Saturday, July 29, 2017

सरकारी खर्चमा विदेशबाट हिलो आयात, जनताको विरोध

पत्र पत्रिका बाट  -साभार  

http://www.onlinekhabar.com/2017/07/613616/
अनलाइनखबर 


जाबो विदेशबाट हिलो खरीद गर्नका लागि करदाताको हजारौँ डलर रकम खर्चिन्छ भने त्यस्तो आयातकर्ताको आलोचना हुने नै भयो । न्युजिल्याण्डमै अहिले यस्तै विवाद चलिरहेको छ ।
न्युजिल्याण्डमा हालै ९० हजार अमेरिकी डलर खर्च गरेर दक्षिण कोरियाबाट हिलो आयात गरिएको छ ।
न्युजिल्याण्डको रोटोरुवामा हुने मड टोपिया संगीत महोत्सवका लागि कोरियाली हिलो खरीद गरिएको हो ।
न्युजिल्याण्डको उत्तरी टापु सहर रोटोरुवाका संगीत महोत्वस आयोजकहरुले दक्षिण कोरियाको बोर्योंगबाट हिलो खरीद गरेका हुन् ।
संगीत महोत्वस आयोजकका अनुसार दक्षिण कोरियाबाट हिलो आयात गर्न केन्द्र सरकारले पैसा अनुदान दिएको छ ।
पाँच टन उक्त हिलोले आगामी पाँचवटा संगीत महोत्सवलाई पुग्ने बताइएको छ । आगामी डिसेम्बरमा संगीत र हिलोको संगमको रुपमा संगीत महोत्सव मनाइन्छ ।
स्थानीय सहरमै पर्याप्त माटो भएपनि त्यहाँको माटो पूरानो र मल कुहेको भएको हुँदा त्यसले हिलो खेल्ने मानिसहरुलाई बिरामी पार्नसक्ने भन्दै आयोजकहरुले दक्षिण कोरियाबाट मगाइने माटो कारखानामा बनाइएको ताजा माटो भएको बताएका छन् ।
सरकारी सहयोगमा हिलो आयात गर्ने योजना प्रति न्युजिल्याण्डका बासिन्दाहरुले तिव्र विरोध जनाएका छन् । कतिपयले पैसाको सत्यानास हुनेप्रति सचेत गराएका छन् भने कतिले क्वारेन्टाइनको विषयमा प्रश्न उठाएका छन् । जनताहरु जुत्तामा फोहोर हुँदा समेत भन्सारबाट भित्र छिर्न नपाउने तर सरकारले चाहीँ विदेशबाट हिलो खरीद गर्ने भनेर कतिपयले खिल्ली उडाएका छन् ।
हिलो खरीद गर्ने सरकारी योजनाको विरोध गर्दै न्युजिल्याण्डको करदाता युनियनका प्रवक्ताले संगीत महोत्सवका लागि विदेशबाट हिलो आयात गर्नु भनेको मरुभूमि महोत्सवका लागि दुबईले बालुवा आयात गरेजस्तो रहेको बताए ।
बीबीसी
२०७४ साउन १४ गते १२:४० मा प्रकाशित

No comments:

Post a Comment