Wednesday, July 5, 2017

हवाई भाडा घट्यो, आजदेखि लागू हुने

पत्र पत्रिका बाट  -साभार  http://www.karobardaily.com/news/80490

    supervisor_accountकारोबार संवाददाता   visibility2261
समाचार प्रतिनिधि तस्विर
काठमाडौंः निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक हवाई भाडा दर घटाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायु सेवा सञ्चालक संघले हवाई भाडा बुधबारदेखि लागू हुने गरी घटाएका हुन् । आयल निगमले दुई दिन अगाडि हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको थियो । 
घटेको भाडा बुधबारदेखि लागू हुने गरी हवाई भाडादर घटाइएको सिम्रिक एयरका मार्केटिङ प्रमुख प्रज्वल थापाले  जानकारी दिए । नयाँ भाडादरअनुसार अब काठमाडौंबाट विराटनगर जादाँ ७ हजार १ सय ४ रुपैयाँ तिर्नुपर्छ । पहिले विराटनगरको भाडा ७ हजार २ सय रुपैयाँ थियो । 
त्यस्तै भद्रपुरको ८ हजार ६ सय ७६, भैरहवाको ५ हजार ९ सय १३, धनगढीको १२ हजार १९ र नेपालको ८ हजार ३ सय ६५ रुपैयाँ पर्छ ।  भद्रपुरको पुरानो भाडा ८ हजार ७ सय, हो भने, भैरहवाको ६ हजार, धनगढीको १२ हजार २ सय र नेपालगन्जको ९ हजार ५ सय थियो । 
पोखरा जान ४ हजार ७ सय रुपैयाँ तिर्नुपथ्र्याे भने अब त्यहाँ जान ४ हजार ६ सय ३४ रुपैयाँ लाग्ने भएको छ ।  यसअघि ४ हजार रुपैयाँ लिँदै आएको काठमाडौं जनकपुर उडानमा भने भाडा घटाएर ३ हजार ९ सय ४८ कायम गरिएको थापाले बताए । 
सबैभन्दा कम दूरीको उडान रहेको सिमरा जाने भाडामा भने ४० रुपैयाँ घटेको छ । सिमरा जान ३ हजार ४५ रुपैयाँ लाग्थ्यो भने अब नयाँ भाडाअनुसार ३ हजार ५ रुपैयाँ र भरतपुर जान ३४ सय ५३ रुपैयाँ लाग्छ । भरतपुरको पुरानो भाडा ३५ सय थियो । 
तुम्लिङटारको भाडा ५७ सय रुपैयाँबाट घटाएर ५ हजार ६ सय २३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि ११ हजारबाट १० हजार ८ सय ६२ मा झारिएको सिम्रिक एयरका मार्केटिङ प्रमुख थापाले बताए ।

No comments:

Post a Comment