Sunday, July 23, 2017

कागतीखेतीले स्वदेशमै स्वरोजगार

पत्र पत्रिका बाट  -साभार   

पत्र पत्रिका बाट  -साभार   http://www.karobardaily.com/news/80846

    supervisor_accountमीनकुमार नवोदित   visibility197
समाचार प्रतिनिधि तस्विर
विराटनगर : बजारमा राम्रो माग हुन थालेपछि मोरङमा कागती खेती गर्ने किसान बढ्न थालेका छन् । उत्पादित कागतीले स्थानीय बजारमै राम्रो मूल्य पाउन थालेपछि अन्य खेती छाडेर किसानहरू कागती खेतीतर्फ आकर्षित भएका हुन् ।
“पहिले कागती खेतीबाट पनि आम्दानी हुन्छ र भन्ने कृषकले धमाधम जमिन भाडामा लिएर कागती खेती सुरु गरेका छन्,” जिल्ला कृषि विकास कार्यालय मोरङका वागबानी विकास अधिकृत काशीकुमार चौधरीले भने ।
सुनसरीका भीमबहादुर देवानले मोरङको बूढीगंगा गाउँपालिकामा ३ बिघा जग्गा लिजमा लिएर कागती खेती सुरु गरेका छन् । गत वर्षदेखि कागती खेती सुरु गरेका देवान कृषि विभागबाट सेवा निवृत्त भएर कृषि कर्ममा लागेका हुन् ।
नेपाली बजार भारतीय कागतीमा निर्भर रहेका कारण आफूले सेवा निवृत्त भएपछि कागती खेती सुरु गरेको उनले बताए । “गर्मीमा मात्रै होइन जाडो मौसममा समेत कागतीको माग निकै बढेको छ,” उनी भन्छन्, “उत्पादन गर्न गाह्रो बिक्रीका लागि समस्या छैन ।” उनका अनुसार व्यापारीहरू बोटमै कागती खरिद गर्न पुग्छन् । अचारमा मात्रै होइन सर्वत पानीमा सबै कागतीको प्रयोग बढ्दो छ । स्वास्थ्यका हिसाबले पनि लाभदायक भएकाले उपभोक्ताको कागतीप्रतिको मोह बढ्दै गएको देखिन्छ । 
मोरङ जाँतेका कृषक विनोद वस्तीले विगत ३ वर्षदेखि कागती खेती गरिरहेका छन् । तीन बिघा क्षेत्रफलमा लगाइएको कागती गत वर्षदेखि फल्न सुरु गरेको हो । गत वर्ष दुई लाखको कागती बिक्री गरेको उनको भनाइ छ ।
यहाँ उत्पादित कागती पूर्वका साथै पश्चिम नेपालका बजारमा समेत निर्यात हुने गरेको वस्ती सुनाउँछन् । मोरङ सिसवनी बडहराका किसान ढालुराम माझीले त कागती खेती गरेर जिल्लामा नमुना किसानको परिचय बनाएका छन् ।
डेढ बिघामा फलेको कागतीबाट ढालुरामले गत वर्ष दाना १४ लाख रुपैयाँकोे र ६ लाख रुपैयाँ बराबरको विरुवा बिक्री गरेको बताए । “यस वर्ष दुई बिघामा कागती फलेकाले दाना, विरुवा र अचार बिक्री गरेर ४० लाख बराबरको आम्दानी हुने अनुमान छ,” उनले सुनाए । 
विदेशबाट फर्किएका युवासमेत पछिल्लो समय जिल्लामा कागती खेतीबाट राम्रै आम्दानी गरिरहेको पाइएको छ । प्रतिगोटा ५ रुपैयाँले बजारमा बिक्री हुन्छ । किसानले बोटमै प्रतिगोटा ३ रुपैयाँले बिक्री गर्ने गरेको माझीको भनाइ छ । “उत्पादन गर्न सक्नुपर्छ बिक्रीका लागि कुनै समस्या छैन,” माझीले भने, “अझै खेती विस्तार गर्ने योजनामा छु ।” 
कागतीबाट आम्दानी पनि राम्रो हुने र बजारको पनि अभाव नहुने हँुदा जिल्लाका धेरै किसानहरू कागती खेतीतर्फ आकर्षित भएको जिल्ला कृषि विकास कार्यालय मोरङका बागवानी विकास अधिकृत चौधरीको भनाइ छ । 
विगतमा कोठेबारीमा मात्र सीमित भएको कागती खेती हाल मोरङमा करिब १ सय ७० हेक्टरमा कागतीको खेती हुन थालेको छ । सिजुवा, टाँडी, मधुमल्ला, ववियाविर्ता, कटहरी, विराटनगर, सिसवनी बडहरालगायतका स्थानमा बगैंचाका रूपमा कागती खेती हुन थालेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत मोरङको याङ्शिला र पाटी गाउँमा कागतीको पकेट क्षेत्र घोषणा गरी थप २० हेक्टर क्षेत्रफलमा कागती खेती सुरु गरिएको अधिकृत चौधरीले बताए ।

 

No comments:

Post a Comment