Monday, July 24, 2017

नेवार एक संक्षिप्त परिचय

पत्र पत्रिका बाट  -साभार  

http://jikusa.blogspot.com/2013/04/blog-post_22.html

  जीवनकुमार शाक्य
नेपालको आदिम जाति मध्य नेवार जाति एक हो । हाम्रो देशको नाम इतिहाँस तथा संस्कृति यस जाति संग गाँसिएकोछ । नेवारको शाव्दीक अर्थ नेपालको वासिन्दा भन्ने स्पष्ट बुझिन्छ । यिनिहरुको भाषालाई नेवारी नेवाः भनिएपनि औपचारिक नाम नेपाल भाषा हो । यो जात नेपालको ७५ जिल्लामा तथा भारत लगाएत अन्य देशहरुमा रहेको देखिन्छ । नेवारहरुको नेवाः लिपी पनि एकथरि मात्रै छैन ।
नेपाल एकिकरण हुनु अघि स्वनिगः चार भानज्याङ्ग भित्रको जाति भाषाभाषी धर्म संस्कृति परम्परा भएकाहरुलाई नेवाः भन्ने गरिएको पाईन्छ ।
नेपाल सम्बत ८८८मा गोरखाका राजा पृथ्वी नारायण शाहले नेपाललाई ३पटक आक्रमण गरि नेपालको राजगद्दी लिएको बेला तुयू आजूको नेतृत्वमा हनुमान ध्वाका ( पछिगएर ढोका भएको  ) लायकूको राजगद्दीमा ध्वाखा बन्द गरि नेवा संस्कृति र मातृसत्तात्मक राज्य सत्ताको नेतृत्वरुपी जीवित कुमारीको हातबाट टिका ग्रहण गरेर गोर्खालाई एकिकरण गरेपछि बिशाल नेपालको राजा भएको देखिन्छ । अहिले सम्म पनि कुमारीको हातबाट राष्ट्रप्रमुखले टिका लगाउने चलन जिवितैछ । पृथ्वीनारायण शाह पनि नेवार संस्कृतिलाई अत्मसाथ गरि मन पराएकै कारण काठमाण्डौका नेवारहरुलाई नेपालको बिभिन्न क्षेत्रमा मन्दीर निर्माण जात्रा चलाउन तथा व्यापारको लागि राणाकालिन शासकहरुले लगेको देखिन्छ । उदाहरणको लागि यो लेखकको हजूरबुवाको हजूर बुवालाई पाल्पामा जात्राको चलन चलाउन तथा भैरव मन्दीर बनाउन लगेको ईतिहाँस साक्षीछ ।त्यसैले पृथ्वी नारायण शाहले भनेकाछन् "देशी उद्योगपति व्यापारी र संस्कृति भित्राया भने देशलाई कङ्गाल गरी छाड्न्या छन् त्यसैले स्वदेशी सामान प्रयोग गर्नु र नेवारको नाच हेरेर रमाउनु" भन्ने चर्चित नै छन ।
यहाँको भाषा संस्कृति हावा पानी संगै बिभिन्न ठाउंबाट तिब्बत बर्मेली नश्लको नजिकका ज्यापू,शेषन्त देश क्षेत्रका स्यसः श्रेष्ठ,मङ्गोलियन नश्लका थारु वंशीय भगवान बुद्धका वंशज शाक्य, भगवान बुद्धका मावल कोलीयवंशीका तण्डुकार खुसः (कोशल) मञ्जुश्री वंशज छिपा रन्जितकार, मङ्गोल मूलका किरातहरु,आर्यमूलका शाक्य, कोलीय लिच्छवी,ठकुरी,र मल्लहरु आएर नेवार भएर बसेको इतिहाँसबाट स्पष्ट देखिन्छ । बिहारबाट आएका धोबीहरु कश्मीरबाट आएकाहरु पनि नेवार भाषा संस्कृतिलाई अंगालेर नेवार भएर बसेको देखिन्छ । यस जातिमा कुनै पनि कामको लागि अन्य जातिबाट सापटी लिनुपर्दैन । जाति पहिचानको आधार अनुहार शारिरीक बनावट र नश्ल हो । नेवार ब्राम्हण श्रेष्ठहरु हेर्दा आर्य जस्तो देखिन्छ । यद्यपि अन्य ब्राम्हणलाई हेलचक्राईपुर्वक  ब्राम्हणको रुपमा मानेको देखिंदैन । शारिरी बनावटको आधारमा मात्र नेवारलाई चिनाउन त्यति सम्भव देखिंदैन किन भने ज्यापु महर्जन तथा अन्य नेवारअरुको शारिरीक बनावट मेल खाँदैन । आर्यमूलका शाक्यहरु तत्कालिन कपिवस्तु पारीका बिड्डुभहरुको आक्रमणबाट काठमाण्डौ उपत्यका छिरेकाहरु यहिंकै हावापानी भाषा संस्कृति संग मिसिएर नेवार शाक्य कालिगड व्यापारी भएको देखिन्छ । नेपालको तराई क्षेत्रको जङ्गल पसेका कपिलवस्तुका कृषक शाक्यहरु थारुको रुपमा परिवर्तन भएको अनुमानछ । कपिलवस्तुका शाक्यहरु भाग्नेक्रममा भारतको बिभिन्न क्षेत्रमा गएर त्यहिंकै हावापानी भाषा संस्कृति संग मिसिएर हिन्दू बौद्धमा बिभाजित भएको देखिन्छन् ।
नेपाल अधिराज्यमा नेवारहरुको जनसंख्या १३लाखको हाराहfरीमा देखिन्छ अर्थात ६ प्रतिशतको हाराहारीमा र जनसंख्या बृद्धीदर १.८०% रहेको देखिन्छ । हुन त कतिपय नेवारहरु आफूलाई नेवार भन्दा हिनता बोध हुने महशुश गरि नेवार भन्ने पहिचान हुन गाह्रो केहि थरहरु अन्य जातिमा परिवर्तन भएको देखिन्छ ।
नेवारहरु दुई तिन नश्लको शारिरीक बनावटको देखिन्छन् । मङ्गोल नश्लकाहरु नाक थेप्चो आँखा मसीनो होंचो कदको देखिन्छ । आर्य नश्लको लक्षणमा रङ्ग गहुं गोरो हुनु शारिरीकको बनावट अग्लो लामो नाक चुच्चो फराकिलो निधार ठूलठूला आँखा मुख्य हुन् । हिमालको आग्नेय देशीको किरातहरुको रङ्गरुप चेप्टो नाक गालाको हाड निस्के जस्तो गोलो अनुहार लगभग जुङ्गा कम छाता जस्तो परेला भएको आँखा हुन्छ । यसरी मिश्रित रुपमा नेवारहरुलाई देख्न सकिन्छ । नेपालमा नेवारहरु अधिकान्श दुई सम्प्रदायका देखिन्छन बौद्ध र हिन्दू तापनि संस्कार पद्दति एउटै देखिन्छ । दुबै सम्प्रदायकाले छोरीहरुलाई रज्वशाला हुनुभन्दा अगावै ईही (बेल विवाह) र गुफा राख्ने चलन छ भने दशैं तथा तिहार मान्ने र नाक नछेड्ने । नेवार जातिको आफ्नै लिपी पनि रहेकोछ । नेवार भाषामा  केहि अपभ्रंश गरेका वा भएकव पाईन्छ । नेवार भाषालाई नेवारी भन्ने चलन पनि चलाएकोछ त्यसो भन्ने हो भने खस भाषालाई खसी भन्न मिल्छ ? तत्कालिन अवस्थामा अहिलेको जस्तै नेपालमा बस्नेहरु नेपाली भने जस्तै नेपालमा बस्ने नेवारहरुलाई नेवाल भन्ने चलन नेवाः समाजमा थियो । नेवाः लिपी भए जस्तै खसबाट नेपाली भाषामा परिवर्तन गरे जस्तै नेपाली लिपिमा परिवर्तन गर्न सकेको देखिंदैन भन्ने यथार्थलाई नकार्न सकिंदैन । यहि नेवाःबाट नेवालहरुको बस्ने स्थान नै कालान्तरमा नेपाल भन्ने गरिएको तथ्यहरु प्रशस्त देखिन्छ । खस भाषा खसी हुंदैन,मगर भाषा मगरी हुंदैन, गुरुङ्ग भाषा गुरुङ्गी हुंदैन, तामाङ्ग भाषा तामाङ्गी हुंदैन, त्यसै गरि नेपाल भाषा पनि नेवारी हुंदैन । आज भोली त नेवारी खाजा, नेवारी भोज, नेवाः लुगा पोषाक भन्ने गलत चलन चलाएकोछ । वास्तवमा त्यसो नभएर नेवाःभोज,नेवाःभोजन,नेवाः पोषाक हो त्यस्तै नेवारी भाषा नभएर नेपाल भाषाहो ।  नेपाल भाषाका लिपिहरु मध्य रञ्जना लिपी संयुक्त राष्ट्रसंघमा दर्त्ता गरिएको लिपीहो ।
नेपालमा नेवारहरुको दुई धर् संस्कार पद्दति भएतापनि धेरै कुरामा समानता र एकरुपता देखिएकोले नेवार धर्म भन्नु उचित देख्छु । जस्तै वैदीक परम्परा मान्ने नेवारहरु र बौद्ध पर्मपरा मान्ने नेवारहरु महिलाहरु नाक छेड्दैनन् । छोरीहरुको ईही र गुफा राख्ने चलनछ । वैदीक शाक्त तन्त्र सम्प्रदाय उपाकर्म लाई नेवारबाट राजोपाध्याय (द्यो वर्मु   ) भन्ने चलन छ भने बौद्ध शाक्त तन्त्र समप्रदाय बज्रयानी परमपराका बज्राचार्य (गुरुजु ) दुबैलाई कर्माचार्य (आचाजु)भन्ने चलन छ । यि दुबै आचाजुहरुले नेवाः बस्तीलाई रक्षा गर्ने नितिले नगरको चारैतिर ब्रम्हायणी कुमारी चामुण्डा बाराही भद्रकाली वैष्णवी पीठ मातृशक्ति अष्टमातृकाया लाई रक्षक देवेउता स्थापना गर्ने परम्परा तर्फबाट पनि नेवाःर मूलरुपमा शाक्त परम्परामा आधारित धर्मावलम्बी भन्नुपर्ने देखिन्छ । यि दुबैले यि कर्मकाण्ड गर्दै आएकाछन् ।
१ छोरीलाई गर्भवती भएका बखत धौ बजी अर्थात दही च्युरा ख्वाउन जाने ।
२ न्वारान गर्ने । ३ नामाकरण गर्ने । ४ घरमा बच्चा आमालाई पाल्न लैजाने अर्थात सुत्केरी पाल्न लैजाने ।
५ बच्चाको भात ख्वाई ।६ कान छेंड्ने  ७ बच्चा लाई अक्षर चिनाउने बिशेष गरी बसन्त पञ्चमीको दिनमा ।
८ जन्मे कपाल काट्ने छोराको छोरीको ईही ( बेल विवाह ) ९ कय्टा पुजा (लङ्गोट पुजा)अर्को अर्थमा ब्रतबन्ध वैदीक र बौद्धहरुको बरे छुई अनि छोरीको बारा गुफा राख्ने । १० बिहे (छोराको आवाह, छोरीको विवाह ) ११ बुढो पास्नी १२ मृत्यु संस्कार । वैदीकमा शंख बजाउँछन बौद्धमा बजाउंदैन ।
सन्दर्भ सामग्रिः नेवाः (पदम श्रेष्ठ) नेवार जातिको चिनारी ।

No comments:

Post a Comment