Friday, July 14, 2017

तपाईंलाई थाहा छ, मिर्गौला बिग्रिए के हुन्छ ?

पत्र पत्रिका बाट  -साभार https://npnepalnews.com/2017/07/14/3550

डा. सुमित आचार्य, मिर्गौलामा समस्या भएपछि एसिड या अमिलोपना रगतमा बढ्ने, पिसाबमार्फत पोटासियम कम बाहिरिने र रगतमा भने पोटासियम बढ्दै जाने गर्छ । यस्तो अवस्थामा रगतमा फसफोरसको मात्रा बढ्ने, तर क्याल्सियमको मात्रा भने कम हुने गर्छ । शरीरमा भएको भिटामिन ‘डी’ लाई बिग्रिएको मिर्गौलाले सुचारु गर्न नसक्दा मानिसको शरीरमा भएको क्याल्सियको मात्रा रगतमा कम हुने हो । यसपछि स्वास्थ्यमा समस्या थपिँदै जान्छ । रगतमा एसिडको मात्रा बढ्दै गएको खण्डमा व्यक्तिको मस्तिष्कमै समस्या देखापर्न थाल्ने, कुनै पनि वेला मानिस बेहोस भएर लड्नेसमेत हुन सक्छ । मिर्गौलाका रोगीको शरीरमा रक्तसञ्चारमै समस्या आउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, बमिट हुने, शरीर कमजोर हुने, शरीर सुन्निँदै जाने र मुटुको समस्या बढ्दै जाने हुन्छ । मिर्गौलामा कुनै पनि समय समस्या आउन सक्ने भएकाले समय–समयमा पिसाब परीक्षण, रक्त परीक्षण, रेडियोलोजिकल परीक्षण, मिर्गौलाको अल्ट्रासाउन्डलगायत परीक्षण गराइराख्नु राम्रो हुन्छ । मिर्गौलारोग लागेको वेलैमा पत्ता लागे समयमै उपचार गरेर मिर्गौला विफल हुनबाट जोगाउन सकिन्छ । मिर्गौलाको समस्या भएको शंका मात्रै लागे पनि तुरुन्त उपचार गराउनुपर्छ । परिवारका सदस्यमा कसैलाई मिर्गौलाको समस्या भएमा अन्य सदस्यलाई पनि वंशाणुगत प्रभाव पर्न सक्छ । बजारमा अनेकथरी औषधि पाइन्छन् । विनापरीक्षण यस्ता औषधि प्रयोग गरेमा मिर्गौलामा समस्या देखिन सक्छ ।– नयाँ पत्रिका दैनिक बाट
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

No comments:

Post a Comment