Wednesday, July 19, 2017

अब रेबिजको खोप मांशपेशीमा होइन छाला मुनी

पत्र पत्रिका बाट  -साभार   http://kantipur.ekantipur.com/news/2017-07-18/20170718184934.html

- अतुल मिश्र, काठमाडौं
श्रावण ३, २०७४- सरकारले शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रेबिज रोग विरुद्ध‘पोष्ट एक्सपोजर प्रोफेलेक्सिस(पीइपी)’ कार्यक्रम शुरु गरेको छ । यस अन्तर्गत अब रेबिजको खोप छाला मुनी दिन सुरु गरेको छ, यसअघि मांशपेशीमा दिने गरिन्थ्यो ।
परिक्षणको रुपमा शुरु गरिएको यो कार्यक्रमको माध्यमले टेकु अस्पतालमा रेबिज विरुद्धको खोप छाला मुनी (इन्ट्राडर्मल) दिन लागिएको हो । टेकु अस्पतालका निर्देशक डा. रमेशकुमार खरेलले साउन एक गतेदेखि नै अस्पतालमा यो सेवा सुचारु भइ सकेको बताए ।
हाल अस्पतालमा जनावरको टोकाइको नयाँ घट्नामा छाला मुनी रेविज विरुद्धको खोप दिन थालिएको छ भने बुढापाका, दुई वर्ष भन्दा मुनीको वालवालिका, रोग प्रतिरोधक क्षमता कम भएकाहरुलाई भने पहिले जस्तै मांसपेशी (इन्ट्रामस्कुलर) मा नै सुइ लगाउने गरिएको डा. खरेलले बताए ।
‘हामीले टेकु अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक गरी ४१ जनालाई यसबारे पाँच दिने तालिम समेत दिएका छौं’, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका जुनोसिस अधिकृत अविनास सिंहले भने ।
पहिले कुकुरलगायतको जनावरले टोकेको जुनसुकै व्यक्तिलाई पाँच भाइल रेविजको खोप दिनु पर्थ्यो भने अव खास परिस्थितिमा एक भाइलले एक व्यक्तिलाई पुग्ने छ । यो कार्यक्रम अन्तर्गत चिकित्साकर्मीहरुलाई विभिन्न जानकारी सँगै दुवै वाहुलाको छाला मुनी ०.१ मिलिलिटर खोप लगाउन प्रशिक्षित गरिएको छ ।
दुवै वाहुलाको छाला मुनी ०, ३, ७ र २८ दिनमा खोप लगाइन्छ भने यसमा एक व्यक्तिको लागि कुल औषधिको मात्रा ०.८ मिलिलिटर चाहिन्छ । विश्व स्वास्थ्य संगठन(डव्लुएचओ) ले रेविज भ्याक्सिनको कम आपुर्ति हुने ठाउँमा पीइपीको लागि छाला तल दिइने सुइ प्रस्तावित गरेको छ ।
प्रकाशित: श्रावण ३, २०७४

No comments:

Post a Comment