Sunday, July 16, 2017

डिजिटल मेसिनले रक्तचापबारे गलत जानकारी दिन्छ

पत्र पत्रिका बाट  -साभार   
http://kantipur.ekantipur.com/news/2017-07-15/20170715090859.html
असार ३१, २०७४- अमेरिकन जर्नल अफ हाइपरटेन्सनको एउटा अध्ययनअनुसार घरमा उपयोग हुने धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको छ ।
यो अनुसन्धानअन्तर्गत घरमा उपयोग हुने ब्लड प्रेसर मोनिटरको परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल भए । फेल हुने बीपी मेसिनमा रक्तचापको स्तर कम्तीमा ५ अंकसम्मको गडबडी पाइयो ।
विश्वभरिमा उच्च रक्तचापका पीडित धेरैजसो व्यक्तिले आफ्नो घरमै रक्तचाप नाप्छन् र मेसिनले देखाएको परिणामलाई मान्छन् । अध्ययनअनुसार, रक्तचापको स्तर हेरेर धेरैजसो औषधिको मात्रामा समेत परिवर्तन गर्छन् । यसो गर्नु निकै जोखिमपूर्ण हुन्छ । 


http://bit.ly/2tcWgTu

No comments:

Post a Comment