Sunday, September 24, 2017

दशैंमा रातो टीका लगाउने सभ्यता पहाडी जनजातिले सुरु गरेका हुन्- जगमान गुरुङ

पत्र पत्रिका बाट  -साभार

http://www.chakrapath.com/content/an-interview-with-jagaman-gurung-abaut-dashain.html 

संस्कृतका धुरन्धर विद्वान तथा संस्कृतिविद डा.जगमान गुरुङ नेपाली संस्कृतिलाई गहिरोसँग बुझ्ने इतिहासकार पनि हुनुहुन्छ । नेपालका विभिन्न भागका हरेकजसो संस्कृतिबारे गहिरो अध्ययन गर्नुभएका संस्कृतिविद् गुरुङसँग नेपाली समाजमा दशैं र यसका अनेक आयामबारे चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको संवादः 
दशैं त आइसक्यो, दशैं कहाँ मनाउनुहुन्छ ? 
दशैं मनाउन म मेरो घर कास्कीकोट आइपुगेको छु । हामी यहाँ एक भएर दशैं मनाउँछौं । हामीले हाम्रै संस्कृति, परम्परा, र चाड पर्वहरु छोड्यौं भने नेपाली हुनको अर्थ पनि गुमाउँछौं । कसैले पनि परम्परा र संस्कृति भुल्नु हुँदैन  । आत्मादेखि मान्छेलाई शान्त हुन संस्कृतिले मदत गरेको हुन्छ । इतिहास भुल्नु, संस्कृति भुल्नु भनेको नेपाली हुनुको अस्तित्व मेटाउनु हो । त्यसैले यहाँको शानदार सभ्यतालाई निरन्तरता दिंदै संरक्षण गरौ भन्छु म । 
तपाईंले नेपाली संस्कृतिको मसिनोगरी अनुसन्धान गर्नुभएको छ, भन्दिनुस् न यो दशैं कसरी सुरु भएको हो ? 
खासगरी दशैं ऋतु पर्व हो । छ वटा ऋतु मध्ये चार ऋतु मुख्य छन् । हेमन्त ऋतुमा पौष शुक्लपक्षमा मनाइने दशैं हैमन्तिका, वसन्त ऋतुमा चैत्र शुक्लपक्षमा मनाइने वासन्तिका, गृष्ममा आषाढ शुक्लपक्षमा मनाईंने दशैं गृष्मीय, शरद ऋतुमा आश्विन शुक्लपक्षको दिन मनाइने दशैं शारदीय भनिन्छ । शात्रीय मान्यतामा के छ भने हेमन्त ऋतुमा देवी भगवती भोजनम् अर्थात भोजनको लागि बस्नुहुन्छ । बसन्त ऋतुमा स्वायनम् अर्थात सुत्नुहुन्छ । गृष्म ऋतुमा परिवर्तनम् भनेको कोल्टे फेर्नुहुन्छ । र शरद ऋतुमा प्रवोधनम् अर्थात उठ्नुहुन्छ भनिएको छ । 
अन्य समयमा पनि पूजा गरिन्छ देवीको । अन्य महिनामा अन्य आसनमा हुने तर, शरद ऋतुमा देवी उठ्ने हुनाले यो वेलाको दुर्गा पूजालाई विशिष्ट मानेर बडा दशैंको रुपमा धुमधामका साथ मनाइन्छ । 
अर्को कुरा त्यो बेला धर्मयुद्ध हुन्थे । अहिले जस्तो मिसायल थिएनन् । अहिले जस्तो गुरिल्ला थिएनन् । त्यसैले पानी पर्ने र बाढी आउन बन्द भएपछि, खेतीको मैझारो गरेर युद्धको अभ्यास गर्ने गरिन्थ्यो । घटस्थापना देखि दशमीसम्म, क्रमशः सबै हातहतियार एकैठाउँ भेला गरेर सफा गर्ने, त्यसमा साँध लगाउने अर्थात् उध्याउने, पूजा गर्ने गरिन्छ । बडा दशैंको दिन घटस्थापनाको दिन राखिएको घडाको पानीले अभिशेक गरेर अविर र दहिमा चामल मुछेर सबैलाई लगाइदिने र हर्षवढाईंका साथ हतियार निकालेर युद्धको अभ्यास गर्न निस्कने गर्दथे । यसरी मनाइन थालिएको हो दशैं । दशैंमा दिने आशिर्वादमा भएका नामहरुको पनि अर्थ छ । 
राज्य, राज्य बीचका लडाईंमा मात्र हैन, रामायण र महाभारतको लडाईंमा गााउँ नै रित्तिनेगरी मान्छेहरु मरे । धेरै विधवा भए । धेरैले सन्तान गुमाए । कति अनाथ भए  । यसले परिवारहरु विश्रृंखलित मात्र भएनन्, वातावरण नै विशाक्त भयो । त्यो अवस्थाले मान्छेको सातो गयो । अहिले भन्दा, मान्छेमा डिप्रेशन भयो । अब केही छैन भनेर पूरै नैराश्यता छायो । त्यो अस्तब्यस्त समाज र निराश मान्छेलाई हौसला बढाउन रामायण र महाभारतको युद्धमा ख्याती कमाएकाहरु जस्तै बन्नु भनेर आशिष दिइएको हो । यसबाट मान्छेमा उत्साह जगाइन्थ्यो । त्यसैले अहिलेसम्म पनि त्यहि आशिष दिइने गरिन्छ ।  
अनि जनजातिका केही अगुवाहरु रामले रावणलाई जितेको दिनदेखि दशैं मनाउने गरिएको र रावण भनेका हाम्रा पूर्खा हुन् त्यसैले बाहुनले जनजातिमाथी जित हासिल गरेको दिन भएकाले दशैं मनाउने परम्परा हामी मान्दैनौं भन्छन् त ? 
यो सबै अनविज्ञहरुले गर्ने कुरा हो । हेर्नुस् है, दशैं कसरी मनाउन थालिएको हो भन्ने कुरा दशैंमा के को पूजा गरिन्छ त्यस्ले प्रष्ट बनाउँछ । दशैंमा हामी रामको कतै पूजा गर्छाैं ? गर्दैनौं । रामलाई कहिँ सम्झन्छौं ? सम्झन्नौं। दशैंमा त देवीको पूजा हुन्छ । दुर्गा भगवतीको पूजा हुन्छ । नौ दिनमा हामी नौ वटा देवीहरुको पूजा गर्छौं । दुर्गा भनेकी शक्तिको प्रतीक हुन् ।  दशैं शक्ति उपसनाको पर्व हो । त्यो बेलाका सुर भनेको सत्यको पक्षमा लड्ने र असुर भनेको असत्यको पक्षमा रहेका मान्छे हुन् । तिनै सुरले असुरहरु माथि विजय प्राप्त गरेको दिन अर्थात् दानवहरु माथि विजय प्राप्त गरेको दिनलाई विजयको रुपमा मनाउन थालिएको हो । 
रावण आर्थात् महिषासुरको सन्तान भनेर जनजातिहरु भन्नेले किन भनेका हुन् मलाई थाहा छैन । जहाँसम्म रावणलाई रामले मारेर विजय भएको दिनलाई दशैंको रुपमा मनाइने भन्ने कुरा छ, यो हाम्रो संस्कृति होइन । आयातित कुरा हो । यो कुरा भारतको गंगाको मैदानमा विकास भएको संस्कृति हो । दुर्गा पुजा नेपालको पहाडमा विकास भएको संस्कृति हो । जसलाई यहाँका जनजातिले विकास गरे । गंगाको किनारमा विकास भएको संस्कृति बाहुनहरुले ल्याए । दुइटै संस्कृति उल्लासबाट सुरु भए पनि आएको समय र पृष्ठभूमी फरक छ । तर पछि पछि विस्तारै समान्य हुदै आयो । हाम्रोमा पनि तराईतिर रावणलाई जलाएर दशैं मनाउने गरेको पाइन्छ र उनीहरुले सँगसँगै दुर्गा पूजा पनि गर्न थाले । 
खास कुरा के हो भने मनमुखी बोलेको हो या गुरुमुखी बोल्या हो भनिन्छ गाउँमा । अहिले मान्छे आफैंले बोल्दैछ या अरुका लागि बोलि दिंदैछ, भन्ने नै बुझ्न गाह्रो पर्न थालेको छ । आफ्ना लागि भए सत्य कुरा खोजेर पनि बोल्छ । अरुका लागि बोल्नेलाई जे जे भने पनि भो । तथ्य बिनाकै कुरा ल्याइदिए पनि भयो । दशैं जनजातिको होइन, रावणलाई मारेर सुरु गरिएको उल्लास हो भन्नेहरु आफूले देश जानेर बोलेका होइनन् । मनमुख होइन, गुरुमुख भएर अरुको लागि बोलिरहेका छन् । अहिले केही जनजाति भन्नेहरुले मनको देशलाई माया गर्नेगरी होइन कि अरुको देशमा गएर पैसा कुम्ल्याएर आएकाहरुले यस्तो बोलिरहेका छन् । हिन्दु सभ्यता मास्ने आदिवासी जनजातिको पहिचान मास्ने, देशका जातजाति लडाएर देश तहसनहस बनाउने सात समुन्द्र पारीका क्रिश्चियनहरुको योजनामा आर्थात् गुरुमुख बोलिरहेको छ । 
दशैं मान्ने कुरा हाम्रो राष्ट्रियता बचाउने कि मास्ने भन्नु जस्तै हो । राष्ट्रियता बचाउने भए आफू जन्मेर हुर्केको सभ्यता बचाउनु पर्यो । देशको माया लाग्छ हाम्रो संस्कृति बचाउन लागौं, होइन भने फेरि सुर र असुरको लडाईं लड्न तयार हुनु पर्छ हामी । हाम्रो सभ्यतामाथि क्रिश्चियनको आक्रमण बिरुद्ध उभिनु पर्यो नि । हिजो राष्ट्रियताका लागि भएको युद्धमा हासिल गरेको जितमा दशैं मनाउन थालिएको हो, अव फेरि अर्को लडाईं चले पनि तयार रहौं भन्छु म त । 
तपाईं त्यसो भन्नुहुन्छ तर, जनजातिका केही अगुवाहरु त कति बर्ष देखि दशैंको विरोधमा सेतो टीका लगाएर दशैं मनाउँछन् । रातो टीका हाम्रो पुर्खाको रगत हो भन्छन् नि, होइन र ? 
टीका त पहिले जनजातिले मात्र हैन, खसआर्यहरुले पनि सेतो नै लगाउँथे । किनकी आज पनि हाम्रोमा रातो रङ बनिदैन भारतबाट आउँछ भने त्यो बेला कहाँबाट पाउनु र लगाउनु ? नेवार बजारमा बस्थ्यो । उ ब्यापार पनि गथ्र्यो । त्यसैले उसले पहिला रातो टीका लगाउन थाल्यो । पछिल्लो समयमा अविर आयो, सबैले रातो टीका लगाउन थाले । 
साँच्चै भन्ने हो भने बाहुनहरु हानबैरी गर्ने जात नै होइनन् । हुन त अहिले सेनामा बाहुन छन् । हिजो क्षत्री, ठकुरी, गुरुङ, मगरहरु मात्र सेनामा हुन्थे । आजजस्तो सेना, हात हतियार थिएनन् । शत्रुलाई मार्न नजिकै गएर काट्नै पथ्र्यो । जनजाति सुरा थिए । सुरा जनजातिहरु मार हान्नेमा हुन्थे । देउराली, देवीथानमा मार हान्ने र त्यसबाट चुहिएको रगत थालको चामलमा चुहाइन्थ्यो र त्यो रगतमा मुछिएको चामल सबैलाई तिनै मार हान्नेले शक्तिको प्रतीक मानेर लगाइदिन्थे । अहिले आएर रातो टीका रगत हो, हाम्रो होइन भन्न पाइन्छ ? पाइन्न । किनकी संस्कृति जोगाउने जिम्मा हामी पहाडमा सभ्यता लिएर आएका जनजातिहरुको नै हो । त्यसबेला लडाका जाति भनेका दुश्मनलाई उत्तानो पारेर, पछारेर, दुश्मनको छातीमा घुँडाले टेकेर, छाती चिरेर मुटुको रगत झिकी त्यसको टीका लगाउने प्रमुख जाति हुन् हाम्रा पुर्खा । यसमा त गर्व पो गर्नु पर्यो । हाम्रा पुर्खाको त्यो शानको ब्याख्या पो गर्नु पर्यो । उल्टो भाग्ने होइन नि । 
तपाईं इतिहास नविर्सनु भन्नुहुन्छ, जनजाति अगुवाहरु आफू राजाको पाला देखि हेपिएको भन्दै विरोध गर्छन् त ? 
तपाईंलाई एउटा उदाहरण दिउँ । संखुवासभाको खाँदबारीमा पाङवा भन्ने गाउँ छ । म २०४७ सालमा जाँदा त्यहाँ गंगाप्रसाद राई त्यस गाँउका मुखिया थिए । उनलाई ५२ पगरीको राई भनिन्थ्यो । किनकी त्यहाँ ५२ जातका मान्छे बस्थे । उनलाई गाउँलेले पैसा उठाएर दिने र उनले मालपोतमा गएर काम गर्ने गर्दथे । दशैंको समयमा बाहुन दहि र केरा बोकेर मुखिया मान्न पुग्थे । अन्यले बली दिएका कुरा लिएर जान्थे । 
बाहुन त जाँड रक्सी नखाने, मासु नखाने जात हो । तर बाहुन बात लाग्दा जातबाट तल झर्ने हुन्थ्यो । ती बात लागेकाहरुलाई गंगाप्रसादको आँगनमा बोलाईंन्थो । गोवरले लिपेर ठिक्क पारेको ठाउँमा ती बात लागेका तागाधारीलाई झिकाइन्थ्यो । अनि गंगाप्रसाद राई, जसले सुगुरको मासु खान्थे, काटमार गर्थे । उनले सुनपानी छर्केर तिनलाई झरेको जातबाट माथि उक्लेको घाषणा गर्थे । त्यहाँ उनले जे भन्यो त्यहि हुन्थ्यो ।
त्यस्तै तनहुँको भिमादमा बिष्णुबीर आले अहिले पनि हुनुहुन्छ । उहाँले त्यस्ता जात खसेका बाहुनलाई सुनपानी छर्केर आफ्नो जातमा फर्कएको कुरा सुन्न अहिले पनि सकिन्छ । अनि हामी जनजातिले त्यो बेला कति धेरै पावर ‘इन्ज्वे’ गरेर बसेका रहेछौं त ? त्यो भुलेर आज नचाहिँदो अफवाह फैलाउने काम गर्नु हुँदै हुँदैन । 
पुराना यस्तै गाउँहरु अनगिन्ती छन् हेर्नुस है  । पोखरामा एउटा मिया पाटन भन्ने ठाउँ छ । त्यो मुसलमानहरुको बस्ती भएको ठाउँ हो ।  त्यो टोल र अन्य टोल मिलेर एउटा गाउँ बनेको थियो । त्यहाँ रहिमद अली र महमोद मिया गाउँका मुखिया थिए । दशैंको बेला त्यहाँ वरिपरीका बाहुन, क्षेत्री, गुरुङ, दमाई सबै मुखिया मान्न जान्थे । त्यो मुसलमानलाई हिन्दुले गाउँको मुखिया मानेको परम्परा मुसलमान देशमा छ ? ल देखाउन् त ? हाम्रोमा छ । त्यसैले दशैंको उच्च परम्परालाई जातजातिमा लगेर नचाहिँदो हल्ला फैलाएर, नराम्रो बनाउने अधिकार कसैलाई छैन । त्यसकारण दशैं विशिष्ट समन्वयकारी संस्कृति हो । यसले हरेक जातजातिको उच्च सम्मान गरेको छ । अनि अपमानको कुरा कहाँबाट आयो ? 
तपाईं सबै जातजातिबीच परस्पर सम्मान थियो भन्नुहुन्छ, तर जनजाति हेपिएको कुरा चाहिँ कसरी आयो ?
यो सरासर गलत हो । पैसाका लागि यस्तो प्रचार भएको हो । हाम्रो इतिहास मास्न गरिएको नियोजित प्रचार हो । इतिहास जोगाउनु पर्नेमा उल्टो  यसरी गलत प्रचारले मार्न पाईंदैन । चीनमा लामो समय लडाईंपछि माओले राज्य गरे । लडाईंको समयमा सबै भत्काइयो । तर जव १० बर्ष अघि चीनले ओलम्पिकको आयोजना गर्यो । चराको गूँड नाम गरेको स्टेडियम बनायो । त्योबेला चीनले आफ्ना ५ हजार बर्ष पुराना कुरा झल्काउने गरी त्यो स्टेडियम बनाएको थियो । हरेक देशले आफू बलियो देखाउन गर्ने भनेकै आफ्नो इतिहासमा गर्व गरेर हो, मासेर होइन । त्यसलाई भनिन्छ सिंहावलोकन । हामीले पनि यहि गर्नुपर्छ । 
उहिले तागाधारी र मतवाली अर्थात जाँड खाने र नखाने भनेर सम्बोधन हुन्थ्यो । राज्याधिकार र धर्माधिकारी भन्ने हुन्थ्यो राज्याधिकारी भनेको राजा हो र धर्माधिकारी भन्या वडागुरुज्यू हुन्थे । राजा भन्दा बडागुरुज्यू एक स्थान माथि हुन्थे । राजालाई श्री ५ र वडागुरुज्यूलाई श्री ६ लेखिन्थ्यो । कत्रो सम्मान ? 
सुरुका बेलामा खान र सेन राजाका हातमा राज्य थिए । मगर पुजारी र बाहुन पुरेत थिए । कसरी मिलेर बसेका थिए ? बडा दशैंको पूजा गर्दा पनि राज्याधिकारीका वडागुरुज्यूका प्रतिनिधि बाहुन पुरोहितले संकल्प बाक्य भन्ने र कोटको मुख्य ब्यक्तिले पानी समातेर मौलो पूजा गर्ने परम्परा छ । कोट भनेको कोठा हो । त्यहाँ मगर पुजारी बाहेक अन्य कोही बाहुन पनि पस्न पाउँदैनथ्यो । देशभरीका बडा दशैंको मौलो पूजा गर्ने ठाउँमा तिनै बीर उमराउले पूज्ने गर्थे । बीर उमराउहरु  प्रायः तागाधारी भन्दा आदिबासी नै छन् । अनि हाम्रो दशैं होइन भन्न कहाँ पाइन्छ ? 
दशैं देशैभरका जातजातिको हो भन्ने केही सांस्कृतिक उदाहरण दिन सक्नुहुन्छ ? 
म अहिले याङजाकोटमा छु । यहाँ पनि दशैंको पूजा हुन्छ । त्यो परम्परा स्थीर भएको मात्र हो । माथि डाँडामा याङजाकोट छ । त्यहाँको घरलाई कोट घर भनिन्छ । औंशीको दिन पनि बिहानै नगराको पूजा हुन्छ । नगरा बजाउँदै कोटघर पुगेर फर्किइन्छ । यो दशैं आयो है भनेर सबैलाई जनाउ दिइएको हो । यो नगरा बजाउने काम नगर्चिले गर्छ । 
घटस्थापनाको दिनमा मगर पुजारीकी श्रीमतीले नुहाएर चोखोनिधो गरेर मार्सी चामलको जाँड राख्छे । त्यो जाँड फूलपातीमा बसाउन थाल्छ । त्यो जाँड मीठो भएन भने दुर्गा रिसाइन् भन्ने हुन्थ्यो । अब कालरात्रीको मध्यरातमा जुन ढल्केपछि मगर पुजारीले केराको पातमाथि जाँडको पोको पारेर कालीलाई चढाउँछ र बाहुन पुरोहितले संकल्प भन्छ । नौ नौ वटा बोतामा पूज्ने जमरा राखिएको हुन्छ । त्यो टीका लगाउँदा प्रयोग गरिंदैन । टीका लगाउँदा लगाइदिने जमरा घटस्थापनाको दिन राखिन्छ । 
फूलपातीको दिन पुरानो खुँडा, खुकुरी सफा गरेर, साँध लगाएर, रातो सेतो ध्वजा लगाएर सिंगारेर दुर्गा देवीको स्थान स्थापना गरिन्छ । त्यसलाई दुर्गा जगाउँने, खाँडो जगाउँने भनिन्छ । खाँडो भनेको शक्ति हो । यसलाई खड्गसिद्धी पनि भनिन्छ । 
अष्ठमीको दिन विहान झुल्के घाममा वलीपूजा गर्ने गरिन्छ । बलीपूजा मुख्य पूजा हो । कोटमा बाहुन पुरोहित र कोटको प्रमुख कर्ता हुन्छ । अनि नगरा बजाउँदै राग मध्येको पनि बादशाह राग सबैभन्दा राम्रो राग बजाउँदै लगिन्छ । जुन राग शाही कालमा ठकुरीको विवाहमा बाहेक बाहुनको बिवाहमा पनि बजाउन पाईंदैनथ्यो । त्यो बजाउने नगर्ची हुन्छन् । मालसिरी धुन बजाईछ । त्यो पनि नेपालीमा छ । त्यो खासमा त्यो बेलाका सेनाको हौसला बढाउन बजाइएको हो । त्यसमा चारै दिशा नेपालले डंक फिंजायो भनेर लेखिएको छ । सेनाका प्रमुख बाहुन पनि थिए तर अधिकांश जनजाति थिए । अनि हाम्रो होइन दशैं भनेर गलत प्रचार गर्न पाइन्छ ? 
मालसिरी धुन सहित त्यसरी कोटमा पुगेपछि मार हान्ने गरिन्थ्यो । जसले एकै मारमा छिनाउन सक्यो उसलाई पगरी गुथाउने चलन थियो । त्यो मार हान्ने काममा सेना नै हुन्थे र प्रायः जनजाति हुन्थे । धेरै ठाउँमा अहिले पनि जसले मार हान्दै आएका थिए उसैका सन्तानले बिंडो थामेका छन् । जस्तो कास्कीकोटमा फेवाली राना मगरले मार हान्छ । उ बाहेक अरुले मार हान्न पाउँदैन । 
दशैको टीकाको दिन घटस्थापनामा राखिएको घडाको जलले अभिषेक गरी टीका लगाएर रमाइलो गर्ने चलन छ । काठमाडौंका नेवारहरुले दशैंको दिन सेतो फेटा गुथेर सेतै जामा लगाएर हातमा खुँडा बोकेर नगर परिक्रमा गर्ने गर्दछन् । 
गण्डकी क्षेत्रमा चाहिँ सराप खेल्ने भनिन्छ । त्यहाँ पनि खुँडा खुकुरीहरु लिएर निस्कने गरिन्छ । यस्तो सराप खेल्न गुरुङ, मगर, दमाइर्, कामी बाहुन, कसैलाई छेकवार छैन । यो युद्धको अभ्यास स्वरुप गर्ने गरिन्थ्यो ।  दशैंमा साइत गरेपछि अघिपछि साइत हेर्न पर्दैन भन्ने थियो । यसरी हरेक जातिको समन्वयमा चलेको यो दशैं कसैले कसैलाई हेपेको भनेर गलत प्रचार गर्नु राष्ट्रको लागि घात बाहेक हरु केही होइन ।

बाल यौन दुराचार: बेपरवाह अभिभावक

पत्र पत्रिका बाट  -साभार    

http://himalkhabar.com/news/5326

सन्त गाहा मगर  41  2  43

किशोरावस्थाका सन्तानप्रति अभिभावकको लापरबाहीकै कारण सात समुद्रपारिबाट नेपाल धाउने यौन दुराचारीको संख्या बढेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ भदौमा पक्राउ गरेको अष्ट्रियाका केण्डलर मर्कस् (४५) माथि बाल यौन दुराचार, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान चलिरहेको छ। उनी १४ देखि १६ वर्षका तीन बालकलाई यौन दुराचार गरेको आरोपमा पक्राउ परेका हुन्। सीआईबीले ठमेलको एक होटलबाट उनलाई पक्राउ गर्ने क्रममा एक बालकलाई उद्धार समेत गरेको थियो। 
गत १५ असारमा ठमेलबाटै पक्राउ परेका अर्का पर्यटक अल्बर्ट फ्रेड किलिन्के (६३) लाई जिल्ला अदालत काठमाडौंले यौन दुराचारकै मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जर्मन नागरिक किलिन्केमाथि १४ वर्षका बालकमाथि यौन दुराचार गरेको अभियोग छ ।
गत वर्ष ठमेलकै एक होटलबाट पक्राउ परेका केन्नेथ जोसेफ कोम्बस्लाई पनि जिल्ला अदालत काठमाडौंले बाल यौन दुराचार, मानव बेचबिखन तथा ओसारपसार अपराधमा नौ वर्ष कैद सजाय र रु.५० हजार जरिवाना तोकेको थियो। अदालतले अमेरिकी नागरिक केन्नेथले १२ देखि १६ वर्षका १० बालकमाथि यौन दुराचार गरेको ठहरसहित गत १० वैशाखमा यस्तो फैसला सुनाएको थियो।
बुद्ध पुतुवार र केन्नेथ जोसेफ कोम्बस् ।
यौन दुराचारीहरू नेपाली बालबालिकालाई शिकार बनाउन पर्यटक भिसामा भित्रिने गरेको तथ्य विगतमा पनि सार्वजनिक भएका थिए। नेदरल्यान्डस्का माइसेन हेन्ड्रिक वोटोलाई सर्वोच्च अदालतले २०६९ कात्तिकमा यौन दुराचार मुद्दामा दोषी ठहर गरेको थियो। यौन दुराचारका लागि उनले 'बाल सुधार गृह' नै खोलेको फैसलामा उल्लेख छ।
तर पछिल्ला तीनवटा घटना भने विगतका भन्दा केही फरक छन्। तीन वटै घटनामा जान–अन्जानमा अभिभावकले गरेको लापरबाहीबाट अपराधीलाई सजिलो भएको देखिन्छ। अष्ट्रियाका मर्कस्ले अभिभावकलाई प्रलोभनमा पारेर कुकर्म गरेको अनुसन्धानबाट खुलेको छ। उनलाई पक्राउ गरेर पीडितका अभिभावकलाई सम्पर्क गर्दा उनीहरूले प्रहरीलाई नै हप्काएका थिए। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, “मर्कस् सरले नराम्रो काम गर्नै सक्नुहुन्न, उहाँलाई तुरुन्तै छोड्नुहोस् भनेर हप्काए।”
मर्कस् भने अपराध कर्मकै लागि धादिङको गोगनपानीमा समाजसेवीको रूपमा प्रस्तुत भएका थिए। उपहार, आर्थिकलगायतका सहयोग गर्ने भएकाले उनीमाथि कुकर्मको आशंकै भएन। जर्मन नागरिक किलिन्केले पनि पीडित बालकलाई पहिले साइकल किनिदिएका थिए। उनले अभिभावकलाई समेत नगद तथा जिन्सी उपहार दिएर प्रभावमा पार्न खोजेको अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, “पीडितका अभिभावकका निम्ति उनी भगवानसरह बनेका रहेछन्।”
नेपालमा विदेशी जो–कोहीलाई धनी र असल ठानेर सजिलै विश्वास गरिन्छ। यस्तो मानसिकताले अपराध बढाउन त मद्दत गरेको छ नै अनुसन्धान भइसकेको मुद्दालाई समेत टुङ्गोमा पुग्न दिएको छैन। विदेशी यौन दुराचारीहरू अदालतमा पीडित र अभिभावकलाई बयान फेर्न लगाएर पनि उम्कने गरेका छन्। प्रलोभन वा दबाबमा परेका कतिपय पीडित पक्ष नै अपराधीलाई उन्मुक्ति दिन उद्यत हुने गरेको बालबालिका क्षेत्रमा काम गरिरहेकाहरू बताउँछन्। 
यौन दुराचारीहरूले यसै पनि कम चेतनशील, कमजोर आर्थिक अवस्था भएका र बेरोजगारीको समस्या भोगिरहेका परिवारका बालबालिकालाई निशाना बनाउने गरेका छन्। बाल अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था चेन्ज, नेपालका निर्देशक प्रमेश प्रधान गोरा यौन दुराचारीहरूले अभिभावकलाई आर्थिक सहयोग, रोजगारीको आश्वासन, पढाइ खर्च उपलब्ध गराउनेलगायतका प्रलोभन र कतिपय अवस्थामा धम्की समेत दिएर प्रभावित पार्ने गरेको बताउँछन्।
४ पुस २०७१ मा जिल्ला अदालत ललितपुरले क्यानाडाका अर्नेस स्याम्बिक म्याकेन्टस् (६०) लाई सात वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनायो। पछि साविकको पुनरावेदन अदालत, पाटनले रु.३ लाख मात्र क्षतिपूर्ति तिरे पुग्ने फैसला गर्‍यो। यसमा पीडकले पुनरावेदन गरेर पीडितलाई बयान फेर्न लगाएको प्रष्टै छ। चेन्ज नेपालका प्रधान भन्छन्, “पहिला अपराधीको छाला काढ्छु भन्ने अभिभावकले नै पछि बयान फेरेको र पीडितलाई बोल्न नदिएका थुप्रै घटना छन्।”
उद्देश्य नै यौन अपराधमाथिका घटनाहरूमा अर्को समानता के छ भने दोषीहरू पटके यौन दुराचारी हुन्। मर्कस् अष्ट्रिया, किलिन्के जर्मनी र केन्नेथ अमेरिकामा बाल यौन दुराचारमा मुछिएका व्यक्ति हुन्। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार, उनीहरू यौन दुराचारकै लागि नेपाल आएका हुन्। पि–७४०१९०१ नम्बरको राहदानी बाहक मर्कस् पछिल्लो तीन वर्षमा चार पटक नेपाल आएको अध्यागमन विभागको अभिलेखले देखाउँछ।
अल्बर्ट फ्रेड किलिन्के
अपराधशास्त्री रजितभक्त प्रधानाङ्ग सहयोग वा उद्धारको बहानामा यौन शोषण गर्न नेपाल आउने विदेशीको संख्या बढेको बताउँछन् । उनका अनुसार थाइल्याण्ड, भियतनामलगायतका देशले यस्तो अपराध विरुद्ध कडा कानून ल्याएपछि दुराचारीहरूले नेपाललाई सहज गन्तव्य बनाउन थालेका हुन्। बाल यौन दुराचार र बलात्कारलाई फरक अपराध मानेको नेपालमा यौन दुराचारीहरूले उम्कने कानूनी छिद्र पनि भेट्टाउने प्रधानाङ्ग बताउँछन्। बाल यौन दुराचारीलाई बलात्कार र दुराचार दुवैमा कारबाही गर्नुपर्ने उनको सुझाव छ।
इन्ड चाइल्ड प्रोस्टिट्युसन इन एशियन टुरिजमले २०१६ मा गरेको 'ग्लोबल स्टडी अन सेक्सुअल एक्सप्लोइटेसन अफ चिल्ड्रेन इन ट्राभल एण्ड टुरिजम' शीर्षकको अध्ययन प्रतिवेदनमा विगतमा पश्चिमा देशका र धनीहरूबाट मात्र बाल यौन शोषण हुने गरेकोमा अहिले बालबालिका जुनसुकै देशका जोसुकै अपराधीको निशानामा परेको उल्लेख छ। धार्मिक पर्यटक समेत यस्तो घृणित अपराधमा संलग्न हुने गरेको प्रतिवेदन बताउँछ। उक्त अध्ययनले नेपाल, कम्बोडिया, हाइटी, होण्डुरस, केन्यालगायतका बालबालिका अमेरिकी र क्यानेडियन पीडकको निशानामा पर्ने खतरा औंल्याएको छ।
नेपालमा एकदशक लामो माओवादी सशस्त्र द्वन्द्वले धरासायी बनाएको पर्यटन व्यवसायलाई उकास्ने नाममा गरिएको 'जायज/नाजायज' प्रवर्धनले पनि यस्तो आपराधिक मनोवृत्तिलाई हौस्याएको यस क्षेत्रका जानकारहरूको भनाइ छ। यौन दुराचारका आरोपीहरू पर्यटन केन्द्र ठमेलबाट पक्राउ पर्नुले पनि यो भनाइलाई बल दिन्छ। 'यौन पर्यटक' लाई खुशी पार्न केही व्यवसायीले बालबालिका प्रयोग गरेको हुनसक्ने नाम उल्लेख गर्न नचाहने एक पर्यटन व्यवसायी बताउँछन्।
केण्डलर मर्कस्
यौन दुराचारीहरूले बालबालिका खोज्न दलाल पनि परिचालन गरेको अमेरिकी नागरिक केन्नेथको मुद्दाले देखाउँछ। केन्नेथले यसका लागि काठमाडौं तारकेश्वर नगरपालिका–३, स्वयम्भूका बुद्ध पुतुवार (२२) लाई परिचालन गरेका थिए। केन्नेथका लागि १६ वर्षभन्दा कम उमेरका बालबालिका होटलमा पुर्‍याइदिएका पुतुवारले पनि चार वर्ष कैद सजाय पाएका छन्। बाल यौन दुराचारमा ४० वर्षभन्दा बढी उमेरका पर्यटक संलग्न भएको देखिन्छ।
चर्चित बेलायती म्यागजिन द इकोनोमिस्ट ले २००८, जनवरीमा माओवादी द्वन्द्वका कारण नेपालमा यौन व्यवसायीको संख्या बढेको र यौन पर्यटक आकर्षित भएको रिपोर्ट प्रकाशित गर्‍यो। दक्षिण एशियाका 'सेक्स ट्रेड' विद् जोन फ्रेडरिकलाई उद्धृत गर्दै पत्रिकाले यौन पर्यटनमा नेपाल थाइल्याण्डकै अवस्थामा पुगिसकेको उल्लेख गर्‍यो। यस्तो रिपोर्टले अप्राकृतिक मैथुनको चाहना राख्ने विदेशीको ध्यान नेपालतर्फ तान्यो नै।
बाल यौन दुराचारीका कारण सबैभन्दा बढी जोखिममा सडक बालबालिका परेको सीआईबीमा कार्यरत एसपी मीरा चौधरी बताउँछिन्। निम्न आय भएका र कम चेतनशील परिवारका बालबालिका पनि उत्तिकै जोखिममा रहेको बताउँदै भन्छिन्, “कानूनी कारबाहीको प्रक्रिया छँदैछ, अभिभावक सचेत भइदिने हो भने अपराधमा आधाभन्दा बढीले कमी आउँछ।”

शाह राजाबाट बिर्ता थमौती (इतिहास)

पत्र पत्रिका बाट  -साभार       http://himalkhabar.com/news/4570

ज्ञानमणि नेपाल  88  3  91

सेन राजाहरूबाट विश्वेश्वर अर्जेलले पाएका सबै बिर्ता रणबहादुर शाहबाट जस्ताको तस्तै थामिए।
पृथ्वीनारायण शाहले गोरखाको राजसिंहासनमा विराजमान बनेकै दिनदेखि राजा भएपछि दिग्विजय गर्नुपर्छ र सम्राट हुनुपर्छ भन्ने संकल्प गरे।
गोरखा राज्य लमजुङबाट फुटेर सं. १६१६ मा द्रव्यशाहद्वारा स्थापित भएको हो। शुरूदेखि नै यस नयाँ राज्यले आफ्नो सुरक्षाका लागि संघर्ष गरिरहनुपरेको थियो।
यसको भोट बेपार पनि थिएन, तराई पनि थिएन, त्यसैले गरीब थियो। जम्मा १२ हजार घरधुरी जनताले पनि जीवन निर्वाहमा निकै कष्ट गर्नुपर्दथ्यो।
त्यसै कारण रामशाहको पालामा गोरखाले राज्य बढाउन यताउता पाउ फैलाउन खोजेका थिए। रामशाहले आफ्नो नामका साथै दैनिक कामकारबाही चलाउन केही लौकिक व्यावहारिक स्थिति–बन्देज बाँधेका थिए। त्यसैले उनलाई स्थिति बाँध्ने राजा भनेर पनि चिनिन्छ, भनिन्छ।
उनको पनि महत्वाकांक्षा चक्रवर्ती राजा हुने नै थियो। यसैले उनले गिरिराजचक्रचूडामणि (हिमाली राजाहरूमध्ये चक्रवर्ती सम्राट) भन्ने उपाधि लिए।
पुर्खादेखि चल्दै आएको यो उपाधि लिएपछि पृथ्वीनारायण यसलाई सार्थक पार्न कस्सिएर लागे। उनले पहिलो झमटमै कान्तिपुर राज्यको प्रमुख किल्ला नुवाकोट कब्जा गरे।
नुवाकोट कान्तिपुरको लागि भोट बेपारको ढोका थियो। केरुङ जाने बाटै त्यही थियो। त्यसकारण पृथ्वीनारायण नुवाकोटमै दरबार बनाएर रहन लागे। नेपालदुनका मल्ल राज्य, पश्चिमका चौबीसी र पूर्वका सेन राज्य विजय गर्ने तारतम्य मिलाउन थाले।
तिनीहरूको सैन्यबल कस्तो छ, जनताको भावना के छ बुझेर जाहेर गर्नु भनी सबैतिर आफ्ना दूत पठाए।
उनलाई पूर्वतिर बढ्दा पश्चिमका चौबीसीले दगा गर्लान् भन्ने शंका थियो। त्यसो हँुदा उनले गोरखालाई बलियो बनाइराख्नुपर्छ, मल्ल राज्य जितेपछि मात्र पूर्व–पश्चिम बढ्न जोग्य होला भन्ने सोचेका थिए।
पृथ्वीनारायणले 'पूर्वका सेन राज्यको खरखजाना माफिकै छ भन्ने सुनिन्छ, पहिले ती राज्य हात पार्न पाए, पश्चिम दख्खल गर्न वेश होला' भन्ने ठहर्‍याई डोटी–कुमाउ गएर ज्योतिष पढेका र बातचित गर्न होशियार विश्वेश्वर अर्जेललाई 'किरात मुलुक गई सेन राजाका फौज खरखजाना कति छ, भारदार कस्ता छन्, हात आउने जतिलाई हात लिनू र सबै बेलीबिस्तार जाहेर गर्नू' भनी पठाए।
तीर्थयात्री भएर हिंडेका अर्जेलले पहिले चौदण्डी पुगेर राजा मुकुन्द सेन (द्वितीय) लाई ज्योतिष परिचय दिंदा राजाले 'म हात्ती खेदा (हात्ती पकड्न) जाँदैछु, राम्रो साइत हेरिदेऊ, मेरो कार्यसिद्धि भो भने तिम्रो मनोवांक्षा पुर्‍याइदिउला' भनेछन्।
नभन्दै, राजाको कार्यसिद्धि भएछ अनि अर्जेललाई राजकुमार–राजकुमारी पढाएर यहीं बस भन्दै सं. १८१६ मा सप्तरी वैरवा मौजा कुश बिर्ता दिएर राखे। त्यसरी विश्वेश्वर अर्जेल दरबारी ज्योतिषी भएर चौदण्डी राज्यमा बसे।
मुकुन्द सेन (द्वितीय) का सेखपछि कर्णसेनले पनि १८२४ मा अर्जेललाई सप्तरीकै प्रगन्ना पकरिया मध्य दुधैला मौजा कुश बिर्ता दिए। वि.सं. १८२५ मा उनै कर्ण सेनले अर्जेललाई फेरि सप्तरी जगदरमध्य मौजा मुसहर्निया ससिम कुश बिर्ता दिए।
मुकुन्द सेन र कर्ण सेनले राजज्योतिष विश्वेश्वर अर्जेललाई पट्टा स्याहामोहर बमोजिम सर्वकर माफ गरी दिएका चारै कुश बिर्ता (वैरवा, मुसहर्निया, दुधैला र हथिना) पछि १८३५ सालमा राजा प्रतापसिंह शाहका छोरा शिशु राजा रणबहादुर शाहले लालमोहर गरी सदर गरी जस्ताको तस्तै थामिदिए। वैरवा कोशी किनार भारदह उत्तरपट्टि र मुसहर्निया राजविराजको मध्यमा पर्छ।
रणबहादुरको लालमोहरमा फटके साक्षी बस्ने चौतरिया, काजी चार जना छन्, नाम चाहिं काजी सर्वजित राना र अमरसिंह रानाको मात्र उल्लिखित छ। शाह राजाहरूले प्रायः आफ्ना भाइछोरालाई मात्र चौतरिया पद दिने चलन थियो। सेन राजाहरूले चाहिं स्थानीय राईहरूलाई पनि चौतरिया बनाए।
मुकुन्द सेनको स्याहामोहरमा रुजु सिंहदेवराय मात्र लेखेको छ, कर्ण सेनका स्याहामोहरमा चौतरिया अजित राय रुजुमा रहेका छन्। मुकाम चाहिं राजा बसेकै स्थान लेखिएको छ। मुकुन्द सेनको मुकाम शिखरमाडी र कर्ण सेनको मुकाम चौदण्डी दरबार नै छ। शिखरमाडी चौदण्डीगढीको दक्षिण फेदीमा पर्छ।
अहिले चौदण्डी किल्लाको ५–६ हात अग्लो अवशेष मात्र बाँकी छ। मोटा लामा कुँदेका काला ढुंगा फलामका लामा चुकुल ठोकेर बज्रलेप गराएर मिलाएर मोटो गारो लाएको देखिन्छ। राजाको हिउँदे मुकाम तल तराईको अमरपुरमा थियो। सेन राजाको मुकाम भएरै त्यसलाई राजविराज भनियो।

रणबहादुर शाहले विश्वेश्वरका चारै बिर्ता साविक बमोजिम थामिदिएको लालमोहर (सं. १८३५)
श्रीदुर्गाज्यू सहाये
स्वस्ती श्रीगिरिराजचक्रचुडामणिनरनारायणेत्यादिविविधविरुदा–
वलिविराजमानमानोन्नतश्रीमन्महाराजाधिराज–श्रीश्रीमहाराज–
रणबहादुरसम्सेरजङ्गदेवानां सदा समरविजईनाम्
आगे अर्ज्याल विस्वेस्वर जोईसीके प्रगन्ना सप्तरितरफ खालिसामध्ये मौजे बैरवा ससिम मौजे एक ऐ अैतरफ जगदरमध्ये मुसहर्निञा ससिम मौजे एक १ औ प्रगन्ना सप्तरितरफ प्रगन्ना पकरियामध्ये दुधैला ससिम मौजे एक १ औ प्रगन्ना सप्तरितरफ खालिसामध्ये हथिना ससिम मौजे एक १ ज्मा ससिम मौजे चारि ४ अघि राजमकुवानिलेे कुसविर्ता गरिदियाको रहेछ, तसै पट्टाबमोजिम सर्व अंक सायेर कुसविर्ता बक्स्यौ आफ्ना खातिर ज्मासँग भोग्य गर हामीलाई आसिर्वाद दिदै रहु सम्बत १८३५ साल आषाढ सुदि १ रोज ५ मोकाम कान्तिपुर शुभम् (पीठमा)
मार्फत चौतरिआ २ काजि चार
काजी सर्वजित राना अम्बरसिं राना
(रामेश्वर अर्जेलको सौजन्यबाट प्राप्त सेन राजाको स्याहामोहर गतांकको हिमालमा प्रकाशित छ।)

पानीसँगै बगेर जान्छ ६० अर्बको बालुवा

https://www.onlinekhabar.com/2017/09/628376

अनलाइनखबर


८ असोज, काठमाडौं । नेपालबाट बर्सेनि ६० अर्ब रुपैयाँभन्दा बढी मुल्यको बालुवा बगेर जाने गरेको पाइएको छ । पूर्वाधार विकासका लागि बालुवालगायतका निर्माण सामग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिवर्ष २ अर्ब २५ करोड क्युबिक मिटर बालुवा बग्ने गरेको एक अध्ययनले देखाएको छ ।
बजार मूल्यअनुसार यो परिमाणको बालुवालाई ६० अर्ब रुपैयाँ पर्दछ ।
अध्ययनले एक लिटर पानी बग्दा सरदर २ सय ४० मिलिग्राम बालुवा बगेर जाने र नेपालबाट भारत जाने पानीको आधारमा बर्सेनि ३२ करोड ७२ लाख हजार क्युबिक मिटर बालुवा बगेर जाने गरेको देखाएको छ । ‘अध्ययनले वार्षिक रुपमा ६० अर्ब रुपैयाँभन्दा बढीको बालुवा नेपालबाट बगेर भारत जाने पानीसँगै बग्ने देखिएको छ’, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इस्पानका अध्यक्ष शैलेन्द्र गुरागाईले भने । आजको कारोबार दैनिकमा खबर छ ।
२०७४ असोज ८ गते ६:०१ मा प्रकाशित

Saturday, September 23, 2017

जसले नेपालको जग बसाए

पत्र पत्रिका बाट  -साभार 

http://kantipur.ekantipur.com/news/2017-09-23/20170923104348.html 
आश्विन ७, २०७४-नेपालको इतिहासको अध्ययन गर्दै जाँदा धेरै व्यक्तिहरू महत्त्वपूर्ण पात्रका रूपमा अगाडि आउने गर्छन् । पहिले–पहिले राजा–महाराजहरूको मात्र इतिहास लेख्न चलन थियो । आजभोलि आम जनताको पनि इतिहास लेख्ने चलन सुरु भएको छ । जनताबाट पनि उत्तिकै महान् व्यक्ति अगाडि आइरहेका छन् । त्यसैले उनीहरूबारे पनि अध्ययन र अनुसन्धान गर्ने प्रवृत्ति सुरु भएको छ । तर पनि पृथ्वीनारायण शाहको कार्य र व्यक्तित्व नेपाली इतिहासमै महत्त्वपूर्ण छ । 
पृथ्वीनारायण शाहले आफ्नो सानो गोर्खा राज्यलाई विस्तार गर्ने कार्यबाटै अहिलेको बृहत् नेपाल राज्य निर्माण भएको हो । उनीपछाडि बुहारी राजेन्द्रलक्ष्मी, छोरा बहादुर शाह र अन्य बहादुर लडाकुहरूले गोर्खा राज्य विस्तार गर्ने काम क्रमिक रूपमा गरे । बहादुर शाहको पालामा त कुमाउँसम्म सिमाना पुगेको थियो । यसरी उनको पालामा बृहत् नेपाल तयार भएको थियो । पछि नेपाल राज्य पूर्वमा टिस्टा र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । 
युरोपेली इतिहासको अध्ययन र त्यसको विश्लेषण गर्दा पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गरेको सय वर्षपछि इटाली र जर्मनीमा त्यस्तै एकीकरणका कार्य भएको पाइन्छ । इटाली र जर्मनीको एकीकरण हुँदा त्यहाँ कति राज्य र क्षेत्र मिलेपछि त्यो पूरा हुने हो, त्यो तय थियो । नेपालबारे चर्चा गर्दा यो कहाँ कतिसम्म पुग्छ त ? कति भयो भने नेपाल एकीकरण भएको मानिन्छ ? यो प्रश्न टड्कारो थियो । नेपाल र अंग्रेजबीच युद्ध हुनुअगाडि नेपालको सिमाना पश्चिम धेरै टाढा पुगिसकेको थियो । 
इतिहासको विद्यार्थीको नाताले भन्नुपर्दा नेपालको सीमाक्षेत्र तय गर्न मगध सम्राट् समुद्रगुप्तको इलाहावादको शिलालेखको सहयोग लिनुपर्ने हुन्छ र यो ठीक पनि छ । समुद्रगुप्तलाई उत्तर भारतका सम्राट् भन्दा उपयुक्त हुन्छ । उनको शिलालेखमा आफ्नो देशको क्षेत्रबारे उल्लेख गर्दा उत्तरमा तीन राज्य रहेको भनिएको छ । ती हुन्— कामरूप, नेपाल र कर्तृपुर । त्यो अर्थमा नेपालको क्षेत्रफल कामरूप र कर्तृपुरको बीचमा थियो । कामरूप भन्दा आजभोलि आसाम, भुटान र सिक्किम आदि क्षेत्र हुन्छ । कर्तृपुर भन्दा कुमाउ–गढवाल बुझिन्छ । त्यो शिलापत्रअनुसार नेपाल भनेर यिनै दुई स्थानको बीचको भाग भन्ने बुझिन्छ । नेपालको सीमाबारे बुझ्न यो व्याख्या उपयुक्त छ र यसकै सहयोग लिनु उपयुक्त छ । पृथ्वीनारायण शाहले आफ्नो गोर्खा राज्य विस्तारका क्रममा यही क्षेत्र आफ्नो अधीनमा लिने कार्यको थाली गरे । उनले आफ्नो दिव्य उपदेशमा यसरी नै व्याख्या गर्ने प्रयास गरेका छन् । 
नेपालको इतिहासमा पृथ्वीनारायण शाहले दिएको योगदानबारे लेख्दा उनको राज्य विस्तार निकै ठूलो कामका रूपमा अगाडि आउने गर्छ । उनको समयमा गोर्खा सानो राज्य थियो । यो चौबीसे राज्यको एउटा भाग थियो । त्यति बेला यो चौबीसे राज्यको समूहमा पनि आत्मीयता थिएन । लमजुङबाट छुट्टिएर गोर्खा राज्य बनेको थियो । त्यसैले गोर्खा राज्यसँग धेरैको राम्रो सम्बन्ध थिएन । यस्तो स्थितिमा पनि पृथ्वीनारायण शाहले आफ्नो राज्यविस्तारको काम गरे । नेपालको अहिलेसम्मकै इतिहासमा यो सर्वाधिक महत्त्वपूर्ण काम हो । उनले यो काम नगरेको भए, अहिले नेपाल भन्ने देश रहने थिएन । नेपाल अहिलेको जस्तो स्वतन्त्र राज्य रहने थिएन । इतिहासको विद्यार्थीको नाताले म यो तथ्य ठोकुवा गरेर भन्न चाहन्छु ।
पृथ्वीनारायण शाहका कदमका सकारात्मक र नकारात्मक धेरै पक्ष छन् ।  राज्य विस्तारको अभियानका क्रममा कैयौं मानिस मारिए पनि । तर उनले राज्य विस्तार नगरेको भए के हुने थियो ? त्यो अनुमानको विषय हो । इतिहासका विद्यार्थीले निष्पक्ष रूपमा भन्न सक्नुपर्छ । उनको समयदेखि अहिलेसम्मको इतिहास केलाएर भन्ने हो भने पृथ्वीनारायण शाहले गोर्खा राज्यलाई विस्तार गरेर नेपाल राज्यको निर्माणको थालनी नगरेका भए, अहिले हामी नेपाली भनेर रहने स्थिति हुने थिएन । 
यहाँनिर त्यति बेला अंग्रेजहरूको एउटा नीतिबारे पनि उल्लेख गर्न आवश्यक छ । त्यसअनुसार अंग्रेजहरूले भारतमा आफ्नो साम्राज्य बनाउने क्रममा र त्यहाँका विभिन्न राज्य गाभ्दा उनीहरूको चाहना उत्तरमा चीनसँग झगडा गर्न नपरोस् भन्ने थियो । त्यो सोचाइअनुसार उत्तरतर्फका साना–साना राज्य सिक्किम, भुटान र कश्मीरलाई स्वतन्त्र राखौं भन्ने नीति तयार भएको थियो । यसलाई भारतमा उपलब्ध रहेका ऐतिहासिक तथ्यले पुष्टि गर्छन् । 
यता नेपालमा मुख्तियार भीमसेन थापाको समयमा बृहत् राज्य तयार भयो । पछि नेपाल–अंग्रेज युद्धपछि भएको सुगौली सन्धिपछि आधुनिक नेपालको आकार परिवर्तन भयो । जंगबहादुरको पालामा अहिलेका चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पायौं । यसरी तयार भएको आधुनिक नेपालको निर्माणको थालनीको श्रेय कसैलाई जान्छ भने त्यो पृथ्वीनारायण शाहलाई नै जान्छ । पृथ्वीनारायण शाहको सबैभन्दा ठूलो योगदान नै यही हो । त्यसैले उनलाई नेपाल राष्ट्रका निर्माता भन्न सक्छौं । मैले आफ्नो जीवनमा गरेको अनुसन्धानको सार पनि यही हो । 
राज्य विस्तार कि एकीकरण ?
मानिसहरू बहस गर्छन्— उनले गोर्खा राज्यको विस्तार गरेका हुन् कि नेपाल राज्यको निर्माण ? म यस विषयलाई दोहोर्‍याएर उल्लेख गर्न चाहन्छु— निश्चित रूपमा पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तार गरेका हुन् । र उनको त्यही राज्य विस्तारको कामले नै नेपाल राज्य स्थापना भएको हो । यसै कारणले अहिले हामी नेपालीले मेचीदेखि महाकालीसम्मको सीमालाई आफ्नो देश भन्न सकेका छौं । र, गर्वले आफूलाई नेपाली भन्न पाएका छौं । 
इतिहासलाई वस्तुगत ढगले विश्लेषण गर्नुपर्छ । त्यो बेलादेखि अहिलेसम्म उपलब्ध तथ्यको आधारमा भन्ने हो भने पृथ्वीनारायण शाहकै कारण नेपाल राज्य बन्यो । उनले सुरुमा नेपाल राज्य बनाउँछु भनेर आफ्नो काम सुरु गरेका होइनन् । यो गोर्खा राज्यको विस्तार नै हो । गोर्खा राज्य विस्तारकै क्रममा पछि नेपाल राज्य बन्न गयो । यो कार्यको थालनी गरेकोमा पृथ्वीनारायण शाहलाई ठूलो श्रेय दिनुपर्छ । 
आश्चर्यको कुरा, त्यति बेला उनले नेपालको एकीकरण भनेका छैनन् । दिव्य उपदेशमा पनि एकीकरण शब्द उल्लेख छैन । पृथ्वीनारायण शाहले सामाजिक, सांस्कृतिक र राजनीतिक आदि पक्षहरूमा धेरै बोले, तर उनले नेपाल एकीकरण गर्न यस्तो काम गरें भनेर कहीं बोलेका छैनन् । दिव्य उपदेशमा बोलेको भए, त्यो अति राम्रो प्रमाण हुन सक्थ्यो । त्यसबाट पनि भन्न सकिन्छ— यो वास्तवमै गोर्खा राज्यको विस्तार हो, यही विस्तारकै क्रममा नसोचेको किसिमले पछि गएर नेपाल एकीकरण हुन गयो । 
सुरुमा गोर्खा राज्य विस्तारकै क्रमलाई नै गोर्खालीकरण भन्न थालियो । उनले कहीं पनि म नेपाली हुँ भनेका छैनन् । दिव्य उपदेशमा पृथ्वीनारायणले ‘तीन सहर नेपाल र नौलाख किरायत (किराती) र हिन्दुपति (सेनराज्य) आज्र्याथ्येउ’ भनेर बोलेको उल्लेख छ । यस ग्रन्थमा २२ पटक ‘नेपाल’ शब्द उल्लेख छ, तर यसले काठमाडौं उपत्यकालाई मात्र जनाउँछ, नेपाल राज्यलाई होइन । त्यसैले राज्यको नाम गोर्खा रह्यो । जनता गोर्खाली । चन्द्रशमेशरको पालामा बनाएको राष्ट्रिय गीतमै ‘हामी गोर्खाली भाइ साराले’ भनिएको छ । भाषा गोर्खा भनियो । तक्माको नाम ‘गोर्खा दक्षिणबाहु’ । सरकारले निकालेको पत्रिका पनि ‘गोर्खापत्र’ । जुद्धशमशेरले गोर्खाली शब्दको स्थानमा नेपाली लेखेका हुन् । गोर्खा राज्यका स्थानमा ‘नेपाल राज्य’ लेखिन थालेको जुद्धशमशेरकै पालामा हो । 
नेपाली इतिहासले पाएका अहिलेसम्मकै सबैभन्दा ठूला व्यक्तित्व पृथ्वीनारायण शाह नै हुन् । नेपाल राज्य स्थापनाका लागि दिएको योगदानका आधारमा यो सत्य र वास्तविकता हो । 
शासकीय दूरदृष्टि
पृथ्वीनारायण शाहको अर्को महत्त्वपूर्ण योगदान उनले दिएका दिव्य उपदेश हुन् । राज्य कसरी चलाउने हो भनेर उनले दिएका उपदेशहरू अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी सबै अनुकरणीय छन् । उनको बिरामीका कारण आकस्मिक रूपमा निधन भयो र आफूले थालेका सबै काम पूरा गर्न सकेनन् । आफू गम्भीर रूपमा बिरामी भएपछि आफ्नो नजिकका मान्छेलाई बोलाएर इच्छाहरू व्यक्त गरे । यी नै उनका दिव्य उपदेश हुन् र यसै कारण उनलाई दूरदर्शी भन्न सक्छौं । 
उनले आफूले भनेका सबै उपदेश आफ्ना सन्तानलाई सुनाउनू पनि भनेका छन् । उपदेशअनुसार देश अगाडि बढाउनुपर्छ भनेका छन् । उनले तय गरेका नीति लागू गर्ने हो भने अहिले पनि त्यसले फाइदा मात्र गर्छ, बेफाइदा गर्दैन । उनले दिएका उपदेशमा सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक पक्ष सबै समेटिएका छन् । उनले भनेका छन्, नेपाल चार वर्ण र छत्तीस जातको फूलबारी हो । यो निकै राम्रो र उपयुक्त उपदेश हो । यसले यो ठूलो, यो सानो भन्ने हुन्न । एउटा फूलबारीमा जस्तै सबै समान छन् । 
उनले नेपाल आत्मनिर्भर हुनुपर्छ पनि भनेका छन् । आफ्नै देशमा बनेका कपडा लगाउनू भनेका छन् । आफ्नै देशको भयो भने आर्थिक स्थिति राम्रो हुन्छ, बाहिरको वस्तु धेरै उपयोग नगर्ने भनेका छन् । बाहिरका धेरै साहुमहाजनलाई देशमा भित्रिन नदिनू, चाहिएका एक दुई जनालाई मात्र प्रवेश गराउनू भनेर जोड दिएका छन् । उनले भनेका छन्, घूस दिने र लिने देशका महाशत्रु हुन् । यस्तो काम गर्नेको ज्यान लिँदा पनि पाप लाग्दैन भनेका छन् । यो पनि निकै उपयुक्त छ । 
यस्तै पृथ्वीनारायण शाहले ‘नेपाल दुई ढुंगाबीचको तरुल’ हो भने । नेपाल तरुलै हो, उत्तरमा चीन र दक्षिणमा भारत दुई ठूला देश छन् । हामी ठूला देशको बीचमा किच्चिन सक्छौं । यो विदेश नीतिका लागि उत्तिकै सान्दर्भिक छ । उनले जनता बलियो भए मात्र दरबार (सरकार) पनि बलियो हुने बताएका छन् । खालि दरबार मात्र धनी र सम्पन्न भयो भने मात्र केही हुन्न । जनता धनी हुनुपर्छ । 
आफ्नो राज्य विस्तार गर्नुअगाडि उनले बनारस गएर हतियार किन्न खोजे, तर आर्थिक अभाव झेले । यस्तो स्थितिमा उनले गोर्खाको हरेक घरबाट एक–एक रुपैयाँ उठाएका थिए । त्यसपछि मात्र उनले हतियार किन्न सके । यस्तै उनले न्यायनिसाफमा राजाले हेर्नुपर्छ, अन्याय गर्नु हुन्न भनेका छन् । उनले यो देश कम्ती दु:ख सहेर बनाएका होइनन् । 
पृथ्वीनारायण शाहले सुरुदेखि धेरै दु:ख गरे । कीर्तिपुरको युद्धकै क्रममा उनले झन्डै ज्यान गुमाउनुपरेको थियो । एक नेवार सिपाहीले धर्म भावनाले उनलाई मार्न दिएका थिएनन् । त्यति बेला राजालाई ईश्वर मानिन्थ्यो । 
राज्य विस्तारका क्रममा उनले निकै मिहिनेत गर्नुपरेको निश्चित हो । उनी आजको भाषामा भन्दा व्यवहारमा पनि लोकतन्त्रवादी थिए । त्यति बेलै पृथ्वीनारायण शाहले कालु पाँडेलाई अहिलेको प्रधानमन्त्रीजस्तो पदमा राख्न बैठक राखेका थिए । यसका लागि जनतासँग सल्लाह लिइएको थियो । अझ छिमेकीसँग पनि राय लिइएको थियो । उनको रोजाइ विराज बखती थिए, तर सबैले कालु पाँडे नै राम्रो भनेपछि पृथ्वीनारायण शाहले उनलाई नै प्रधानमन्त्री पदमा छाने । 
काम गर्दा भूल
काम गर्दा भूल हुने गर्छन् नै । कीर्तिपुरको पहिलो युद्ध नै खासमा भन्ने हो भने पृथ्वीनारायण शाहको भूल हो । उनले कीर्तिपुर आक्रमण गर्दै छ भनेर थाहा पाएपछि ललितपर, भक्तपुर र कान्तिपुरका राजाहरू मिलेर त्यसको रक्षा गर्ने नीति लिए । यो थाहा पाएपछि कालु पाण्डेले पृथ्वीनारायणलाई युद्ध नगर्ने सल्लाह दिए । तर यो सुनेर उल्टै पृथ्वीनारायण शाह रिसाए र कालु पाँडेलाई युद्धदेखि डराएको आरोप लगाए । आखिरमा त्यसै युद्धमा कालु पाँडे मारिए ।यही युद्धका क्रममा उनको आफ्नो ज्यान पनि जान लागेको थियो । 
उनले राज्य विस्तारका क्रममा केही स्थितिमा जबरजस्ती पनि गरेका छन् । जयन्त रानालाई छाला काढेर मार्नु कतिसम्म ठीक हो, यो पनि प्रश्न उठ्न सक्छ । पृथ्वीनारायण शाहले जयन्ती रानाप्रति जे गरे, त्यो ठीक थिएन । दरबारिया षड्यन्त्रकै कारण जयन्त रानाले गोर्खा छाडेर कान्तिपुरका राजा जयप्रकाश मल्लसँग मिल्नुपरेको थियो । यसै कारणले पृथ्वीनारायण शाहको आदेश नमान्ने हो भने यस्तो सजाय हुने त्रास पनि उत्पन्न भयो । 
कीर्तिपुरको लडाइँमा त्यहाँको जनताको नाक काटेको पनि भनिन्छ । यो अत्यन्त विवादास्पद विषय हो । यसमा दुई–तीन खाले भनाइ छन् । वंशावली र भारतमा रहेका ऐतिहासिक प्रमाणका अनुसार दोस्रो कीर्तिपुर युद्धका क्रममा पृथ्वीनारायण शाहका भाइको आँखामा वाण लागेको थियो । तेस्रो युद्धका बेला पृथ्वीनारायण शाहले निकै चलाखी गरे र यसै क्रममा उनले आफ्ना भाइलाई फेरि युद्धमा पठाए । त्यति बेला उनलाई देखेर कीर्तिपुरका जनताले अन्धो मान्छे आयो भनेर जिस्क्याए रे । त्यसैमा रिसाएर उनले कीर्तिपुरको जनताको नाक काट्ने आदेश दिए भनिन्छ । यो सुनेर पृथ्वीनारायण शाह आपैंmले भाइलाई गाली गरे पनि भनिन्छ । 
फेरि यो काम पृथ्वीनारायण शाहकै हो पनि भनिन्छ । यसअघिका युद्धमा बेहोरेको हारका कारण उनी रिसाएर यस्तो काम गरेको भनिन्छ, आपैंm मारिन लागेको र कालु पाँडेले पनि ज्यान गुमाएकाले । त्यति बेला उनलाई कान्तिपुर, ललितपुर र भक्तपुर अझै जित्नु थियो । त्यसैले ती राज्यमा डर उत्पन्न गराउन पनि पृथ्वीनारायण शाहले यो काम गरे भनिन्छ । 
केहीले कीर्तिपुरका सबै जनताको नाक काटिएको भन्छन् । तर मैले गरेको शोध कार्यको सिलसिलामा खोजी गर्दा थाहा पाएअनुसार सबैको होइन, केही खास–खास व्यक्तिको नाक भने काटिएको थियो । युद्धमा सक्रिय भएकाहरूको मात्रै नाक काटिएको थियो । यसबारे अझै तथ्य आउन बाँकी छ । यो कामले गोर्खाका शत्रु त्रसित भएको मानिन्छ । त्यसै कारणले कान्तिपुर र ललितपुरसँग गोर्खाले राज्य विस्तारका क्रममा युद्ध गर्नुपरेको थिएन । चाहे सीमित संख्याका कीर्तिपुरका जनताको होस् अथवा चाहे खास–खास व्यक्तिको होस्, नाक काटिएको भने हो । यो कामले अन्तत: पृथ्वीनारायण शाहलाई फाइदा पुगेको थियो । 
(लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति तथा त्रिभुवन विश्वविद्यालयका इतिहास विभागका पूर्वप्रमुख, वैद्यसँग गरिएको कुराकानीमा आधारित ।)

प्रकाशित: आश्विन ७, २०७४

Thursday, September 21, 2017

नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

पत्र पत्रिका बाट  -साभार    http://kantipur.ekantipur.com/news/2017-09-21/20170921170713.html

आश्विन ५, २०७४-महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ ।  प्रभागबाट खटिएको टोलीले आज बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो । प्रभागले मरेका खसीबोकासहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई नियन्त्रणमा लिएको हो । 
प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले ४१ वटा खसीबोका ल्याउँदै गरेकामा २८ वटा मरेको फेला पारेको जानकारी दिए । दसैं सुरु भएसँगै पशुपंक्षी विकास मन्त्रालयले समेत अनुगमन बढाएको छ । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारु र राज्यमन्त्री गोमा कुँवरसहितको टोलीले बिहीबार कलंकीस्थित खसीबजारको निरीक्षण गरे । 
खसीबोका अवलोकनपछि मन्त्री थारुले स्वस्थ्य र अस्वस्थ्य खसीको वर्गीकरण गरी दशैँ, तिहार तथा छठपर्वमा बिक्री वितरण गर्न बिक्रेतालाई निर्देशन दिएका थिए । 
पशुपक्षी ऐन २०५५ र नियमावली २०५६ अनुसार मरेका खसीबोका ओसारपसार तथा बिक्री वितरण गरे प्रतिखसीबोका रु ५०० देखि ५००० जरिवाना गर्ने व्यवस्था छ ।

१५ मेडिकल कलेज गैरकानुनी

पत्र पत्रिका बाट  -साभार  

http://kantipur.ekantipur.com/news/2017-09-22/20170922062953.html
आश्विन ६, २०७४-विभिन्न स्थानका १० मेडिकल कलेजका शिक्षण अस्पताल सरकारको स्वीकृतबिनै सञ्चालनमा रहेको खुलेको छ । सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत यी मेडिकल कलेज सञ्चालित छन् । 
त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन पाएका १७ मेडिकल कलेजमध्ये १० वटाले स्वास्थ्य मन्त्रालयबाट शिक्षण अस्पताल सञ्चालन स्वीकृति लिएकै छैनन् । स्वीकृति लिएका सातमध्ये पनि ५ वटाको नवीकरण भएको छैन । दुईवटा मेडिकल कलेजले मात्रै मन्त्रालयबाट सञ्चालन स्वीकृति लिएर नियमित नवीकरण गराइरहेका छन् ।  स्वास्थ्य मन्त्रालयले नेसनल मेडिकल कलेज स्वास्थ्य मन्त्रालयमा दर्ता नभएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । त्यस्तै, त्रिविले पनि स्वास्थ्यको स्वीकृतिबेगर शिक्षण अस्पताल सञ्चालन गरेको भन्दै साउन १२ मा दिएको सम्बन्धन खारेज गरेको थियो । प्रक्रिया पूरा गरेर सञ्चालन भइरहेकामा गण्डकी मेडिकल कलेज र नोबल मेडिकल कलेज मात्र हुन् । 
स्वास्थ्य मन्त्रालयसँग स्वीकृति नै नलिई सञ्चालन गरिएका मेडिकल कलेजमा काठमाडौं विश्वविद्यालयको धुलिखेल अस्पतालसमेत हो । अस्पतालले २०६९ वैशाख ३ मा दर्ताका लागि निवेदन दिए पनि आवश्यक पूर्वाधार पूरा गर्न नसकेपछि दर्ता हुन नसकेको मन्त्रालय स्रोतले जनायो । काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सका प्रशासन मेनेजर दीपक दाहालले निर्देशिकामा व्यवस्था गरेअनुसार ईआईए र भूकम्पप्रतिरोधी भवनको प्रमाणीकरण गर्ने प्रक्रियामा रहेको बताए । ‘अस्पताल दर्ताका लागि मन्त्रालयमा पाँच वर्षअघि निवेदन दिइसकेका छौं,’ उनले भने, ‘पछिल्लो मापदण्ड पूरा गरेर स्वीकृति लिने चरणमा छौं ।’ 
केयूबाटै सम्बन्धन लिएको मणिपाल कलेज अफ मेडिकल साइन्सले पनि दर्ताका लागि ०७१ जेठ २० मा निवेदन दिएको थियो । कलेज अफ मेडिकल साइन्स भरतपुरले ०७३ माघ २७ मा शिक्षण अस्पताल दर्ताका लागि निवेदन दिए पनि अनुमति पाइसकेको छैन । नेपालगन्ज मेडिकल कलेजले पनि मन्त्रालयको दर्ताबिनै ७ सय ५० शय्याको अस्पताल सञ्चालन गरिरहेको छ । कलेजले अस्पताल सञ्चालनका लागि ०७१ असार १ मा निवेदन दर्ता गराएको मन्त्रालय स्रोतले जनायो । 

यस्तै, काठमाडौं मेडिकल कलेज (केएमसी) र नेपाल मेडिकल कलेज (एनएमसी) को शिक्षण अस्पताल पनि बिनादर्ता सञ्चालन भइरहेका छन् । केएमसीले मन्त्रालयमा अस्पताल दर्ताका लागि ०७१ जेठ १९ मा निवेदन दर्ता गराएको छ भने नेपाल मेडिकल कलेजले गत वर्ष पुस १८ मा मात्रै दर्ता प्रक्रिया अघि बढाएको छ । केयूबाटै अनुमति लिएका लुम्बिनी मेडिकल कलेज पाल्पा, देवदह मेडिकल कलेज नवलपरासी, विराट मेडिकल कलेजका शिक्षण अस्पतालले पनि सञ्चालन प्रक्रिया पूरा गरेका छैनन् । 
त्रिविबाट सम्बन्धन लिएका ७ वटा मेडिकल कलेजमध्ये गण्डकी मेडिकल कलेजले मात्रै दर्ता र नवीकरण प्रक्रिया पूरा गरेको छ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, जानकी मेडिकल कलेज, युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज, नेसनल मेडिकल कलेज वीरगन्जको दर्तासमेत भएको छैन । यीमध्ये सेनाको अस्पतालले दर्ता गर्न मन्त्रालयमा निवेदन दिएको छैन । जानकी मेडिकल कलेजले ०६६ पुस २२ मा दर्ताका लागि मन्त्रालयमा निवेदन दिएको छ भने युनिभर्सलले ०७१ जेठ १९ मा निवेदन दिएको थियो । वीरगन्जको नेसनलले गत वर्ष पुस ५ मा मात्रै निवेदन दर्ता गरेको छ । 
मेडिकल कलेजका सञ्चालकले मापदण्ड जारी गर्नुभन्दा पहिले नै अस्पताल स्थापना भएकाले दर्ता र सञ्चालन अनुमति लिन आवश्यक नभएको अडान राख्दै आएका थिए । तर नयाँ मापदण्डअनुसार पूर्वाधार पुर्‍याएर दर्ता हुनुपर्ने भनी मन्त्रालयले अडान राखेपछि मेडिकल कलेजका सञ्चालकले दर्ता र स्वीकृतिका लागि अनुमति लिन निवेदन दिन थालेका हुन् । 
मन्त्रिपरिषद्को ०७३ पुस १९ को बैठकले अनुमति नलिई सञ्चालन गरेको स्वास्थ्य संस्थाले ०७३ फागुन मसान्तसम्म अनुमति र नवीकरण लिइसक्नुपर्ने निर्णय गरेको थियो । यो निर्णयपछि नोबल र गण्डकीले जरिवाना तिरेर नवीकरण गरेका हुन् । 
दर्ता नभएका मेडिकल कलेजमध्ये केहीले शिक्षा मन्त्रालयबाट अस्पताल सञ्चालन अनुमति लिएका छन् । नेसनल मेडिकल कलेजले पनि यस्तै गरेको थियो । स्वास्थ्य मन्त्रालयले आफूसँग दर्ता नभएको भन्दै बन्द गर्ने निर्णय गरिसकेको छ । 
‘बिनादर्ता सञ्चालन हुनु स्वास्थ्य मन्त्रालयका लागि अवैध संस्था हो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अस्पताल हुनका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्छ । शिक्षा मन्त्रालयबाट अनुमति लिएको छ भने स्वास्थ्य मन्त्रालयले चिन्दैन । स्वास्थ्यमा दर्ता भएकालाई मात्रै चिन्छ ।’ स्वास्थ्य मन्त्रालयमा दर्ता नभए पनि उसको मातहतमा रहेको मेडिकल काउन्सिलले अनुगमन गरेर सिट निर्धारण गरेको छ । 
गगन थापा स्वास्थ्यमन्त्री भएपछि दर्ता र नवीकरण नभएका यस्ता मेडिकल कलेजको अनुगमन र सिट निर्धारण नगर्नसमेत मन्त्रालयले निर्देशन दिइसकेको छ । त्यस्तै, दर्ता र नवीकरण नभएका अस्पतालको कर नबुझ्नसमेत स्वास्थ्यले अर्थ मन्त्रालयलाई समेत पत्राचार गरिसकेको छ । ‘स्वास्थ्यमा दर्ता र नवीकरण नभएका स्वास्थ्य संस्था अस्पताल हुन सक्दैनन्,’ पूर्वमन्त्री थापाले भने, ‘अब स्वास्थ्य मन्त्रालयको भूमिका प्रोएक्टिभ हुनुपर्छ । निर्देशिकाअनुसार दर्ता र नवीकरण नहुनेलाई बन्द गर्ने प्रक्रिया सुरु गर्नुपर्छ ।’ स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले यो समस्या समाधान गर्न आफू लागिरहेको बताए । ‘०७० अघि शिक्षा मन्त्रालयले सञ्चालन गर्न अनुमति दिएको हकमा के गर्ने भन्ने विषयमा शिक्षासँग छलफल गर्छौं,’ उनले भने, ‘यो विषय मेरो प्राथमिकतामा छ ।’ निर्देशिका जारी हुनुअघि सञ्चालन भएका अस्पताल र मेडिकल कलेजले पनि निर्देशिकाअनुसार पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । निर्देशिकाको बुँदा नम्बर १० मा निर्देशिका जारी हुनुअघि सञ्चालन भएकाले पनि अनुमति प्रदान गर्ने निकायमा निवेदन दिनुपर्ने उल्लेख छ । 
मापदण्डमा के छ ? 
  • भवनका हकमा भवनसंहिताअनुसार निर्माण भएको हुनुपर्छ । भूकम्पप्रतिरोधी भएको पुष्टि गर्नुपर्छ । 
  • प्रारम्भिक वातावरणीय परीक्षण हुनुपर्छ । 
  • महिला र पुरुषको अलग अलग वार्ड हुनुपर्छ । 
  • ड्रेसिङदेखि काउन्सिलिङ रुम हुनुपर्छ । 
  • एउटा जनरल वार्डमा बढीमा २५ बेड मात्रै हुनुपर्छ । 
  • मेजर सर्जरी सेवा दिन अस्पतालमा कार्डियाक मनिटर भेन्टिलेटरसमेत पोस्ट अपरेटिभ रिकभरी बेड हुनुपर्छ । 
  • हरेक वार्डमा नर्सिङ स्टेसन हुनुपर्छ । 
  • ब्लड बैंक हुनुपर्छ । 
  • शवगृह हुनुपर्छ । 
  • फोहोरमैला व्यवस्थापनका लागि संयन्त्र हुनुपर्छ । 
  • बिरामी र कुरुवाका लागि नुहाउने घरको व्यवस्था हुनुपर्छ । 
  • चट्याङ प्रतिरोधी प्रविधि हुनुपर्छ । 
  • विपत् व्यवस्थापनको योजना बनाई वर्षमा दुईपटक त्यसको अभ्यास गर्नुपर्छ । 
  • भवन संहिताअनुसार खाली जग्गा हुनुपर्छ । 
  • अस्पताल परिसरमा बगैंचा र वृक्षरोपण भएको हुनुपर्छ । 
  • तीन शय्या बराबर एक कार पार्क हुनुपर्छ । 
  • २५ प्रतिशत जग्गा अस्पताललाई छुट्याउनुपर्छ । 
  • अस्पतालमा क्यान्टिन, सवारीसाधन जाने र पार्क हुने बाटोबाहेक भित्र जाने र निस्कने अलग–अलग बाटो हुनुपर्छ । 
  • प्रतीक्षालय, सोधपुछ कक्ष हुनुपर्छ । 
  • प्रत्येक उपचारकक्षमा अक्सिजन हुनुपर्छ । 
  • अस्पतालमा भएको कुल सिटको १० प्रतिशत सिट इमर्जेन्सीमा 
  • छुट्याउनुपर्छ ।
 
 
दर्ता नै नभएका
१. नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, काठमाडौं 
२. जानकी मेडिकल कलेज, जनकपुर 
३. युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवा 
४. नेसनल मेडिकल कलेज, वीरगन्ज 
५. धुलिखेल अस्पताल, काभ्रे 
६. मणिपाल कलेज अफ मेडिकल साइन्स, पोखरा 
७. कलेज अफ मेडिकल साइन्स, भरतपुर 
८. नेपालगन्ज मेडिकल कलेज, बाँके 
९. काठमाडौं मेडिकल कलेज, भक्तपुर 
१०. नेपाल मेडिकल कलेज, जोरपाटी 
नवीकरण नभएका 
१. चितवन स्कुल अफ मेडिकल साइन्स, भरतपुर 
२. किस्ट मेडिकल कलेज, ललितपुर 
३. लुम्बिनी मेडिकल कलेज, पाल्पा 
४. देवदह मेडिकल कलेज, रूपन्देही 
५. विराट मेडिकल कलेज, विराटनगर 
 

प्रकाशित: आश्विन ६, २०७४

तिनाउको बाढीमा महिला बेपत्ता, बालकको उद्धार

पत्र पत्रिका बाट  -साभार   https://www.onlinekhabar.com/2017/09/627844     कपिल ज्ञवाली 



५ असोज, बुटवल । रुपन्देहीको बुटवलमा तिनाउ खोलाको बाढीमा बगेर एक महिला बेपत्ता भएकी छन् भने एक बालकको उद्धार गरिएको छ ।
बुटवल उपमहानगर र तिलोत्तमा नगरको सीमामा रहेको मगरघाटबाट खोला तर्दै गरेका दुई जनालाई खोलाको बाढीले बगाएको हो ।
बुटवलमा पानी नभएको सुख्खा बगरबाट पारी जाँदै गर्दा उताबाट एक्कासी बाढी आएपछि उनीहरु बगेको स्थानीयले जनाएका छन् ।
बाढीले बुटवल-२ का ९ वर्षीय बालक आकाश थारु र बुटवल-१७ मोतिपुरकी ४५ वर्षी लक्ष्मी थापालाई बगाए पनि बालक आकाश भने पौडी खेलेर बाहिर निस्किएका थिए ।
प्रहरीले नदी आसपासमा वेपत्ता भएकाहरुको खोजी जारी राखेको छ । भेल उर्लिरहेकाले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
२०७४ असोज ५ गते १८:०३ मा प्रकाशित

यो जीवको रगतलाई मानिन्छ अमृत, एक लिटरलाई १५ लाख

पत्र पत्रिका बाट  -साभार     https://www.onlinekhabar.com/2017/09/627716

अनलाइनखबर                 


पानीमा पाइने एक विशेष किसिमको गंगटोको रगत चिकित्सा विज्ञानका लागि अमृत भन्दा पनि कम छैन । यसको रगत निलो रंगको हुन्छ । तर दुर्भाग्य सोही रगतका कारण यो जीवले ज्यान गुमाइरहनुपरेको छ ।
यो जीवको नाम हो, Horse Shoe Crab । यसको वैज्ञानिक नाम Limulus polyphemus  हो । यो जीवको प्रजाति ४५ करोड वर्षदेखि अस्तित्वमा छ । करोडौँ वर्षमा पनि यसको आकार प्रकारमा कुनै परिवर्तन भएको छैन । मेडिकल साइन्समा यो गँगटोको रगत यसको ब्याक्टेरिया प्रतिरोधी गुणका कारण प्रयोग गरिन्छ ।
यसको रगत निलो हुनुका कारणले रगतमा तामायुक्त हेमोसायनिन तत्व हुन्छ । जबकि रातो रगत हुने जीवको रगतमा हेमोग्लोबिन हुन्छ ।
यो जीवको रगतलाई बिरामीको जिउमा सुइबाट पठाएर जिउभित्र रहेका खतरनाक ब्याक्टेरिया पहिचान गर्नमा प्रयोग गरिन्छ । साथै यसले मानिसमा प्रयोग गरिने औषधिहरु दुष्प्रभावको बारेमा पनि पत्ता लगाउँदछ ।
सायद यही महत्त्वले गर्दा होला यो गँगटोको रगत १५ हजार डलर प्रति लिटरमा बिक्दछ । अनि हरेक वर्ष ५ लाखभन्दा धेरै यस्ता गँगटोको रगत निकालिन्छ ।
एजेन्सी
२०७४ असोज ५ गते ११:३५ मा प्रकाशित

ब्लुटुथ अन राख्दा ह्याक हुनसक्छ फोन

अनलाइनखबर



मोबाइल फोनको ब्लुटुथ अन गरिराख्नु खतरनाक सावित हुनसक्दछ । सेक्युरिटी कम्पनी अर्मिसका शोधकर्ताहरुले गत मंगलबार यस्तो एक मालवेयर पत्ता लगाएका छन् जसले ब्लुटुथसँग जोडिएका डिभाइसहरुमा हमला गर्न सक्दछ ।
यसले स्मार्टफोन मात्र होइन स्मार्ट टिभी, ट्याबलेट, ल्यापटप, लाउडस्पिकर तथा कारमा समेत हमला गर्दछ ।
विश्वमा ५ अर्ब ३० करोड डिभाइसमा ब्लुटुथको प्रयोग भैरहेको छ ।
ब्लुटुथयुक्त डिभाइसमा हमला गर्ने मालवेयरको नाम ब्लुबर्न हो । यसको माध्यमबाट ह्याकरले ती डिभाइसलाई आफ्नो नियन्त्रणमा लिन सक्दछ जसको ब्लुटुथ अन हुन्छ । ब्लुटुथमार्फत डिभाइसमा आक्रमण गरिसकेपछि ह्याकरले मोबाइल फोन वा अन्य स्मार्ट डिभाइसका डाटाहरु चोरी गर्न सक्दछ ।
अर्मिसका अनुसार ब्लुटुथ डिभाइससँग सम्बद्ध अन्य कैयन् भाइरसहरु समेत हुनसक्छन्, जो अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । तर पत्ता लागेका केही खतरनाक भाइरस चाहीँ यी हुन्ः
ब्लुबबिंग
यसको मालवेयरको आक्रमण निकै गम्भीर हुनसक्दछ । यो बगले ब्लुटुथको फाइदा उठाएर हमला गर्दछ । ब्लुबर्न यहीँ श्रेणीमा पर्दछ । यसको माध्यमबाट साइबर अपराधीले भाइरस पठाएर डाटा चोरी गर्न सक्दछ । ब्लुबर्नलाई प्रयोगकर्ताको सहमतिको आवश्यकता पर्दैन र उसले कुनै लिंकमा क्लिक गर्न पनि भन्दैन । केवल १० सेकेण्डमा ऊ कुनै सक्रिय ब्लुटुथ डिभाइसलाई नियन्त्रण लिन सक्दछ । अर्मिसले एउटा यस्तो एप्लिकेसन बनाएको छ जसले तपाइँको डिभाइस सुरक्षित छ या छैन भन्ने पत्ता लगाउँदछ । यो एप्लिकेसनको नाम ब्लुबर्न भल्नराबिलिटी स्क्यानर हो । यो एप गुगलको अनलाइन स्टोरमा उपलब्ध छ ।
ब्लु ज्याकिंग
अर्को खतरा हो ब्लु ज्याकिङ । यो ब्लुटुथसँग जोडिएका कैयन् डिभाइसमा एकसाथ स्पाम पठाउन सक्दछ । यसले पर्सनल इलेक्ट्रिक कार्डको माध्यमबाट मेसेज पठाउँदछ, जुन एक नोट वा कन्ट्याक्ट नम्बरको रुपमा हुन्छ । आमरुपमा यसले ब्लुटुथ डिभाइसको नाममा स्पाम पठाउँदछ ।
ब्लुस्नार्फिंग
यो ब्लुज्याकिंग भन्दा पनि खतरनाक छ । यसको माध्यमबाट सूचनाहरुको चोरी हुन्छ । यसको प्रयोग मूख्यरुपमा फोनबुक तथा डाटा चोरी गर्नका लागि गरिन्छ । यसको माध्यमबाट निजी मेसेज तथा तस्वीर पनि चोरी गर्न सकिन्छ । तर यसका लागि ह्याकरलाई प्रयोगकर्ताभन्दा १० मिटरभित्रको दूरीमा हुनु आवश्यक हुन्छ ।
कसरी सुरक्षित रहने ?
· माइक्रोसफ्ट, गुगल तथा लिनक्सले ब्लुबर्नबाट प्रयोगकर्तालाई जोगाउनका लागि प्याच रिलिज गरेका छन् । त्यसलाई इन्स्टल गर्नुहोस् ।
· आधुनिक उपकरणमा ब्लुटुथ कनेक्टिभिटीका लागि कन्फर्मेसन कोड आवश्यक हुन्छ, त्यसको प्रयोग गर्नुहोस् ।
· मोड टू ब्लुटुथको प्रयोग गर्नुहोस्, यो धेरै सुरक्षित छ ।
· आफ्नो डिभाइसको ब्लुटुथ नाम हिडेन मोडमा राख्नुहोस् ।
· प्रयोग नहुने बेला डिभाइसको ब्लुटुथ अफ गर्नुहोस् ।
एजेन्सी
२०७४ असोज ५ गते ११:२४ मा प्रकाशित

Wednesday, September 20, 2017

34 साल पहले इस शख्स की सूझबूझ से बची थी दुनिया, 77 की उम्र में हुआ निधन

http://aajtak.intoday.in/gallery/ttre-stanislav-petrov-the-man-who-saved-the-world-russia-soviet-union-nuclear-war-america-1-14878.html




  • 34 साल पहले इस शख्स की सूझबूझ से बची थी दुनिया, 77 की उम्र में हुआ निधन
    1 / 11
    दुनिया को परमाणु युद्ध से बचाने वाले स्टानिसल्व पेट्रोव का 77 साल की उम्र में निधन हो गया है. साल 1983 में 26 सितंबर को उन्होंने कुछ ऐसा किया था जिससे अमेरिका और सोवियत संघ के बीच वर्ल्ड वॉर होने से बच गया, इसके बाद उन्हें 'मैन हू सेव्ड द वर्ल्ड' भी कहा जाने लगा. जानें- कौन थे स्टानिसल्व पेट्रोव और उन्होंने ऐसा क्या किया था.
  • 2 / 11
    26 सितंबर 1983 को पेट्रोव सोवियत संघ के सीक्रेट कमांड सेंटर में ड्यूटी पर तैनात थे. इस सीक्रेट कमांड सेंटर का काम था अमेरिका की तरफ से रूस पर छोड़े जाने वाली मिसाइल का पता लगाना. वहां एक बड़ी स्क्रीन थी, जो रूस पर मिसाइल से हमला होने पर सबसे पहले सावधान करती थी. उस रात उस स्क्रीन पर कुछ अक्षर उभरे जिसका संकेत था कि अमेरिका ने रूस पर एक मिसाइल छोड़ दी है. एक-एक कर ऐसी 5 मिसाइल छोड़ने की वॉर्निंग स्क्रीन पर आई. इसके बाद पेट्रोव कुछ सेकंड तक अपनी कुर्सी पर ही बैठे रहे.
  • 3 / 11
    यह देखकर पेट्रोव हैरान रह गए. उन्हें इस बात की जानकारी अपने सीनियर अधिकारियों को देनी थी लेकिन उन्होंने ऐसा नहीं किया. पेट्रोव को महसूस हो रहा था कि कुछ तो गड़बड़ है और जरूर कोई चूक हुई है. अमेरिका इस तरह रूस पर हमला नहीं करेगा, इसी कारण पेट्रोव ने अपने सीनियर अधिकारियों को इस बात की जानकारी नहीं दी. उनके पास हमला करने के लिए केवल 30 मिनट का समय था.
  • 4 / 11
    पेट्रोव के पास दो रास्ते थे कि वो या तो अपने सीनियर अधिकारियों को इस बात की जानकारी दें कि अमेरिका ने उन पर हमला कर दिया है या फिर वो इस बात को समझें कि इस वॉर्निंग सिस्टम में कुछ खामी है और वो गलत जानकारी दे रहा है. पेट्रोव ने दूसरा रास्ता चुना.
  • 34 साल पहले इस शख्स की सूझबूझ से बची थी दुनिया, 77 की उम्र में हुआ निधन
    5 / 11
    इसके बाद पेट्रोव ने सैटेलाइट रेडार ऑपरेटर्स के एक ग्रुप को फोन किया लेकिन उनके पास मिसाइल हमले की कोई जानकारी नहीं थी, लेकिन हमले का फैसला तो स्क्रीन की वॉर्निंग के आधार पर होना था. पेट्रोव ने अपना फैसला लिया और सोवियत सेना के मुख्यालय में फोन कर कहा, कि अर्ली वॉर्निंग रेडार सिस्टम में गड़बड़ी है.

  • 6 / 11
    पेट्रोव का यह फैसला सही साबित हुआ. अर्ली वॉर्निंग रेडार सिस्टम ने गलत जानकारी दी थी. बाद में इस मामले की जांच हुई तो पता चला कि सूरज की जो किरणें बादलों पर चमक रही थीं, उन्हें रॉकेट इंजन समझ लिया था.
  • 34 साल पहले इस शख्स की सूझबूझ से बची थी दुनिया, 77 की उम्र में हुआ निधन
    7 / 11
    रेडार सिस्टम की चेतावनी पर सोवियत सरकार क्या फैसला लेती, ये लगभग पक्का था. ऐसा होता, तो विश्व युद्ध छिड़ता जो कि सामान्य नहीं होता बल्कि परमाणु युद्ध होता. विश्व की दो सबसे बड़ी महाशक्तियां एक-दूसरे को मिटाने में लग जातीं. ऐसा होता, तो बाकी देशों को भी खेमा चुनना होता, लेकिन यह सब होने से बच पाया तो केवल पेट्रोव के कारण.

  • 8 / 11
    साल 2014 की पेट्रोव पर एक शॉर्ट फिल्म 'द मैन हू सेव्ड द वर्ल्ड' रिलीज हुई थी, जिसमें उन्होंने कहा कि हम कभी परमाणु युद्ध की संभावना तक नहीं पहुंचे थे. ना तो इस घड़ी के पहले और ना ही इसके बाद. मैं कोई हीरो नहीं हूं और ना ही मैंने कोई अद्भुत काम किया है. मैं तो बस अपना फर्ज पूरा कर रहा था, यही मेरा काम था.


  • 9 / 11
    बीबीसी रशियन सर्विस को दिए एक इंटरव्यू में उन्होंने कहा कि जब मैंने पहली बार अलर्ट देखा, तो अपनी कुर्सी से उठ खड़ा हुआ. सिस्टम दिखा रहा था कि अमेरिका ने रूस पर मिसाइल छोड़ दी है. अब मेरे सामने दो सवाल थे- जो दिख रहा है, क्या वो सही है? या फिर ये कंप्यूटर की गलती से हुआ है? फिर एक बार जोर से सायरन बजा. मेरी आरामकुर्सी मानो गर्म फ्राइंग पैन में तब्दील हो गई थी. मैं इतना नर्वस था कि लगा अपने पैरों पर खड़ा भी नहीं हो सकूंगा.

  • 10 / 11
    यह बात सालों तक सामने नहीं आई. 1984 में पेट्रोव को समय से काफी पहले रिटायरमेंट लेना पड़ा. इसकी जानकारी पब्लिक नहीं हुई. सोवियत के विघटन के काफी बाद 1998 में पेट्रोव और 26 सितंबर का वो मामला दुनिया के सामने आया. इसके बाद उन्हें कई अंतरराष्ट्रीय पुरस्कार भी मिले. संयुक्त राष्ट्र ने भी उन्हें शांति पुरस्कार से नवाजा.
  • 34 साल पहले इस शख्स की सूझबूझ से बची थी दुनिया, 77 की उम्र में हुआ निधन
    11 / 11
    बता दें कि 19 मई, 2017 को पेट्रोव मौत हो गई लेकिन इसकी जानकारी 18 सितंबर को दुनिया को मिली. 7 सितंबर को पेट्रोव के जन्मदिन पर जर्मन फिल्ममेकर कार्ल शूमाकर ने उन्हें फोन किया तब पेट्रोव के बेटे दिमित्री पेट्रोव ने उन्हें बताया कि 19 मई को उनके पिता की मौत हो गई थी. बता दें कि उनका जन्म 7 सितंबर 1939 को हुआ था.
  • अब सिंगापुरको रेल नेपाल हुँदै स्पेनसम्म

    पत्र पत्रिका बाट  -साभार   https://npnepalnews.com/2017/07/23/4950


    नेपालको बढ्दो ट्राफिकलाई व्यवस्थापन गर्नका लागि नेपाल सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले अलरनेटिभ मोड अफ ट्रान्सपोटेसन (हामीसँग सडक र हवाई यातायात छ) । त्यो मध्ये ९० प्रतिशतभन्दा धेरै यात्रु स्थलमार्गबाट यात्रा गर्छन् भने १० प्रतिशत हवाई मार्गबाट । वैकल्पिक यातायातको आवश्यकता महसुस गरिएर भौतिक मन्त्रालयमा दुईवटा (रेल र जहाज) थिए । मन्त्रालयले रेलको संभाव्यता अध्ययन गर्ने भनेर अध्ययन गर्यो ।

    नेपालमा पूर्व-पश्चिम रेल्वे ९ सय ४५ किलोमिटर, काठमाडौं पोखरा, पूव-पश्चिम र काठमाडौं पोखरालाई जोड्ने चोरमारादेखि आबुखैरेनीसम्मको ३ वटा लिंक पहिचान गर्यो । ३ लिंक पहिचानपछि यसमा थप काम गर्ने भनेर कार्यान्वयनतर्फ गइयो । मन्त्रालयले नीति निर्माण र अध्ययनको काममात्र गर्ने भयो । २०६८ साल असार १ गते रेल विभागले पूर्व-पश्चिम रेलमार्गलाई पहिलो प्राथमिकतामा लिइयो । विस्तृत आयोजना प्रतिवेदन रिर्पोट (डिपिआर) बनाउने तयारी सुरु गर्यो ।
    पूर्व-पश्चिम रेलमार्गमा धेरै प्रकारका रेल गुड्छन् । सामान बोक्ने, लोकल, एक्सप्रेस र क्रस कन्ट्री कनेक्टीभिटिमा सिंगापुर, थाइल्याण्ड, स्पेनसम्मका रेल गुड्नेछन् ।
    सबैभन्दा पहिला सिमरा बर्दिबास खण्ड १ सय ८ किलोमिटर डिपिआर तयार कन्सल्टेन्ट नियुक्त भयो र २ बर्षअघि डिपिआर तयार भयो । त्यसरी डिपिआर तयार भएपछि त्यसकोसंगसंगै फेरि सिमरादेखि चोरमारा, चोरमारदेखि बुटवल र बुदवलदेखि भैरवासम्मको डिपिआर तयार भयो ।युएन स्कार्फबाट ट्रान्सएसियन रेल्वे नेटवर्कको परिकल्पना भइरहेको थियो । स्कार्फले ट्रान्सएसियन रेल्वे नेटवर्क अन्तरगत नेपालको पूर्व–पश्चिम रेलमार्गलाई जोड्ने कुरा अगाडि सार्यो । युएनको पहलमा नेपाललाई भारतले क्रस कन्ट्री लिंक दिनुपर्छ भनेर कुरा अगाडि बढायो ।
    भारतले काँकडभिट्टा ७० किलोमिटर, विराटनगर १९ किलोमिटर, जयनगर बर्दिवास ७० किलोमिटर, भैरवा १५ किलोमिटर, रुपैडिया नेपालगन्ज १२ किलोमिटर क्रस कन्ट्री लिंक दियो ।
    लिंक दिएपछि तत्कालीन राष्ट्रिपति डा. रामवरण यादवको भारत भ्रमणमा राष्ट्रपतिले जयनगर वर्दिबास रेल निर्माण गर्न आग्रह गरे र साथै उनको पनि पहल भएको अवस्थामा ५ वटा क्रस कन्ट्री लिंक भारतको पहलमा निर्माण गरिने सहमति भयो । जयनगर वर्दिवास रेलमार्ग १९३७ मा निर्माण भएको र त्यो भारतमा ईष्ट इन्डिया कम्पनी भएको समयमा नेपालबाट सामान ओसार्न बनाइएको सानो नेटवर्क चलिरहेको थियो । जोकबनी विराटनगर १९ किलोमिटर पनि अहिले काम भइरहेको छ ।
    तर जयनगरदेखि वर्दिबास खण्डको जयनगर कुर्चा सेक्टर करिब ३५ किलोमिटर आगामि मार्चसम्ममा निर्माण गरिसक्ने छौं । तर, त्यहाँ गुडाउने रेल हामीसँग छैन । मुख्य इन्जिन र डिब्बा छैन । त्यसको खरिदका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई अनुरोध गरेका छौं । सामान बोक्ने र मान्छे बोक्ने २-२ वटा इन्जिन र सामानका लागि ८ वटा डब्बा र मान्छे बोक्नका लागि १२ वटा डब्बा खरिदका लागि अनुरोध गरेका छौं । त्यसको लाग करिब ३ अर्ब रुपैयाँ लाग्ने प्ररम्भिक अनुमान गरिएको छ ।
    भारतले बर्दिबास जयनगर क्रस कन्ट्री लिंक निर्माण गर्ने भएपछि नेपाल सरकाले त्यसलाई बढाउनका लागि बर्दिबासदेखि पश्चिम तिर निर्माण कार्य सुरु गरेका छौं । अहिले बर्दिबासदेखि लालबन्दीसम्म सरकारले आफ्नै बजेटमा ३० किलोमिटर ठेक्का गरेर निर्माण कार्य गरिरहेको छ । त्यो सिभिल इन्जिनियरिङ काम गरिरहेको छ । मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरिङको काम अहिले गर्न सकिएको छैन । आगामी बर्षमा त्यसलाई बढाएर निजगढसम्म पुर्याउने प्रक्रियामा छौं ।
    बर्दिबासदेखि इनरुवा र इनरुवादेखि काँकडभिट्टासम्मको २ वटा प्याकेटमा डिपिआर तयार गरिरहेका छौं । आगामी दशैंभित्रमा डिपिआर पुरा भईसक्ने छ । त्यसैगरी पश्चिममा बुटवलदेखि लमही, लमहीदेखि कोहलपुर, कोहलपुरदेखि सुखड, सुखडदेखि गढा चौकीगरी ४ वटा स्थानको डिपिआर भर्खर सुरु भएको छ । अबको १५ महिनामा सो स्थानको पनि डिपिआर तयार हुन्छ ।
    अर्को हामीले गरेको काम भनेको काठमाडौं विरगन्जका लागि कन्सल्टेन्टको आसय पत्रमध्ये ६ वटा कन्सल्टेन्टलाई छनोट गरेका छौं । ती कम्पनीहरुले तयार पारेको प्रपोजलको आधारमा एउटा कम्पनीलाई डिपिआरको जिम्मा दिइने छ ।
    काठमाडौं केरुङ खण्डमा चीनका विभिन्न कम्पनी र स्वयम चीन सरकारले इच्छुक देखिएका छन् । त्यसै यो विषयमा सरकार टु सरकार गर्ने भनेर अर्थमन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको छ ।
    सन् १९३७ देखि चलेको जनकपुर जयनगर रेल रेल विभागले २०७१ सालदेखि बन्द गरेको छ । हामीसँग रेल चल्छ भन्ने रुपमा चलेको थियो । त्यो यात्रु बोक्नका लागि बनाइएको थिएन र दिगो रुपमा चल्न नसकेकाले रेल विभागले सो रेल संचालनमा रोक लगाएको हो ।
    अहिले सबैभन्दा अगाडि बढेको परियोजना भनेको जनकपुर जयनगर हो । सो खण्डको निर्माण करिब ८० प्रतिशत सकिसकेको छ । समय धेरै लाग्ने कामहरु सकिसकेको छ ।
    मजदुरले गर्ने काम कल्बट, पुल बनाउने, भन्सारको कुरा र सिल्पर ओछ्याउनेभन्दा तलको सबै सकिएको छ । त्यहाँ ब्लास्ट भन्ने ढुङ्गा राख्ने र त्यो माथि सिल्पर ओछ्याउने र तयार गर्ने कुरामात्र बाँकी छ । सिल्पर र रेल भन्ने कुरा फ्याक्ट्रिमा उत्पादन हुने कुरा हुन् । फ्याक्ट्रीमा उत्पादन हुने हुँदा त्यसलाई जडान गर्न धेरै समय लाग्दैन ।
    रेल नेपालका कहिलेदेखि चल्छ भन्ने समयसिमा तोक्ने निकै कठिन छ । किन भने जग्गा मुअव्जाको समस्या छ, रेल सम्बन्धी नीतिका समस्या छन्, जनताको समस्या छन्, प्रशासनीक समस्या छ, नीति बुझ्ने किसिमका छैनन्, सहकार्य हुन सकेको छैन, एउटा रुख काट्न क्याबिनेटबाट निणर्य गराउनु पर्छ ईआईए र एसआईए पास गर्न त्यस्तै समय लाग्छ, नदी जन्य पर्दाथ निकाल्न त्यस्तै समस्या छ । यसैले यी सबै समस्या रहेनन् भने समस्यारहित अवस्थामा काम गर्न सकियो भने ३ बर्षमा क्रस बोर्डरका काम सम्पन्न हुन्छ ।
    अहिले भइरहेको गतिमा निर्माण कार्य गरिएमा १० वर्षभन्दा कम समयमा पूर्व पश्चिम रेलमार्ग संचालनमा आउँछ । त्यसका लागि बजेटको कमी हुनु भएन, अन्तराष्ट्रिय स्तरमा चलेका प्रविधिहरुको प्रयोग हुनु पर्यो, नेपालमा एक जना पनि रेल्वे इन्जिनियर छैन, रेल्वे इन्जिनियर उत्पादन गर्नु पर्यो ।
    पूर्व-पश्चिम रेल मार्गको अनुमानित बजेट ३ खर्ब ७८ अर्ब रुपैयाँ लाग्छ । बार्षिक ३७ अर्ब ८ अर्ब रुपैयाँ बजेट खर्च गरिएमा नेपालको आन्तिरक बजेटबाट रेल संचालन गर्न सकिन्छ ।
    अब दशैंसम्ममा काँकडभिट्टादेखि बुटवलसम्मको डिपिआर सम्पन्न हुन्छ । अहिले हामीसँग बर्दिबासदेखि बुटवलसम्मको छ । गत बर्ष २ अर्ब रुपैयाँ बजेट थियो । जसमा डिपिआर, जग्गा मुअब्जा, निर्माण कार्यका लागि ८० करोड रुपैयाँ थियो । त्यसमा ३५ करोड जति थप बजेट पनि पाएका थियौं । गत बर्षको साउनमा दिइएको लक्ष्यभन्दा थप बजेट निकासि गरेर लक्ष्यभन्दा धेरै काम गरेका छौं । आगामी बर्षमा ४ अर्ब रुपैयाँभन्दाको बढी बजेट छ, त्यसमा डिपिआरका, मुअब्जा र निर्माण कार्यका लागि पौन २ अर्बभन्दा धेरैको बजेट छ ।
    पूर्व–पश्चिम रेलमार्ग २ सय किलोमिटर प्रतिघण्टा गतिमा गुड्ने रेल बनाइरहेका छौं । भारतले बनाइरहेको क्रस कन्ट्री कनेक्टीभिटी १ सय २० प्रतिघण्टाको गतिमा गुड्ने बनाइरहेको छ । हाइपर लुप एक हजार किलोमिटर गतिमा गुड्ने छन् । त्यो एकदमै धेरै ट्राफिक भएको ठाउँका लागि हो । हामीका धेरै ट्राफिक नभएकाले तिब्र गतिको रेल आवश्यक छैन । विश्वका कुनै पनि रेल मार्ग फिजिबल छैनन् । विश्वका धेरै रेलहरु नाफामा चलेका छैनन् ।
    राज्यले आफ्नो शक्ति र लामो यात्राका लागि रेल संचालन गर्ने गरेका छन् । राज्यले रेलबाट प्रत्यक्ष फाइदा भन्दा अरु क्षेत्रबाट फाइदा लिनका लागि हो । नेपालका लागि २ सय किलोमिटरको गति उपयुक्त छ । नेपालको उद्योग, जनसंख्याको वृद्धि दरलाई हेर्दा २ सय किलोमिटरको गति २५ वर्षसम्मका लागि उपयुक्त देखिन्छ ।
    पूर्व-पश्चिम रेलमार्गमा धेरै प्रकारका रेल गुड्छन् । सामान बोक्ने, लोकल, एक्सप्रेस र क्रस कन्ट्री कनेक्टीभिटिमा सिंगापुर, थाइल्याण्ड, स्पेनसम्मका रेल गुड्नेछन् ।
    -क्लिकमान्डुडटकमबाट

    प्रचण्डको पहलमा भरतपुर जाने भो स्मार्ट सिटीका लागि २ अर्ब

    https://haamrochitwan.wordpress.com/2017/09/12/प्रचण्डको-पहलमा-भरतपुर-ज/

    program-photo-1
    काठमाडौं,भदौ २७। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पहलमा भरतपुर महानगरमा स्मार्ट सिटीका लागि २ अर्ब रुपयाँ जाने भएको छ ।
    सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी तथा भवन निर्माण विकास समितिले भरतपुर महानगरलाई पाँचवटा सिटीको सहर बनाउने योजनासहित दुई अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ ।
    ‘भरतपुरलाई मेघा सिटी, स्मार्ट सिटी, एक सहर एक सिटी, अर्वन इकोनोमी कोरीडोर र मल्टी सिटी बनाउने योजना अघि बढेको छ’ सहरी तथा भवन निर्माण विकास समितिका महानिर्देशक शिवहरि शर्माले भने । उनले भरतपुरलाई यी पाँचवटा सिटीको रुपमा विकास गर्नको लागि दुई अर्ब लगानी हुने बताए ।
    महानिर्देशक शर्माका अनुसार यही वर्ष भरतपुर महानगरलाई पाँच सिटीको सहर बनाउन २० करोडको बजेट परेको छ । महानिर्देशक शर्माले भने, ‘चार वर्षभित्रमा भरतपुरलाई पाँच सिटीको सहर बनाउने योजना छ ।’ त्यसको लागि आवश्यक परे थप बजेट पारिने उनले बताए ।
    भरतपुर महानगरपालिकाले भरतपुरलाई कसरी पाँच सिटीको सहर बनाउन सकिन्छ भन्ने विषयमा एकीकृत सहरी विकास कार्यक्रमसम्बन्धी शुक्रबार छलफल चलाएको छ ।
    छलफलको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि थिए ।
    छलफलमा सहरी तथा भवन निर्माण विकास समितिका उपमहानिर्देशक पदम मैनालीले पाँच सहर बनाउने प्लानिङ प्रस्तुत गरेका थिए । छलफलमा उपमहानिर्देशक मैनालीले भने, ‘देशभरमा भरतपुरलाई चौथो सहरको रुपमा फोकस गरिएको छ ।’ मैनालीले पनि पाँचवटा सिटीको सहर बनाउन मोटामोटी दुई अर्ब रुपैयाँ लाग्ने योजना प्रस्तुत गरेका थिए । उनले यो काम सम्पन्न गर्न महानगरवासी सबैको समन्वयको आवश्यक पर्ने बताए ।
    छलफल कार्यक्रममा भरतपुर महानगरका विभिन्न वडाध्यक्षहरुले आफ्नो वडाहरुको समस्या प्रस्तुत गरेका थिए । भरतपुर–१० का वडाध्यक्ष अरुणपीडित भण्डारीले सडक निर्माणमा भ्रष्टाचार बढेको भन्दै डल्लबदेखि मान्द्रोसम्मको उदाहरण दिएका थिए । उनले भने, ‘बजेट डल्लबको पर्छ, सडक बन्ने बेलामा मान्द्रो बन्छ ।’
    १४ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलले शिवनगर हेल्थपोष्टलाई ५१ शैयाको हस्पिटल बनाउन माग गरेका थिए । वडा नम्बर ६ का वडाध्यक्ष हरिविलास कोइरालाले असोजमा गर्ने काम असारे झरीमा भइरहेको बताए । वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद आचार्यले जग्गाको नापी हुनुपर्ने बताए ।
    वडा नम्बर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वाले गोन्द्राङमा ढलको समस्या भएको बताए । ७ नम्बरका वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले स्वास्थ्यचौकीको समस्या देखाएका थिए ।
    कार्यक्रममा पत्रकार सूर्य बरालले ढलको समस्या प्रस्तुत गरे । चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले महानगरपालिकाले स्वेतपत्र जारी गर्नुपर्ने बताए ।
    महानगरको गुरूयोजना बनाउन जोड कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरलाई बहुआयामिक महानगरपालिका बनाउन एक सयदेखि दुईसय वर्षसम्मलाई हेरेर एउटा वृहत गुरूयोजना बनाउनपर्ने बताए । अध्यक्ष दाहालले भने, ‘दुईसय वर्षको विश्लेषण गरेर भरतपुरलाई एउटा बहुआयामिक सहर बनाउन गुरूयोजना बनाउन आवश्यक छ ।’ उनले संसारले हेर्न लायक महानगर बनाउन आफू सदैव लागिपर्ने बताए ।
    अध्यक्ष दाहालले भरतपुरलाई पाँच सिटीको सहर बनाउनभन्दा पहिला व्यवस्थित रिङ रोड बनाउन आवश्यक रहेको बताए । अध्यक्ष दाहालले भने, ‘सुकुम्बासीलाई एकीकृत बस्तीको रुपमा विकास गर्नुपर्छ, सधैँ जग्गा दिएर सकिँदैन ।’
    कार्यक्रममा सहरी विकास मन्त्री प्रभु शाहले भरतपुरलाई स्मार्ट सिटीको लागि आवश्यक पर्ने बजेट पार्न सकिने बताए । उनले भने, ‘हाम्रो पार्टी अध्यक्षले भरतपुरलाई विशेष रुपमा हेर्न भन्नुभएको छ, मैले विशेष रुपमा भरतपुरलाई हेरिरहेको छु ।’ उनले भरतपुरलाई बनाउन मन्त्रालयबाट सक्दो सहयोग हुने बताए ।
    सांसद कृष्णभक्त पोख्रेलले चितवनमा कुनै योजना निर्माणको लागि सबैभन्दा पहिला गुरूयोजना बन्न आवश्यक परेको बताए । उनले भने, ‘अब हाम्रो एउटै मुद्दा समृद्ध महानगर हो ।’ मेघौली, पटिहानीलाई पर्यटकीय क्षेत्र बनाउनपर्ने, भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने उनले बताए । महानगरको जग्गा कुन टुक्र्याउने कुन नटुक्र्याउने भनेर छुट्याउनुपर्ने उनको भनाइ थियो ।
    कार्यक्रममा महानगरपालिकाकी मेयर रेणु दाहालले भरतपुर महानगर सम्भावना बोकेको सहर भएको हुनाले यसलाई पाँच सिटीको सहर बनाउन आफू लागिपर्ने बताइन् । उनले भनिन्, ‘पाँच सिटीको सहरको लागि दुई अर्ब बजेट आउने भएको छ, यसमा ठोस योजना बनाउन जरुरी छ । सबैको सहकार्य आवश्यक छ ।’

    ठोरी–माडी–भरतपुर सडक फोरलेनको बन्ने

    https://haamrochitwan.wordpress.com/2016/09/16/ठोरी-माडी-भरतपुर-सडक-फोर/
    भुमिसुधार मन्त्री विक्रम पाण्डेले ठोरी–माडी–भरतपुर सडक फोरलेनको बन्ने बताएका छन्। समग्र ठोरीको विकासको माग लिएर राजधानीमा रहेको प्रतिनिधी टोलीसँगको बुधबारको भेटमा मन्त्री पाण्डेले यस्तो बताएका हुन्। मन्त्री पाण्डेले ठोरी–माडी–भरतपुर सडकखण्डमा पर्ने सबै खोलामा एक वर्ष भित्र पुल निर्माण भैसक्ने बताएको भेटमा सहभागी नेता रामप्रकाश कुवँरले जानकारी दिए।
    सडकको काम कताबाट सुरु गर्ने भन्ने विषय अहिले निर्क्यौल भइनसकेको र पुल निर्माणसँगै सडकमा कालोपत्रे गर्ने काम हुनेमा आश्वस्त रहन मन्त्री पाण्डेले टोलीलाई आग्रह गरेका छन्। ठोरी–७ मा लालपूर्जाविहीन जनतालाई लालपूर्जा उपलब्ध गराउने विषयमा नापी विभागको प्रमुखलाई आवश्यक प्रक्रिया पुर्याएर काम अघि बढाउन निर्देशन दिएको मन्त्री पाण्डेले बताएका छन् । यस्तै ठोरी ७ र ८ मा नापी गर्न बाँकी रहेको जमिनको बारेमा पनि नापी विभागका प्रमुखलाई आवश्यक कारवाही अघि बढाउन निर्देशन दिएको उनले बताए। मन्त्री पाण्डेलाई टोलीले मंगलबार नै भेट गरेको थियो। तर, मन्त्री पाण्डेले आवश्यक छलफलका लागि टोलीलाई मन्त्रालयमा डाकेपछि पुनः भेट भएको हो।
    टोलीले बुधबार नै शिक्षा मन्त्री धनीराम पौडेललाई पनि भेट गरी माग पत्र पेश गरेको छ। मागपत्र बुझ्दै मन्त्री पौडेलले ठोरीको शैक्षिक विकासको लागि सक्दो सहयोग गर्ने बताएका छन्। मन्त्री पौडेलले प्रस्तावित ठोरी बहुमुखी क्याम्पस निर्माण, दुवै उच्च माविमा विज्ञान प्रयोगशाला निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्। उच्च तहको अध्ययनका लागि वीरगंज, चितवन लगायतको शहरमा जानुपर्ने बाध्यता रहेकाले तत्काल क्याम्पस निर्माण गर्न नसक्दा विचैमा पढाई छाड्न यस क्षेत्रका युवाहरु बाध्य रहेकाले क्याम्पस निर्माणमा सहयोग गर्न आफूहरुले मन्त्री पौडेल सँग माग राखेको टोलीका नेतृत्व गरेका नेकपा माओवादी केन्द्र पर्साका उत्पादन विभाग प्रमुख रामप्रकाश कुवँरले बताए। भेटमा मन्त्री पौडेलले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको हकमा न्यायोचित सम्बोधन हुने बताएका छन्। समग्र ठोरीको विकासको माग गर्दै केहि दिन यता सर्वपक्षीय प्रतिनिधी टोली राजधानीमा रहेको छ।टोलीले बुधबार नै परराष्ट्रमन्त्री प्रकासशरण महत र कृषि मन्त्री गौरीशंकर चौधरीलाई पनि भेटेर माग पत्र पेश गरेका छन्।
    के के छन् ठोरीको माग ?
    राजधानीमा रहेर भेटघाटमा व्यस्त रहेको प्रतिनिधी टोलीको पहिलो माग छ, नेपाल र भारत जोड्ने प्रमुख नाका ठोरीमा खोल्नु पर्ने। भारतले अघोषित नाकाबन्दी गर्दा मुलुककै इन्धन लगायतका अन्य संकट ठोरीले नै टारेको भएपनि सरकारले अहिले सम्म कुनै पहल नगरेको भन्दै ठोरीलाई मुख्य नाकाको रुपमा विकास गर्नुपर्ने माग टोलीको छ। राजधानीसँग सबैभन्दा छोटो दुरीको रुपमा ठोरी नाका भएपनि हालसम्म यसको स्तराेन्नतिका लागि सरकारले खासै चासो नदेखाएपछि आफूहरु यसलाई मुख्य नाकाको रुपमा विकास गर्न दवाव दिने उदेश्यले राजधानी आएको टोलीको नेतृत्व गरेका नेता कुवँरले बताए।
    टोलीको दोस्रो माग छ, ठोरीलाई चितवन रहेको प्रदेश नम्बर ३ मा गाभ्नु पर्ने। राज्यले राज्य पुनरसँरचना गर्दौ अपनाएको सबै आधारमा ठोरीलाई चितवन रहेको प्रदेशमै गाभ्नु उपयुक्त हुने भन्दै अभियान नै सञ्चालन गरिरहेका ठोरीका जनताका माग सम्बोधन हुनुपर्ने भन्दै दवाव दिने उदेश्यले टोली राजधानी पुगेको हो।
    त्यस्तै ठोरी–केरुङ मार्गको कार्य तत्काल थाल्नु पर्ने, ठोरी भएर रेलमार्ग निर्माण हुनुपर्ने, अलपत्र परेको ठोरीको विद्युतीकरण कार्य छिटो सम्पन्न गर्नुपर्ने, हुलाकी राजमार्ग अन्तरगतको सडकखण्डमा रहेको ठुटेखोला र ढेडुखोलामा पुल निर्माण हुनुपर्ने, ठोरी पर्यटकीय सम्भावना बोकेको गाउँ भएकोले पर्यटकीय नगरको रुपमा विकास गर्नुपर्ने, नदि नियन्त्रणका लागि गुरु योजना बनाएर कार्य थाल्नु पर्ने, जंगली जनावरको आतँक रोक्न दिर्घकालिन कार्यको थालनी गर्नुपर्ने, बैंकिङ सेवा गर्नका लागि भारतीय शहर धाउन बाध्य भएकोले बैँकको स्थापना गर्नुपर्ने, खेलकूदका लागि उर्वर भूमि भएकोले रङ्गशाला निर्माण गरिदिनु पर्ने, सुविधा सम्पन्न अस्पताल नहुँदा धेरैले अकालमै ज्यान गुमाउनु पर्ने भएकोले सुविधा सम्पन्न अस्पताल निर्माण हुनुपर्नेलगायत दुई दर्जन मुख्य समस्या लिएर प्रतिनिधी टोली राजधानी पुगेको हो ।
    श्रोत:नागरिक दैनिक