Sunday, July 9, 2017

विदेशबाट ५ करोडसम्म ऋण लिन सकिने

पत्र पत्रिका बाट  -साभार

http://www.onlinekhabar.com/2017/07/608669/
२५ असार, काठमाडौं । विदेशमा रहेका आफ्ना आफन्त, नातेदार वा अन्य व्यक्ति तथा संघसंस्थाबाट अब ५ करोड रुपैयाँ (५ लाख डलर) सम्म ऋण लिन सकिने भएको छ । यसअघि २ करोड (२ लाख डलर) सम्म मात्र ऋण लिन सकिने व्यवस्था थियो ।
यो सुविधा व्यक्ति फर्म वा संस्थासबैले पाउने छन् । तर, यसरी ऋण लिन भने राष्ट्र बैंकबाट पुर्व स्वीकृती लिनुपर्नेछ । यता, भारतबाट ऋण लिनेले भने भारु ५ करोड (७ करोड ५० लाख नेरु) लिने सकिने सुविधा दिइएको हो ।
त्यस्तै, विदेशी लगानीकर्तालाई १० करोडसम्म लाभांश भुक्तानी गर्ने फर्म, कम्पनी र संस्थाहरुले आवश्यक कागजात पेश गरेर वाणिज्य बैंकहरुबाट सोझै सटही सुविधा पाउने भएका छन् ।
बैंकहरुले आफुसँग भएको विदेशी मुद्रा विदेशमा रहेको बैंकमा लगानी गर्दा २ वर्षसम्म लगानी गर्न सकिने व्यवस्था रहदै आएकोमा अब पूर्ण तरल सरकारी सुरक्षण पत्रमा लगानी गर्दा बढिमा ५ वर्षसम्मको लागि गर्न सक्नेछन् ।
भारत जानेले ५० हजारभन्दा बढि भारुको सटही सोझै नपाउने भएका छन् । उपचारको लागि जानेहरुलाई भने यो नियम लागु हुने छैन् । अन्यले भने कार्ड र अन्य बैंकिङ उपकरणको आधारमा मात्र सटही सुविधा पाउनेछन् ।
त्यस्तै, हवाईजाहज, दुरसञ्चारका पार्टपुर्जा र मेडिकल उपकरण आधिकारिक एजेन्टबाट तत्कालै मगाउन परेमा १० हजार डलर सम्मको उधारो भुक्तानी ९० दिन भित्र नै गर्न सकिने गरि राष्ट्र बैंकले व्यवस्था मिलाउने भएको छ ।
२०७४ असार २५ गते १५:५२ मा प्रकाशित

No comments:

Post a Comment