Wednesday, June 15, 2011

लक्ष्य स्टाफ नर्सको विदुर खतिवडा,शिव मुखिया

कांतिपुर साप्ताहिक बाट
स्टाफ नर्स बन्ने सपना सजाएका छात्राहरूमध्ये यो वर्ष ३ हजार ५ सयभन्दा बढीले त्यो मौका पाउनेछन् । तुलनात्मक रूपमा यो वर्ष स्टाफ नर्सको प्रतिस्पर्धा केही खुकुलो हुने बताइएको छ । गत वर्षभन्दा झन्डै १ हजार सिट बढेकाले स्टाफ नर्समा भर्ना पाउन सहज हुने देखिएको हो, तर दसौं हजार छात्रा स्टाफ नर्स बन्ने लक्ष्यका साथ तयारीमा भिड्ने भएकाले मेहनत भने आवश्यक हुन्छ । राजधानीलगायत अन्य सहरहरूमा नर्सिङ प्रवेश परीक्षा तयारीका लागि सञ्चालित इन्स्िटच्युटहरूमा देखिने छात्राहरूको उल्लेख्य भीडले नर्सिङप्रतिको मोहलाई प्रस्ट्याउँछ । स्कुले अध्ययनमा राम्रो ज्ञान भएका छात्राहरूले एसएलसी उत्तीर्णपछि नर्सिङलाई नै पहिलो प्राथमिकतामा राख्ने गरेको पाइएको छ । स्टाफ नर्स नै किन ? 'सुरक्षित करियरका रूपमा विकास हुनुले पनि यसप्रतिको आकर्षण बढेको हो ।' स्टाफ नर्स अध्ययनरत स्मृति ढुंगाना भन्छिन्- 'यहाँ मात्र होइन, विदेशमा समेत रोजगारको राम्रो अवसर छ ।' पेसागत रूपमा सेवामूलक कार्य भएकाले पनि छात्राहरू नर्सिङ अध्ययनमा रुचि देखाउने स्मृति बताउँछिन् ।

नेपालका मेडिकल प्रशिक्षित मानिसको माग विकसित देशमा बढ्दो छ, जसमा सबैभन्दा बढी माग नर्सहरूकै छ । यसले नेपाली नर्सका लागि युरोप, अमेरिका, जर्मनी, अस्ट्रेलियाजस्ता मुलुकमा करियर बनाउने बाटो खुला गरिदिएको छ । एक तथ्यांकअनुसार प्रत्येक वर्ष अमेरिकामा मात्र ६ हजार नर्सको माग हुन्छ । विदेशमा प्राप्त अवसरका कारण नेपालमा नर्सहरूका लागि अवसर नै छैन भन्ने अर्थ लाग्दैन । हरेक वर्ष उत्पादन हुने नर्सको ठुलो संख्या स्वदेशमै पनि खपत हुने गरेको छ । एकातर्फ नेपालमै सरकारी तथा निजी चिकित्सालयको संख्या बढ्दै जानु र अर्कातर्फ विदेश जान भिसा प्रक्रियाका लागि पनि नर्सिङ अध्ययनको पृष्ठभूमि सहज माध्यम बन्नुले स्टाफ नर्सप्रतिको आकर्षण देखिएको हो ।

प्राविधिक शिक्षाको सूचीमा स्टाफ नर्स रोजगारमुखी र सजिलो पेसा भएकाले आकर्षण बढ्दो क्रममा रहेको नेपाल नर्सिङ काउन्सिलले जनाएको छ । अहिलेको तथ्यंाकमा बर्सेनि १ हजारभन्दा बढी स्टाफ नर्स उत्पादन हुन्छन्, जसमध्ये धेरै विदेश जान्छन् । विदेश जानेहरूले अन्तर्राष्ट्रिय स्तरका परीक्षण प्रवेश परीक्षा उत्तीर्ण गरेको खण्डमा त्यहाँ गएर काम पाउन अझ सहज हुन्छ, जसले गर्दा त्यहाँ जानेबित्तिकै उनीहरूलाई उच्च अध्ययन र रोजगारीको अवसर मिल्ने जानकारहरू बताउँछन् । खास गरेर विदेशमा उनीहरूले नर्स तथा होमनर्सका रूपमा काम गर्ने गरेको पाइन्छ ।

'स्वदेशमै पनि स्टाफ नर्सको आवश्यकता अझै छ', स्टाफ नर्स प्रवेश परीक्षा तयारी कक्षा सञ्चालक द नेक्स्टका शालिकराम भण्डारी भन्छन्- 'एक दशकयता ७९ वटा स्टाफ नर्स कलेज खुल्नु र अझै खुल्ने क्रम रहनुले यसलाई पुष्टि गर्छ ।' स्टाफ नर्स अध्यापन गराउने कलेजको संख्या अझै बढ्दै जाने सिटिइभिटी सम्बन्धन महाशाखाका उपनिर्देशक देवेश देवकोटा बताउँछन् । देवकोटाका अनुसार अस्पताल भएका शैक्षिक संस्थाले मात्र स्टाफ नर्स कार्यक्रम सञ्चालन गर्न पाउँछन् । देवकोटा भन्छन्- 'सम्बन्धन प्राप्त गर्ने सूचीमा थुप्रै शैक्षिक संस्थाहरू छन् ।' सरकारी कलेजहरूको तुलनामा सिटिइभिटीबाट प्राप्त कलेजलगायतका निजी क्षेत्रको अध्ययन महँगो छ । सरकारी कलेजमा न्यून शुल्कमा अध्ययन गर्ने सुविधा भए पनि सिटिइभिटीअन्तर्गतका कलेजमा २ लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्म खर्च लाग्छ ।

स्टाफ नर्स अध्ययनमा क्रेज भएकै कारण हुनसक्छ, राजधानी काठमाडौंमा मात्र करिब दुई दर्जन इन्स्िटच्युटले स्टाफ नर्स प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्दै आएका छन् । इन्स्िटच्युटमा स्टाफ नर्सका प्रवेश परीक्षाका लागि अध्ययन गर्नुपर्ने विषयवस्तु, यसअघिका प्रवेश परीक्षाका प्रश्नपत्रको समाधान अभ्यास र नर्सिङ अध्ययनका आधारभूत ज्ञान प्रदान गरिने निमास इन्स्िटच्युटका प्रबन्ध निर्देशक डा. लेखनाथ बराल बताउँछन् ।

'नर्सिङ स्वास्थ्यसँग सम्बन्धित भैकन पनि सामाजिक प्रतिष्ठा र सेवासँग सम्बन्ध जोडिएको विषय हो,' स्टाफ नर्स प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्दै आएको निमासका डा. बराल भन्छन्- 'त्यसैले स्टाफ नर्स बन्न के-कस्ता गुण विद्यार्थीमा हुनुपर्छ भन्ने कुरा पनि प्रवेश परीक्षा तयारी कक्षाले जानकारी दिन्छ ।' सिटिइभिटीले स्टाफ नर्स कार्यक्रम सञ्चालनको सम्बन्धन दिनुअघि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक कलेज तथा काठमाडौं विश्वविद्यालयमा मात्र यो शैक्षिक कार्यक्रममा अध्यापन हुन्थ्यो । सिटिइभिटीद्वारा सञ्चालित कलेजका सन्दर्भमा गुणस्तरीयतासँग सम्बन्धित केही कमजोरी देखिने गरेको सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार त्यसलाई सही व्यवस्थापन र अनुगमन निरीक्षणको आवश्यकता छ । सिटिइभिटीअन्तर्गतका कतिपय शैक्षिक संस्थाका अस्पतालमा प्रयोगात्मक सुविधा राम्रो नहुनुले पनि गुणस्तरमा प्रश्नचिह्न खडा गरिदिएको हो ।

नेपालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगन्ज नर्सिङ क्याम्पस

-६० सिट), ललितपुर नर्सिङ क्याम्पस -४५ सिट), पोखरा नर्सिङ क्याम्पस -४५ सिट), वीरगन्ज नर्सिङ क्याम्पस ४०

-३५ सिट स्कलरसिप तथा ५ सिट डोनेसन), नेपालगन्ज नर्सिङ क्याम्पस ४० -३५ सिट स्कलरसिप तथा ५ सिट डोनेसन सिट), विराटनगर नर्सिङ क्याम्पस ४५ -३५ सिट स्कलरसिप तथा १० सिट डोनेसन सिट) छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६ वटा क्याम्पस तथा वीर हस्पिटलको नाम्समा प्रवेश परीक्षा दिन एसएलसीमा न्यूनतम ५० प्रतिशत अंक हासिल गर्नुपर्छ । यी ७ वटा नर्सिङ कलेजमा भर्ना पाउन कठिन मानिन्छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सरकारी कलेजहरूमा भर्नाका लागि प्रवेश परीक्षामा विज्ञानबाट ४५ प्रतिशत, हेल्थबाट २० प्रतिशत, अंग्रेजी २५ प्रतिशत र गणित १० प्रतिशत गरेर १ सय पूणर्ाङ्कको प्रश्न सोधिन्छ । सरकारी कलेजमा कात्तिकमा भर्ना लिइन्छ । उच्च सुविधायुक्त प्रयोगशाला, अत्याधुनिक अस्पताल तथा दक्ष शिक्षक-शिक्षिका हुने भएकाले यी संस्था स्टाफ नर्स अध्ययनका निम्ति पहिलो प्राथमिकतामा पर्छन् । यी सबै सरकारी अस्पतालसँग आबद्ध सरकारी नर्सिङ कलेजहरूले प्राइभेट -सिटिइभिटी) भन्दा सस्तो शुल्कमै अध्यापन गराउँछन् । स्वायत्त वीर अस्पतालको प्रवेश परीक्षाका लागि विज्ञान २०, अंग्रेजी २०, स्वास्थ्य २०, गणितबाट २० अंकको प्रश्न सोधिन्छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान -बीपीकेआईएच), धरानले पनि स्टाफ नर्स पाठ्यक्रममा ४० जनालाई भर्ना लिन्छ । बीपीकेआईएचमा खुला प्रतिस्पर्धाबाट १६ सिट, दुर्गम पहाडी जिल्लाबाट १६ सिट, विदेशी विद्यार्थी ५ सिट, दलितबाट २ सिट र कर्मचारीकोटामा १ सिट निर्धारण गरिएको छ । बीपीकेआईएचको प्रवेश परीक्षामा जनरल साइन्सबाट ३५, अंग्रेजी २०, हेल्थ एन्ड जनरल नलेज २५ र गणित २० प्रतिशत गरी १ सय पूणर्ांकको प्रश्न सोधिन्छ । बीपीकेआईएचको प्रवेश परीक्षा दिन एसएलसीमा ४५ प्रतिशत अंक ल्याएको हुनुपर्छ ।

यस्तै काठमाडौं विश्वविद्यालयअन्तर्गत स्टाफ नर्समा ४० जनालाई प्रवेश परीक्षाको माध्यमबाटै भर्ना लिइन्छ । काठमाडौं विश्वविद्यालयले आफ्ना उच्च भौतिक संरचनाका अस्पतालमा अध्यापन गराउने भएकाले यसको अध्यापन शैलीमा खोट लगाउने ठाउँ छैन । तथापि विश्वविद्यालयको ४० सिटमध्ये ३० प्रतिशत सिट संस्थागत स्पोन्सरका रुपमा आरक्षण गरिएको छ । एसएलसीमा ४५ प्रतिशत ल्याएर उत्तीर्ण वा सोसरह उत्तीर्ण हुनेले केयुको प्रवेश परीक्षा दिन पाउँछन्, जसका लागि उनीहरूले विज्ञानमा ४० प्रतिशत, अंग्रेजीमा २० प्रतिशत, हेल्थमा २० प्रतिशत र गणितमा २० प्रतिशतको परीक्षा दिनुपर्छ । काठमाडौं विश्वविद्यालयमा जेठको अन्तिम साताभित्र आवेदन दिइसक्नुपर्छ भने असारको तेस्रो साता प्रवेश परीक्षा हुन्छ । काठमाडौं विश्वविद्यालयले प्रवेश परीक्षा उत्तीर्ण भएकाहरूमध्येलाई फेरि अन्तर्वार्ता लिएर मात्र अन्तिम रूपमा स्टाफ नर्सको बाटो खोलिदिन्छ ।

वीर अस्पतालले पनि स्वायत्त रूपमै पिसिएल नर्सिङ कार्यक्रम चलाएको छ । ४० सिटमध्ये १० प्रतिशत दुर्गम जिल्लालाई कोटा छुटाइएको छ । असारको दोस्रो साता आवेदन खुल्ने वीर अस्पतालमा साउनको पहिलो साता प्रवेश परीक्षा लिइन्छ । यसैगरी सिटिइभिटीअन्तर्गतका कलेजहरूमा स्टाफ नर्स अध्ययनका लागि प्रवेश परीक्षा दिन एसएलसीमा ४५ प्रतिशत ल्याएको हुनुपर्छ । सिटिइभिटीअन्तर्गतका कलेजका लागि भदौमा प्रवेश परीक्षा लिइन्छ । सिटिईभिटीको प्रवेश परीक्षामा गणित ३५, साइन्स ३५, अंग्रेजी ३० अंक गरेर १ सय पूणर्ाङ्क हुन्छ । सिटिइभिटीमा असारको तेस्रो साता आवेदन लिइन्छ भने साउनको दोस्रो साता परीक्षा हुन्छ । सिटिइभिटीबाट हालसम्म सम्बधनप्राप्त कलेजहरूको संख्या ७९ छ । यो संख्या बढ्दो क्रममा छ । सबै गरेर हाल ८८ वटा कलेजले स्टाफ नर्स कार्यक्रम चलाएका छन् । त्यस्तै एसएलसी उत्तीर्णहरूले विभिन्न स्थानका लागि एकैवर्षमा ५ पटक प्रवेश परीक्षा दिन सक्छन् ।

सिटिइभिटी तथा त्रिभुवन विश्वविद्यालयका पाठयक्रम एकै प्रकारका हुन्छन्, जसमा प्रथम वर्षमा आधारभूत नर्सिङ, कम्युनिटी इन्टि्रग्रेटेड साइन्स, होम भिजिटिङ, दोस्रो वर्षमा मिडवाइफरी, ए, बी, सी, नेपाल परिचय, बिहेवियर साइन्स, नर्सिङ केयर अफ चिल्ड्रेन र तेस्रो वर्षमा नर्सिङ केयर अफ एडल्ट, लिडरसिप एन्ड म्यानेजमेन्टलगायतका विषय अध्ययन गर्नुपर्छ ।

स्टाफ नर्स भएपछि कमसेकम तीन वर्षको अनुभवपछि मात्र नर्सिङ स्नातक -बीएन नर्सिङ) गर्न सकिन्छ, तर सिटिइभिटीका कलेजहरूमा एक वर्षको अनुभवपछि भर्ना आवेदन दिन सकिन्छ । महाराजगन्ज नर्सिङ कलेज, ललितपुर नर्सिङ क्याम्पस, पाटन नर्सिङ क्याम्पस तथा स्तूपा नर्सिङ क्याम्पसले बीएन कोर्स उपलब्ध गराउँछन् भने त्रिभुवन विश्वविद्यालयअन्तर्गत १० वटा बीएस्सी नर्सिङ कलेज सञ्चालित छन् ।

त्रिभुवन विश्वविद्यालयमा बीएन कोर्स ३ वर्षको तथा पूर्वाञ्चल विश्वविद्यालयमा २ वर्षको छ । नेपालमा सन् १९७७ सालदेखि महाराजगन्ज नर्सिङ क्याम्पसमा बीएन नर्सिङको अध्यापन हुन थालेको हो । यस्तै स्नातकोत्तरको कोर्स सन् १९९५ देखि सञ्चालन हुन थालेको हो ।

नर्सिङको अध्ययनमा त्रिभुवन वश्वविद्यालयअन्तर्गतका कलेजमा तीन वर्ष समय अवधिको बढीमा १ लाख रुपैयाँसम्म खर्च हुन्छ । सिटिइभिटीअन्तर्गत कलेजहरूमा तीनदेखि चार लाखसम्म खर्च हुन्छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका नर्सिङ क्याम्पसहरू छात्राहरूले प्रतिमहिना २ सय रुपैयाँ छात्रवृत्तिस्वरूप पाउँछन् ।

हेल्थ असिस्टेन्टको अध्ययन नेपालमा

कान्तिपुर साप्ताहिक बाट
एसएलसीपछि रोजगारमुखी शिक्षा हासिल गर्ने चाहना राख्नेहरूका लागि सर्टिफिकेट इन जेनरल मेडिसिन रोजाइ बन्न सक्छ। एसएलसी पछिको यो तीन वर्षे कोर्स गरिसकेपछि हेल्थ असिस्टेन्ट अर्थात् एचए बन्न सकिन्छ। एचएलाई 'स्वस्थ्य क्षेत्रमा मध्यमस्तरीय जनशक्ति' मानिन्छ। एचए उत्तीर्णले विभिन्न मेडिकल कलेजबाट पब्लिक हेल्थमा ब्याचलर गर्न सक्छन् भने पाटन एकेडेमी अफ मेडिकलबाट एमबीबीएस अध्ययनको अवसरसमेत प्राप्त गर्न सक्छन्।

एसएलसी उत्तीर्ण विद्यार्थीले एचएको अध्ययन गर्न सक्छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने प्रवेश परीक्षा उत्तीर्ण गरेपछि एचए अध्ययनको ढोका खुल्छ। सर्टिफिकेट इन जेनरल असिस्टेन्टसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान हासिल गरिसकेपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा रोजगारीको अवसर पाइन्छ। यस्ता जनशक्तिले हेल्थ पोस्टमा प्रमुखका रूपमा समेत काम गर्न सक्छन्। एचएलाई प्राइभेट क्लिनिक, हेल्थकेयर सेन्टर, जिल्ला अस्पताल, नर्सिङ होम तथा अस्पतालमा स्वस्थ्य सहायकका रूपमा काम गर्न सक्षम मानिन्छ।

क्लिनिकल, प्रिभेन्टिभ तथा प्रमोटिम क्षेत्रमा यस्ता जनशक्ति आवश्यक हुन्छ। रोग प्रतिरोध एवं शारीरिक स्वास्थ्य कायम राख्न गरिने विभिन्न स्वास्थ्य कार्यक्रममा एचएको महत्त्वपूर्ण भूमिका हुन्छ। कुनै पनि रोगविरुद्धको खोप, फेमेली प्लानिङ, हेल्थ एजुकेसन क्याम्पियन जस्ता कार्यक्रम सञ्चालनमा उनीहरूले अगुवाइ गर्न सक्छन्। उनीहरू समुदायमा स्वास्थ्य समस्या पहिचान गरी त्यसको समाधानका लागि कार्यक्रम बनाउन र सञ्चालन गर्न योग्य हुन्छन्। एनजीओ, आइएनजीओमार्फत यस्ता कार्यक्रमहरू सञ्चालन भैरहेका हुन्छन्, जहाँ एचए गरेकाहरूले रोजगारी पाउने संभावना हुन्छ।

सर्टिफिकेट इन जेनरल असिस्टेन्टको कोर्स गरेकाले बिरामीको समस्या पहिल्याउन, भाइटल साइन लिन एवं स्वास्थ्य परीक्षण गर्न सक्छन्। प्रोभिजनल डाइनोसिसका साथै बिरामीका लागि इसेन्सियल औषधी (स्वास्थ्य मन्त्रालयले तोकेको) सिफारिस गर्न समेत पाउँछन्। ग्रामीण क्षेत्रका 'डाक्टर' रूपमा चिनिने एचएले सामान्य विरामीको राम्रो उपचार गर्न सक्छन्।

एचएको अध्ययन सीटीईभीटीअन्तर्गतका शिक्षालयहरूमार्फत गर्न सकिन्छ। राजधानीलगायत विभिन्न ४४ वटा शिक्षालयबाट सर्टिफिकेट इन जेनरल असिस्टेन्टको कोर्स गर्न सकिन्छ। सीटीईभीटीको आंगिक कलेज अफ हेल्थ साइन्स भरतपुरबाट यो कोर्स गर्न ३० देखि ४० हजार खर्च लाग्छ भने अन्य सम्बन्धन प्राप्त शिक्षालयबाट दुईदेखि तीन लाखसम्म खर्च लाग्छ। एसएलसी उत्तीर्ण विद्यार्थीले एचएका लागि आवेदन दिन सक्छन्। उनीहरूलाई प्रवेश परीक्षामा सामेल गराइन्छ। प्रवेश परीक्षामा एसएलसी सरहको अंग्रेजी, गणित तथा विज्ञानका अब्जेटिक प्रश्नहरू सोधिन्छ। मेडिकल साइन्सका लागि महत्त्वपूर्ण हुने भएकाले यिनै विषयमा आधारित प्रश्नहरू सोधिने सीटीईभीटी पाठ्यक्रम विकास विभागका निर्देशक शिवशंकर घिमिरे बताउँछन्।

एचए गरिसकेपछि एमबीबीएस तथा ब्याचलर अफ पब्लिक हेल्थ अर्थात् बीपीएच गर्न सकिने भएकाले यसतर्फ युवा आकर्षण बढ्दो छ। पाटन एकेडेमी अफ मेडिकल कलेजमा एमबीबीएसका लागि आवेदन दिन सकिन्छ। एचए उत्तीर्ण गरेर एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण पछि केही महिनाको प्रि-मेडिकल साइन्सको कोर्स गराइन्छ। त्यसो त विज्ञानमा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरेकाले पनि त्यहाँ प्रवेश पाउन सक्छन्। त्यसैगरी कुनै पनि मेडिकल कलेजको प्रवेश परीक्षा उत्तीर्ण गरेर ब्याचलर अफ पब्लिक हेल्थ अध्ययन गर्न सकिन्छ।

तीन वर्षे कोर्समा के पढ्ने ?

सर्टिफिकेट इन जेनरल मेडिसिनअन्तर्गत पहिलो वर्षमा विभिन्न ९ वटा विषय पढ्नुपर्छ। यसमा अंग्रेजी, नेपाली, समाजशास्त्र, एनाटोमी एन्ड फिजियोलोजी, फिजिक्स, केमेस्ट्रि, जुलोजी, वोटानी तथा म्याथमेटिक्स एन्ड कम्प्युटर एप्लिकेसन छन्। पहिलो वर्षको अधिकांश कोर्स सिद्धान्तमा आधारित छ भने दोस्रो वर्ष सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षा पनि लिनुपर्छ। दोस्रो वर्ष १० वटा विषय पढ्नुपर्छ। मेडिसिन, सर्जरी, क्लिनिकल, फार्माकोलोजी एन्ड फार्मेसी, इन्भाइरोमेन्टल हेल्थ, हेल्थ एजुकेसन, फेमेली हेल्थ, ईपीडीमीयोलोजी एन्ड कम्युनिटी डिजिज, बेसिक मेडिकल प्रोस्युडर तथा फस्ट एडजस्ता विषयमा प्रयोगसहितको कोर्स गराइन्छ। तेस्रो वर्ष पनि यिनै विषयको थप गहन अध्ययन एवं प्रयोग गर्नुपर्छ। यो वर्ष खासगरी मेडिसिन, सर्जरी, हेल्थ म्यानेजमेन्टलगायत इमरजेन्सी, मेडिसिन, सर्जरी (इएनटी) समेटिएको छ। अध्ययनका साथै विद्यार्थीलाई प्रयोगात्मक ज्ञान पनि दिइन्छ। तेस्रो वर्ष समुदायमा गएर स्थलगत अध्ययन गर्नुपर्ने हुन्छ।

सीटीईभीटीअन्तर्गतका शिक्षालयहरूले मात्र सर्टिफिकेट इन जेनरल मेडिसिनको कोर्स गराउँदै आएका छन् जुन यसप्रकार छन्

शिक्षालय कोटा

लाइफ लाइन हस्पिटल प्रालि, झापा ४०

मानसरोवर इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड इन्स्टिच्युट, झापा ४०

कोसी हेल्थ इन्स्टिच्युट, माइस्थान, विराटनगर ४०

विराट हेल्थ कलेज एन्ड रिसर्च सेन्टर, विराटनगर ४०

न्यूरो अस्पताल प्रालि, विराटनगर ४०

मदन भण्डारी मेमोरियल एकेडेमी, उर्लाबारी मोरङ ४०

युनिक एजुकेसन एकेडेमी, राजविराज ४०

छिन्नमस्ता एजुकेसन एकेडेमी, राजविराज ४०

विरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड डेन्टल टेक्नोलोजी, धनुषा ४०

मोडेल टेक्निकल अफ मेडिकल साइन्स, जनकपुर ४०

केयर मेडिकल सेन्टर प्रालि, धनुषा ४०

नेसनल ह्युमेन रिसोर्स डेभलपमेन्ट एकेडेमी, जनकपुर ४०

इन्स्टिच्युट अफ कम्युनिटी टेक्निकल एजुकेसन, रौतहट ४०

द हिमाल इन्स्टिच्युट अफ हेल्थ साइन्स, वीरगन्ज ४०

मोडेल कलेज अफ टेक्निकल एजुकेसन, वीरगञ्ज ४०

कलेज अफ मेडिकल साइन्स, भरतपुर ४०

नेपाल पोलिटेक्निक इन्स्टिच्युट, भरतपुर ४०

एनपीआई नारायणी सामुदायिक हस्पिटल एन्ड रिसर्च सेन्टर, भरतपुर ४०

मनमोहन मेमोरियल हस्पिटल, ललितपुर ४०

मार्टस मेमोरियल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी ४०

इवामुरा कलेज अफ हेल्थ साइन्सेस प्रालि, भक्तपुर ४०

नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजी, काठमाडौ ं४०

नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स, बौद्ध काठमाडौं ४०

होलीभिजन टेक्निकल क्याम्पस, बानेश्वर काठमाडौं ४०

अल नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स, चाबहिल, काठमाडौं ४०

सहिद स्मारक जनस्वस्थ्य कोपरेटिभ, काठमाडौं ४०

शंकरापुरा एकेडेमी, जोरपाटी, काठमाडौं ४०

लर्डवुद्ध कलेज गोंगबु, काठमाडौं ४०

ओम समाज शैक्षिक प्रतिष्ठान ४०

बीपी मेमोरियल हेल्थ इन्स्टिच्युट धापासी, काठमाडौं ४०

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि, काठमाडौं ४०

पोखरा टेक्निलक हेल्थ मल्टिपर्पोज इन्स्टिच्युट, पोखरा ४०

धौलागिरि टेक्निकल एजुकेसन सेन्टर, बाग्लुङ ४०

कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिच्युट, नवलपरासी ४०

मायादेवी टेक्निकल इन्स्टिच्युट, बुटवल ४०

रम्भादेवी कलेज अफ मेडिकल साइन्स, बुटवल ४०

सुर्खेत एजुकेसन डेभलोपमेन्ट एकेडेमी, सुर्खेत ४०

कैलपाल हस्पिटल एन्ड कलेज प्रालि, नेपालगन्ज ४०

कलेज अफ अलाइड हेल्थ साइन्स प्रालि, नेपालगन्ज ४०

नेपालगन्ज टेक्निकल कलेज, नेपालगन्ज ४०

बागेश्वरी एकेडेमी अफ हेल्थ साइन्स, धनगढी ४०

शैलेश्वरी फार वेस्ट स्कुल अफ हेल्थ साइन्स टेक्नोलोजी, धनगढी ४०

फरवेष्ट स्कुल अफ मेडिसिन प्रालि, महेन्द्रनगर ४०

केही साइट हरु