर हुँदै थलीडाँछी जोडिने छन्, बाहिरी चक्रपथमार्फत् ।
त्यसपछि दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल बुङ्मती हुँदै चोभारमै जोडिनेछ । यसमध्ये पहिलो चरणमा चोभार–सतुंगल खण्डमा नयाँ ट्रयाक खोल्नेसहित बस्ती विकासको पूर्वाधार निर्माण सुरु हुनेछ । उपत्यकाका तीनै जिल्लालाई जोड्ने उक्त आयोजनाको अवधारणा ११ वर्षअघि नै तयार पारेको थियो, सरकारले ।
७२ किमिको लम्बाईको बाहिरी चक्रपथमा चीन सरकारले सहयोग गर्न चासो देखाएको छ । थप लगानी नेपाल सरकारको हुनेछ ।
प्रतिक्षित आयोजना
बाहिरी चक्रपथ आठ लेनको हुनेछ । सडकका दुवै भागमा साइकल ट्रयाक रहनेछ भने ग्रिन बेल्टसहित किनारामा फुटपाथ पनि विकास गरिनेछ । सडक, फुटपाथ र साइकल ट्र्याकसहित ५० मिटर फराकिलो जमिन प्रयोग हुनेछ ।
यो चक्रपथ बनेपछि काठमाडौंको ट्राफिक व्यवस्थापनमा सहज हुने अपेक्षा छ । अहिले तीन जिल्लाका विभिन्न क्षेत्रसम्म जान मुख्य शहरमै सवारी लिएर प्रवेश गर्नुपर्ने बाध्यता छ । बाहिरी चक्रपथको निर्माणपछि शहरी क्षेत्रमा छिरेरै चक्रपथ रुट आसपासका क्षेत्रमा जानुपर्ने बाध्यता हट्ने अपेक्षा छ ।
उपत्यकाको ग्रामीण र शहरी क्षेत्रको सेवा सुविधाका लागि पहुँच पुग्ने विश्वास गरिएको छ । यस्तै, विभिन्न राजमार्गहरुमा यसको सीधा ‘कनेक्सन’ हुने भएकाले चक्रपथ क्षेत्रमा चहलपहल बढ्ने छ ।
अरनिको र पृथ्वी राजमार्गसहित तराई जोड्ने फास्ट ट्रयाकमा पनि यो सडक जोडिने भएकाले यसले काठमाडौंमा गाडी लिएर आउनुपर्ने बाध्यतालाई हटाउनेछ ।
अव्यवस्थित शहरीकरणलाई रोक्न पनि यो फलदायी हुने सरकारको विश्वास छ । यस्तै, काठमाडौं आसपासको कृषि फसललाई बजारसम्म सजिलै ल्याउन पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा छ ।
२०७४ कार्तिक ६ गते २०:०५ मा प्रकाशित

उद्योगलाई अन्तिम मौका

पत्र पत्रिका बाट  -साभार              http://radiokantipur.ekantipur.com/news/2017-10-23/20171023185839.html
खारेजीमा परेका करिव १ हजार ५ सय उद्योगले नविकरणको लागि अन्तिम मौका पाउने भएका छन् । नयाँ औद्योगिक व्यवसाय ऐन कार्यन्वयनमा आएसँगै स्वत: खारेजीमा परेका उद्योगले पुन: संचालनका लागि ३ महिना म्याद थप्न सक्ने सुविधा उपलब्ध गराएको हो । उद्योग मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो मौका दिएको छ । उद्योग मन्त्रालयको सूचना अनुसार आजको ३ महिनाभित्र उद्योगहरुले नविकरण वा म्याद थप गर्न पाउने छन् । कानुन मन्त्रालयले बाधा अड्काउ फुकाउ अन्तर्गत नियमावलीबाट म्याद थप गर्न मिल्ने बताएपछि मन्त्रालयले त्यस्त उद्योगलाई ३ महिनाको म्याद दिइएको उद्योग सचिव शंकर कोइरालाले जानकारी दिनुभयो । सरकारले गत मंसिर ७ देखि औद्योगिक व्यवसाय ऐन, २०७३ कार्यान्वयनमा ल्याएको थियो । उद्योग दर्ता भएपछि सञ्चालनमा आईसक्नुपर्ने प्रावधान भएकाले लगानीकर्ताले उद्योग सञ्चालनमा ल्याउन नसकेमा म्याद सकिनु एक महिना अघि नै थप गर्नुपर्ने नयाँ ऐनमा उल्लेख छ । नयाँ प्रावधान आएसँगै मन्त्रालयले. स्वत: खारेजीमा परेका उद्योगहरुलाई संचालनका लागि अन्तिम मौका दिने तयारी थालेको थियो । अर्बौर्ेको लगानी जोगाउने उद्देश्यसहित त्यस्ता उद्योगलाई अन्तिम मौका दिइएको उद्योग विभागले जनाएको छ । प्रकाशित:कार्तिक ६, २०७४

Friday, October 20, 2017

किन दियो एलाइन्सलाई आइएसओ र सीटीईभीटीबाट मान्यता ?

पत्र पत्रिका बाट  -साभार                        http://www.newsabhiyan.com/news-details.php?nid=99225

नयाँ ढंगबाट ल्याप्टप, मोबाईल, प्रीन्टर मर्मत तालीम कक्षा सञ्चान   न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २९ आइतबार

newsabhiyan

न्यूज अभियान, काठमाडौं । आजको २१ औ सताब्धिमा सिप र ज्ञान विना मानिसको जीवन अन्धकारमय नै हुन्छ । नेपालमा अहिलेको सन्दर्भमा बेरोजगारीको समस्याले मुलुक यतिबेला ग्रस्त बनेको छ भन्दा सायदै फरक नपर्ला ।
दैनिक हजारौंको संख्यामा नेपाली युवाहरु विदेशिन बाध्य भएका छन् । काम र मामको खोजिमा विदेशिन वाध्य युवाहरुको अर्को मुख्य समस्या भनेको सिप नै हो । सिप विनाको जीवन असंभव प्राय: छ ।
विना सिप खाडी मुलुक पुगेका नेपाली युवाहरुले ५० डिग्री भन्दा माथिको चर्को घाममा पसिना बगाइरहेका छन् ।
तर, यस विषयमा सरकार र सम्बन्धित निकाय भने मौन बसिरहेको बेला  विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको  एलाइन्स ल्यापटप एण्ड रिपेयरिङ सेन्टर ले भने नयाँ ढंगबाट शिप सुचारु गराई रहेको छ ।
आइएसओ र सीटीर्इंभीटीबाट मान्यता प्राप्त भएसँगै नयाँ ढंगबाट कक्षा सञ्चालन गराई रहेको एलाइन्सका प्रबन्ध निर्देशक दिपक पोखरेलले न्यूज अभियानलाई बताए ।
नेपालमै पहिलो पटक वियू्य, सीआरओ, आईआरडी, डीसी जस्ता मेसिनको प्रयोग गरेर तालिम प्रदान गर्दै आएको एलाइन्सले अहिले इएनआईटी, आरटी ८०९ जस्ता मेसिन थप गरेर कक्षा सञ्चालन गर्दै आएको छ ।
आइएसओ मान्यता प्राप्त एलाइन्सले नयाँ मेसिनहरुको सहायताबाट ल्यापटप तथा डेक्सटपका ‘चिप लेवल’ र मोवाइल, प्रिटर लगायतका सामानहरुको ट्रेनिङ र नेटवर्किङ सम्बन्धि तालिम गराई बिद्यार्थीहरुलाई दक्ष शिप मुलक ज्ञान समेत दिइरहेको छ ।
एलाईन्सका बिद्यार्थीको भनाई

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सीटीईभीटी) बाट समेत मान्यता पाइसकेको एलाइन्समा तालिम लिएका विद्यार्थीहरुले रोजगारीको अवसर समेत सहज रुपमा पाउने गरेका छन् । एलाइन्समा छ महिना तालिम लिए पश्चात विद्यार्थीहरुलाई एलाइन्सले नै रोजगारीको अवसर समेत प्रदान गर्दै आएको  प्रबन्ध निर्देशक पोखरेल बताउनु हुन्छ  ।

Alliance नै किन रोज्ने ?

CTEVT द्वारा मान्यता प्राप्त Training and Repair Center
• ISO 2009: 2015 Certified Training and Repair Center
• Book writer द्धारा Training
• International Service Center भएको
• हरेक Testing Equipment भएको
• Training गराउदा Real Problems लाई Face गराई गराईने
• दक्ष नहुन्जेल सिक्न सकिने र Full course गर्नेलाई Job को Guarantee भएको
• National वा International वा आफै केहि गर्नसक्ने बनाएर पठाईने
• Laptop computer मा देखीने समस्या मात्र 20 minute भित्र पत्ता लगाउ नसक्ने
• India लगायत विभिन्न देशबाट Experience लिएका र यहि field मा ८ वर्ष देखी काम र Training दिदै आईरहेका दक्ष Teacher द्धारा Training
• आफुले पढेका Cerficate Online बाट पनी निकाल्न सकीने

Alliance ले दिने Training किन र कसको लागी ? 

सीप सिकेर केहि गरौं भन्नेका लागी
• SEE +2 पछि Engineering पढ्नेको लागि
• जे गर्दा पनि असफल भएर बसेकाहरुको लागि
• पसल गरिरहेका पूर्णरुपमा काम गर्न नसक्नेका लागि
• SEE, +2, Bachelor दिएरबसेका विद्यार्थीको लागि
• Student Visa मा विदेश जाने विद्यार्थीको लागी

Alliance बाट प्रकाशित पुस्तकहरु

1. Computer laptop chip level solution
2. Mobile software hardware solution
3. Card level desktop laptop and Networking Proposed
4. Printer photocopy
5. Projector
एलाइन्सले सानो समस्यामा पनि धेरै पैसा लगानी गर्नु पर्ने बाध्यतालाई ध्यानमा राखेर दक्ष इन्जिनियर खटाएर एएमसी सर्भीससमेत प्रदान गर्दै आएको छ । कम्पनीले ल्यापटप तथा कम्प्युटरका सामानहरुको समेत विक्री वितरण गर्दै आएको छ ।
यस क्षेत्रमै रहेर काम गर्दै आएका तर पूर्ण दक्ष बन्न नसकेकाहरुका लागि पनि एलाइन्सले छुट्टै प्याकेज बनाएर तालिम प्रदान गरिरहेको छ । जसले गर्दा पहिले नै तालिम लिएकाहरुले पनि पछिल्लो समय विश्वमा भएका प्रविधिका परिवर्तनका बारेमा बुझ्न सक्ने सञ्चालक पोखरेलको दावी छ ।
रोजगारीको अवसर नपाएर विदेश जान चाहनेहरु र प्लस टु पश्चात कम्प्युटर तथा इलेक्ट्रोनिक्स विषय लिइ अध्ययन गर्न चाहने विदार्थीहरुका लागि पनि एलाइन्सले छुट्टै प्याकेज बनाएर तलिम प्रदान गर्दै आएको प्रबन्ध निर्देशक पोखरेलको भनाई छ । (फोटो/भिडियो:उद्धव तमाङ)
सम्पर्क नम्बर : 014168211, 9851174406, 9841030824
वेबसाईट : www.alliancelaptoptraining.com.np