Friday, April 28, 2017

राष्ट्रिय (अ)गौरवशाली योजना ! कुल २१ आयोजनामध्ये एउटा मात्रै सम्पन्न हुने चरणमा

पत्र पत्रिका बाट  -साभार  

http://nepal.ekantipur.com/news/2017-03-02/20170302192137.html
रेल विभागको वेबसाइटमा ‘कर्मचारी’ भन्ने एउटा ‘सेगमेन्ट’ छ, शिरमै । कर्मचारीको विवरण भनिए पनि त्यसमा विभागका महानिर्देशक अनन्त आचार्यको मात्रै नाम छ । झट्ट हेर्दा विभागमा उनी मात्रै कर्मचारी रहेछन् कि भन्ने पर्छ । झन्डै २० कर्मचारी भए पनि वेबसाइटमा बाँकीका नाम अटाएनन् ।
सामान्य सूचना प्रवाहीकरणमा रेल विभागको वेबसाइटमा जस्तो भद्रगोल छ, त्यस्तै हालत छ, यसका विकास आयोजनाहरूको समेत । योजना मुताबिक काम भएको भए यतिखेर उपत्यकामा रेल चल्न ठीक्क परिसकेको हुन्थ्यो भने देशका अन्य थुप्रै भागमा समेत रेलवेको सञ्जाल विस्तार भइरहेको हुन्थ्यो । अझ, काठमाडौँ–वीरगन्ज रेल सञ्जाल निर्माणको काम तीव्र गतिमा भइरहेको हुने थियो ।

तर, ०६६ देखि ०८६ सालसम्म चार हजार किलोमिटर रेल सञ्जाल विस्तार गर्ने कागजी योजनाको प्रगति भने यति सुस्त छ कि त्यो योजना अस्तित्वमै छैन भन्दा पनि हुन्छ । अझ यसमध्ये १० वर्षभित्रै १ हजार ५ सय किलोमिटर रेल सञ्जाल विस्तार गर्ने सरकारको लक्ष्य थियो । तर, अहिलेसम्म एक किलोमिटर पनि निर्माण भएको छैन । भारतमा शासन गर्ने इस्ट इन्डिया कम्पनीले सन् १९३७ मा बनाइदिएको जनकपुर–जयनगर र रक्सौल–अमलेखगन्ज रेलवे नै नेपालको एक मात्र रेलवे हो, अहिले । त्यसमध्ये रक्सौल–अमलेखगन्ज उहिल्यै बन्द भइसकेको हो भने अर्को बन्द भएको चाहिँ अढाई वर्ष भयो ।

०६६ मा सरकारले पूर्व–पश्चिम रेल मार्ग बनाउने योजना ल्याएको हो । त्यसको दुई वर्षपछि ०६८ मा रेल विभाग स्थापनासँगै २० वर्षे योजना तयार पारेर पूर्व–पश्चिम रेलवे बनाउने घोषणा गरियो । ०६६ मा सुरु भएको ९ सय ४५ किलोमिटर लामो पूर्व–पश्चिम रेलवेको प्रगति भने बल्ल सम्भाव्यता अध्ययनमा मात्रै पुगेको छ । विभागका अनुसार यो रेलमार्ग बनाउन प्रतिकिलोमिटर ५३ करोड रुपियाँ खर्च लाग्छ । जस अनुसार यसको लागत खर्च पाँच खर्ब रुपियाँभन्दा बढी हुन आउँछ ।

०६९ मा समग्र रेल विकासलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर काम थालिएको थियो । जस अनुसार दुई दशकमा लिंक रेलमार्गसमेत थपेर चार हजार किलोमिटर विस्तार गर्ने योजना छ । अझ, त्यससँगै राजधानी काठमाडौँमा मेट्रो रेल विकास आयोजना पनि थपियो । यो योजना त यति महत्त्वाकांक्षी थियो कि ०७३ भित्र नै उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने लक्ष्य थियो ।

विभागको त्यो उद्देश्य अहिले पनि उसको वेबसाइटमा उल्लेख नै छ । सिन्कोसमेत नभाँचिएको यस योजनाबारे स्वयं रेल विभाग भने अनभिज्ञ रहेको लज्जास्पद अवस्था छ, यतिबेलाको । विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाश उपाध्याय भन्छन्, “यस्तो हावा योजना विभागमा कसले बनायो म आफैँ चकित परेँ । यस्तो सम्भावना छैन ।”

विभागले केही लिंक रेलमार्ग निर्माणका लागि काम भने गरिरहेको छ तर अत्यन्त धीमा गतिमा । भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ९० किलोमिटर रेलवे निर्माण भइरहेको छ । यो रेलमार्ग भारत सरकारले पूर्ण अनुदानमा बनाइदिन लागेको हो, जुन ०७५ असारसम्म सकिने लक्ष्य छ । बर्दिवास–सिमरा खण्ड (१ सय ८ किमि)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ भने बर्दिबास, इनरुवा हुँदै काँकडभिट्टासम्मको डीपीआर बनिरहेको छ । झट्ट सुन्दा धमाधम काम भइरहेको देखिए पनि जयनगर–बर्दिबासबाहेक अन्यत्रका काम लगभग कागजमै सीमित छन् ।

त्यसमाथि यी सबै लिंक रेलमार्ग मात्रै हुन्, जुन पूर्व–पश्चिम रेलमार्गमा जोडिनेछन् । सरकारले चालू आर्थिक वर्षमा दुई अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ, जसमध्ये आधाभन्दा कम मात्रै आयोजनामा खर्च हुन्छ । ८० करोड रुपियाँ आयोजना निर्माणमा खर्चिने र बाँकी रकम कर्मचारीका तलब तथा अन्य प्रशासनिक काममा खर्च हुने अनुमान छ । सरकारले बजेट पर्याप्त नदिएकाले रेल सञ्जाल विस्तार अपेक्षित गतिमा बढाउन नसकिएको विभागका महानिर्देशक आचार्य बताउँछन् ।

राष्ट्रिय योजना आयोगले पछिल्लोपटक तयार पारेको प्रतिवेदन अनुसार रेलवे योजनाको विकास यति सुस्त छ कि ०७२ मा भौतिक प्रगति मात्र २९ प्रतिशत भयो भने वित्तीय प्रगति जम्मा साढे ६ प्रतिशत । चालू आर्थिक वर्षको पहिलो चौमासिक प्रगति यसभन्दा कम जम्मा २० प्रतिशत मात्रै छ ।

राष्ट्रिय गौरवका आयोजनाको सूचीमा चढेर समेत उल्लेख्य प्रगति हासिल नगरेको रेल आयोजना मात्रै होइन । अन्य थुप्रै यस्ता आयोजना छन्, जुन कागजमा राष्ट्रिय गौरवको गाथामा अंकित छन् तर प्रगतिको भने कुनै गति नै छैन । सरकारले ०६८ देखि १७ वटा आयोजनालाई पहिलो प्राथमिकताको सूचीमा राखेर राष्ट्रिय गौरवका आयोजनाको नाम दिएको थियो । त्यसको दुई वर्षपछि ०७०/७१ को बजेट वक्तव्यबाट अन्य चारवटालाई समेत थपेर यस्ता आयोजनाको संख्या २१ पुर्‍याइयो । सामान्य योजनाभन्दा दु्रत गतिमा विकास गर्ने र त्यसको प्रतिफलबाट सर्वसाधारणको जीवन सहज बनाउने यी योजनाका लक्ष्य हुन् ।

तर, यो आर्थिक वर्षको पहिलो चौमासिक समीक्षामा कुनै पनि आयोजनाले प्रगति हासिल गरेका छैनन् । योजना आयोगका अनुसार कुलमध्ये आधाले पनि ५० प्रतिशतभन्दा धेरै प्रगति गर्न नसकेको देखिन्छ । १२ वटा आयोजनाले ५० प्रतिशत पनि लक्षित उपलब्धि हासिल गरेनन् । कतिपय आयोजना त यस्ता छन्, जुन फाइलमै थन्किएका छन् भने केहीचाहिँ टेक्ने र समाउने ठाउँ नपाएर अलमलिएका छन् ।
शून्य प्रगति 
राष्ट्रिय गौरव भनेका केही यस्ता आयोजना छन्, जसले गौरव होइन बरू लज्जाबोध गराइदिन्छ । पश्चिम सेती जलविद्युत् आयोजना, काठमाडौँ–तराई मधेस द्रुत मार्ग (फास्ट ट्रयाक), बाराको निजगढमा बन्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अझै अन्योलमै छन् । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिका नाममा कार्यालय खोल्ने काम मात्रै भएको छ भने पोखरा क्षेत्रीय विमानस्थलको मुआब्जा वितरण भएर चीन सरकारसँग ऋण सम्झौता भए पनि काम अघि बढेको छैन । खास गरी ऋण रकम निकासा नभएकाले यो आयोजना अन्योलमा छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल त अझ कुन ‘मोडालिटी’मा बनाउने भन्ने नै टुंगो लागेको छैन, तीन वर्षसम्म । बर्सेनि बजेट विनियोजन हुने भए पनि यो योजनामा ‘ब्रेक’ लागेको छ । उक्त बजेट नेपाल नागरिक उड्डयन प्राधिकरणमा सेयर लगानी शीर्षकमा रकमान्तर हुने गरेको छ । “मोडालिटी नै तयार नभएपछि कसरी काम गर्ने भन्ने अन्योल छ,” आयोगका सहसचिव खोमराज कोइराला भन्छन् ।

पश्चिम सेती यस्तो आयोजना हो, जसले निर्माण कुरेकै चार दशक बितिसक्यो । ०३७ मा नै यो आयोजना विकासको प्रसंग उठेको हो । फ्रान्सेली कम्पनी सोग्रेहले पहिलो पटक ०३७ मा सेती नदीमा जलविद्युत् उत्पादन गर्ने अध्ययन गरेको थियो । उक्त अध्ययनले ३७ मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएको थियो । त्यसपछि ०४३ र ०४४ मा ३ सय ६० मेगावाट बिजुली उत्पादन गर्न सकिने भन्दै अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक)ले यसको निर्माणमा रुचि देखायो ।

२३ असार ०५१ मा स्मेकले ७ सय ५० मेगावाट विद्युत् निकाल्ने गरी नेपाल सरकारसँग आयोजना विकाससम्बन्धी सम्झौता गर्‍यो । मूलत: भारत निकासी गर्ने लक्ष्य लिएको तर त्यसका लागि सम्झौता गर्न नसकेका कारण स्मेक सुस्तायो । र, उसलाई दिइएको आयोजना निर्माण अनुमति सरकारले ०६८ मा रद्द नै गरिदियो । यसपछि आयोजना निर्माणको जिम्मा पायो, चिनियाँ कम्पनी थ्री गर्जेज कर्पाेरेसनले । राष्ट्रिय गौरवको दर्जा पनि पायो, यसले ०६८ मै । तर, पछि आएर नेपालमै खपत गर्ने गरी बनाउने भनिएको जलाशययुक्त यो आयोजना नतिजाहीन अवस्थाबाट गुज्रिरहेको छ ।

त्यस्तै ब्रेक लागेर बसेको अर्को आयोजना हो, काठमाडौँ–तराई दु्रत मार्ग (फास्ट ट्रयाक) । राजधानीलाई तराईसँग जोड्ने यो मार्ग ०६४ बाट सुरु भए पनि डीपीआर र जग्गा अधिग्रहणमै झन्डै एक दशक बितेको छ । ससंद्को सार्वजनिक लेखा समितिमा आयोजनाले बुझाएको विवरणले त अझै एक वर्ष मुआब्जा र जग्गा अधिग्रहणमै अल्झिने उल्लेख छ । यसबाट समेत आयोजनाको रफ्तार छर्लंग हुन्छ । हुन त अब ललितपुरको सैँबुदेखि डुकुछापसम्मको साढे ६ किलोमिटरमा मात्रै मुआब्जा वितरण बाँकी छ । “यति जाबो दूरीमा मुआब्जा बाँड्न यत्रो समय किन चाहियो ?” समितिका सदस्य एवं सांसद धनराज गुरुङको प्रश्न छ, “राष्ट्रिय गौरवको आयोजना भन्ने अनि कामचाहिँ कछुवा गतिमा गर्ने ?” सरकारले यस वर्ष १० अर्ब रुपियाँ बजेट छुट्याएको थियो, यो आयोजनाका लागि । आयोजना स्थापनादेखि अहिलेसम्म २ अर्ब ८४ करोड रुपियाँ खर्च भएको छ । योजना आयोगको पछिल्लो रिपोर्टले त यसको प्रगति ०.१ प्रतिशत मात्रै देखाउँछ ।

राष्ट्रिय गौरवमै दर्ज पूर्व–पश्चिम हुलाकी मार्गको निर्माणको रफ्तार पनि एकदमै सुस्त छ । ०६३ देखि सुरु भएको यो आयोजनामा १० वर्षमा जम्मा १५ प्रतिशत मात्रै काम भएको छ । सम्पादित काममध्ये पनि ठूलो हिस्सा पुल निर्माणमा छ, सडक निर्माणको योगदान मुस्किलले पाँच प्रतिशत रहेको आयोगको तथ्यांकले देखाउँछ । जब कि, ०७५ सम्ममा यसले १ हजार ६ सय ६३ किलोमिटर सडक निर्माण गरिसक्नुपर्ने थियो ।
साझा कारण
बहुसंख्यक राष्ट्रिय गौरवका आयोजनाका साझा समस्या भने एकै छन्, जग्गा अधिग्रहण एवं मुआब्जा वितरणमा स्थानीयको विरोध, निर्माण सामग्रीको अभाव र सरकारी निकायहरूको असहयोग । आयोजना भन्नासाथै जग्गाको प्रचलित मूल्यभन्दा बढी मुआब्जा लिन सुरुमै स्थानीयले जग्गा नदिने भन्दै निर्माणमा भाँजो हाल्ने गर्छन् । सुरुमै अवरोध गर्दा मुआब्जामा आफ्नो ‘बार्गेनिङ’ शक्ति माथि पर्ने मनोदशामा हुन्छन् । फास्ट ट्रयाक अहिले पनि जग्गा अधिग्रहणमै रुमलिएको छ । आयोजना प्रमुख सत्येन्द्र शाक्य ललितपुरको खोकनादेखि डुकुछापसम्मको क्षेत्रमा जग्गामा विवाद भएकाले आयोजनाले आफ्नो ‘रुट’ नै बदल्न सकिने बताउँछन् । भन्छन्, “विकासमा स्थानीयको हातेमालो भन्दा पनि अवरोध बढी हुँदा काम गर्न गाह्रो भएको छ ।” । बूढी गण्डकी आयोजना चार वर्ष अधिग्रहणको लफडामै गुज्रियो र बल्ल मुआब्जा वितरण सुरु भएको छ ।

पछिल्लो समय त निर्माण सामग्रीको अभावसमेत खेपिरहेका छन्, राष्ट्रिय गौरवका आयोजनाहरूले । बालुवा, छड, सिमेन्टजस्ता निर्माण सामग्रीको अभावसँग विकास निर्माण जुधिरहेको छ । ०७२ वैशाखमा आएको महाभूकम्पपछि यो समस्या देखिएको हो, जुन अहिलेसम्म पूर्ण समाधान हुन सकेको छैन । अधिकांश आयोजना यही दशा भोगिरहेका छन् । आयोगका सहसचिव कोइराला भन्छन्, “स्थानीयको अवरोध र सामग्री अभाव अहिले मुख्य अवरोध बनेका छन् ।”

यसबाहेक अन्तरसरकारी निकायको समन्वय नहुनु, अर्को समस्या हो । खास गरी वन क्षेत्र वा संरक्षित क्षेत्रमा आयोजना परेमा बढी विवाद भएको अनुभव छ । फास्ट ट्रयाक र पूर्व–पश्चिम रेलमार्गमा चितवन राष्ट्रिय निकुञ्ज पर्ने भएकाले उल्झन आएको छ, जुन समाधान भइसकेको छैन । गौरवका आयोजनालाई कसरी चाँडो निर्माण गर्ने भन्ने मोडालिटी सरकार स्वयंले समेत बनाउन सकेको छैन, सात वर्षसम्म । राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्ले भन्छन्, “गौरवका आयोजना भन्नासाथै त्यसमा कसैले पनि बखेडा झिक्न नपाउने हुनुपर्छ ।”
असफल विकास 
सिन्धुपाल्चोकको मेलम्चीदेखि पानी ल्याएर उपत्यकावासीको प्यास मेटाउने योजनाको प्रसंग पञ्चायतकालमै उठेको हो । तर, पञ्चायतकाल ढलेर गणतन्त्रकाल आए पनि उपत्यकाको काकाकुलता भने तीन दशकदेखि उस्तै छ । बल्ल सरकारले आगामी कात्तिकसम्म मेलम्चीको पानी काठमाडौँमा ल्याउने दाबी गरेको छ । भाका सरिरहने पहिचान बनाएको बहुप्रतीक्षित मेलम्ची आयोजनाको ९० प्रतिशत काम सकिएकाले यसमा चाहिँ विश्वास गर्ने ठाउँ छ । र, समाप्तिको चरणमा पुगेको यो एउटा मात्रै राष्ट्रिय गौरवको आयोजना हो । ०५८ देखि साढे २७ किलोमिटर सुरुङ खनी मेलम्चीको पानी ०६३ सालसम्म काठमाडौँ ल्याउने लक्ष्य थियो । तर, यो पनि भाका सर्दै कात्तिक ०७४ मा पुगेको छ ।

सम्पन्नोन्मुख यो योजनाले हाम्रो विकासको गति कुन हदसम्म अल्छे रहेछ भन्ने छर्लंग हुन्छ । आयोजना सुरु भएको समयको हिसाबकिताब गर्ने हो भने यसलाई असफल आयोजना मान्छन्, योजना आयोगका पूर्वअध्यक्ष दीपेन्द्रबहादुर क्षत्री । राष्ट्रिय वा अन्तर्राष्ट्रिय जुनसुकै गौरवको नाम दिए पनि विकासप्रति प्रतिबद्ध र ‘भिजनरी’ शासक नआएकाले यस्ता आयोजनाहरूको दुर्गति भएको उनको भनाइ छ । भन्छन्, “मानिसपिच्छे स्वार्थ अनुसार प्राथमिकता फेरिन्छ । राष्ट्रिय गौरव भनेपछि त जुन सरकार आए पनि समान प्राथमिकता पाउनुपर्ने हो । तर, त्यस्तो छैन । त्यही कारण हाम्रा योजनाको यस्तो हबिगत हुन पुगेको हो ।”

सम्भवत: यही बोध गरेर हुनुपर्छ, कस्ता प्रकृतिका योजनालाई गौरवशाली मान्ने भनेर मापदण्ड तोक्न योजना आयोगका सदस्य वाग्लेको नेतृत्वमा समिति बनेको छ । उक्त समितिले प्रतिवेदन भने दिइसकेको छैन । वाग्लेका अनुसार जस्तोसुकै आयोजनालाई पनि गौरवशाली भनिदिने प्रवृत्तिले अपेक्षित प्रतिफल पाउन नसकिएको हो । भन्छन्, “जसलाई जे मन लाग्छ, त्यही गरिएको छ । जब कि, विशेष योजना हुन् भने त्यही अनुसार कार्यान्वयनमा जानुपर्छ । हाम्रो विकास समयमै नहुनुमा यस्तो लहडजन्य कारण पनि एक हो ।”
प्रकाशित: फाल्गुन १९, २०७३

बिजुलीको झट्का लोडसेडिङ हटेपछि वैकल्पिक उपकरणको व्यापार ठप्प

पत्र पत्रिका बाट  -साभार  

http://nepal.ekantipur.com/news/2016-12-28/20161228143351.html

“माग व्यवस्थापन गर्न गाह्रो त छ तर अब लोडसेडिङ हुन दिन्नौँ, ढुक्क हुनूस्,” ८ पुसमा राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्दै थिए । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएसँगै उपत्यकाभित्र लोडसेडिङ नै हुन छाडेको छ भने बाहिर दैनिक दुई घन्टामा सीमित गरिएको छ ।
प्राधिकरणको यस कदमले उपभोक्तालाई राहत त पुगेको छ नै, मुलुकमा वैकल्पिक ऊर्जा र इन्भर्टरको कारोबार ह्वात्तै घटेको छ । लोडसेडिङ जतिजति बढ्यो, सौर्य प्रणाली, इन्भर्टर र ब्याट्रीको व्यापार अकासिन्थ्यो । यो वर्ष यी उपकरणहरूको आयात र व्यापारको ग्राफ स्वात्तै झरेको छ । खास गरी यस वर्षको दसैँ–तिहारलगत्तै राजधानी लोडसेडिङमुक्त भएपछि अँध्यारोका उपकरणहरूको व्यवसायमा रमाउँदै आएका व्यवसायीहरूले ठूलो झट्का बे होरेका छन् । उल्टै इन्भर्टरहरूको चार्जमा विद्युत् खपत नभएपछि राजधानीमा मात्रै दै निक करिब एक सय मेगावाट बराबरको विद्युत् जोगिएको आकलन प्राधिकरणको छ ।

व्यवसायीहरूका अनुसार अहिले पाँच अर्ब रुपियाँभन्दा बढी मूल्यका यस्ता उपकरण बजारमा ‘स्टक’ छन् । यीमध्ये ८० करोड रुपियाँ बराबरका इन्भर्टर मात्र छन् । बर्सेनि ब्याट्रीको ३० प्रतिशत, इन्भर्टरको २० प्रतिशत र सौर्य विद्युत् प्रणाली (सोलार)को ३० प्रतिशतका दरले कारोबार बढिरहेकामा लोडसेडिङ हटेपछि यसका व्यवसायी मात्र होइन, उत्पादक र आपूर्तिकर्ताहरूलाई पनि ठूलै धक्का लागेको छ । नेपाल सौर्य ऊर्जा उत्पादक संघका अध्यक्ष उत्तम सिटौला भन्छन्, “गत वर्ष देशभर करिब पाँच हजारवटा प्रणाली जडान भएका थिए, जसबाट करिब आठ अर्बको कारोबार भएको थियो ।”

नेपालमा बिक्री हुने ब्याट्री र इन्भर्टर सबैजसो भारतबाट र सोलार प्यानलमध्ये करिब ९० प्रतिशत चीनबाट आयात हुन्छ । यसबीच नेपाली आयातकर्ताहरूले मगाएका करिब पाँच अर्ब रुपियाँ बराबरको सोलार प्रणाली चीनमै थन्किएको छ । भारतबाट आयात हुने उपकरणको व्यापारलाई भने पाँच सय र एक हजार रुपियाँका भारतीय नोटमा प्रतिबन्ध लगाउने भारत सरकारको निर्णयले पनि प्रभाव पारेको छ । भारु नोट सहज रूपमा उपलब्ध नहुँदा सीमावर्ती क्षेत्रमा बस्नेहरूको क्रयशक्तिमा ह्रास आएको र त्यसको प्रत्यक्ष रूपमा काठमाडौँबाट हुने इन्भर्टर, ब्याट्री र सोलारको बिक्रीमा पनि परेको हो । काठमाडौँमा हुने ती सामग्रीको कुल बिक्रीमा तराईको करिब २० प्रतिशत हिस्सा रहेको व्यवसायीहरू बताउँछन् ।

लोडसेडिङ हटेपछि व्यापारीहरूलाई मात्र नभई सरकारले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको सहरी सौर्य ऊर्जा कार्यक्रम पनि संकटमा पर्ने देखिएको छ । दैनिक १८ घन्टासम्म लोडसेडिङ गर्नुपर्ने परिस्थिति देखाउँदै केही वर्षअघि सरकारले सहरी सौर्य ऊर्जा कार्यक्रम घोषणा गरेको थियो । त्यसको औपचारिक कार्यान्वयन भने गत वर्षदेखि मात्र भएको हो, जस अन्तर्गत सहरी क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन गर्न दुई सय वाटभन्दा बढी क्षमताका सोलार प्रणाली जडान गर्ने व्यक्ति वा संस्थालाई २० हजार रुपियाँ जडान खर्च, बैंकबाट ऋण लिएमा ७५ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था छ । साथै, व्यापारिक प्रयोजनका लागि बैंकबाट ऋण लिएर जडान गरिने सोलार प्रणालीको ब्याजमा ५० प्रतिशत अनुदान पाउँछन् ।

सरकारले अनुदान दिन थालेपछि गत आर्थिक वर्षमा मात्र १ हजार ६ सय ८१ घरधुरीमा सोलार प्रणाली जडान भएको थियो, जसबाट करिब एक मेगावाट बराबरको विद्युत् ऊर्जा उत्पादन र खपत भइरहेको अनुमान छ । ती प्रणालीमा सरकारले जडान र ब्याज अनुदान गरी ४ करोड ८७ लाख रुपियाँ खर्च गरेको थियो । चालू आर्थिक वर्षको मंसिरसम्ममा १ हजार ५७ घरधूरीले अनुदानका लागि आवेदन दिएका थिए, जसबाट ३ सय २ किलोवाट क्षमताको सौर्य प्रणाली जडान हुन सक्छ ।

सरकारले नीति नै बनाएर वैकल्पिक ऊर्जा प्रोत्साहन गर्ने र अनुदान पनि दिन थालेपछि सौर्य प्रणालीको माग सहरमा समेत वृद्धि भएको थियो । यसबाट उत्साहित बनेका व्यवसायीहरूलाई काठमाडौँलगायतका सहरी क्षेत्रमा लोडसेडिङ हटेपछि निराश बनाएको छ । गत वर्ष यही समयमा सौर्य प्रणाली जडान र सरकारको अनुदानबारे जानकारी लिन वैकल्पिक ऊर्जा केन्द्रमा औसतमा दैनिक १२ जना आउने गरेकामा यस वर्ष मुस्किलले एक–दुई जना मात्र पुग्छन् । यसले पनि सहरी क्षेत्रमा विद्युत् आपूर्ति नियमित भएसँगै सौर्य ऊर्जाप्रति उपभोक्ताको चासो घटेको सहजै बुझ्न सकिन्छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका इन्जिनियर अविनाश बरुण भने लोडसेडिङ हट्दा सौर्य प्रणालीको विस्तारमा थप सघाउ पुग्ने बताउँछन् । भन्छन्, “सौर्य प्रणालीमा उत्पादित बिजुली बढी भएको खण्डमा राष्ट्रिय प्रसारणमा जोड्न लोडसेडिङ अन्त्यले झन् सहयोग पुग्छ । त्यसैले लोडसेडिङ हटेर सोलार प्रणालीको काम छैन भन्नु सही होइन ।”

व्यवसायीहरूले सौर्य प्रणालीबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्न आवश्यक प्रक्रियाका लागि मन्त्रालयलाई लिखित निवेदनसमेत दिएका छन् । ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्थ इनर्जी मिक्स (विभिन्न स्रोतबाट उत्पादित ऊर्जाको मिश्रित उपयोग) लाई सफलतापूर्वक व्यवहारमा उतार्न पनि सौर्य ऊर्जाजस्ता वैकल्पिक स्रोतहरूको माग रहिरहने बताउँछन् । भन्छन्, “वैकल्पिक ऊर्जाको स्रोतको उपादेयता सधैँ रहन्छ । त्यसैले नवीकरणीय ऊर्जाको माग तत्काल घटे पनि भविष्यमा बढ्ने नै छ ।”

काठमाडौँलगायतका सहरमा विद्युत् आपूर्ति सहज भएपछि हतास देखिएका व्यवसायीहरू विकल्प खोजीमा लागेका छन् । सहरमा बे होर्नुपरेको घाटापूर्तिका लागि आवश्यक नीतिगत पहलका लागि सरकारमाथि दबाब बढाउन पनि सुरु गरिसकेका छन् । सहरमा दिएको जस्तै अनुदान गाउँमा दिनुपर्ने उनको तर्क छ । बिजुली आपूर्तिको अवस्था अहिलेकै जस्तो कायम रहे पुन: ग्रामीण भेगमै आफ्नो व्यापार केन्द्रित गर्ने उनीहरूको तयारी छ । अध्यक्ष सिटौला भन्छन्, “सहरको बजार अन्योलपूर्ण भएपछि फेरि गाउँतिर पर्कन्छौँ ।”

सोलार व्यवसायमा मात्र वित्तीय क्षेत्रको करिब ६ अर्ब रुपियाँ बराबरको कर्जा लगानी भएको अनुमान छ । त्यसबाहेक ब्याट्री र इन्भर्टरको व्यापारमा पनि वित्तीय संस्थाहरूले कर्जा प्रवाह गरेका छन् । केही व्यवसायीहरू समस्यामा परे पनि यस क्षेत्रमा प्रवाह भएको लगानीका कारण बैंकिङ क्षेत्रमा खासै ठूलो असर नपर्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको विश्लेषण छ । भन्छन्, “यस क्षेत्रका व्यवसायीहरूलाई असर पर्न थालेको प्रारम्भिक संकेत त देखिएको छ तर कर्जा लगानी धेरै नभएका कारण पूरै वित्तीय क्षेत्रलाई भने असर गर्दैन ।”

जेनरेटरको व्यापार सखाप 

लोडसेडिङ हटेपछि डिजल र पेट्रोलबाट चल्ने जेनरेटर (जेनसेट)को बिक्री ठप्पप्राय: भएको छ । गत वर्षको मागलाई आधार मानी व्यापारीहरूले यसपालि ठूलो परिमाणमा जेनसेट भित्र्याएका थिए । पुसको दोस्रो सातासम्म पनि काठमाडौँ उपत्यकामा लोडसेडिङ नहुँदा जेनसेटको बिक्री त परै जाओस्, सोधपुछ पनि हुन छाडेको छ । काठमाडौँ उपत्यकामा करिब एक हजारभन्दा बढी जेनसेट ग्राहकको पर्खाइमा रहेका छन् । घरायसीदेखि व्यावसायिक प्रयोजनका ती जेनसेटको मूल्य एक अर्ब रुपियाँभन्दा बढी छ ।

जेनसेटको वार्षिक बिक्रीमध्ये करिब ७० प्रतिशत सुख्खा याममा हुन्छ । बर्सेनि यसको बिक्री ३० प्रतिशतले बढ्ने क्रममा थियो । लोडसेडिङका बेला काठमाडौँमा मात्र करिब दस हजारको संख्यामा जेनसेटहरू चल्ने गरेका थिए । जेनसेटको बढ्दो खपतसँगै पछिल्ला वर्षहरूमा आयातकर्ता र बिक्रेताको संख्यामा भएको वृद्धिले पनि व्यापारको आकार अनुमान गर्न सकिन्छ । केही वर्षको अन्तरालमै जेनसेट आयातकर्ता दुई दर्जन नाघेका छन् भने तिनले चार दर्जनभन्दा बढी ब्रान्ड बजारमा ल्याएका छन् । नेपाल भित्रिने डिजेलको करिब ४० प्रतिशत हिस्सा तिनै जेनसेट चलाउन खपत हुने गरेको थियो । विद्युत् आपूर्ति नियमित भएका कारण पुराना जेटसेट सर्भिसिङमा ल्याउने क्रम पनि रोकिएको छ । हुन पनि लोडसेडिङ नै नभएपछि कसले खोज्छ जेनरेटर ?

प्रकाशित: पुस १३, २०७३

सुरुङमा सरर नागढुंगा–नौबीसे सुरुङ मार्ग निर्माण तयारी अन्तिम चरणमा

पत्र पत्रिका बाट  -साभार   http://nepal.ekantipur.com/news/2016-11-28/20161128101841.html


सुरुङमा सरर

  • नागढुंगा–नौबीसे सुरुङ मार्ग निर्माण तयारी अन्तिम चरणमा
राजधानीको प्रमुख नाका नागढुंगादेखि नौबीसेसम्मको दूरी १४ किलोमिटर मात्र हो । सामान्यत: त्यति दूरी पार गर्न बढीमा १५ मिनेट लाग्नुपर्ने हो । तर, साँघुरो बाटो, अत्यधिक सवारी चाप र जोखिमपूर्ण घुम्तीका कारण यो खण्ड पार गर्न दुई घन्टाभन्दा बढी समय लाग्छ । यही सडकमा दैनिक १० हजार सवारी साधन नागढुंगा भएर ओहोरदोहोर गर्छन् ।
अबको पाँच वर्षपछि नागढुंगा क्षेत्रमा यो कहालीलाग्दो तस्बिर देखिनेछैन । नागढुंगा डाँडोको फेदबाटै सुरुङ निर्माण हुने भएको छ, जो पहाड छिचोलेर एकैपटक नौबीसे नजिक पुग्नेछ । अन्य कुरा यथावत् रहे काठमाडौँ छिर्ने र बाहिरिने सवारी साधनले तीन लेनको चिल्लो सुरुङ मार्ग प्रयोग गर्न पाउनेछन्, जापान सरकारको सहयोगमा ।

सडक विभागका अनुसार नागढुंगाको फेदीमा पर्ने बस्नेतछापमा सुरुङको पूर्वीद्वार रहनेछ भने सिस्ने खोलामा पश्चिमद्वार । बलम्बुदेखि तल बस्नेतछापसम्म दुइटा पुल निर्माण हुनेछन् । ‘बेल माउथ’ आकारमा बन्ने सुरुङको चौडाइ १२ मिटर हुनेछ । जसमध्ये ६.५ मिटर काठमाडौँ प्रवेशका लागि दुई लेन र ३.५ मिटर बाहिरिने लेनका लागि प्रयोग हुनेछ । बाँकी एक–एक मिटरचाहिँ त्यसको दायाँबायाँ पेटी रहनेछ । २.४५ किलोमिटर लामो सुरुङसहित बलम्बुदेखि सिस्नेरी खोलासम्मको दूरी ६.५ किमि हुनेछ । यसबाट नागढुंगाको बाटोबाट लाग्ने समय प्रत्यक्ष रूपमा २० मिनेटले र दूरी आठ किमिले छोटिनेछ ।

काठमाडौँ प्रवेश गर्ने सवारी साधनले दुई लेन र बाहिरिनेले एक लेन प्रयोग गर्न पाउनेछन् । त्यसले गर्दा काठमाडौँ भित्रिने मालवाहक सवारी साधनलाई सहज हुनेछ । सुरुमा जेट फ्यान र नियमित उज्यालो दिन दुई मेगावाट बराबरको विद्युत् ‘ब्याकअप’ प्रणाली जडान हुनेछ । पश्चिमछेउमा सिस्ने खोलालाई भूमिगत पाइपबाट डाइभर्ट गरेर सुरुङ खन्दा निस्केको माटोले अहिलेको खोँच सम्याएर त्यो ठाउँमा चमेना गृह, शौचालय, मिनिमार्टसहितको स्टेसन निर्माण गर्ने योजना छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी एक महिनाभित्र नेपाल र जापान सरकारबीच परियोजना निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परियोजनाको परामर्शदाता छनोटका लागि आह्वानपत्र (आरएफपी)को मस्यौदा तयार पारेर सुझावका लागि जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका)लाई पठाइसकेको छ । र, जाइकाले दिएका सुझाव समेटेर परामर्शदाता छनोटका लागि आरएफपीलाई अन्तिम रूप दिइने सडक विभागका नायव महानिर्देशक तथा वैदेशिक सहयोग समन्वय शाखा प्रमुख सञ्जयकुमार श्रेष्ठ बताउँछन् । त्यसपछि ४५ दिनको समयसीमा राखेर आरएफपी जारी गरिनेछ । प्राप्त आवेदनहरूको मूल्यांकन गरेर परामर्शदाता छनोट गरिने र उसले परियोजनाको विस्तृत डिजाइन तयार पार्नेदेखि बोलपत्र कागजात, ठेकेदार चयन र परियोजनाको सुपरिवेक्षणसमेत गर्नेछ । परामर्शदाता छनोट भएको एक वर्षभित्र विस्तृत डिजाइन तयार गरिनेछ र ६ महिनाभित्र ठेकेदार चयन हुनेछ । त्यसपछिको तीन वर्षमा परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

परियोजनाको मूल ठेकेदार जापानी हुने र त्यसमा नेपाली ठेकेदारको भूमिका सहायक र साझेदारको रहनेछ । परियोजनाको प्रशासनिक नेतृत्व भने सडक विभागकै हुनेछ । जापान सरकारले यो परियोजनाका लागि ०.०१ प्रतिशतमा करिब १८ अर्ब रुपियाँको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सडक पूर्वाधारमा जापानको यो नै पहिलो ऋण सहयोग हो । अनुदानमार्फत प्राप्त हुने सहयोग रकम सानो हुने भएकाले ठूलो परियोजना सम्पन्न गर्न वर्षौं लाग्ने विगतको तीतो अनुभवलाई मध्यनजर गर्दै नेपाली पक्षले जापानसामु ऋण सहयोग उपलब्ध गराउन अनुरोध गरेको थियो । जापान सरकारको अनुदान सहयोगमा निर्मित बनेपा–बर्दिबास १ सय ६० किमि सडक निर्माण गर्न २० वर्षभन्दा बढी समय लागेको दृष्टान्त पेस गर्दै सरकारी अधिकारीहरूले सहुलियत ऋणमा जोड दिएका थिए ।

हालसम्म नेपालमा जलविद्युत् परियोजनाहरूका प्रवेश मार्गका लागि मात्र सुरुङ निर्माण गरिन्थ्यो । सार्वजनिक यातायातका लागि यस किसिमको संरचना निर्माण भएको छैन । नागढुंगा–सुरुङमार्ग निर्माणको बहस १५ वर्षअघि नै सुरु भएको हो । नाकाबन्दी र भूकम्पका कारण पनि परियोजना थप दुई वर्ष ढिला हुन गएको हो । त्यसबाहेक जापान सरकारले राजनीतिक अस्थिरताबीच परियोजना अगाडि बढाउन जोखिमपूर्ण हुने आकलन गर्दै पर्ख र हेरको नीति लिएको थियो ।

यो सुरुङ मार्गको निर्माणले राजधानीको प्रवेश र बहिर्गमनलाई सहज बनाउने त छ नै, त्यसभन्दा पनि नेपालको पूर्वाधार विकासलाई गति दिने अपेक्षा गरिएको छ । सँगै नेपाली पक्षले हासिल गर्ने सुरुङ निर्माणको अनुभव दीर्घकालीन हिसाबले मुलुकका लागि पुँजी बन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाको ठहर छ । भन्छन्, “सुरुङ मार्गमा नेपालीहरूले हासिल गर्ने दक्षता र अनुभव सबैभन्दा महत्त्वपूर्ण हुनेछ । र, त्यो मध्यपहाडी राजमार्ग निर्माणका लागि अत्यन्त उपयोगी हुनेछ ।”

‘एउटा ठूलो अवसर’ 
- सूर्यराज आचार्य, सार्वजनिक पूर्वाधार विज्ञ

सुरुङ निर्माण सुरु भएपछि सरकारी निकायमा यससम्बन्धी ज्ञान विस्तार र पूर्वाधार निर्माणका लागि आवश्यक संरचना तयार गर्ने काम पनि तत्काल सुरु गर्नुपर्छ । जसबाट कालान्तरमा नेपालले झोलुंगे पुलको निर्माणमा जस्तै सुरुङ मार्ग निर्माणमा पनि अन्तर्राष्ट्रिय ख्याति हासिल गर्न सक्नेछ । त्यसैले यो एउटा ठूलो अवसर पनि हो ।

यसैबीच सुरुङ निर्माण र व्यवस्थापन सम्बन्धमा प्राज्ञिक अनुसन्धान केन्द्रको स्थापनाको काम पनि अघि बढाइनुपर्छ । किनभने, यो परियोजना यातायात सहजताका हिसाबले भन्दा पनि प्रविधि हस्तान्तरणका हिसाबले कोसेढुंगा हो । नेपाली इन्जिनियर, सरकारी कर्मचारी र ठेकेदारले हासिल गरेको सीप र अनुभवलाई संरक्षण गर्न प्रस्ट रणनीति नबनाउने हो भने एउटा परियोजना सम्पन्न हुने र अर्को सुरु गर्न विदेशीको मुख ताक्नुपर्ने अहिलेको परिस्थितिले नै निरन्तरता पाउनेछ ।

त्यसैले सबैको विज्ञता र अनुभवलाई सदुपयोग गर्न संरचना र सोचको विकासको पाटोलाई पनि सँगै लैजानुपर्छ । साथै, सुरुङ मार्गसम्बन्धी अध्ययन र अनुसन्धान केन्द्र स्थापनालाई पनि तदारुकता देखाउनु आवश्यक छ । जसबाट भोलिका दिनमा यस्ता संरचना निर्माण गर्नुपरेको खण्डमा परामर्शदाता, ठेकेदार, प्रविधिज्ञलगायतको जनशक्ति देशभित्रै उपलब्ध हुनेछन् । त्यसैगरी परियोजनाको प्रशासनिक नेतृत्वलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्छ । त्यसमाथि भरोसा गर्ने र मनोबल बढाएको खण्डमा नेतृत्व गर्नेले पनि परियोजनाप्रति अपनत्व ग्रहण गर्नेछ । यो परियोजनाको अनुभव र विज्ञता काठमाडौँलगायतका सहरी क्षेत्रमा भूमिगत मेट्रो रेल निर्माणमा पनि उपयोगी बन्नेछ ।

नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग
लम्बाइ : २.४५ किमि
प्रवेश मार्गसमेत : ६.५ किमि
लागत : १८ अर्ब रुपियाँ
निर्माण अवधि : ५ वर्ष
सुरुङको कुल चौडाइ : १० मिटर
काठमाडौँ प्रवेश गर्न : २ लेन
काठमाडौँबाट बाहिरिन : १ लेन
दुवैतर्फ पेटी : १/१ मिटर
प्रकाशित: मंसिर १३, २०७३

६ हजार मेगावाट होल्ड

  • दुई छिमेकी मुलुकका कम्पनी आयोजना निर्माणभन्दा कब्जामै राखिरहन सक्रिय

पत्र पत्रिका बाट  -साभार  

http://nepal.ekantipur.com/news/2016-09-18/20160918145636.html


भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन् ।
विद्युत् परियोजना निर्माणका लागि दक्षिणी छिमेकीले गरेको यो प्रतिबद्धता नौलो होइन । यिनै प्रधानमन्त्री प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा ०६५ मा २ सय ४५ मेगावाट क्षमताको नौमुरे आयोजना उपहारस्वरूप बनाइदिने वचन भारतले दिएको थियो । तर, आठ वर्ष बितिसक्दा पनि नौमुरे निर्माणमा भारतले कुनै अग्रसरता देखाएन । ऊर्जा मन्त्रालयका अधिकारीहरूका अनुसार नौमुरेमा बिजुलीसँगै पानी उपयोगको विषय जोडिएर आएपछि भारतले टार्दै आएको हो ।

दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनका सरकार र त्यहाँका कम्पनीहरूले बनाउने भनिएका अन्य परियोजनाहरूको प्रगति केलाउने हो भने पनि नौमुरेजस्तै निराशाजनक तस्बिर देखिन्छ । हाम्रा छिमेकीको पोल्टामा रहेका जलविद्युत् परियोजनामध्ये कुनै एउटा मात्र सम्पन्न हुने हो भने पनि मुलुकले लोडसेडिङको पीडाबाट निकै राहत पाउने थियो । आधा मात्र पनि समयमा सम्पन्न हुने हो भने आगामी पाँच वर्षमै मुलुकले लोडसेडिङबाट त्राण पाउनेछ । ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्थ भन्छन्, “भारत र चीनले बनाउँछु भनेका परियोजनाहरूमध्ये एउटा मात्र बनाए पनि ऊर्जा संकट टर्नुका साथै नेपालले ठूला परियोजनाहरू पनि ह्यान्डल गर्न सक्छ भन्ने सन्देश प्रवाह हुन्थ्यो ।”

जब कि लगातारको वर्षाका बाबजुद भदौ तेस्रो सातासमेत विद्युत् प्राधिकरणले साताको ४८ घन्टे लोडसेडिङ जारी राखेको छ । मुलुकभरको कुल माग १ हजार ६ सय मेगावाट रहेकामा आन्तरिक उत्पादन क्षमता भने आठ सयमा सीमित छ । २ सय १० मेगावाट बिजुली भारतबाट आयात भइरहेको छ ।

आठ सय मेगावाट बिजुली अपुग भएर लोडसेडिङ बेहोर्नु परिरहेका बेला दुई छिमेकी भारत र चीनका कम्पनीहरूले करिब ६ हजार मेगावाट क्षमताका एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना लामो समयदेखि ओगटिरहेका छन् ।

सबैभन्दा उदेकलाग्दो अवस्था त बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला पञ्चेश्वरलाई कार्यान्वयनमा लैजान पुन: सहमति भएको छ । जब कि, ०५२ सालमै नेपाल र भारतबीच सम्पन्न महाकाली सन्धि गर्ने क्रममै ६ महिनाभित्र पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंगो लगाउने सम्झौता भएको थियो । त्यसको १९ वर्षपछि साउन ०७१ मा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा डीपीआर अद्यावधिक गरी अन्तिम रूप दिन फेरि ६ महिनाको म्याद तोकिएको थियो ।

नरेन्द्र मोदी भ्रमणपछि पञ्चेश्वर प्राधिकरण गठन भए पनि त्यसले गति लिन सकेको छैन । दुई वर्षअघि नै टुंगो लगाइसक्नुपर्ने डीपीआरको मस्यौदाले अन्तिम रूप पाउन सकेको छैन । पाँच खर्ब रुपियाँ लागतको यो परियोजना सम्पन्न गर्न १२ वर्ष लाग्ने अनुमान छ । प्रधानमन्त्री दाहालको जारी भारत भ्रमणमा फेरि एकपटक डीपीआरलाई चाँडै टुंगोमा पुर्‍याउने सहमति भएको छ ।

सुदूर र मध्यपश्चिमको कायापलट गर्ने अपेक्षा गरिएको माथिल्लो कर्णाली परियोजना भारतीय कम्पनी जीएमआरलाई निर्माणको जिम्मा दिनेबाहेक कुनै प्रगति हुन सकेको छैन । नौ सय मेगावाटको उक्त परियोजना विकास सम्झौता दुई वर्षअघि नै भएको थियो । वित्तीय व्यवस्थापन गर्न नसकेको कारण देखाएर जीएमआरले एक वर्ष म्याद थपिदिन लगानी बोर्डमा निवेदन दिएको छ ।

विद्युत् विकास सम्झौतामा प्रवद्र्धकले चित्तबुझ्दो कारणसहित निवेदन दिएमा एक वर्षका लागि म्याद थप्न मिल्ने प्रावधान छ । तर, पीडीए सम्पन्न भएको दुई वर्ष बितिसक्दा समेत जग्गाको अधिग्रहण, विद्युत् खरिद सम्झौता (पीपीए), अन्तर्देशीय प्रसारणको पूर्वाधार, विस्थापितहरूको पुन:वासलगायत विषय नसुल्झिएका कारण म्याद थपिए पनि परियोजनाको निर्माण आगामी एक वर्षमा सुरु हुन्छ भन्ने आधार अझै छैन ।

०५१ मा नेकपा एमालेको सत्तारोहणको सिकार बन्यो, अरुण तेस्रो परियोजना । विश्व बैंकको ऋण सहयोगमा बनाउने गरी अन्तिम तयारी भइरहेका बेला एमाले सरकारले परियोजनाको लगानी मोडालिटीमै प्रश्न उठायो र त्यसको विपक्षमा उभियो । त्यसले प्रमुख लगानीकर्ता विश्व बैंकलाई पछाडि हट्न बाध्य बनायो र त्यतिबेलासम्मका सबै तयारी खेर गए । विश्व बैंकले हात झिकेपछि १० वर्षपछि मात्र उक्त परियोजनाको अनुमतिपत्र जारी भयो । र, प्रवद्र्धक भारतीय सरकारी कम्पनी सतलज र नेपाल सरकारबीच दुई वर्षअघि नै नौ सय मेगावाटको पीडीए सम्पन्न भयो । जस अनुसार आगामी १० मंसिरभित्रै वित्तीय व्यवस्थापन गरिसक्नुपर्ने भए पनि तल्लो तटीय सिँचाइमा प्रभाव, प्रसारण र बजारसम्बन्धी पूर्वाधार, जग्गा अधिग्रहणजस्ता विषय प्रस्ट नहुँदा यो परियोजना पनि कहिले सुरु हुने निश्चित छैन ।

अर्को बहुचर्चित पश्चिम सेती परियोजना भूराजनीतिको चपेटामा पर्दै पछिल्लोपल्ट चीनको पोल्टामा छ । ७ सय ५० मेगावाट क्षमताको जलाशययुक्त परियोजना विकास गर्न चार वर्षअघि चीनको थ्री गर्जेज कर्पोरेसनको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसन र विद्युत् प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार दुई वर्षअघि नै वित्तीय व्यवस्थापन गरिसक्नुपथ्र्यो । ०७६ भित्र परियोजना निर्माण गरिसक्नुपर्छ । १६ वर्षसम्म अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक)ले ओगटेर कुनै काम नगरेपछि खोसुवामा परेको यो परियोजना सीडब्लूईले १ खर्ब ६० अर्ब रुपियाँ लागतमध्ये ७५ प्रतिशत बेहोर्ने र २५ प्रतिशत विद्युत् प्राधिकरणको स्वपुँजी रहने सम्झौता भएको छ । तर, पीपीए दर, पुन:वासलगायतका मुद्दा अझै सम्बोधन भएका छैनन् ।

भारतीय कम्पनी जीएमआरकै ८० प्रतिशत स्वामित्व भएको हिमताल हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित ६ सय मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–२ को प्रगतिमा पनि सन्तोष गर्ने ठाउँ छैन । वातावरणीय प्रभाव मूल्यांकन चार वर्षअघि नै स्वीकृत भइसके पनि प्राधिकरणको स्वपुँजी र नि:शुल्क बिजुलीको विषय निक्र्योल नहुँदा परियोजना कहिले सुरु हुन्छ भन्ने यकिन छैन । भारतीय कम्पनीले ओगटेका भेरी–३ जलाशययुक्त आयोजना, दूधकोसी–२ र दूधकोसी–४ को हालत हेर्दा पनि तत्काल निर्माण कार्य अघि बढ्ने छाँट देखिँदैन ।

०६७ सालमै सर्वेक्षण अनुमति पाएको चिनियाँ कम्पनी हाइड्रोचाइना कर्पोरेसनले १ सय २ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–२ को निर्माण पनि कहिले सुरु हुन्छ, ठेगान छैन । यीबाहेक पनि भारतीय र चिनियाँहरूको हातमा दर्जनौँ परियोजना छन्, जसबाट हजारौँ मेगावाट बिजुली उत्पादन हुन सक्छ तर कहिले निर्माण सुरु हुन्छ भन्ने समेत प्रस्ट छैन । यसबाट परियोजना ओगट्ने खेल मात्रै हो कि भन्ने शंका त उब्जिएको छ नै, ऊर्जा मन्त्रालय र विद्युत् विभागलगायतका निकायमाथि विदेशीहरूलाई दिइएको लाइसेन्स खारेज गर्नुपर्ने दबाब पनि क्रमश: बढ्दो छ ।

ऊर्जाको आन्तरिक मागको हेक्का नराखी विदेश निर्यात गर्ने ध्याउन्नमा आकर्षक आयोजनाहरू विदेशीलाई जिम्मा लगाइएका कारण ठूला आयोजना नबन्ने र लोडसेडिङ बेहोर्नुपर्ने परिस्थिति सिर्जना भएको ऊर्जाविद् प्रा अमृतमान नकर्मीको तर्क छ । नकर्मी त नेपाल विद्युत् प्राधिकरणको पुन:संरचना नगरेसम्म आन्तरिक बजारको माग र आपूर्तिको प्रस्ट तस्बिर बाहिर नआउने र त्यतिन्जेल विदेशी लगानीको कुरा गर्नु हावादारी ठान्छन् । भन्छन्, “उत्पादन हुने बिजुलीको दर प्राधिकरणले निर्धारण गर्छ अनि उसले सन् २०१७ मा बिजुली बढी हुन्छ भन्छ अनि को आउँछ लगानीकर्ता ?”

हुन त विगतमा सरकारले समयमै काम सुरु नगर्ने आयोजनाहरूको लाइसेन्स खारेज नगरेको पनि होइन । ०६६ यता करिब सात हजार मेगावाट क्षमताका परियोजनाको लाइसेन्स खारेज भइसकेका छन् । तीमध्ये धेरै त भारतीय कम्पनी थिए ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का पूर्वअध्यक्ष सुवर्णदास श्रेष्ठ राजनीतिक र नीतिगत रूपमा ठूला परियोजनाका लागि आवश्यक पर्ने अनुकूल वातावरण सरकारबाटै तयार हुनुपर्ने बताउँछन् । भन्छन्, “सर्भे सकिएपछि उत्पादन लाइसेन्स जारी गर्न सरकारको अग्रसरता पनि अहम् हुन्छ । तोकिएको तालिका अनुसार काम भएन भने सरकारले लाइसेन्स नै खारेज गर्न सक्छ । यहाँ त्यस किसिमको वातावरण निर्माण गर्नेतर्फ कसैको ध्यान पुगेको छैन ।”
प्रकाशित: आश्विन २, २०७३

अनुसन्धानकारीहरू चुपचाप

पत्र पत्रिका बाट  -साभार   http://nepal.ekantipur.com/news/2016-05-22/20160522112052.html


सन् २००४–२०१४ बीचको १० वर्षको अवधिमा नेपालबाट मात्र वार्षिक ५७ करोड अमेरिकी डलरका दरले करिब ५ अर्ब ६७ करोड बाहिरिएको तथ्य दुई वर्षअघि सार्वजनिक गर्‍यो, शंकास्पद कारोबारबारे अनुसन्धान गर्ने संस्था ग्लोबल फाइनान्सियल इन्टिग्रिटी (जीएफआई)ले । त्यसमध्ये ९५ प्रतिशत अर्थात् ५ अर्ब ३९ करोड डलर आयात व्यापारका क्रममा गरिने न्यून बिजकीकरणसँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ । साथै, त्यसरी बाहिरिने रकमको ४५ प्रतिशत ‘ट्याक्स हेभन’ मानिने वित्तीय केन्द्रहरूमा पुग्ने गरेको खुलासा पनि त्यो अध्ययनले गरेको थियो । बाँकी ५५ प्रतिशत भने विकसित देशहरूमा जाने अध्ययनको निष्कर्ष छ ।
सन् २०१३ को अफसोर लिक्स प्रकरणमा १२ जना नेपालीका नाममा विभिन्न ट्याक्स हेभनमा कम्पनी दर्ता भएको खुलासा गरेको थियो । २०१५ मा स्वीस लिक्सले स्वीट्जरल्यान्डका विभिन्न बैंकमा आठ नेपालीका ३६ वटा खातामा करिब पाँच अर्बभन्दा बढी रुपियाँ रहेको तथ्य बाहिर ल्याएको थियो । फ्रेन्च पत्रिका ले मोन्डेबाट प्राप्त सूचना र कागजातको अध्ययनपछि अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संस्था आईसीआईजेले ८ फेब्रुअरी २०१५ मा ती विवरण सार्वजनिक गर्‍यो ।

पछिल्लोपल्ट २०१६ मा सार्वजनिक भएको पनामा पेपर्सले करका लागि स्वर्ग मानिने मुलुकहरूमा कारोबार भएका सात नेपालीको नाम सार्वजनिक गरेको छ । पछिल्लो तीन वर्षका पनामा पेपर्स, स्वीस र अफसोर लिक्स प्रकरणले करछलीको उद्देश्यसहित ती मुलुकमा छाया कम्पनी खोल्ने र विदेशी बैंकमा रकम जम्मा गर्नेमा नेपालीहरू पनि कम छैनन् भन्ने तथ्य सार्वजनिक गरिदिएका छन् ।

रेमिट्यान्स, कमिसन, न्यून बिजकीकरण, कर छली, लागू पदार्थजस्ता आपराधिक कर्मबाट भएको आर्जनलाई सुरक्षित व्यवस्थापन गर्ने लगायत उद्देश्यले पनि यस्ता कम्पनी खोल्ने चलन विश्वव्यापी बन्दै गएको छ । सरकारको अनुमतिबेगर विदेशमा कम्पनी वा विदेशी बैंकमा खाता खोल्न नपाउने कानुनी व्यवस्थाले पनि नेपालीको ती कम्पनीहरूको कारोबारको स्वच्छतामाथि आशंका गर्ने ठाउँ दिन्छ । कर छलेर र गैरकानुनी रूपमा बाहिरिएको धनलाई ऋण र लगानीको आवरणमा फेरि देशभित्रै फर्काउने नयाँ प्रवृत्ति देखिन थालेको छ ।

पछिल्ला वर्षमा हङकङ, ब्रिटिस भर्जिन आइल्यान्ड, सेसल्स, सिंगापुर, साइप्रसजस्ता ट्याक्स हेभन मुलुकबाट आश्चर्यजनक ढंगले प्रत्यक्ष वैदेशिक लगानी भित्रिने क्रम बढेको छ, जसलाई सरकारी अधिकारीहरू गैरकानुनी आर्जनलाई शुद्धीकरण गर्ने नियतका रूपमा व्याख्या गर्छन् । यस्तै आशंकामा माओवादीनिकट मानिने व्यवसायी अजयराज सुमार्गीले भित्र्याएको साढे तीन अर्ब रुपियाँभन्दा बढी रकम स्रोत नखुलेको भन्दै राष्ट्र बैंकले रोक्का राखेको छ, जुन ब्रिटिस भर्जिन आइल्यान्डबाट ०६८ मा आएको हो ।

विदेशमा सेल कम्पनी र बैंक खाता खोल्नेदेखि शकांस्पद लगानी भित्र्याउनेसम्मका शृंखलाबद्ध घटनाक्रम सार्वजनिक भए पनि सरोकारवाला निकायले छानबिन र अनुसन्धानतर्फ ठोस पहल गरेका छैनन् । त्यस्ता गैरकानुनी एवं शंकास्पद कारोबारको अनुसन्धान गर्ने उद्देश्यका साथ ०६८ मा नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन गरिएको हो । त्यसबाहेक वित्तीय क्षेत्रमा हुने शंकास्पद कारोबारको अनुगमन गर्न नेपाल राष्ट्र बैंकभित्रै वित्तीय सूचना एकाइ स्थापना गरिएको छ । त्यसबाहेक गैरकानुनी धनको मूल स्रोत मानिने करछलीलाई नियन्त्रण गर्न र आवश्यक अनुसन्धान गर्न राजस्व अनुसन्धान र आन्तरिक राजस्व विभागसमेत रहेका छन् । तर, यी कुनै पनि निकायले नेपालीहरूसमेत मुछिएका पछिल्ला प्रकरणको छानबिन गर्नेतर्फ खासै उत्साह देखाएका छैनन् ।

पूर्वअर्थसचिव विमल कोइराला सरकारको प्राथमिकतामा नपरेका कारण यी प्रकरणमा नेपालीहरूको नाम आउँदासमेत छानबिन सुरु नभएको दाबी गर्छन् । आवश्यक नियम–कानुन र संरचना हुँदा सरकारी निकायहरू मौन रहनुलाई रहस्यमयी ठान्दै कोइराला भन्छन्, “नाम आएका सबै गलत त नहोलान् तर छानबिन त सुरु गर्नुपर्‍यो नि ! केही फोहोर देखिएको खण्डमा सफा गर्नुपर्‍यो । यदि सबै कुरा सफा छ भने ठीकै छ ।”

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापामाथिको अनुसन्धान प्रक्रियामा भएको ढिलाइले पनि कोइरालाको भनाइलाई पुष्टि गर्छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले दुई वर्षअघि नै गोल प्रोजेक्टको अनुदान रकम हिनामिना गरेको र फिफाका पूर्वपदाधिकारीहरूबाट गैरकानुनी रूपमा रकम लिएको आरोप लगाएर थापामाथि १० वर्षका लागि प्रतिबन्ध लगाएको छ । फिफाले थापामाथि छोरा गौरव थापाको मलेसियास्थित खातामा त्यस्तो रकम जम्मा गरेको आरोप लगाएको छ । यति गम्भीर आरोप र कारबाहीप्रति नेपालका अनुसन्धान निकायहरू बेपर्वाह देखिएका छन् । संसद्को सार्वजनिक लेखा समितिले छानबिन गर्न निर्देशन दिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कार्यक्षेत्र नरहेको प्रस्टीकरण दिएर उम्किएको छ भने कुन निकायको कार्यक्षेत्र हो भन्नेबारे आयोग पनि मौन बसेको छ ।

स्वीस, अफसोर र पनामा पेपर्स प्रकरणको अवस्था पनि उस्तै छ । केही सरकारी अधिकारीहरूले त्यसतर्फ केही व्यक्तिगत पहल गरे पनि सरकारी स्तरबाट भने औपचारिक पहल सुरु भएको छैन । विदेशी लगानी र कारोबारका सम्बन्धमा प्रत्यक्ष निगरानी राख्ने नेपाल राष्ट्र बैंकले समेत पनामा पेपर्स प्रकरणपछि बैंक तथा वित्तीय संस्थाहरूलाई छाया कम्पनीहरूको नेपालमा भएको वित्तीय कारोबारमाथि निगरानी बढाउन र विवरण दुरुस्त राख्न निर्देशन दिएर औपचारिकता मात्र पूरा गरेको छ । राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीसमेत विदेशमा नेपालीको खाता र कारोबारका सम्बन्धमा औपचारिक अनुसन्धान सुरु नभएको स्वीकार्छन् । स्वीस बैंकमा रहेका नेपालीहरूका खाताको उदाहरण दिँदै उनी भन्छन्, “स्वीस बैंकले यी नेपालीहरूको खाता छ भन्ने सार्वजनिक नगरेसम्म हामीले थाहा पाउन सम्भव छैन ।”

तर, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रवक्ता शिशिर घिमिरे भने पनामा पेपर्सलगायतका प्रकरणमा बाहिर आएका नामहरूमाथि अनुसन्धान सुरु भइसकेको दाबी गर्छन् । ‘देशभित्र भन्दा पनि विदेशबाट तथ्यहरू संकलन गर्न चुनौतीपूर्ण रहेको र त्यसका लागि विदेशस्थित नियोगहरूको सक्रियता र सहयोग समेत अपरिहार्य हुने’ घिमिरेको तर्कले पनि अनुसन्धानको सीमा प्रस्ट्याउँछ ।
हालैको पनामा पेपर्स प्रकरणपछि कतिपय मुलुकले अफसोर कारोबारमाथि निगरानी बढाएका छन् । बेलायतले आफ्नो देशभित्र र अधिनमा रहेका ब्रिटिस भर्जिन आइल्यान्डजस्ता ठाउँमा कम्पनी दर्ता गर्दा वास्तविक मालिकको विवरण खुलाउनुपर्ने व्यवस्थासहितको नीति बनाउने घोषणा गरिसकेको छ । त्यसै गरी अमेरिकाले पनि आफ्ना बैंक तथा वित्तीय संस्थालाई ग्राहकका बारेमा त्यस किसिमको जानकारी संकलन गर्न निर्देशन दिइसकेको छ । कतिपय मुलुकले संसारको जुनसुकै मुलुकमा भए पनि आफ्ना नागरिकको कारोबार तत्काल थाहा पाउने कानुन कार्यान्वयनमा ल्याएका छन् ।

अमेरिकाले आफ्ना नागरिकले गर्ने कारोबारको अभिलेख दुरुस्त राख्नकै लागि सन् २०१० मा जारी गरेको फरेन अकाउन्ट ट्याक्स कम्प्लाएन्स एक्ट (फाक्टा) कार्यान्वयनमा छ, जस अनुसार विदेशमा बस्ने अमेरिकी नागरिकहरूले समेत प्रत्येक वर्ष आफ्ना सबै कारोबारको विवरण बुझाउनुपर्छ । यही कानुनको कार्यान्वयनका लागि अमेरिकाले विभिन्न मुलुकसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा हस्ताक्षर गर्ने मुलुक र त्यहाँका वित्तीय संस्था अमेरिकी नागरिकको वित्तीय र अन्य कारोबारको जानकारी अमेरिकी सरकारलाई बुझाउन बाध्य हुन्छन् । त्यही प्रावधानका आधारमा अमेरिकी नागरिकको वित्तीय विवरण उपलब्ध नगराएका कारण स्वीट्जरल्यान्डको क्रेडिट स्वीस बैंकले २ अर्ब ६ करोड डलर जरिवाना तिर्नुपरेको थियो ।

ट्याक्स हेभनका रूपमा चिनिएका मुलुकबाट वैदेशिक लगानी बढ्दो क्रममा रहनु र नेपालीहरूको विदेशका अफसोर कम्पनी र बैंकहरूमा सम्बन्ध देखिनुले अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टाक्स फोर्स ( एफएटीएफ)ले नेपाललाई निगरानी सूचीमा राख्ने जोखिम पनि उत्तिकै छ । यसअघि लामो समय निगरानी सूचीमा रहिसकेको नेपाल दुई वर्षअघि मात्र त्यसबाट बाहिरिन सफल भएको थियो । शंकास्पद कारोबार गर्ने मुलुकमा सूचीकृत भएमा नेपालका बैंकहरूले अन्तर्राष्ट्रिय कारोबार गर्न पाउने छैनन्, जसले गर्दा वैदेशिक व्यापार नै ठप्प हुन सक्नेछ ।

सन् २०१८ मा हुने मूल्यांकनबाट नेपाल फेरि कालो सूचीको दुष्चक्रमा फस्ने खतरा रहेको विज्ञहरूको आकलन छ । त्यो अवस्था आएमा यसअघिको भन्दा चुनौतीपूर्ण हुनेछ । किनभने, यसपटक कानुनी संरचनाहरू बनाएर जोखिम टार्ने सम्भावना छैन । कार्यान्वयन पक्षको मूल्यांकनका आधारमा एफएटीएफले नेपाललाई निगरानी सूचीमा राख्ने–नराख्ने निक्र्योल गर्नेछ । सरकारी निकायको सुस्तता र लाचारी कायमै रहने हो भने कार्यान्वयन पक्षमा प्रगति देखिने छैन ।

नेपाल कालोसूचीमा परेको खण्डमा त्यसले निम्त्याउने जोखिमहरूको सूची लामो छ । जस्तो कि, नेपाली बैंक तथा वित्तीय संस्थाको प्रतीत पत्र (एलसी)को लागत बढ्नेछ, जसबाट निर्यात व्यापार थप धराशयी बन्नेछ । त्यसै गरी नेपाल बढी जोखिमपूर्ण मुलुकमा पर्नासाथ यहाँ भित्रिने रेमिट्यान्सको लागतसमेत बढ्नेछ, जसका कारण हुन्डी कारोबारले थप प्रश्रय पाउन सक्नेछ । सरकारले पाउने विदेशी सहयोग र अनुदानमा पनि अरू कडा सर्तहरू थपिनेछन् । पूर्वमुख्यसचिव कोइराला भन्छन्, “यस्तो प्रवृत्तिलाई समयमै निरुत्साहित गर्न नसके पुँजी पलायन र गलत स्रोतबाट आर्जित धनको बोलवाला बढ्दै जान्छ । त्यसबाट असल नियत राखेर राज्यलाई कर तिर्न खोज्नेहरू व्यापार व्यवसायबाटै पलायन हुनेछन् ।”

अर्का एक सरकारी अधिकारी त पनामा पेपर्सलाई स्वीस लिक्स र अफसोर लिक्सभन्दा गम्भीर रूपमा लिनुपर्ने बताउँछन् । भन्छन्, “यो त बूढी मरी भन्दा पनि काल पल्क्यो भनेजस्तै हो । विश्वभर फोन्सेका जस्ता लाखौँ फर्म छन् । यसले त राज्यको आँखा छल्दै थुप्रै नेपालीहरूले आफ्नो कारोबार विदेशमा समेत विस्तार गरेको आशंका उब्जाउँछ ।” यो प्रवृत्तिलाई चाँडोभन्दा चाँडो निरुत्साहित गर्न पनि सरकारले औपचारिक रूपमै अनुसन्धान सुरु गर्नुपर्ने उनको तर्क छ ।
प्रकाशित: जेष्ठ ९, २०७३

http://nepal.ekantipur.com/news/2016-05-22/20160522112052.html

वीरगन्जको विकल्प http://bit.ly/26GpN2v

पत्र पत्रिका बाट  -साभार     http://nepal.ekantipur.com/news/2016-05-01/20160501130229.html

पछिल्लो समय वीरगन्ज नाका सहज बने पनि टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि भने भैरहवा नाकातिरै लहसिएको छ । भैरहवा–बुटवलको खण्डमा पर्ने मधौलियामा दुई बिघा जमिन १० वर्षका लागि भाडामा लिएर उसले आफ्नो कार्यालयसहितको यार्ड (गाडी पार्किङ स्थल) मात्र बनाएको छैन, भारतबाट आयात गरिएका सयौँ गाडी मुलुकका अन्य डिलरलाई पठाउन थालेको छ ।
यसअघि वीरगन्ज नाकाबाट मात्रै टाटा कम्पनीका गाडी आयात गर्दै आएको सिप्रदी ट्रेडिङ मधेस आन्दोलनका क्रममा महिनौँ अवरुद्ध बनेपछि भैरहवातर्फ आकर्षित भएको हो । “वीरगन्ज नाका महिनौँ अवरुद्ध भएपछि वैकल्पिक नाकाका रूपमा भैरहवालाई लिन थालेका हौँ,” सिप्रदी ट्ेरेडिङका भैरहवा शाखा प्रबन्धक गोविन्द उपाध्याय भन्छन्, “भैरहवा नाका अन्य नाकाको तुलनामा सुरक्षित र पायक पर्नुका साथै मधेस आन्दोलनका बेला पनि अवरुद्ध भएन ।” सिप्रदीले वीरगन्जबाट नजिक पर्ने स्थानका लागि वीरगन्ज र त्यसबाहेकका लागि भैरहवा नाकाबाट गाडी आयात गर्ने गरेको उपाध्यायको कथन छ ।
सिप्रदी मात्रै होइन, नेपालका प्रमुख अटो मोबाइल्स कम्पनीहरूका लागि भैरहवा रोजाइको नाका बन्न पुगेको छ । सुजुकी, महिन्द्रा, हुन्डाई, आयसर, होन्डा, मित्सुबिसी, टोयटा, किया, फोर्ड, डायत्सुलगायतका कम्पनीका नेपालको आधिकारिक बिक्रेताले भैरहवा नाकाबाट पनि आयात गर्न थालेका छन् । ती अधिकांश अटोमोबाइल्स कम्पनीले भैरहवा क्षेत्रमा जमिन भाडामा लिएर गोदामका रूपमा प्रयोगमा ल्याइसकेका छन् ।

विशेष आर्थिक क्षेत्र (सेज)देखि उत्तरतर्फको बालापुर क्षेत्रमा अहिले बस्ती, पसल, गेस्टहाउस, पेट्रोलपम्प धमाधम निर्माण हुन थालेका छन् । आन्दोलनअघि प्रतिधुर करिब ५० हजार रुपियाँमा पाइने जमिन अहिले डेढ लाखमा पाउन मुस्किल छ । काठमाडौँ, पोखराका होटल व्यवसायी र उद्योगी जग्गाको खोजीमा छन् ।

मधेस आन्दोलनका बेला तराईका अन्य जिल्ला र भारतीय नाकाको तुलनामा भैरहवा शान्त र सुरक्षित भएको महसुस गरिएको हो । भन्सार कार्यालय रहेको भैरहवाको सीमावर्ती बेलहियादेखि २५ किमि उत्तर बुटवलसम्म एकाध छिटपुट घटनाबाहेक एक दिन पनि नाका र सिद्धार्थ राजमार्ग अवरुद्ध हुन पाएन ।
वीरगन्जबाट अवरुद्ध भएका गाडी र सामान रिरुट भएर आउन थालेपछि चालू आवका लागि ३० अर्ब ११ करोड रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको भैरहवा भन्सार कार्यालयले फागुनको तेस्रो साताभित्रै पूरा गरेको थियो । फागुनको अन्तिमसम्म ३४ अर्ब ५१ करोड रुपियाँ संकलन भएको थियो ।

यस नाकाबाट अत्यधिक संख्यामा नयाँ सवारीका साधन भित्रिएकाले निर्धारित समयअगावै लक्ष्य पूरा भएको भैरहवा भन्सारका अधिकृत रवीन्द्र प्याकुरेल सुनाउँछन् । भन्सार तथ्यांक अनुसार यस वर्षको फागुनसम्ममा भैरहवा नाकाबाट भित्रिएका सवारी साधनबाट १४ अर्ब ६८ करोड ४१ रुपियाँ भन्सार राजस् व आएको छ । गत वर्षको यस अवधिमा २ अर्ब ५८ करोड ४६ लाख रुपियाँ मात्र राजस्व आएको थियो ।

“भारतको कलकत्ता बन्दरगाहदेखिको रुट वीरगन्जनजिक भए पनि दिल्लीदेखि काठमाडौँका लागि नजिकको रुट भैरहवा हो,” अर्का भन्सार अधिकृत गोविन्द पौडेल भन्छन्, “तर, कैयन् व्यापारी दिल्लीदेखि सामान आयात गर्दा चलनचल्तीको वीरगन्ज नाकै प्रयोग गर्थे ।”

स्थानीय भन्सार क्लियरिङ एजेन्टका अनुसार दिल्लीबाट रक्सौलसम्म सामान ढुवानी गर्दा प्रतिकिलो पाँच रुपियाँ भारु भाडा छ भने सुनौलीसम्मको साढे तीन रुपियाँ । अर्कोतर्फ, भारतमै नेपालतर्फ निर्यात हुने सामानमा बिहारमा भन्दा उत्तर प्रदेशमा प्रशासनिक कार्य सम्पादनमा सरल र सहज छ ।
भैरहवा नाकाबाट धेरै सामान आयात हुन थालेपछि त्यही अनुरूप पूर्वाधार तयार पार्नुपर्ने माग निजी व्यवसायीले गरेका छन् । “भैरहवा नाका मुलुककै लागि अति महत्त्वपूर्ण छ भन्नेमा दुईमत छैन,” सिद्धार्थनगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विष्णु शर्मा भन्छन्, “भारतको नौतनवासम्म रहेको रेलमार्गलाई सीमावर्ती सुनौलीसम्म ल्याउन र एकीकृत सुरक्षा चौकी अन्तर्गत नेपालतर्फ अधिग्रहण भएको जमिनमा भन्सार, क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रयोगशाला, बैंकलगायतका निकाय एकै स्थलमा ल्याउनुपर्‍यो ।”
प्रकाशित: वैशाख १९, २०७३

यी हुन् अब ठूला बस चलाइने उपत्यकाका मुख्य रुट (नक्सासहित)

पत्र पत्रिका बाट  -साभार  http://www.onlinekhabar.com/2017/04/577138/


यी हुन् अब ठूला बस चलाइने उपत्यकाका मुख्य रुट (नक्सासहित)

रविन्द्र घिमिरे




१५ वैशाख, काठमाडौं । अहिले कमलपोखरीबाट कसैलाई एकान्तकुनासम्म जानु छ भने चक्रपथ या रत्नपार्क पुगेर सवारी नफेरी सुखै छैन । तर, अब सरकारले पहिचान गरेको नयाँ रुट कार्यान्वयनमा आएपछि कमलपोखरीबाट सीधा बस चढेर एकान्तकुना पुग्न सकिने छ ।
यो रुटमा अब थपिने बस अहिलेको जस्तो साना र सास्ती भोग्नुपर्ने किसिमको पनि हुने छैन । चाबहिलबाट छुटेको बसले बीचभागका यात्रुलाई टिप्दै एकान्तकुना पुर्‍याउनेछ ।
 सरकारले एडीबीको सहयोगमा गरेको अध्ययनमार्फत पहिचान गरेका यस्तै सडक, सवारी र यात्रु मैत्री वैज्ञानिक रुटहरुको कार्यान्वयन सुरु भइसकेको यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरसँग बताए ।
विस्तृत अध्ययन सकाएर सरकारले काठमाडौंमा अहिले रहेको २ सय भन्दा बढी खण्ड-खण्डका छोटा सवारी रुटलाई एकीकृत गरी ६६ वटामा सीमित गर्न सकिने निष्कर्ष निकालेको छ । अहिले रहेका अब्यवस्थित रुटहरुलाई यसले ब्यवस्थित गर्न सकिने विश्वास गरिएको छ ।
यात्रुको चाप, शहरी भौगोलिकता, दूरी, सार्वजनिक सवारीको वैज्ञानिक ब्यवस्थापनको मर्म लगायतका आधारमा सरकारले उपत्यकाको सवारीलाई ३ तहमा विभाजन गरेर कार्यान्वयन गर्ने अवधारणा ल्याएको छ ।
विशेष गरी सडकको क्षमता र यात्रुको उपलब्धताका आधारमा ठूला, मध्यम र साना सवारी चलाउने गरी प्राइमरी, सेकेण्डरी र टर्सरी गरी ३ भागमा विभाजन गरेर रुटहरु कायम गर्न लागिएको छ । ‘पहिचान भएका रुटहरु कार्यान्वयनमा ल्याउने नीतिगत निर्णय नभएपनि हामीले कार्यान्वयनमा ल्याउने गरी काम थालिसकेका छौं’ पाण्डेले भने,’चाँडै वैज्ञानिक रुटहरु कायम भएर काठमाडौंको शहरी यातायातको अवस्थामा सुधार आउनेछ ।’

कस्तो हो प्राथमिक रुट ?
सरकारले काठमाडौंभित्र ८ वटा प्राइमरी (प्राथमिक) रुटहरु पहिचान गरेको छ । अध्ययनले औंल्याएको सुझावअनुसार प्राइमरी रुटमा ८० यात्रु बोक्न सक्ने ठूला बस चल्न सक्छन् । यो रुटमा सेमि फ्लोर बस पनि चल्न सक्छन् । अहिले साझाले चलाएका भन्दा पनि ठूला आकारका बस यो रुटमा चल्न सक्छन् ।
विशेषगरी रिंगरोड र रिंगरोडलाई रत्नपार्कसँग जोड्ने मुख्य विन्दुलाई प्राइमरी रुटमा राखिएको छ । यी रुट ठूला बस चल्न योग्य छन् । यात्रुको चाप र सडकको अवस्था हेरेर नै प्राथमिक रुटमा ठूला सवारी चलाउन सुझाव दिइएको छ ।
यात्रुको धेरै चाप हुने र सवारी उपलब्धता असहज भएको क्षेत्रलाई समेटेर प्राथमिक रुटहरु तय गरिएको छ । ‘ठूला बसहरु चलाउन प्राइमरी रुटहरु अत्यन्तै योग्य छन् । ठूला बस हालेपछि अहिले जस्तो धेरै साना सवारी यी रुटमा रहने छैनन्’ प्रवक्ता पाण्डे भन्छन्, ‘अब काठमाडौंमा ठूला बसको युग सुरु भइसकेको छ । त्यसलाई पनि ब्यवस्थित गर्न अब वैज्ञानिक रुपमा पहिचान भएका प्राइमरी रुटहरु सहयोगी हुनेछन् ।’
कुन-कुन प्राथमिक रुट ?
उपत्यकामा निर्धारित प्राथमिक रुटको पहलो नम्बरमा घडीको दिशामा चक्रपथ परिक्रमा गर्नेगरी बनाइएको छ । त्यसैगरी घडीको उल्टो दिशामा चक्रपथ परिक्रमा गर्ने गरी अर्को रुट तोक्नुपर्ने सुझाव दिएको छ, जुन रुट नम्बर २ हुने छ ।
नारायणगोपालचोकबाट महाराजगञ्ज- लाजिम्पाट- लैनचौर- जमल- भृकुटीमण्डप-त्रिपुरेश्वर- थापाथली- कुपण्डोल- पुल्चोक- जावलाखेल- लगनखेल हुँदै सातदोबाटोसम्मको रुटलाई तेस्रोमा राखिएको छ ।
ठूला बस चलाउन नारायणगोपाल चोकबाटै महाराजगञ्ज- लाजिम्पाट- लैनचौर- जमल- भृकुटीमण्डप-सिंहदरबार- माइतिघर-नयाँ बानेश्वर- कोटेश्वर- ठिमी- सल्लाघारी हुँदै सूर्यविनायक पुग्ने अर्को रुट प्रस्ताव गरिएको छ । यो रुटमा अहिले साझाले पनि सञ्चालन अनुमति मागेको छ ।  (नक्सा ठूलाे बनाएर  यहाँ डबल क्लिक गर्नुस्)

जोरपाटीबाट चाबहिल- गौशाला- कमलपोखरी- हात्तिसार- जमल- भृकटीमण्डप- शहीदगेट-त्रिपुरेश्वर- कालिमाटी-कलंकी-नैकापसम्म पनि ठूला बस चलाउनुपर्नेे प्रतिवेदनले औंल्याएको छ ।
जोरपाटीबाटै बौद्ध- चाबहिल- गौशाला- कमलपोखरी- हात्तिसार- जमल- भृकुटीमण्डप-सिंहदरबार- माइतिघर- थापाथली- कुपण्डोल- पुल्चोक- जावलाखेल हुँदै एकान्तकुनासम्म अर्को रुटको प्रस्ताव गरिएको छ ।
कोटेश्वरबाट सिनामंगल- एयरपोर्ट- गौशाला- हात्तिसार- जमल- रत्नपार्क- लैनचौर- सोह्रखुट्टे- बालाजु हुँदै नयाँबसपार्कसम्म अर्को प्राथमिक रुटहरु पहिचान भएको छ ।
कोटेश्वरबाट तीनकुने- नयाँबानेश्वर- माइतिघर- थापाथली- त्रिपुरेश्वर- कालीमाटी- कलंकीसम्म पनि ठूला बसहरु चलाउन सकिने निश्कर्ष निकालिएको छ ।
यी प्राथमिक रुटमा दोहोरो रुपमा ठूला बस आउ-जाउ गर्नेछन् ।
अध्ययनमार्फत १६ वटा सेकेन्डरी रुटहरु प्रस्ताव गरिएका छन् । सेकेण्डरी रुटमा ६० जना यात्रु बोक्ने क्षमता भएकाका बसहरु चल्न सक्छन् । ४२ टर्सरी रुटमाहरुमा साना सवारीहरु चलाइने छ ।
माइक्रो र टेम्पो हटाउन सुरु
यातायात ब्यवस्था विभागले पहिचान भएका वैज्ञानिक रुटहरुमा सरकारी पहलमै साना सवारी हटाएर ठूला सवारी राख्ने प्रक्रिया अघि बढेको जनाएको छ ।
ठूला सवारी चलाउने योजना अन्तरगत केही महिनाभित्रै नयाँ बसपार्कबाट गोंगबु, लैनचौर, मैतिदेवी हुँदै सिनामंगल रुटमा १७ वटा ठूला बस चल्नेछन् । यो रुट पुरै कभर गर्ने गरी अहिले कुनै सवारी चलेका छैनन् । विभिन्न खण्डित रुटमा रहेका सवारीलाई हटाएर एउटै रुट कायम गर्दै नयाँ बस हाल्न लागिएको हो ।
प्रवक्ता पाण्डेका अनुसार यी रुट अहिले कायम भएका जस्तो अवैज्ञानिक छैन, किनभने सरकारले लामो समय लगाएर गरेको अध्ययनले दोस्रो प्राथमिकताप्राप्त रुटमा यसलाई समावेश गर्दै ठूला बस चलाउन सिफारिस गरेको थियो ।
अध्ययन प्रतिवेदनलाई कार्यान्वयन गर्न पहिलो चरणमा यो रुटलाई छानिएको हो । अब यो रुटको खण्डित सडकमा चल्ने ३५ वटा टेम्पो र २६ वटा माइक्रो हट्नेछन् ।
नयाँ बस किन्नका लागि एसियाली विकास बैंकले ऋण दिनेछ र यही ऋण सरकारको जमानीमा टेम्पो तथा माइक्रो व्यवसायी संघले लिनेछन् । यो रुटमा आउने नयाँ बसहरु ठूला क्षमताका हुने गरी सामाखुसी यातायात र सफा ट्याम्पो परिवहन संघसँग सम्झौता गरिसकिएको छ ।
अहिले ब्यवसायीलाई नयाँ बस किन्न नगर विकास कोषमार्फत लगानीको ८० प्रतिशत ऋण उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ । यसमा सरकारले १५ प्रतिशत अनुदान दिनेछ भने ब्यवसायीले ५ प्रतिशत रकम लगानी गर्नेछन् ।
सार्वजनिक यातायत सुध्रने अपेक्षा
ब्यवसायीले ल्याउने नयाँ ठूला बसलाई वैज्ञानिक रुपमा पहिचान भएका रुटमा इजाजत दिन सुरु गरिएको प्रवक्ता डा. पाण्डेले बताए ।
‘काठमाडौंमा सडक पूर्वाधार विस्तार नहुने तर निजी सवारी चढ्ने ट्रेण्ड तीब्र गतिमा बढ्दैछ । यसले केही समयपछि उपत्यकाको सवारी ब्यवस्थापन अहिलेको भन्दा निकै नाजुक स्थितिमा पुग्ने भयो’ प्रवक्ता पाण्डेले भने, ‘तर सार्वजनिक सवारीलाई स्तरीय बनाइयो भने धेरै यात्रु निजी सवारी छाडेर सार्वजनिक सवारीमा फर्किनेमा शंका छैन । त्यसैले अब वैज्ञानिक रुपमा रुट कायम गर्ने र त्यसैअनुसारका सवारीलाई रुट इजाजत दिने काममा विभाग अघि बढेको छ ।’
वैज्ञानिक रुपमा पहिचान गरिएका रुटले मास ट्रान्सपोर्टेशनलाई प्रोत्साहित गर्ने विश्वास यातायात विभागको छ ।
उपत्यकामा हाल ३ सय भन्दा बढी संघ/संस्था/समिति मातहतमा झण्डै ११ हजार सार्वजनिक सवारी सञ्चालनमा छन् । अब जसलाई, जता मनलाग्यो उतै सवारी गुडाउन दिने गरी रुट दिने अवस्था हट्ने दावी सरकारको छ ।
सरकारले कमजोर सेवाका कारण बदनाम भएका सार्वजनिक सवारीलाई ब्यवस्थित गर्न ठूला सवारीलाई प्रोत्साहन गर्ने नीति लिइसकेको छ । अब यातायात ब्यवस्था विभागले काठमाडौंमा ठूला बस चल्ने रुटहरुको ब्यवस्थापन पनि वैज्ञानिक ढंगले गर्न लागिएकाले केही समयभित्रै सवारी यातायातमा ठूलो परिवर्तन महसुस हुने प्रवक्ता पाण्डेले बताए ।
२०७४ वैशाख १५ गते १९:१७ मा प्रकाशित

ज्यान कसरी जोगाउने ? ( भूकम्प)

पत्र पत्रिका बाट  -साभार  http://www.nagariknews.com/news/18944/


२०७२ सालमा ७.८ रेक्टर स्केलको भूकम्प छुटेकोे दुई वर्षभित्र ४.० देखि ६.९ स्केलसम्मका ४ सय ७८ पराकम्पन  गएको छ । ठीक दुई वर्ष पुगेको दिन अर्थात् यही वैशाख ११ गते पनि सिन्धुपाल्चोकको बरम्चीमा केन्द्रविन्दु परेको ४.२ रेक्टरको पराकम्पन भयो । यति लामो समयसम्म पनि पराकम्पन गइरहेकाले मानिसलाई एक प्रकारको त्रास छुटेको छैन । यस्ता पराकम्पन छुट्दा–छुट्दै २०७२ वैशाख १२ को भन्दा ठूलो महाभूकम्प घच्याक्क आउने हो कि भन्ने डर छ ।
संवत् १८९० मा ४.० र १९९० मा ८.४ स्केलको महाभूकम्प गएको थियो । तर महाभूकम्पको अर्को समयचक्र नपुग्दै अर्थात् ८२ वर्षमै शक्तिशाली भूकम्प गयो । भूकम्पवेत्ता तथा भूगर्भविद्हरु भन्दैछन्, यो महाभूकम्पीय तहको नभएकाले अर्को महाभूकम्प आउन बॉकी नै छ ।
                    
एक सर्भेक्षणअनुसार सम्भावित मृत्युको आधारमा नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वको ११औं नम्बरमा पर्छ । नेपाल कहिल्यै भूकम्प प्रुफ थिएन र भविष्यमा पनि हुन सक्दैन भन्ने भूकम्पवेत्ताहरुको अवधारणा छ । भूकम्पको तिथि, मिति र समय कसैले यकिन गर्न नसके पनि नेपालमा साना–ठूला मानको भूकम्प गई नै रहन्छ । भूकम्पीय हिसाबले हिमालय क्षेत्र सँधै जोखिममा छ ।
भूगर्भवेत्ताहरु भन्दैछन्– २०७२ वैशाख १२ मा ‘गोरखा भूकम्प’ जाँदा फाटेको बार्पाकदेखि पूर्वको दोलखासम्मको लगभग १३० किलोमिटर पूर्व–पश्चिम लामो र ५० किमि चौडा धाँजा (चिरा) को शक्ति काठमाडौंभन्दा दक्षिणतिर महाभारत क्षेत्रमुनि लगभग १० किमि गहिराइमा अड्किएको छ । यस क्षेत्रमा गत ८२ वर्षदेखि सञ्चित सम्पूर्ण ऊर्जाशक्ति स्खलन हुनका निम्ति उक्त धाँजा फाट्दै चुरे र तराईको सिमाना क्षेत्रमा जमिनको सतहसम्म अइपुग्नुपर्ने थियो तर त्यसो हुन सकेन । त्यसैले गोरखा भूकम्पपछि काठमाडौंभन्दा दक्षिणको भागमा भूकम्पीय जोखिम बढेर गएको छ ।
यसका साथै लमजुङदेखि सुदूर पश्चिम क्षेत्र डोटी, डडेलधुरा, दार्चुला, कञ्चनपुर र भारतको देहरादून, नैनिताल, अलमोडा, कुमाउ, गढवाल आदि क्षेत्रमा गत ४०० वर्षभन्दा अघिदेखि महाभूकम्प गएको छैन । त्यसैले ती क्षेत्रमा महाभूकम्प पाकिसकेको हुनाले निकट भविष्यमा जानसक्छ या पाँच, दस, पन्ध्र, बीस वर्षपछि महाभूकम्प छुट्न सक्छ भन्ने धारणा भूकम्पविद्हरुको छ ।
कथम् कदाचित् भविष्यमा ठूलो स्केलको महाभूकम्प आयो भने कसरी बाँच्ने अथवा कमभन्दा कम क्षति कसरी गराउने ? वास्तवमा भन्ने हो भने भूकम्पले मान्छेलाई मार्दैन । तर मानिसले आफूले बनाएको आफ्नै घरले आफैँलाई किचेर मार्छ । अर्काे कुरो, मानिसको आफ्नै क्रियाकलापले आफू मर्न पुग्छ । भूकम्प छुटेका समयमा मानिस कसरी बच्ने त ? यसबारे मानिसले केही मात्र भए पनि पूर्वसावधानी अपनाएर आफू सदैव जागरुक रहे भूकम्प आइहाले बच्नसक्ने सम्भावना रहन्छ । यसका निम्ति उचित तौरतरिका अपनाउँदा धेरै मात्रामा आफू सुरक्षित हुन सकिन्छ ।
अचानक भुइँचालो आएर जमिन कम्पन हुन थाले अथवा घर हल्लाउन थालेमा अथवा आफूलाई पनि हल्लाउन थालेमा डराएर, आत्तिएर छलाङकसेर भागदौड गर्नु हुँदैन । तर संयमित भएर निश्चय नै जतिसक्दो छिटो–छिटो तरिकाले घरबाट झटपट बाहिर निस्केर खुला स्थानतर्फ फट्को मार्नुपर्छ । माथिल्लो तलामा रहेको अवस्थामा अताल्लिएर भ्mयालबाट हामफाल्ने काम कहिल्यै गर्नुहुन्न । भरेङबाट सकेसम्म छिटो भुइँतलामा ओर्लेर खुला स्थानतर्फ दौडनु पर्छ । भूकम्पले भरेङ बिगारिसकेको रहेछ भने अथवा घरको भित्ता खसेर भरेङ छोपिसकेको अवस्था रहेछ भने एक दुई तला माथि भए झ्यालबाट बाहिरेर घरको गारोमा सानो तिनो प्वाल परेको भेट्टाए त्यसमा टेक्दै, प्वालमा हात राख्दै संयमित भएर आँटका साथ आफ्नो शरीरलाई सन्तुलित बनाएर आफूले जमिनमा खुट्टा टेक्नसक्ने गरी हामफाल्नु उचित हुन्छ । आफू रहेको स्थान कोठाको झ्याल, भित्ता भत्केर छोपिइसकेको भए र कोठाको कुनामा भ्वाङ परेको पाइए त्यसै निकासबाट बाहिर निस्केर भत्केर थुप्रिएको इँटाको रास तथा सिमेन्टको स्लाब भए त्यसैमाथि पर्ने गरी सन्तुलित ढङ्गले आफ्नो जीउ हल्का बनाउँदै कम गतिका साथ हामफाल्नु समयोचित हुन्छ ।
आफू बाहिर जाने कम्पाउन्ड गेट, घरको भित्ता अथवा छानो खसेर छोपिइसकेको अवस्थामा रहेछ भने सकिने भए ती सामग्रीको थुप्रोमा चढ्दै त्यसैबाट सुरक्षित स्थानतर्फ दगुर्नु पर्छ । बाहिरिने उपाय कुनै नदेखिए पर्खाल चढी बाहिरिने आँट गर्नुपर्छ । जोखिम हुनबाट बच्ने गरी पर्खालबाट बाहिर हामफाल्नु पर्छ । भरेङ अथवा झ्यालबाट सुरक्षित तरिकाले बाहिरिने अवस्था नदेखिए कोठाभित्र आफ्नो टाउको दुई घुँडाको बीचमा निहुराई हातको चाममुठीले थिची हाँसजस्तै गुडुल्किएर पलङ अथवा टेबलमुनि तथा ढोकाको संघारमा ओत लागेर सुरक्षित भई संयमित भएर बस्नुपर्छ ।
सामान्यतया भूकम्प एक दुई मिनेटभन्दा बढी नजाने भएकाले कम्पन थामिएपछि आपूm पुरिएको अथवा टेबल, पलङमुनि अथवा चौकोस संघारमुनि टाँड परेर निस्कन नसक्ने अवस्थामा परिएमा केही समय अथवा केही घन्टापछि उद्धारक टोली अथवा छिमेकी उद्धार कार्यमा तपार्इं चेपिएको स्थानतर्फ पनि आउन सक्छन् । यस्तो अवस्थामा आफूले ‘म चेपिएको छु’ भन्ने आवाज बेला–बेलामा दिनुपर्छ । चेपिएको स्थलमा सानोतिनो प्वाल भेट्टिएमा त्यसमा आफ्नो टाउको घुसार्न सकिए घुसारेर आवाज दिँदै मद्दत माग्नु पर्छ । हात मात्र घुस्रिने प्वाल भए त्यसमा हात घुसारेर इँटा अथवा काठको टुक्रा बजारेर आवाज निकाल्नु पर्छ । सानो प्वाललाई थुप्रेको सामग्री पन्छाउँदै ठूलो बनाउने प्रयास गर्नुपर्छ । आफू तीन चार तलामाथि भए र त्यो तला लर्कदै भत्कन लाग्यो भने झ्याल अथवा ढोकाको चौकोस समातेर आफू पनि त्यसैको सहारामा आफू जमिनमा बजारिनबाट बच्नु पर्छ । सबभन्दा महŒवपूर्ण कुरा भूकम्पीय दैवीप्रकोप हुँदा आपूm पूर्ण संयमित हुँदै जे–जस्तो अवसर पर्छ, त्यसलाई सदुपयोग गर्दै भत्केको संरचनाबाट बाहिर निस्कँदै खुला स्थानमा गएर आफू सुरक्षित रहनु पर्छ ।
भूकम्पपछि समन्वय र सहज उद्धार कार्य तदारुकताका साथ गर्न पूर्वतयारी तथा व्यवस्थापन गर्नुपर्ने पाठ वैशाख महिनाको भूकम्पले सिकाएको छ । यसमध्ये सर्वसाधारणलाई भूकम्पका बेला कसरी सुरक्षित हुने भन्नेबारे जानकारीको ज्ञान अभिवृद्धि गर्न तालिम सञ्चालन गर्नुपर्छ । भूकम्पीय जोखिमबाट बच्ने जनचेतनाको पाठ सिकाइ ‘झटपट झोला’ जस्ता सामानको पूर्वप्रबन्ध गर्न चेतना जगाउनु पर्छ । भूकम्पबाट हुनसक्ने सम्भावित जोखिमको पूर्वपहिचान गरी त्यस्ता जोखिमपूर्ण संरचनाहरुलाई मर्मत सम्भार गर्ने या भत्काउनुपर्छ । राष्ट्रियस्तर र स्थानीय स्तरमा तालिमप्राप्त उद्धारक जनशक्तिको विकास गर्नुपर्छ, ताकि जतिसक्दो छिटो उद्धार कार्य गर्न सकियोस् ।  
उद्धार कार्यमा संलग्न हुने संस्थाहरुबीच प्रभावकारी समन्वयको खाँचो हुन्छ । प्राविधिक हिसाबले समन्वयलाई भोलि नै भूकम्प छुट्दैछ भन्ने भावनाले चुस्त बनाइराख्नु पर्छ । जसमा कि छोटो समयमा धेरै उद्धार कार्य गर्न सकियोस् । उद्धार उपकरणहरु– जस्तो, ढलानलाई काट्ने विद्युतीय उपकरण, थुप्रेको इँटा, माटो आदि तत्काल छिटो हटाउने सोहर्ने विकसित सामान, सिमेन्ट ढलानलाई तत्काल प्वाल पार्नसक्ने ब्याटरी चालित ज्याबल, थुप्रेको इँटालाई टुक्राटुक्रा पारी माटोमा परिणत गर्नसक्ने केमिकल तरल पदार्थ आदि सामग्री तत्काल उपलब्ध हुने प्रबन्ध गर्नुपर्छ । यस्ता उपकरण र प्राविधिक सरसामान चलाउन जान्ने तालिमप्राप्त व्यक्ति तयार पार्नुपर्छ ।

विभिन्न क्षेत्रको माटोको परीक्षण गरी माटोले थेग्ने क्षमताअनुसारको मात्र भवन संरचना निर्माण गर्न अनुमति दिने पद्धतिको विकास गर्नुपर्छ । आवासीय घर, भवन, हाउजिङ कम्प्लेक्स, व्यापारिक मल, अफिस कम्प्लेक्स निर्माणसम्बन्धी वैज्ञानिक राष्ट्रिय मापदण्ड निर्धारण गरी कडाइका साथ अवलम्बन गराउने संयन्त्र विकास गरिनु पर्छ । यस्ता संरचनाहरुमा भूकम्प प्रतिरोधक (रिजलेन्ट) प्रविधि अपनाउन राष्ट्रिय पुनर्निमाण आयोगले हदैसम्म कडाई गर्नुपर्छ । स्मरणीय छ, भूकम्पले मानिसलाई मार्दैन तर भौतिक संरचना भत्केर त्यसले किचेर मानिसलाई मार्छ ।
भूकम्प गएपछि सबै व्यावसायिक हवाई उडान रद्द गरी हेलिकप्टर तथा साना हवाइजहाज उद्धारकार्यमा लाग्नुपर्ने नियमावली निर्माण गरिनुपर्छ । आवश्यक मात्रामा खाद्यान्न, कम्बल, ओछ्यान, पाल, त्रिपाल, फास्टफुड (तयारी खानेकुरो) आदिको क्षेत्रीयस्तरमा भण्डारण गर्ने व्यवस्था हुनुपर्छ । गोदाममा सञ्चित यस्ता सामान ६ महिना÷वर्ष दिनमा बदलिरहनु पर्छ । पुरानो सामान बिक्री गरी नयाँ स्टक राख्ने प्रचलन गर्नुपर्छ । क्षेत्रीयस्तरको स्वास्थ्य संस्थामा भूकम्पपीडितका लागि आवश्यक पर्ने औषधिको स्टक राखिने प्रबन्ध गरिनुपर्छ । यस्ता सञ्चित औषधि वर्ष–वर्ष दिनमा बिक्री गरी नयाँ औषधि तथा स्वास्थ्य सेवासम्बन्धी सामग्री उपकरण बदलिरहने व्यवस्था हुनुपर्छ ।
वैशाखको भूकम्पले भुइँचालो आउनुअगाडि जानकारी दिने यन्त्र जडान गर्ने प्रबन्ध गर्नुपर्ने पाठ पनि सिकाएको छ । यो प्रविधिद्वारा एफएम रेडियो, मोबाइल एप्सको माध्यमले सार्वजनिक स्थल तथा अस्पताल आदि स्थानमा साइरन तुरुन्त बज्ने गरी तत्काल भूकम्प आउने जानकारी सबै नागरिकसम्म पु¥याउन सकिने व्यवस्था गर्नुपर्छ  ।
त्यसैले महाभूकम्प छुट्दा कसरी आफू बच्ने र अरुलाई बचाउने भन्ने ज्ञान हासिल गर्नुपर्छ ।  आफूले बनाएको आफ्नै घरले आफैलाई किचेर आफू नमरौं भन्नका निम्ति भूकम्प प्रतिरोधक निर्माण मापदण्ड अवलम्वन गर्दै भूकम्पीय शिक्षा हासिल गरी सदा चनाखो तथा जागरुक होऔं । यस्तो मापदण्ड अवलम्वन गराउने तथा जनचेतना जगाउने कार्यमा राष्ट्रिय पुनर्निर्माण आयोगको अहम् भूमिका रहनु पर्छ ।

Thursday, April 27, 2017

खर्च गर्न नसकेपछि भूकम्पपीडितको ३० अर्ब फिर्ता जाँदै

पत्र पत्रिका बाट  -साभार   http://www.onlinekhabar.com/2017/04/576616/

१४ वैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ ।

दाताले तोकेको सर्तभित्र खर्च हुन नसक्ने भएपछि फिर्ता गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
राधिकरणका प्रवक्ता यमलाल भुसालका अनुसार चालू आर्थिक वर्षका लागि अर्थबाट एक खर्ब नौ अबृ रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसमध्ये करिब ३० अर्ब रुपैयाँ रकम खर्च गर्न नसकिने भएकाले फिर्ता गर्नेबारे छलफल भइरहेको उनले बताए ।
फिर्ता गर्न लागिएको बजेट विश्व बैंकलगायत विभिन्न दातृ निकायबाट प्राप्त सहयोग हुन् ।आजको नागरिक दैनिकमा खबर छ ।
२०७४ वैशाख १४ गते ७:२९ मा प्रकाशित

घरबेटीलाई होइन, अब सरकारलाई तिर्नुपर्ने भो कोठाभाडा !

पत्र पत्रिका बाट  -साभार    http://www.onlinekhabar.com/2017/04/576373/

१३ बैशाख, काठमाडौं । काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नीतिगत निर्णय भइसकेको र आगामी आर्थिक वर्षको बजेटमा घोषणा हुने स्रोतले बतायो ।
सरकारको योजना कार्यान्वयनमा आयो भने अब डेरावालले प्रत्येक महिना सरकारी खातामा घरभाडा जम्मा गर्नुपर्ने छ । सो घरभाडाबाट १० प्रतिशत कर काटेर सरकारले सम्वन्धित घरधनीको खातामा जम्मा गरिदिनेछ । यसका लागि अहिले कार्यविधि बनिरहेको स्रोतले अनलाइनखबरलाई बतायोे ।
अर्थमन्त्रालयमा केही दिनयता भइरहेको बजेट छलफलका क्रममा यो विषयले प्राथमिकता पाएको थियो । स्रोतका अनुसार अर्थमन्त्री कृष्णबहादर महराले यसमा निकै चासो दिएका छन् ।
‘बाहिरका केही देशमा यस्तो अभ्यास छ, यसो गर्दा सरकारलाई कति घर भाडामा गएका छन् भनेर यकिन तथ्यांक राख्न पनि सजिलो हुन्छ भने घर बहाल कर छल्ने सम्भावना पनि अन्त्य हुनेछ,’ स्रोतले भन्यो । यो व्यवस्थापछि डेरा खोज्नेलाई पनि कहाँ खाली छ भनेर थाहा पाउन सजिलो हुने कर्मचारीको दाबी छ ।
कर छली रोकिने
अहिले घरभाडा उठाउनेले घरबाहल कर तिर्नुपर्न ब्यवस्था भएपनि अधिकांश घरबेटीले सरकारलाई घरबहाल कर बुझाउँदैनन् । बुझाउनले पनि सरकारलाई फर्जीसम्झौता बनाएर सस्तोमा बहाल कर तिर्ने गरेका छन् ।  डेरावालसँग कर तिर्नेगरी भाडा उठाएपनि उनीहरुले कर छली गर्दै आएका छन् ।
कोठाभाडा सरकारकै खातामा जम्मा गर्ने प्रावधान बनेपछि घर भाडाबाट कर तिर्न बाध्यता सिर्जना हुनेछ । यसबाट सरकारले घरबहाल कर सम्पूर्ण रुपमा उठाउनेछ । सरकारले कर कटाएर मात्रै घरबेटीको खतामा रकम जम्मा गर्ने भएकाले घरबेटीहरु कर छल्न सहज हुने छैन ।
अहिले कोठाभाडा मनललाग्दी तवर उठाउने परम्परामा पनि यो ब्यवस्था पछि कमी आउनेछ । सरकारले वैधानिक रुपमा निर्धारण गरेको मापदण्डअनुसार नै भाडा तिर्न पाउँदा डेरावाल पनि लाभान्वित हुनेछन् । सरकारले वैज्ञानिक रुपमा कोठाको आकार, सुविधा लगायतको विश्लेषण गरेर भाडा तय गरिदिनेछ ।
करको ४० प्रतिशत सोही क्षेत्रको विकासमा
घरबहाल कर वापत घरधनीबाट काटिने १० प्रतिशत करको ४० प्रतिशत रकम त्यही क्षेत्रको पूर्वाधारमा प्रयोग गर्ने नीति सरकारले लिने भएको छ ।
यसको अर्थ ललितपुर महानगरपालिकामा उठेको घरबहाल करको ४० प्रतिशत रकम काठमाडौं महानगरपालिकामा खर्च गर्न पाइने छैन । घरबहाल करको बाँकी ६० प्रतिशत रकम भने केन्द्र सरकारले प्राथमिकता क्षेत्रहरुमा लगानी गर्न सक्नेछ ।
भाडा निर्धारण आयोग गठन गरिने
काठमाडौंमा वैज्ञानिक घरभाडा निर्धारणका लागि सरकारले आयोगसमेत गठन गर्ने भएको छ ।
‘काठमाडौंमा घरभाडा निर्धारणमा हालसम्म कुनै मापदण्ड अपनाइएको छैन, आफुखुशी घरभाडा तय गर्ने गरिएको छ,’ स्रोतले भन्यो, ‘यो महंगीमा घरभाडा बढाउनै हुँदैन भन्ने त होइन, तर त्यसको लागि केही आधार त चाहियो नि ।’
घरबहाल सरोकार महासंघका अनुसार उपत्यकामा १४ लाख मानिस घरभाडामा बस्छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार भने हाल देशका प्रत्येक १० जनामा १ जना र कुल जनसंख्याको १२.८१ प्रतिशत परिवार घरभाडामा बस्छन् । काठमाडौंमा भने ५८ प्रतिशत घरपरिवार भाडामा बस्छन् ।
नेपालीहरुले घरभाडाका लागि आफ्नो आम्दानीको औसत ११.६ प्रतिशत खर्च गर्ने गरेको पनि केन्द्रीय तथ्यांक विभागको अध्ययनले देखाएको छ ।
राप्रपाले पनि नयाँ नीति ल्यायो
यसैवीच सरकारले घरभाडा सम्बन्धी नयाँ नीति ल्याउन लागिरहेका बेला स्थानीय विकास मन्त्रालयको नेतृत्व सम्हालिरहेको राप्रपाले पनि स्थानीय जनताको आवासलाई व्यवस्थित बनाउने भन्दै ‘स्वामित्वमा साझेदारी नीति’ अघि सारेको छ ।
राप्रपाले बुधबार सार्वजनिक गरेको घोषणा पत्रमा आफूले जितेका महानगर र नगरपालिकामा यस्तो नीति लागू गर्ने भनिएको छ ।
राप्रपाले आफ्नो घोषणापत्रमा भनेको छ- ‘स्थानीय जनताको आवासको सुव्यवस्थित प्रवर्द्धन गर्नका लागि “स्वामित्वमा साझेदारी” (शेयर्ड ओनरसिप) को अवधारणा लागु गरिनेछ । यस प्रणालीमा आवास उपभोक्ताले घरको केही अंश वा तल्ला वा फ्याट घरधनीलाई रकम भुक्तानी गरी खरीद गर्ने र बाँकी रकम घरमा बसेवापत मासिक भाडाका रुपमा भुक्तानी गर्दैजाने प्रणाली स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी बहुमतले विजयी भएका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा लागु गरिनेछ ।’
२०७४ वैशाख १३ गते १४:४८ मा प्रकाशित (२०७४ वैशाख १४ गते १५:११मा अद्यावधिक गरिएको)

 

Monday, April 24, 2017

जातीयताको विष

पत्र पत्रिका बाट  -साभार  http://www.nagariknews.com/news/16825/



हालसालै नेपाली सेनाका एक अधिकृतले लेखेको 'के नेपाल साउथ सुडानजस्तो हुनसक्छ?' शीर्षक विश्लेषणले मलाई पनि सोच्न बाध्य बनाएको छ। सुडानमा जातीय लडाइँले बीस लखभन्दा बढीले ज्यान गुमाइसकेको र लाखौँ नागरिकहरु अझै पनि शिविरमा बस्न बाध्य छन्। हाम्रो देश जुन परिस्थितिबाट गुज्रिरहेको छ, यसले हामी पनि साउथ सुडानको हबिगत ब्यहोर्नुपर्ने आँकलन गर्न सकिन्छ। तर त्यो स्थिति आउनु हामी सबैका लागि दुर्भाग्य हुनेछ।
तराईदेखि हिमालसम्मका जनताले देशलाई अति नै माया गर्छन्। कञ्चनपुर घटनामा ज्यान गुमाएका गोविन्द गौतमदेखि सुस्तामा हरेकदिन भारतीयसँग लड्ने नेपाली दाजुभाइबाट पनि देशको सर्वभौमसत्तामाथिको हस्तक्षेप असह्य हुने पुष्टि हुन्छ। नेपाली जनतालाई आफ्नो देशको स्वाभिमान सबै भन्दा प्यारो छ, जुन कुराको लागि हाम्रो इतिहास पनि साक्षी छ।
यति हुँदाहुदै हामी उद्योगतिमा छौं। हामी पनि साउथ सुडानको बाटोमा लम्किरहेका छौं। जब देशमा आफ्नै दाजु-भाइहरु एकापसमा लड्न थाल्छन, तब देश गृहयुद्धमा फस्छ। त्यसको प्रभाव प्रत्यक्षरुपमा देशमा विकासमा पर्छ।
नेपालमा जातीय विभेदको कारणले मात्र देश पछि परेको भन्ने गर्छौं। बाहिरबाट हेर्दा त्यो केही हदसम्म सत्य पनि देखिन्छ। किनकि अहिलेसम्म एउटै वर्गले देश चलाइरहेका छन्। तर देशमा आर्थिक समृद्धि किन हुन सकिरहेको छैन? प्रश्नले यो कुराको पुष्टि गर्छ।
वास्तवमा भन्ने हो भने यहाँ जातभन्दा पनि दूरदर्शी नेताको अभावले यस्तो भइरहेको छ। विश्व इतिहास केलाउने हो भने हामीभन्दा धेरै पछि बनेका देशहरुले आर्थिक विकासमा कायापलट गरेका छन्। त्यहाँका नागरिकहरुले समान अधिकारको महसुस गरिरहेका छन्। 
हाम्रा नेताहरु भने यतिसम्म निच भए कि राजनीतिक स्वार्थले मानवता बिर्सेका छन्। नेपाली नेपालीबीच जातीयताको बिष घोलिदिएका छन्। जातीयता आफैँमा गलत कुरा भने हैन, देशमा रहेका नागरिककको आफ्नै भेषभुषा, संस्कृति हुनु त राम्रो कुरा हो तर देश विकास नहुनुको कारण जातीयता नै हो भन्नुचाहिँ गलत हो। जातीयताको कारण कहीँ कसैमा विभेद गरिन्छ भने त्यो गलत कुरा हो।
जातीयता नै समस्या हो?
हाम्रो देशमा जातीयता नभएर गरिबी समस्या हो। धेरै नेपाली छन् जसलाई दुई छाक टार्न धौधौ छ। गरिबीले जुम्लाका बाहुनदेखि लिएर पूर्वको राई अनि तराईको यादवलाई वैदेशिक रोजगारमा जान बाध्य पारिएको छ। नेताहरुले देशमा जातभन्दा पनि वर्गको विभेद छ भन्ने कुरा नबुझेका हैनन् तर निजी स्वार्थको लागि माथिको जात ले नै तिमीहरुलाई पछि परेका हुन् भन्ने भ्रम फैलाइएका छन्। सोझा जनताहरु त्यही कुरा स्वीकार गर्दै एकआपसमा रगतको प्यासी बनेका छन्।
समस्याको समाधान पनि पक्कै छ। तर जुन बेला वर्गबीचको विभेद अन्त्य गर्नपर्ने हो, त्यही बेला हामी जातीयतामा लडाइँमा अल्झिन्छौं। जातको नाममा हुने विभेदका लागि देशमा कानुन बनेको छ तर त्यसको कार्यन्वयन हुन सकेको छैन। कसैले जातीयताको आधारमा कसैको आत्मासम्मानमा ठेस पुर्‍याउँछ वा अधिकारबाट वञ्चिन गर्छ भने उसलाई सजायको भागिदार पनि बनाउनुपर्छ।
म आफैँ समाजले कथित तल्लो जातिको नाम भिराएको साथीहरुको घरमा बसेको छु। सँगै खाएको छु र उनीहरुमा पनि धेरैभन्दा धेरै प्रतिभा रहेको महसुस गरेको छु। त्यसैले मलाई लाग्छ प्रतिभा भन्ने कुरा जातिम हैन अवसरसँग जोडिएको हुन्छ। हामी सबैजना उत्तिकै प्रतिभावान छौं, बस हामीलाई अवसरको कमिमात्र छ।
शिक्षा नै यस्तो अस्त्र हो जसले हामीलाई अवसरको ढोका खोलोदिन्छ। शिक्षाले हामीलाई किताबी ज्ञानमात्र हैन सभ्य जीवन बाच्न सिकाउँछ, हामीलाई सहीगलतमा फरक सिकाउँछ। मलाई लाग्छ अब आउने हाम्रो भावी सन्ततीमा जातीय विभेद् हराउदै जानेछ किनकि म मेरो भावी सन्ततीलाई त्यही किसिमको शिक्षा दिनेछु।
त्यसैले हामी सबै नागरिक देशप्रेमी छौं। हामी सबै देशको हित अनि प्रगति चाहन्छौं। त्यसैले आफ्नो साथीभाइ, बुबा-आमा सबैलाई जातीय विभेदको अन्त्यको लागि जानेको कुरा बाडौं। सामाजिक सद्भाव भड्काउने कुनै पनि किसिमको कुरालाई बढावा नदिऊँ। कहीँ कतै जातीय विभेद पाउनुभयो भने त्यसलाई कानुनी दायरामा ल्याउ। आफूलाई शिक्षित बनाउ अनि वर्गबीचको खाडललाई पुर्ने काम गरौं।

वीरगञ्ज नाकाबाट पेट्रोलियम आयातमा ४७ अर्ब बाहिरियो

पत्र पत्रिका बाट  -साभार   http://www.abhiyan.com.np/new/Articles/view/96792



शाख ११, वीरगञ्ज । नेपाल आयल निगमले वीरगञ्ज नाकाबाट मात्र करीब ४७ अर्ब रुपैयाँबराबरको पेटोलियम पदार्थ आयात गरेको छ । निगमले चालू आर्थिक वर्ष २०७३/७४ को ९ महीनामा भारतीय आयल निगमबाट किनेको ४६ अर्ब ७६ करोड ५७ लाख रुपैयाँबराबरको पेट्रोलियम यो नाकाबाट भित्र्याएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलले साउनदेखि चैतसम्मको अवधिमा पेट्रोलियम आयात गर्दा निगमले राजस्वमात्र १० अर्ब ८२ करोड १८ लाख रुपैयाँ बुझाएको बताए । कुल पेट्रोलियम खपतको करीब ७० प्रतिशत आयात वीरगञ्ज नाकाबाटै हुने भन्सारले बताएको छ ।
अघिल्लो वर्ष मधेश आन्दोलन र साढे ४ महीना लामो नाकाबन्दीले यसको आयात स्वात्तै घटेको थियो । विगत वर्षको समीक्षा अवधिमा यो नाकाबाट १५ अर्ब ५३ करोड ९ लाख रुपैयाँको मात्र तेल र ग्यास आयात भएको थियो ।
वर्ष २०७१/७२ को तुलनामा पेट्रोलिय आयातको परिमाण बढे पनि त्यसबापत तिरिएको रकम भने घटेको छ । त्यस वर्ष ५३ अर्ब ८१ करोड ५० लाख रुपैयाँको पेट्रोलियम आएको थियो । ‘यो पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीको परिणाम हो,’ भन्सार प्रमुख पोखरेलले भने, ‘पछिल्लो समयमा आयात बढे पनि त्यसका लागि खर्च भने तुलनात्मक कम देखिएको छ ।’
यो वर्ष सबैभन्दा बढी डिजेल आयात भएको छ । निगमले ९ महीनामा ४ लाख ७३ हजार ६९ किलोलिटर डिजेल भित्र्याएको तथ्याङ्क वीरगञ्ज भन्सारसित छ । डिजेल आयातमामात्र २३ अर्ब ९१ करोड ५४ लाख रुपैयाँ बाहिरिएको छ । ८ अर्ब २६ करोड ३७ लाख रुपैयाँको १ लाख ६६ हजार ७ सय ५८ किलोलिटर पेट्रोल आयात भएको भन्सार अधिकृत अरुण पौडेलले जानकारी दिए ।
अयातनिर्यात सामान्य रहेको समीक्षा वर्ष २०७१/७२ मा ३ लाख ७० हजार किलोलिटर डिजेल र १ लाख ३२ हजार ४ सय ८ किलोलिटर पेट्रोल भित्रिएको थियो । चालू वर्षको ९ महीनामा यो नाकाबाट १ लाख ११ हजार ६ सय ९४ किलोलिटर हवाई इन्धन आएको छ । यस अवधिमा १३ करोड ३८ लाख ४४ हजार किलो खाना पकाउने ग्यास आयात भएको भन्सारले उल्लेख गरेको छ । वीरगञ्ज भन्सारले राजस्व योगदानका आधारमा पेट्रोलियमलाई सवारीका साधनपछि दोस्रो स्थानमा राखेको छ । 

यसरी चिन्न सकिन्छ सक्कली नोट

पत्र पत्रिका बाट  -साभार     http://www.abhiyan.com.np/new/Articles/view/96775

२०७४-०१-१२ मा प्रकाशित     ९१३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया
यसरी चिन्न सकिन्छ सक्कली नोट
वैशाख ११, काठमाडौं । बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ । अहिले पोखरामा नक्कली तथा जाली नोटहरू विभिन्न माध्यमबाट बैङ्कहरूमा आएको छ । गत शुक्रवाररसम्ममात्र नेपाल राष्ट्र बैङ्क, पोखरा शाखामा ९१ ओटा नक्कली नोट सङ्कलन भइसकेका छन् । त्यसमा रू. ५ सय र १ हजारका नोट छन् ।
नक्कली नोट कारोबार गर्नेले मौका हेरेर सर्वसाधारणसँग कारोबार गरेर झुक्याउँछन् । राष्ट्र बैङ्कको पोखरा शाखामा एकैदिन १० ओटासम्म नक्कली नोट आएको बताइएको छ । यस्तै, केही महीनाअघि जाजरकोटमा नक्कली नोट छाप्ने मेशिनसहित व्यक्ति पनि पक्राउ परेका थिए । नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीका अनुसार केन्द्रीय बैङ्कमा प्रायः हप्ता/१० दिनमा १ दुईओटा नक्कली नोट आउने गरेको छ ।
विशेष गरेर भीडभाड तथा घुइँचो भएका पसल, मेला, हाटबजार, जुवातास खेल्ने ठाउँ र जाँडरक्सी खाने ठाउँमा नक्कली नोटको प्रयोग हुने बढी सम्भावना हुन्छ । घुइँचो भएका ठाउँमा, हतारमा र अँध्यारो भएका बेला गरिने कारोबारमा नक्कली नोटको प्रयोग हुने सम्भावना बढी भएकाले सतर्क हुनुपर्ने निर्देशक उप्रेतीको सुझाव छ ।
केन्द्रीय बैङ्कको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भुवन कँडेल अपरिचित व्यक्तिसँग कारोबार नगर्ने,  भीडभाडमा सतर्क रहने, ठूलो कारोबार नगर्नेलगायत सावधानी अपनाउने र रकमको कारोबार सधैं बैङ्किङ च्यानलबाट गर्नुपर्नेमा जोड दिन्छन् । ‘यसले पनि सर्वसाधारणलाई नक्कली नोटबाट बचाउँछ तर विशेष गरेर नोटको कागजबारे जानकारी राख्नुपर्छ । नक्कली नोटको कागज चिप्लो र लुलो हुन्छ तर, सक्कलीको खस्रो र कडा हुन्छ,’ उनले  भने ।
सर्वसाधारणले धेरै कुरा हेर्न नसक्ने भएकाले कागज, सुरक्षण धागो र लाली गुराँसको पानी छाप रहेको बारे जानकार हुन जरुरी भएको उनको भनाइ छ । सर्वसाधारणले नक्कली नोट र सक्कली नोटबारे थाहा पाउन सचेत हुन जरुरी भएको तर नेपाल राष्ट्र बैङ्कले यसका लागि जनचेतना गर्न कमी भएको नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीले स्वीकार गरे । उनका अनुसार ऐनले नक्कली नोट फेला परेमा राष्ट्र बैङ्कले जफत गर्ने व्यवस्था गरेको छ । तर, कारबाहीका लागि कडा व्यवस्था छैन ।
सक्कली–नक्कलीबीच फरक
  • सक्कली नोटको कागज कटनबाट बन्ने स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ ।
  • नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोेलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुराँसको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन, देखिए पनि अस्पष्ट हुन्छ । नोटको दायातर्फ रहेको सेतो भागको बायातर्फको रङ्गीन आधा अक्षर (अङ्ग्रेजीमा लेखिएको एनआरबी)लाई उज्यालोतर्फ फर्काएर हेर्दा स्पष्ट देखिन्छ  भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन ।
  • सक्कली र जाली नोटलाई कान नजीकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ ।
  • जाली नोट सक्कली नोटजस्तो खासै चहकिलो  देखिँदैन । सक्कली नोटको रङ स्पष्ट र सफा गाढा हुन्छ भने नक्कली नोट हल्का, अस्पष्ट र फुङ्ङ उडेकोजस्तो देखिन्छ ।
  • नेपाल राष्ट्र बैङ्कले चलनचल्तीको नोटलाई खुम्च्याउन, दोबार्न र च्यात्न नहुने व्यवस्था गरेको छ । तर, सर्वसाधारणले शङ्का लागेको खण्डमा नक्कली नोट हो कि सक्कली भनेर पत्ता लगाउन भने नोटलाई हातले कच्याककुचुक पारेर टेबलमा छोडिदिएमा यसबाट पत्ता लगाउन सकिन्छ । यसो गरेमा सक्कली नोट हो भने विस्तारै केही फुक्छ तर नक्कली नोट छ भने कच्याक्कुचुक नै रहन्छ ।
  • नोटमा रहने सुरक्षण धागो (सेक्युरिटी थ्रेड)बारे जानकार हुनु जरुरी छ । सक्कलीमा सुरक्षण धागोमाथि अक्षर हुन्छ । तर, नक्कलीमा धागोपछि लेपका रूपमा मात्र राखेको हुनाले यस्तो देखिँदैन । नोटलाई उज्यालोतर्फ फर्काएर हेर्दा सेक्युरिटी थ्रेडमा नेपाल राष्ट्र बैङ्कको अङ्ग्रेजीमा लेखिएको एनआरबी अक्षर स्पष्ट देखिन्छ, जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन ।
  • सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा छुट्टै चमक आउँछ भने जाली नोटमा यस्तो हुँदैन ।
  • बैङ्किङ च्यानलमा नक्कली नोट पत्ता लगाउने प्रविधि छ । सक्कली र जाली नोट सामान्य हिसाबले पत्ता नलागेमा नक्कली नोट पत्ता लगाउन डिटेक्टर मेशिन प्रयोग गर्न सकिन्छ । यसले नक्कली नोट फालिदिन्छ । यस्तै, युवि लाइट र मेग्निफाइङ ग्लास प्रविधिको प्रयोगबाट पनि नोट सक्कली वा नक्कली पत्ता लाग्छ ।

 

Sunday, April 23, 2017

देशभर जम्मा १० हजार बेरोजगार !

पत्र पत्रिका बाट  -साभार 

http://www.enayapatrika.com/2017/04/06/137397/
अच्युत पुरी, काठमाडौं   |   चैत २४, २०७३


हालसम्म रोजगार सूचना केन्द्रमा १० हजारले आफू बेरोजगार भनेर नाम टिपाए
हरेक दिन अनुमानित १ हजार ५ सय युवा कामको खोजीका लागि बिदेसिने नेपालमा देशभर जम्मा १० हजार जना मात्र बेरोजगार रहेको सरकारी तथ्यांकले देखाएको छ । श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ८ सय ७३ जना मात्र बेरोजगार छन् । यो तथ्यांक आर्थिक वर्ष ०७३-७४ को ८ महिना अर्थात् फागुन मसान्तसम्मको तथ्यांकमा आधारित छ ।
विभागले आफूमातहतका विभिन्न रोजगार सूचना केन्द्रबाट संस्थागत रूपमा बेरोजगारको लगत संकलन गर्दै आएको छ । जसअनुसार फागुन महिनामा मात्र २ हजार ५ सय ५६ जना बेरोजगारको तथ्यांक संकलन भएको छ । माघमा १ हजार ५ सय २३ जनाले आफू बेरोजगार रहेको भन्दै लगत बुझाएका थिए । गत आव ०७२-७३ मा देशभर ९ हजार ५ जना व्यक्तिले बेरोजगार लगत भरेको विभागको तथ्यांकमा उल्लेख छ ।
कसरी सुरु भयो बेरोजगारको लगत संकलन
समृद्ध नेपाल निर्माण अभियानअन्तर्गत ०६५-६६ को बजेट वक्तव्यमार्फत मुलुकभर विभिन्न स्थानमा रोजगार सूचना केन्द्र स्थापना गरी बेरोजगारको लगत तयार पार्ने नीति ल्याइएको थियो । त्यस समय श्रम विभागअन्तर्गत रहने गरी १४ स्थानमा रोजगार सूचना केन्द्र स्थापना गरी संस्थागत रूपमा लगत लिने कार्य प्रारम्भ भएको हो । जुन अहिले पनि निरन्तर जारी छ । सरकारले रोजगार सूचना केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६९ जारी गरी नियमन गरिरहेको छ ।
के उद्देश्यले थालियो लगत संकलन ?
निर्देशिकाअनुसार नेपालका विभिन्न औद्योगिक प्रतिष्ठान तथा रोजगारदातालाई उपलब्ध जनशक्तिसँग प्रत्यक्ष सम्पर्क स्थापित गराई रोजगार विनिमय सेवा प्रदान गर्ने उद्देश्यले बेरोजगारको लगत संकलन थालिएको हो । विनिमय सेवाअन्तर्गत रोजगार सूचना केन्द्रले तयार गरेको बेरोजगारको सूचीबाट रोजगारदातालाई आवश्यक जनशक्ति उपलब्ध गराउने र रोजगारदाताको आवश्यकताका आधारमा बेरोजगार जनशक्तिलाई रोजगारदातासँग सम्पर्क स्थापित गराउनु हो ।
कसरी संकलन गरिन्छ लगत ?
१६ वर्ष पूरा गरेका बेरोजगार वा सेवा परिवर्तन गर्न चाहने नेपाली नागरिकले केन्द्रमा नाम दर्ता गराउन सक्छन् । त्यस वेला पूर्ण बेरोजगार, सेवा समाप्तिका कारण बेरोजगार, आंशिक बेरोजगार, सीप तथा योग्यता नमिलेका कारण सिर्जित बेरोजगार, प्रविधिमा आएको परिवर्तनका कारण बेरोजगारलगायत आधारमा लगत संकलन गर्ने प्रावधान रहेको छ । अर्कोतर्फ रोजगारदाताले समेत आफूलाई चाहिने जनशक्तिको विवरण भरी केन्द्रमा पठाउने र सोहीमार्फत रोजगार विनिमय सेवा सञ्चालन गर्ने कानुनी प्रावधान छ ।
२ सय ९८ जनालाई रोजगारीको सिफारिस
विभागको तथ्यांकअनुसार बेरोजगार र रोजगारदाताबीच रोजगार विनिमय सेवाअन्तर्गत फागुन मसान्तसम्म कुल २ सय ९८ जना व्यक्तिलाई रोजगारीका लागि सिफारिस गरिएको छ । फागुनमा मात्र ३१ जनालाई रोजगारीका लागि सिफारिस गरिएको विभागले जानकारी दिएको छ ।
http://www.doleic.gov.np/  link of government site visit for registration-Khemraj Devkota

अनुदानको चुलोे बेचेर १२ हजार आम्दानी, गोदामको भाडा र भन्सार पाँच करोड

पत्र पत्रिका बाट  -साभार 

http://www.enayapatrika.com/2017/04/10/138354/
अजित अधिकारी, काठमाडाैँ   |   चैत २८, २०७३
भारतको नाकाबन्दीको वेला चीनले अनुदानमा दिएका साढे ११ हजार थान इन्डक्सन चुलो थन्किएका छन् । विमानस्थलस्थित भन्सार कार्यालयको गोदाममा १० हजार थान र नेसनल ट्रेडिङको गोदाममा एक हजार तीन सय थान चुलो थन्किएका हुन् । कर र गोदामको भाडा भुक्तानीको समस्याले अनुदानका चुलो थन्किएका हुन् । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उपभोक्ता हित सम्बन्ध उपसमितिले अर्थ मन्त्रालयका कारण चिनियाँ अनुदानका चुलो थन्किएको निष्कर्ष निकालेको छ । अनुदानका सामग्रीमा कर उठाउने प्रणालीप्रति सांसदले आपत्तिसमेत जनाएका छन् ।
उपसमितिको आइतबारको बैठकमा उपसमिति संयोजक सुवासचन्द्र ठकुरीले अर्थ मन्त्रालयले समयमै निर्णय नगर्दा इन्डक्सन चुलो थन्किएको बताए । अनुदानको इन्डक्सनमा कर उठाउनु लज्जास्पद भएको सांसद मनकुमार गौतमले बताए । ‘हामीलाई लज्जा भएको छ । भूकम्पका वेला आएको अनुदानमा हदैसम्मको लापरबाही देखियो,’ गौतमले भने, ‘यो संयोगले भएको होइन, नियतवश र योजनाबद्ध गरिएको हो ।’ उनले सबै इन्डक्सन चुलो छिटो भन्सारबाट छुटाएर बजार मुल्यभन्दा १ प्रतिशत कम मूल्य तय गर्नुपर्ने बताए ।

अनुदानका १३ सय इन्डक्सन चुल्होको चार लाख कर


०७२ मंसिर अन्तिम साता चीनले अनुदानका एक हजार तीन सय थान इन्डक्सन चुलो केरुङ नाका पठाएको थियो । परराष्ट्र मन्त्रालयमार्फत सामान आएको जानकारी पाएपछि नेशनल ट्रेडिङका कर्मचारी रसुवागढी हुँदै केरुङ पुगेका थिए । त्यहाँबाट सामान लिएर रसुवागढी आएपछि नेपालतर्फको भन्सार कार्यालयले राजस्व मागेको थियो । ‘अनुदानको सामान लिन गएको टोलीलाई कर तिर्नुपर्छ भनियो,’ संसदीय समितिको बैठकमा नेशनल ट्रेडिङका बरिष्ठ अधिकृत गोपाल घिमिरेले भने, ‘त्यसपछि करिब ४ लाख रुपैयाँ कर दाखिला गरी सामान छुटाइयो र एक लाख ढुवानी भाँडा खर्चेर टेकुस्थित गोदाममा ल्यायौं ।’ इन्डक्सनको मूल्य बराबरको रकम बार्षिक प्रदान गर्ने अनुदान रकमबाट कटौती गर्नेबारे चीनले अर्थ मन्त्रालयलाई जानकारी दिएको थियो । त्यसपछि अर्थले कटौती हुने अनुदानको रकम र लागत जोडेर इन्डक्सनको मुल्य तय गर्न राय पठाएको थियो । अर्थको रायअनुसार तत्कालिन बाणिज्य तथा आपूर्ती मन्त्रालयले इन्डक्सनको लागत मूल्य, नेशनल ट्रेडिङको लागत, प्रशाशनिक खर्च र १० प्रतिशत नाफा राखेर प्रतियुनिट ११ हजार ९ सय ९५ रुपैयाँ मूल्य निर्धारण गरेको थियो ।
चीनले दिएको इन्डक्सनको मूल्य बजार भाउ भन्दा तीन गुणा महँगो तय गरिएकाले बिक्री नभएको आपूर्ती मन्त्रालयका सहसचिव मुकुन्द पौडेलले बताए । उनले भने, ‘त्यतिखेर सोही प्रकृतिको इन्डक्सन बजारमा ३–४ हजार रुपैयाँमा उपलब्ध रहेको स्थितिमा नेशनल टे«डिङको इन्डक्सनको मूल्य धेरै निर्धारण भएको देखिन्छ ।’ इन्डक्सनको मूल्य निर्धारण समितिमा रहेकी आपूर्ती मन्त्रालयकी शाखा अधिकृत उर्मिला केसीले बाध्यात्मक रुपमा मूल्य निर्धारण गरिएको बताइन् । समितिको बैठकमा उनले भनिन्, ‘हामीले अर्थको राय नबाझिने गरी र लागतलाई समेत ध्यानमा दिएर मूल्य निर्धारण गर्नुपर्ने बाध्यतात्मक परिस्थिति थियो ।’

गोदामको भाडा मात्रै दुई करोड ३० लाख


अर्थ मन्त्रालयले चुलो आएको ५ महिनापछि कर तिर्ने रकम निकासा गरेपछि नेसनल टे«डिङले भन्सार कार्यालयलाई रकम त बुझायो, तर सामान छुटाउन सकेन । त्यतिखेरसम्म गोदामको भाडा ८० लाख उठिसकेको थियो । त्यो रकम जुटाउन नेसनल ट्रेडिङलाई फेरि समस्या भयो । उसले भाडा मिनाहा गरिदिन बारम्बार पत्राचार गरेको छ । तर, विमानस्थल प्रशासनले अहिलेसम्मको २ करोड ३० लाख भाडा तिर्न बिल पठाएको छ । ‘अर्थले समयमै दिनुपर्ने रकम भुक्तानी गर्न ढिलाइ गर्दा विलम्ब शुल्क बढेको देखिन्छ,’ समिति संयोजक सुवासचन्द्र ठकुरीले भने, ‘अनुदानमा आएको सामानमा राज्यका निकायले किन राजस्व खोज्छन् भन्ने कुरा गम्भीर रूपमा छानबिन गर्नुपर्ने भएको छ ।’

कर पनि अढाइ करोड


चीनले ०७२ पुसमा १० हजार थान अनुदानको इन्डक्सन चुलो विमानमार्फत  पठाएको थियो । चिनियाँ पक्षले जानकारी गराएअनुसार ती चुलोको मूल्य ७ लाख ८१ हजार ३ सय डलर थियो । ती चुलो नेसनल टे«डिङले जिम्मा लिएर बिक्री गर्ने निर्णय सरकारले गर्‍यो । तर, इन्डक्सन लिन गएको नेसनल टे«डिङको टोलीलाई विमानस्थलको भन्सार कार्यालयले अढाइ करोड राजस्व मागेको थियो । अढाइ करोड कर बुझाउने पैसा नभएपछि नेसनल ट्रेडिङले मिनाहा, कर रकम अनुदान वा करजति रकम ऋण दिन प्रस्ताव गरेको थियो । आपूर्ति मन्त्रालयको पहलमा अर्थ मन्त्रालयले ऋण दिने र सामान बेचेपछि भुक्तानी गर्ने सहमति भयो । ‘विपत्का वेला अनुदानमा आएको सामानमा कर लगाउने ?’ संसदीय समितिको आइतबारको बैठकमा सांसद राज्यलक्ष्मी श्रेष्ठले प्रश्न गरिन्, ‘जनता भोकै मरेको मतलब नगर्ने, तर सरकारलाई कर चाहिने कस्तो व्यवस्था हो यो ?’

डेढ वर्षमा एउटा मात्र बिक्री


चीनले अनुदानमा दिएको ११ हजार तीन सय इन्डक्सन चुलोमध्ये नेसनल ट्रेडिङले अहिलेसम्म एउटा मात्र बिक्री गरेको छ । बजार भाउभन्दा महँगो मूल्य राखेपछि चुलो बिक्री नभएको नेसनल ट्रेडिङ‘बजार भाउभन्दा धेरै मूल्य परेपछि उपभोक्ताले खासै चासो दिएनन्,’ नेसनल ट्रेडिङका प्रबन्धक सत्यनारायण मेहताले भने, ‘त्यतिखेर एउटा बिक्री भएको थियो ।’ केरुङ नाकाबाट आएको १ हजार ३ सय इन्डक्सनमा १ करोड २० लाख ४७ हजार रुपैयाँ लागत परेको आपूर्ति मन्त्रालयको भनाइ छ । सो चुलोलाई ११ हजार ९ सय ९५ रुपैयाँ प्रतिगोटाले बिक्री गर्दा १ करोड ५५ लाख ९३ हजार ५ सय रुपैयाँ रकम जम्मा हुने देखिन्छ । यही हिसाबले नेसनल ट्रेडिङलाई ३५ लाख ४६ हजार रुपैयाँ नाफा हुन आउँछ । यही नाफाको लोभ गर्दा एउटा पनि इन्डक्सन बिक्री नभएको उपसमिति संयोजक सुवासचन्द्र ठकुरीले बताए ।
‘१० प्रतिशत नाफा हुने देखेपछि नेसनल ट्रेडिङले सरकारले भनेकै मूल्यमा बिक्री गर्न स्वीकार गर्‍यो,’ उनले भने, ‘तर बजार भाउभन्दा धेरै मूल्य कायम हुँदा एउटा पनि बिक्री गर्न नसकी १० पैसा पनि आम्दानी हुन सक्दैन भन्ने कुरालाई विचार नै गरिएन ।’ मूल्य तय गर्नुअघि सोही प्रकृतिको इन्डक्सनको नेपाली बजार मूल्य, चिनियाँ उत्पादक कम्पनीको गेट मूल्यलगायतका विषयमा अध्ययन नगर्दा अहिलेको परिणाम आएको उनको भनाइ छ ।