Monday, July 24, 2017

वर्षमा १० खर्ब रुपैयाँको वस्तु आयात

पत्र पत्रिका बाट  -साभार    http://www.karobardaily.com/news/80947     supervisor_accountकारोबार संवाददाता 

पछिल्लो ६ वर्षमा आयात/निर्यात अवस्था (रकम रु. हजारमा)
काठमाडौंः एक वर्षभित्रमा नेपालमा ९ खर्ब ८४ अर्ब ६ करोड ७८ लाख ९ हजार रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७३/७४ को कुल आयात अघिल्लो वर्षको भन्दा २ खर्ब ९ अर्ब ३५ करोड ५५ लाख रुपैयाँ अर्थात् २७.२ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष आर्थिक वर्षको सुरुवातदेखि नै सीमा नाका अवरोध देखिए पनि पछिल्ला महिनामा आयात वृद्धि भएपछि ७ खर्ब ७४ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँको कुल वस्तु आयात भएको थियो । 
०७२ साल वैशाखमा विनाशकारी भूकम्पका कारण आर्थिक वर्ष ०७१/७२ मा आर्थिक वर्षको अन्त्यमा व्यापारमा केही आएको थियो भने अघिल्लो वर्ष भारतीय सीमा नाका अवरोधका कारण व्यापारमा कमी आएको थियो । अघिल्लो वर्ष ०७१/७२ को तुलनामा आयात १.४६ प्रतिशत र निर्यात १७.५४ प्रतिशतले गिरावट आएको थियो । पछिल्ला वर्षहरूमा आयात वृद्धिको रफ्तार बढी देखिएको छ भने निर्यात घट्दै गइरहेको छ ।
गत आर्थिक वर्षमा ७४ अर्ब ७१ करोड २६ लाख ६७ हजार रुपैयाँबराबरको मात्र वस्तु नेपालबाहिर बिक्री गरिएको छ । यो बिक्री अघिल्लो वर्षको ७० अर्ब २५ करोड ४१ लाख ६५ हजार रुपैयाँको तुलनामा ६.३५ प्रतिशतले बढी हो । आयात ह्वात्तै बढेको र निर्यातमा सामान्य वृद्धि हुँदा ९ खर्ब ९ अर्ब ३५ करोड ५१ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
यस्तो व्यापार घाटा अघिल्लो वर्षको ७ खर्ब ४ अर्ब ४५ करोड ८१ लाख १२ हजारको २९.०९ प्रतिशतले बढी हो । गत वर्ष आयात निर्यात अनुपात १३.२ छ भने कुल व्यापारमा निर्यातको अंश ७.१ प्रतिशत र आयातको अंश ९२.९ प्रतिशत पुगेको छ ।
विवरणअनुसार गत वर्ष पनि सबैभन्दा बढी वस्तु आयातको करिब दुईतिहाई भारतबाटै भएको छ । भारतबाट ६ खर्ब ४१ अर्ब १७ करोड २४ लाखको वस्तु आयात हुँदा दोस्रो बढी वस्तु आयात भएको चीनबाट १ खर्ब २९ अर्ब ८७ करोड ८४ लाख रुपैयाँको खरिद गरिएको छ ।
१० अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात हुने मुलुकमा संयुक्त अरव इमिरेट्स २९ अर्ब १९ करोड ८७ लाख, फ्रान्स १३ अर्ब ३५ करोड ३ लाख, इन्डोनेसिया ११ अर्ब ८५ करोड २५ लाख, अर्जेन्टिना ११ अर्ब ६८ करोड ८३ लाख र थाइल्यान्ड १० अर्ब ६४ करोड ४ लाख रुपैयाँबराबरको वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ ।
गतवर्ष विश्वका १ सय ४७ मुलुकबाट नेपालमा बस्तु भिœयाइएको छ । यसअवधिमा निर्यात पनि सबैभन्दा बढी कुल निर्यातको करिब ५५ प्रतिशत ४१ अर्ब ६० करोड ४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।

No comments:

Post a Comment