Friday, July 14, 2017

अब विदेशबाट भन्सार नतिरी के-के ल्याउन पाइन्छ ? (सूचीसहित)

पत्र पत्रिका बाट  -साभार  https://npnepalnews.com/2017/07/14/3426

            By npnepalnewsJuly 14, 2017


२५ असार, काठमाडौं । सरकारले साउन १ गतेदेखि नयाँ झिटिगुन्टा आदेश लागू गर्दैछ । यसअनुसार विदेशबाट आउँदा ल्याउन पाइने वस्तुहरुमा विभिन्न परिवर्तनहरु गरिएको छ ।
सरकारले यसअघि विदेशबाट ल्याउन दिने केही वस्तुहरुमा प्रतिवन्ध पनि लगाएको छ । सरकारले झिटीगुन्टामार्फत सुन, मदिरा र समदर भन्सार लगायतका व्यवस्थामा महत्वपूर्ण परिवर्तन भएकोे छ ।
अब विदेशबाट काँचो सुनचाँदी लिएर नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टमा आउन पाइने छैन । सरकारले गहनाबाहेकको सुन बोक्न प्रतिवन्ध लगाएको छ । सुनका गहना ५० ग्राम र चाँदीका ५ सय ग्राम मात्रै ल्याउन पाइने छ । यसअघि विदेशबाट आउँदा २ लिटरसम्म मदिरा ल्याउन पाइनथ्यो भने अब १ लिटर मात्रै ल्याउन पाइने छ ।
नयाँ झिटीगुन्टा आदेशले यस्तै ल्यापटप वा कम्प्युटर, ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा भन्सार छुट पाइने व्यवस्था कायमै राखेको छ । यस्तै बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन ।
वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टेलिभिजन ल्याउन पाउने व्यवस्थालाई पनि यथावत राखेको छ ।
विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यवसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १/१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन । सात किलोसम्म खाद्यसामग्री ल्याउादा पनि भन्सार भुक्तानी गर्नुपर्दैन ।
निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगयात व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन भन्सार लाग्दैन ।
औषधि उपचारका लागि विदेश गएका नागरिकले आˆनै प्रयोजनका लागि ल्याउने औषधी र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुटको व्यवस्था कायमै छ । सात किलोग्रामसम्मको खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन ।
४० प्रतिशत भन्सार के-केमा ?
केही सामग्रीमा परिमाण बढी भए पनि एकैपटक ४० प्रतिशत समदर भन्सार तिर्नपर्ने नयाँ व्यवस्था पनि आदेशमा गरिएको छ । म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पङ्खा र रेडियो र १/१ थान ल्याउन सक्छन् ।
तर, यसमा समदरमा ४० प्रतिशत भन्सार तिर्नुपर्छ । १० किलोग्रामसम्म खाद्य सामाग्री पनि ल्याउन पाइन्छ तर, यसमा तोकिएको भन्सार भने तिर्नुपर्छ ।
१५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान ल्याउँदा पनि तोकिएको ४० प्रतिशत भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ । घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ ।
व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आˆनो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २/२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन सक्ने भन्सारका महानिर्देशक ढंगानाले बताए ।
चुरोट दुईसय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म पनि समदरमा भन्सार लाग्नेछ ।
सूची हेर्नुस्


No comments:

Post a Comment