Saturday, July 1, 2017

नौ खर्बको आयात, निर्यात ६८ अर्ब

पत्र पत्रिका बाट  -साभार  http://annapurnapost.com/news/74420

राजेश बर्मा आइतवार, असार १८, २०७४ 0 1934 पटक पढिएको
चुलिदो व्यापार घाटा
नौ खर्बको आयात, निर्यात ६८ अर्ब
काठमाडौं :  चालू आर्थिक वर्षको ११ महिनामा भारतलगायत तेस्रो मुलुकबाट करिब नौ खर्ब रुपैयाँका सामान आयात भएको अघिल्लो आर्थिक वर्षको सोहीअवधिमा सात खर्ब ८५ अर्ब ४२ करोड सात लाख मूल्य बराबरको सामान आयात भएको थियो
भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको आयात निर्यातको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ को ११ महिनाको तुलनामा यो वर्षको आयात ३० प्रतिशतले बढी हो यो आँकडाअनुसार चालू वर्षको ११ महिनाको अवधिमा आठ खर्ब ९३ अर्ब ५३ करोड २१ लाख मूल्य बराबरको सामान आयात भएको
अघिल्लो वर्षको यसै अवधिको तुलनामा यो वर्ष व्यापार घाटा ३२.१७ प्रतिशत वृद्धि भएर आठ खर्ब २४ अर्ब ९७ करोड ९० लाख रुपैयाँ पुगेको अघिल्लो वर्षको ११ महिनाको अवधिमा खर्ब २४ अर्ब १८ करोड २२ लाख बराबरको व्यापार घाटा भएको थियो यस अवधिमा नौ खर्ब ६२ अर्ब आठ करोड ५३ लाख रुपैयाँ बराबरको वैदेशिक कारोबार भएको यो वर्ष निर्यातमा समान्य सुधार भएको यो अवधिमा अघिल्लो वर्षको तुलनामा ११.९४ प्रतिशतले निर्यात वृद्धि भएर सात अर्ब ३१ करोड ४६ लाख पुगेको
चालू वर्षको ११ महिनामा ६८ अर्ब ५५ करोड ३१ लाख मूल्य बराबरको सामग्री नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको अघिल्लो वर्षको ११ महिनामा ६१ अर्ब २३ करोड ८४ लाखको वस्तु निर्यात भएको थियो चालू आवमा ३२ अर्ब एक करोड ३४ लाख मूल्य बराबरको खाद्यान्न (चामल, गहुँ, मकै) आयात भएको यसमा चामल, गहुँ मकैबाट निर्माण हुने पीठो दानेदार सामग्री समावेश गरिएको छैन
यसैगरी १९ अर्ब ५८ करोड ४८ लाख मूल्य बराबरको हरियो तरकारी आयात भएको यसमा पनि सुक्खा (ड्राइ) रूपमा आउने तरकारीको आँकडा समावेश गरिएको छैन यो अवधिमा १० अर्ब २४ करोड ४३ लाख मूल्यको हरियो फल आयात भएको
समीक्षा अवधिको आँकडाअनुसार तीन अर्ब १२ करोड ५६ लाख मूल्य बराबरको माछा, मासु पशुपन्छी आयात भएको यस्तै दुई अर्ब २६ करोड ९० लाख मूल्य बराबरको दूध दुग्धजन्य पदार्थ आयात गरी नेपालमा भित्र्याएको नेपालमा दूध उत्पादन हुने समय नभएर भारतसहित तेस्रो मुलुकबाट कच्चा दूध पाउडर दूध आयात हुन्छ यसैगरी खानेतेल पनि तीन अर्ब ९५ करोड २८ लाखको आयात भएको
अघिल्लो वर्षको यसै अवधिको तुलनामा यो वर्ष व्यापार घाटा ३२.१७ प्रतिशत वृद्धि भएर आठ खर्ब २४ अर्ब ९७ करोड ९० लाख रुपैयाँ पुगेको

विभिन्न प्रकारका गरी एक अर्ब ७८ करोड २२ लाख मूल्य बराबरको बिउसमेत आयात भएको चालू आवमा माछा, मासु,पशुपन्छी, दूध दुग्धजन्य पदार्थ, हरियो तरकारी, फल, खाद्यान्न खानेतेल मात्रै ११ महिनामा ६९ अर्ब ४१ करोड ४९ लाख मूल्य बराबरको आयात भएको नेपाल यस्ता उत्पादनमा आत्मनिर्भर नहुँदा ठूलो परिमाणमा आयात गर्नुपरेको
समीक्षा अवधिको आँकडाअनुसार तीन खर्ब ५१ अर्ब ७७ करोड ७९ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ पेट्रोलियम सामग्री आयात भएको पाँच अर्ब ३३ करोड ६५ लाख मूल्य बराबरको मदिरा मदिराजन्य कच्चा पदार्थ आयात गरिएको

नौ खर्बको आयात, निर्यात ६८ अर्ब

राजेश बर्मा आइतवार, असार १८, २०७४ 0 1934 पटक पढिएको

Share This

 93  0 Google +0  93

चुलिदो व्यापार घाटा

काठमाडौं :  चालू आर्थिक वर्षको ११ महिनामा भारतलगायत तेस्रो मुलुकबाट करिब नौ खर्ब रुपैयाँका सामान आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोहीअवधिमा सात खर्ब ८५ अर्ब ४२ करोड सात लाख मूल्य बराबरको सामान आयात भएको थियो ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको आयात र निर्यातको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ को ११ महिनाको तुलनामा यो वर्षको आयात ३० प्रतिशतले बढी हो । यो आँकडाअनुसार चालू वर्षको ११ महिनाको अवधिमा आठ खर्ब ९३ अर्ब ५३ करोड २१ लाख मूल्य बराबरको सामान आयात भएको छ ।
अघिल्लो वर्षको यसै अवधिको तुलनामा यो वर्ष व्यापार घाटा ३२.१७ प्रतिशत वृद्धि भएर आठ खर्ब २४ अर्ब ९७ करोड ९० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ११ महिनाको अवधिमा ६ खर्ब २४ अर्ब १८ करोड २२ लाख बराबरको व्यापार घाटा भएको थियो । यस अवधिमा नौ खर्ब ६२ अर्ब आठ करोड ५३ लाख रुपैयाँ बराबरको वैदेशिक कारोबार भएको छ । यो वर्ष निर्यातमा समान्य सुधार भएको छ । यो अवधिमा अघिल्लो वर्षको तुलनामा ११.९४ प्रतिशतले निर्यात वृद्धि भएर सात अर्ब ३१ करोड ४६ लाख पुगेको छ ।
चालू वर्षको ११ महिनामा ६८ अर्ब ५५ करोड ३१ लाख मूल्य बराबरको सामग्री नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको छ । अघिल्लो वर्षको ११ महिनामा ६१ अर्ब २३ करोड ८४ लाखको वस्तु निर्यात भएको थियो । चालू आवमा ३२ अर्ब एक करोड ३४ लाख मूल्य बराबरको खाद्यान्न (चामल, गहुँ, मकै) आयात भएको छ । यसमा चामल, गहुँ र मकैबाट निर्माण हुने पीठो र दानेदार सामग्री समावेश गरिएको छैन ।
यसैगरी १९ अर्ब ५८ करोड ४८ लाख मूल्य बराबरको हरियो तरकारी आयात भएको छ । यसमा पनि सुक्खा (ड्राइ) रूपमा आउने तरकारीको आँकडा समावेश गरिएको छैन । यो अवधिमा १० अर्ब २४ करोड ४३ लाख मूल्यको हरियो फल आयात भएको छ ।
समीक्षा अवधिको आँकडाअनुसार तीन अर्ब १२ करोड ५६ लाख मूल्य बराबरको माछा, मासु र पशुपन्छी आयात भएको छ । यस्तै दुई अर्ब २६ करोड ९० लाख मूल्य बराबरको दूध र दुग्धजन्य पदार्थ आयात गरी नेपालमा भित्र्याएको छ । नेपालमा दूध उत्पादन हुने समय नभएर भारतसहित तेस्रो मुलुकबाट कच्चा दूध र पाउडर दूध आयात हुन्छ । यसैगरी खानेतेल पनि तीन अर्ब ९५ करोड २८ लाखको आयात भएको छ ।
अघिल्लो वर्षको यसै अवधिको तुलनामा यो वर्ष व्यापार घाटा ३२.१७ प्रतिशत वृद्धि भएर आठ खर्ब २४ अर्ब ९७ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

विभिन्न प्रकारका गरी एक अर्ब ७८ करोड २२ लाख मूल्य बराबरको बिउसमेत आयात भएको छ । चालू आवमा माछा, मासु,पशुपन्छी, दूध र दुग्धजन्य पदार्थ, हरियो तरकारी, फल, खाद्यान्न र खानेतेल मात्रै ११ महिनामा ६९ अर्ब ४१ करोड ४९ लाख मूल्य बराबरको आयात भएको छ । नेपाल यस्ता उत्पादनमा आत्मनिर्भर नहुँदा ठूलो परिमाणमा आयात गर्नुपरेको छ ।
समीक्षा अवधिको आँकडाअनुसार तीन खर्ब ५१ अर्ब ७७ करोड ७९ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ र पेट्रोलियम सामग्री आयात भएको छ । पाँच अर्ब ३३ करोड ६५ लाख मूल्य बराबरको मदिरा र मदिराजन्य कच्चा पदार्थ आयात गरिएको छ ।

No comments:

Post a Comment