Tuesday, July 18, 2017

काठमाडौं महानगरलाई साइमेक्सको प्रस्तावः तिलगंगा टु कलंकी स्काई रेल

पत्र पत्रिका बाट  -साभार  http://www.onlinekhabar.com/2017/07/611055/

अनलाइनखबर


३ साउन, काठमाडौं । साइमेक्स इंक कम्पनीले काठमाडौंमा स्काई रेलको सञ्चालन गर्न सकिने निष्कर्षसहितको रिपोर्ट काठमाडौं महानगरपालिकालाई बुझाएको छ ।
काठमाडौंमा स्काई रेलको सम्भाव्यता अध्ययन गर्न जिम्मा पाएको साइमेक्स इंक कम्पनीले मंगलबार काठमाडौं महानगरपालिकालाई आफ्नो प्रारम्भिक रिपोर्ट बुझाएको हो ।
साइमेक्सले पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म स्कोई रेल सञ्चालनको प्रस्ताव गरेको छ । यसको रुट तिलगंगाबाट सुरु भएर एरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म हुनेछ ।
साथै भविश्यमा यो रुटलाई कीर्तिपुरसम्म लम्ब्याउने सकिने साइमेक्सको रिपोर्टले देखाएको छ ।
प्रस्तावित रूट
यस्तै महाराजगञ्ज नारायणगोपाल चोकबाट रत्नपार्क, सातदोबाटो गोदावरीसम्म स्काई रेल चलाउन सकिने रिपोर्टमा उल्लेख छ । साथै चक्रपथ परिक्रमाको रुटमा पनि स्काई रेल सञ्चालन गर्न सकिने अध्ययनले देखानएको साइमेक्स इंक कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दुरीको लिक बनाउन ३० करोड अमेरिकी डलर खर्च लाग्छ र निर्माण सक्न २ वर्ष समय चाहिन्छ ।
मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ । रेलको एउटा डिब्बामा २०० जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ ।
प्रस्तावित रूट २
तर, काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिने अध्ययनले देखाएको छ ।
प्रतिवेदन बुझ्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ललितपुर महानगर र काठमाडौंका छिमेकी नगरहरुसँग समन्वय गरेर उपयुक्त प्रस्ताव अघि बढाइने बताएका छन् ।
साइमेक्सका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले परियोजनाको लागत लगायत अन्य विवरण विस्तृत परियोजना प्रतिवेदनमा मात्र थाहा हुने बताए । विस्तृत प्रतिवेदनले स्टेशनको संख्या, सडक संरचना, लागतलगायतका विषय निर्धारण गर्नेछ ।


२०७४ साउन ३ गते २०:४६ मा प्रकाशित

No comments:

Post a Comment