Sunday, July 9, 2017

होटेलमै तीन सय डलर सटही सुविधा

पत्र पत्रिका बाट  -साभार  http://annapurnapost.com/news/74928

उत्तम काप्री सोमवार, असार २६, २०७४

का‍ठमाडौं : विश्वका विभिन्न मुलुकबाट आउने विदेशी नागरिकले होटेलबाटै अधिकतम तीन सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०७४/७५ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा विदशीले होटेलबाटै तीन सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने व्यवस्था गरेको हो ।
इजाजत प्राप्त होटेलले आफ्नो सेवा बिक्री गर्दा मात्र सटही दिन सक्ने व्यवस्थालाई परिर्वतन गर्दै राष्ट्र बैंकले नयाँ नियम ल्याएको हो । नयाँ नियम अनुसार अब होटेलमा बस्ने ग्राहकलाई आवश्यकता परेको अवस्थामा प्रतिग्राहक अधिकतम तीन अमेरिकी डलर बराबरसम्म सटही गर्न पाउने राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख छ ।
राष्ट्र बैंकले गरेको सहटी सुविधाको निर्णयलाई होटेल एसोसिएसन अफ नेपाल (हान)ले पनि सकारात्मक कदम भएको जनाएको छ । ‘लामो समयदेखि राष्ट्र बैंकसँग ग्राहकलाई आवश्यक परेको अवस्थामा होटेलले पनि सटही सुविधा पाउनुपर्ने भन्दै माग गर्दै आएको थियो', हानका महासचिव विनायक शाह भन्नुहुन्छ, ‘थोरै भए पनि सटही सुविधा दिँदै सकारात्मक कदमको थालनी भएको छ ।' राष्ट्रबैंकले दिएको सटही सुविधा होटेल व्यवसायीले नियमसंगत विदेशी मुद्राको अपचलन नहुने गरी काम गर्ने उहाँले बताउनुभयो ।
विदेशीसँग लिएको डलर पनि राष्ट्रबैंकको प्रक्रिया पूरा गरेरमात्र लिने हुँदा कसैलाई असर नगर्नेै उहाँको भनाइ छ । सटही सुविधाबाट होटेल व्यवसायीलाई भन्दा पनि विदेशी नागरिकलाई नै सहज हुने उहाँको भनाइ छ । राष्ट्रबैंकको कदमलाई पर्यटन व्यवसायी सुमन पाण्डेले पनि सकारात्मक कदम भएको बताए । होटेलमा आउन साथ विदेशीले तीन सय डलर लिनपाउँदा रकम अभावले उनीहरूमा आउने मानसिक तनाव मुक्त हुने उहाँको भनाइ छ ।
अहिले होटेलमा बसेका पर्यटकले कुनै सामान्य बाहिर निस्कँदा पनि खर्च गर्ने रकमका लागि मनी एक्सचेन्जमा गएर डलर सटही गर्नुपर्ने अवस्था थियो । यसकाकारण उनीहरूलाई केही असहता हुने अवस्था थियो । सिटी क्षेत्रमा समस्या नरहेको पनि अन्य क्षेत्रमा बाहिर रकम सटही गर्न नपाउने अवस्थामा विदेशीले आफूले चाहेको सामान खरिद र खर्च गर्न पाउने अवस्था थिएन । राष्ट्रबैंकको नयाँ कदमले पर्यटकलाई सहता हुने पाण्डेको भनाइ छ ।

हवाईजहाजका पार्टपुर्जा उधारोमा ल्याउन पाइने

नेपाल राष्ट्र बैकले १० हजार अमेरिकी डलरसम्मका पार्टपुर्जा उधारोमा पनि बिक्रेताले ल्याउने पाउने व्यवस्था कायम गरेको छ । राष्ट्रबैंकले आर्थिक वर्ष २०७४/७५ मौद्रिक नीति सार्वजनिक गर्दै हवाईजहाज, दूरसञ्चारका पार्टपुर्जा तथा मेडिकल इक्विपमेन्टका पार्टपूर्जा आधिकारिक एजेन्टमार्फत तत्कालै विदेशबाट ल्याउने परेकामा १० हजार डलर बराबरसम्मको ल्याउन पाउने व्यवस्था गरेको छ । राष्ट्र बिक्रेताले उधारोमा समान पठाइदिएका अवस्थामा सामान नियमानुसार भन्सार जाँच पास भई आएको ९० दिनभित्र कागजातका आधारमा भुक्तानी पठाउन सकिने राष्ट्र बैंकले व्यवस्था गरेको हो ।

कुल कर्जाको पाँच प्रतिशत पर्यटनमा अनिर्वाय

राष्ट्र बैंकले नेपालको पर्यटन प्रवद्र्धनकै लागि भन्दै वाणिज्य बैंकले गर्ने कुल कर्जाको पाँच प्रतिशत कर्जा पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने नयाँ व्यवस्था ल्याएको छ । राष्ट्र बैंकले पहिलोपटक पर्यटन विकासका लागि कर्जाको सीमा निर्धारण गरेको हो । राष्ट्रबैंकको नयाँ कदमले पर्यटकीय गन्तव्यको विकासमा सहयोग पुग्ने पर्यटन व्यवसायी बताउँछन् । राष्ट्र बैंकको कदमलाई नेपाल पर्यटन बोर्डले पनि सकारात्कम रूपमा लिएको छ । सरकारी बजेटसँगै बैंकले पर्यटन क्षेत्रमा लगानी बढ्दा नेपाले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा सहयोग पुग्ने बोर्डको भनाइ छ । क्याप्सनराजधानीमा आइतबार आयोजित कार्यक्रममा मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपाल । अन्नपूर्ण

 


No comments:

Post a Comment