Wednesday, June 26, 2019

छाउगोठ भत्काउँदाको उल्टो परिणाम : पाल र ओढारमा बास

http://annapurnapost.com/news/130720

छाउगोठ भत्काउँदाको उल्टो परिणाम : पाल र ओढारमा बास

छाउगोठ भत्काउँदाको उल्टो परिणाम : पाल र ओढारमा बास
बुढीनन्दा नगरपालिका ३ मा एक किशोरी पालमुनी। फोटोः पदमबहादुर सिंह/अन्नपूर्ण
author-image
पदम सिंह
समाज
 ११ असार २०७६ २०:५३:००change font
बाजुरा : बुढीनन्दा नगरपालिका ९ पाण्डुसेनमा गत वर्ष पुस २४ गते छाउगोठमा अम्मा बोहारा सहित उनका दुई छोराको मृत्यु भयो। यो घटनापछि 'ज्यानमारा छाउगोठ' भन्दै गोठ भत्काउने अभियान तीब्र भयो।
स्थानीय तह, प्रहरी, प्रशासन, नागरिक अगुवा समेत छाउगोठ भत्काउन लागे। तर यसको परिणाम भने  उल्टो भएको छ। छाउगोठ भत्काइएपछि अहिले छाउपडी ओढार र पालमुनी झन् असुरक्षित बस्दै आएका छन्।
हिमाली गाउँपालिका १ बस्ने जौला रोकाया छाउपडी गोठ बस्न लागेको १३ वर्ष भयो। महिनावारी भएको समयमा उनी सधैँ घर अलगैको गोठमा बस्दै आएकी थिइन्। तर गाउँका अगुवा महिलाले छाउपडी गोठ भत्काएपछि अहिले महिनावारीको बेला उनी असुरक्षित तरिकाले घर बाहिर बस्नुपरेको छ।
गाउँलाई छाउपडी गोठमुक्त घोषणा गर्न अगुवा महिलाले गोठ भत्काइदिएपछि आफू गाँउ नजिकै रहेको ओढार, पालमा बस्दै आएको जौलाले बताइन्। ‘संस्थाका प्रतिनिधि र केही महिला नेता आएर गोठ भत्काए। घरमा बस्न घरकाले दिँदैनन्', उनले भनिन्, 'अनि गाउँ नजिकै जंगलको ओढारमा बस्ने गरेको छु।’
छाउपडी गोठ भत्काउने अभियानपछि उनी जस्तै गाउँका अन्य महिला पनि कोही प्लास्टिकको पाल त कोही ओढारमा बस्दै आएका छन्। ‘गोठामा बस्दा बरु ग्राहो हुँदैनथ्यो', बेलकी विकले भनिन्, 'पालमा बस्दा झन् समस्या भएको छ।’
'गोठ भत्काएर गोठमुक्त गर्ने काम मात्र भयो। हाम्रा समस्या कसैले बुझेनन्', अर्की महिला जौमा रोकायाले भनिन्, 'सेवा सुविधा रोक्ने कारबाही गर्ने भनेपछि गोठ भत्कायौँ, तर अहिले झन् गाउँ भन्दा टाढा पालमा बस्नुपरेको छ।'
महिलाहरू छाउ भएको बेला सुरक्षित ठाउँमा बस्नु त कुरै छोडौँ झन् उनीहरू ओढारमा ओड्ने ओछ्याउने कपडा समेत नपाएर चिसोमा कठ्यांग्रिएर बस्नुपर्ने बाध्यतामा रहेको सोही गाउँकी हिरुकला बुढाले बताइन्। 
बाजुरामा साविकका ७ वटा गाविस छाउपडी गोठ मुक्त भएका छन्। तर छाउपडी गोठ भत्काएपछि गोठबाट पाल र ओढारमा उनीहरूको दुःख सरेको छ। बुढीगंगा, जयवागेश्वरी, बाह्रबिस, कुल्देबमाण्डौ, कैलाशमाण्डौ, आटिचौर, बह्रमतोला गाउँका वडा छाउपडी गोठ मुक्त घोषणा गरिएको छ।
समाजका कारणले उनीहरू समस्यामा रहेको महिला तथा वालवालिका कार्यलयकी सामाजिक कार्यकर्ता केशरी रोकायाले बताइन्। छाउपडी गोठमुक्त अभियानका लागि जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाहरूले कति खर्च गरे कुनै तथ्यांक छैन।



Tuesday, June 25, 2019

साढे ३५ करोडमा जम्मा ३७३१ सीमास्तम्भ !

https://www.onlinekhabar.com/2019/06/776076

साढे ३५ करोडमा जम्मा ३७३१ सीमास्तम्भ !

‘कमाउने धन्दा’ का लागि कार्यदलको सीमाहीन म्याद



१० असार, काठमाडौं । नेपालले भारतसँगको आधा सीमास्तम्भ पनि दुरुस्त राख्न सकेको छैन । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार प्रतिनिधिसभामा दिएको जानकारी अनुसार विगत पाँच वर्षमा जम्मा ३७ सय ३१ वटा सीमास्तम्भ मर्मत र निर्माण भएका छन् । जसमध्ये दुई हजार ३५ वटा नयाँ र एक हजार ६९६ वटा मर्मत सम्भार भएको ज्ञवालीले बताए ।
सीमास्तम्भ पुनस्र्थापना, नबनेका ठाउँमा स्थापना, बिग्रे भत्केको भए मर्मत–सम्भार र दशगजामा अतिक्रमण गरेर बसेकालाई हटाउने म्यान्डेट पाएको नेपाल–भारत सीमा कार्यदल (बाउन्ड्री वर्किङ ग्रुप) ले आधा सीमास्तम्भ पनि निर्माण र मर्मत गर्न नसकेको मन्त्री ज्ञवालीद्वारा प्रस्तुत तथ्यांकले देखाउँछ ।



नेपाल भारत सीमामा निर्माण गर्नुपर्ने सीमास्तम्भको संख्या ८ हजार ५५४ छ । निर्माण त के कार्यदलले पाँच सय स्तम्भको निरीक्षण समेत गर्न सकेको छैन ।
जब कि सन् २०१४ जुलाईमा गठन भएको कार्यदलले तीन वर्ष भित्र सम्पूर्ण काम सक्ने गरी जिम्मेवारी लिएको थियो । निर्धारित मितिमा काम नसकेपछि म्याद थप्दै कार्यदलले वर्षेनी बजेट पाइरहेको छ ।
सीमास्तम्भ सम्बन्धी काम नापी विभागले गर्ने भए पनि यो टोलीका लागि बजेट भने परराष्ट्र मन्त्रालय मार्फत विनियोजन हुँदै आएको छ ।
३५५२ करोड खर्च
आर्थिक वर्ष २०७६/०७७ का लागि सीमा टोली शीर्षकमा ६ हरोड ६८ लाख विनियोजन गरिएको छ । पाँच वर्षमा कार्यदलले साढे ३५ करोड भन्दा बढी रकम खर्च गरिसकेको छ ।
आर्थिक वर्ष ०७१/०७२ मा ४ करोड १९ लाख खर्च गरेकोमा आव ०७२/०७३ मा ११ करोड ५४ लाख खर्च भएको थियो ।
त्यस्तै ०७३/०७४ मा ५ करोड ४२ लाख, ०७४/०७५ मा ६ करोड ६ लाख र ०७५/०७६ मा ८ करोड ३१ लाख रुपैयाँ सीमा टोलीले खर्च गरेको अर्थ मन्त्रालयको अभिलेख छ ।
सन् १९८१ म गठन भएको नेपाल–भारत संयुक्त प्राविधिक समिति २००७ मा भंग भएको थियो । त्यो प्राविधिक समितिले गर्न नसकेको काम समेत गर्ने गरी २०१४ मा आएर यो कार्यदल बनेको हो । कार्यदलमा नेपाल र भारतका नापी विभागका दुबै महानिर्देशक संयोजक रहने व्यवस्था छ ।
कार्यदल अन्तर्गत विभागकै उपमहानिर्देशक संलग्न सर्भे अफिसर्स कमिटी, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा फिल्ड सर्भे टीम र प्रमुख नापी अधिकृत संलग्न फिल्ड टीम गठन भएका छन् ।
कार्यदल र मातहतका टीमलाई नेपालका २७ जिल्ला र भारतका २० जिल्लाका सीमा स्तम्भ दुरुस्त राख्ने जिम्मेवारी सुम्पिएको हो ।
कार्यदलको सीमाहीन म्याद
तीन वर्षमा काम सक्ने जिम्मेवारी पाएको कार्यदलले भने पाँच वर्ष बितिसक्दा पनि आधा काम समेत गरेको छैन । निर्धारित मितिमा कार्यदलले काम किन सम्पन्न गर्दैन त ?
जानकारहरूका अनुसार कार्यदलमा बस्नेहरूले स्तम्भ निर्माणको नाममा प्राप्त गर्ने आर्थिक लाभले गर्दा नै निर्माण कार्यमा ढिलाइ भइरहेको हो । बढीमा एक हप्ता फिल्डमा खटिए पनि महिनाभरिकै दैनिक भत्ता पाइने, स्तम्भ निर्माणमा खट्ने श्रमिकको संख्या, इन्धन, गाडी, मर्मत, चालक लगायतका नाममा मनपरी गर्न पाउँदा कार्यदलले जानाजान काम सम्पन्न नगरेको विभागकै अधिकारीहरूको आरोप छ ।
नदी सीमाना भएका स्थानमा नदी सीमा यकिन गर्न ‘फिक्स्ड बाउन्ड्री’ सिद्धान्त अपनाए पनि बेलाबेलामा नेपालीले भोगचलन गरेको जमिन भारततर्फ र भारतीयहरूले भोगचलन गरेको जमिन नेपालतर्फ पर्ने (क्रस होल्डिङ) को समस्या देखा पर्ने गरेको छ ।
सीमा विवाद कति संवेदनशील छ भन्ने कुरा बेलाबेलामा सीमा क्षेत्रका नागरिकको अनाहकमा ज्यान जाने घटनाले पनि देखाउँछ । जस्तो– ०७३ सालमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर कञ्चनपुरमा गोविन्द गौतम र ०६७ मा मोरङमा वासुदेव साहको ज्यान गएको थियो ।

नेपालीलाई भारत हुँदै खाडीका नौ देश जान मात्रै नो अब्जेक्सन लेटर

https://www.onlinekhabar.com/2019/06/776297

नेपालीलाई भारत हुँदै खाडीका नौ देश जान मात्रै नो अब्जेक्सन लेटर




११ असार, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् ।
नयाँ पत्रिका दैनिकले भारतका विमानस्थल हुँदै जुनसुकै तेस्रो मुलुक जाँदा नेपाली नागरिकलाई नो अब्जेक्सन लेटर (एनओसी) चाहिने नियम अध्यागमनले परिमार्जन गरेको लेखेको छ ।



भारतले एक वर्षदेखि आफ्नो देश हुँदै जाने नेपालीका लागि यस्तो नियम लागू गर्दै आएको थियो । तर, अब खाडी क्षेत्रका नौ मुलुकबाहेक अन्यत्र जाँदा नेपाली दूतावास दिल्लीबाट एनओसी बुझाउनु नपर्ने भएको छ ।
नेपाली दूतावासले ६ असारमा जारी गरेको सूचना उद्धृत गर्दै नयाँ पत्रिकाले लेखेको छ– अब नेपाली नागरिकले साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, इराक, लिबिया, लेबनान, ओमन र बहराइन जाँदा मात्रै दिल्लीस्थित अध्यागमनमा एनओसी बुझाउनुपर्नेछ ।
आन्दोलनकारीले घरको झ्याल फुटाएको भन्दै बिर्तामोडका मेयरले ३० लाख क्षतिपूर्ति लिए पनि सोही घटनाका घाइतेले गोली निकालेको खर्चसम्म नपाएकोलाई नयाँ पत्रिकाले आज मुख्य समाचार बनाएको छ । यसबाहेक युवाको दुव्र्यसनी लत, एसईई परीक्षाफलको तयारीलगायत विषयलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा प्राथमिकतापूर्वक छापेको छ ।
देशका महानगरपालिकाले ल्इाएको बजेटमा केन्द्रित छ, आजको कान्तिपुर दैनिक । कान्तिपुरका अनुसार देशका ६ वटै महानगरले पूर्वाधारलाई मुख्य प्राथमिकता दिँदै आर्थिक वर्ष ०७६÷७७ को बजेट ल्याएका छन् ।
काठमाडौं महानगरपालिकाले मंगलबार ल्याएको १५ अर्ब ५० करोड ७० लाख १२ हजार बजेटमध्ये भौतिक पूर्वाधारमा ३९ प्रतिशत रकम छुट्याइएको छ ।
यसअघि रोपिएका हजारौं बिरुवाबारे बेखबर सरकारले करोड बिरुवा रोप्ने योजना बनाएकोलाई पनि कान्तिपुरले समेटेको छ ।
छोरा हेर्न उपमेयरले पतिलाई जागिर दिएको अर्को रोचक खबरलाई कान्तिपुरले एंकर बनाएको छ ।
‘बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले स्वकीय सचिवको व्यवस्था नभए पनि आन्तरिक स्रोतबाट तलब दिनेगरी श्रीमान् मंगल चौधरीलाई खरिदारसरहको दरबन्दी सिर्जना गरेर नियुक्त गरेकी हुन्’, कान्तिपुरले ‘छोरा हेर्न पतिलाई जागिर शीर्षक समाचारमा लेखेको छ ।
मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली अलमलमा परेको निष्कर्ष अन्नपूर्णले निकालेको छ । समाचार अनुसार ओली के आधारमा कसरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनेर टुंगोमा पुग्न सकेका छैनन् । यसका लागि उनी आफूनिकटका नेतासँग परामर्शमा जुटेको समाचारमा उल्लेख छ ।
अन्नपूर्णले मन्त्रिपरिषद् पुनर्गठनका लागि ओलीलाई ३ विकल्पसमेत सुझाएको छ । पहिलो, प्रभावकारी कार्यसम्पादन गर्न नसक्ने मन्त्रीलाई बिदा दिने । दोस्रो सबै मन्त्रीलाई हटाएर नयाँ टिम ल्याउने र पर्यटन मन्त्रालयमा मात्र पदपूर्ति गर्ने ।

पुष्प व्यवसायमा रमाउँदै किसान

https://nagariknews.nagariknetwork.com/news/80758/

पुष्प व्यवसायमा रमाउँदै किसान

मङ्गलबार, १० असार २०७६, ०९ : ४१ भगवती लामा

78
SHARES
Share to Messenger
नुवाकोट – पञ्चकन्या गाउँपालिका–१ बानियाँटार निवासी रामप्रसाद लामिछानेले यसअघि तरकारी, खर्बुजाजस्ता फलफूल खेती गर्ने गर्थे। त्यसलाई बजार व्यवस्थापन गर्न समस्या भएपछि उनी २०७१ देखि फूल खेतीलाई निरन्तरता दिइरहेका छन्। लगानी र परिश्रम कम भए पनि उत्पादन बढी भएर फूल खेतीले आकर्षित गरेको लामिछानेले बताए। ‘तरकारी उत्पादन ग-यो बजारकै समस्या। कति कुहिएर जाने, भनेको मूल्य कहिल्यै नपाइने,’ उनले भने, ‘फूल खेतीबाट घाटा बेहोर्नु परेको छैन। धानले दिने उत्पादनलाई जितिरहेको छ।’ 
बजार राम्रोसँग बुझिनसक्दा  लामिछानेले परीक्षणका लागि चार आना जग्गामा सयपत्री फूल लगाउँदा खर्च कटाएर ११ हजार रुपैयाँ नाफा कमाए। अर्को वर्ष त्यति नै जग्गामा फूल लगाउँदा १८ हजार रुपैयाँ जोगाए। अहिले दुई रोपनी जमिनबाट फूल उत्पादन गर्दा बजारको समस्या खासै नरहेको उनले बताए। ‘एक रोपनी जग्गामा १४ सय फूलको बिरुवा लाग्छ। १२ सयजति बेचेर उत्पादन दिन्छ। एउटा माला बनाउन ४० थुंगाले पुग्छ। प्रतिमाला ५० रुपैयाँसम्म बिक्री भइरहेको छ,’ उनले भने, ‘विदेशी फूलको मालासँग प्रतिस्पर्धा गरेर व्यवसायलाई अघि बढाइरहेको छु।’
नेपालमा फूलको मौसमको रुपमा तिहार पर्वको समयलाई लिने गरिन्छ। अन्य मौसममा फूलको माला देख्न मुस्किल नै हुन्थ्यो तर, अहिले कुनै सभासमारोह भयो भने अतिथि सत्कारका लागि  फूलको मालाको प्रयोग बढी देख्न सकिन्छ। स्थानीय स्तरमा नै मालाको माग बढी हुने गरेको लामिछानेले बताए। ‘फूल व्यवसाय प्रवद्र्धन गर्न स्थानीय सरकारले बजार खोजिरहेको छ। कुनै कार्यक्रम हुँदैछ भने गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुखलगायतले यहाँ उत्पादन भइरहेको फूलको कुरा गर्नुहुँदो रहेछ। यसले स्थानीय स्तरमा मालाको माग बढेको छ,’ उनले भने, ‘माला बनाउन परिवारले भ्याएन भने प्रतिगोटा मालाको पाँच रुपैयाँ दिएर खेतला लगाउछौं। सम्बन्धित ठाउँमा आफैं पु-याउँछु। बिचौलियाको भर पर्नु परेको छैन।’
बानियाँटारमा उत्पादन भएको माला नुवाकोटको सबै स्थानीय तहसहित धादिङ र रसुवासम्म मात्र नभई अर्घाखाचीसम्म पुगिसकेको छ। स्थानीय जातको फूलबाट उत्पादन कम हुने भएर दार्जलिङबाट फूलको बिउ प्रतिकिलो २५ हजार रुपैयाँमा लामिछानेले ल्याउने गरेका छन्। बिउ उमारेर प्रतिगोटा चार रुपैयाँका दरले फूल खेती गर्न इच्छुकलाई प्रदान गरिरहेको उनले बताए। यो वर्ष त्यस भेगमा सात रोपनी जग्गामा फूल खेती भइरहेको छ। पुष्प व्यवसायीको समिति नै बनाएर अर्को वर्ष १४ रोपनी जमिनमा फूल खेती गर्ने योजना रहेको लामिछानेले बताए।


श्री ३ जंगबहादुर राणाका बयालीस पत्नीको नामावली

http://www.ghatanarabichar.com/133105?fbclid=IwAR1fB_ZepxJGzfxL34jhJWNQ6Au2U6arWRqO6-qQZf8K9OfUSI3Kbr_hkCo

श्री ३ जंगबहादुर राणाका बयालीस पत्नीको नामावली

इतिहास





4.1K Shares
१) मुख्यानी प्रसाद लक्ष्मी
सर्वप्रथम जंगबहादुरको यिनीसँग ‘बालविवाह’ भयो । यिनी काजी प्रसादसिंह बस्नेतकी अविवाहिततर्फकी छोरी हुन् । यिनको विवाह जंगबहादुरसँग वि.सं. १८८५ वैशाख, तदनुसार सन् १८२८ मे १ ता. का दिन भएको हो । यिनीतर्फबाट जंगको सर्वप्रथम छोरा भीमजंग कुँवरको जन्म भएको हो । मुख्यानी प्रसाद लक्ष्मीको मृत्यु वि.सं. १८९२ मङ्सिर–पुस, तदनुसार सन् १८३५ डिसेम्बरमा भएको हो ।
२) जेठी महारानी नन्दकुमारी
जंगले यिनलाई विवाह गरी ल्याउँदा यिनी ‘मुख्यानी’ थिइन्, जंग प्रधानमन्त्री भएपछि रानी भइन्, त्यसपछि प्रधानमन्त्री जंग श्री ३ महाराज भएपछि यिनी महारानी भइन् । यिनी काजी सनकसिंह थापाकी बहिनी हुन् । यिनलाई जंगले वि.सं. १८९६ मार्ग, तदनुसार सन् १८३९ डिसेम्बरमा विवाह गरी ल्याएका हुन् । यिनीबाट जंगकी प्रथम पुत्री बदनकुमारी देवी (मगरनी मैया) जन्मेकी हुन् । पछि जंग प्रधानमन्त्री भएपछि छोरा जगतजंग जन्मे त्यसपछि अर्का छोरा जितजंग जन्मेपछि मात्र कान्छी छोरी ताराकुमारी देवी जन्मिन् । नन्दकुमारीको वि.सं. १९१९ तदनुसार, सन् १८६२ नोभेम्बर ५ ता. का दिन हैजा रोगबाट मृत्यु भयो ।
३) पुतली महारानी
वि.सं. १८९९ असोज, तदनुसार सन् १८४१ मा कप्तान जंगबहादुर श्री ५ महाराजाधिराज राजेन्द्रको अंगरक्षक हुँदा राजदरबारकी सुसारे पुतली नानीसँग कप्तान जंगबहादुरको सम्पर्क भयो । भण्डारखाल पर्वपछि राजपरिवारहरू भारत वाराणसीतर्फ गएपछि प्रधानमन्त्री जंगले पुतली नानीलाई हनुमानढोका राजदरबारबाट आफ्नो थापाथली दरबारमा ल्याई पुतली रानीको पद दिए । वि.सं. १९०८ मा छोरा बबरजंगको जन्म भयो । जंगबहादुर श्री ३ महाराज भएपछि यिनलाई महारानी पद दिए । यिनी श्री ३ जंगको मृत्यु भएको तीन दिनपछि याने वि.सं. १९३३ फागुन १६ गते, तदनुसार सन १८७७ फेब्रुअरी २८ ता. श्री ३ जंगको सिरपोश ‘टोपी’ र खराउ काखमा लिई ‘सती’ भइन् । यिनलाई जनरल पद्म जंगले दागबत्ती दिए ।
४) गंगा महारानी
यिनी भारत ‘कटक स्टेट’की राजकन्या हुन् । वि.सं. १९१४ तदनुसार सन् १८५८ मा भारतमा घटेको गदर दमन गरी श्री ३ जंग बनारस आइपुगेपछि त्यहीँ यिनी राजकुमारीसँग विवाह गरी ‘गंगा महारानी’ पदसमेत दिए । यिनीतर्फबाट जंगका सन्तान भए–नभएको थाहा भएन, तर यिनको मृत्यु वि.सं. १९२१ तदनुसार सन् १८६४ मा भएको हो ।
५) माहिली रानी
यिनी विवाहिता हुन् । यिनी कसकी छोरी हुन् र यिनीतर्फबाट सन्तान भए–नभएको जानकारी हुन सकेको छैन, तर यिनको मृत्यु भने वि.सं. १९०६, तदनुसार सन् १८४८ मा भएको हो ।
६) माहिली कान्छी रानी ‘एककुमारी’
यिनी पनि विवाहिता रानी हुन् । यिनी युद्धरञ्जन शाहीकी छोरी हुन् । यिनीतर्फबाट सन्तान भए–नभएको र यिनको जन्म–मृत्युको बारेमा केही जानकारी हुन सकेको छैन ।
७) साहिँली रानी
यिनी विवाहिता हुन्, यिनका बाबु क्षेत्री हुन् । यिनीतर्फबाट पनि सन्तान भए–नभएको थाहा भएन, तर यिनको मृत्यु भने वि.सं. १९०९, तदनुसार सन् १८५२ मा भएको हो ।
८) साहिँली महारानी ‘भक्तकुमारी देवी’
यिनलाई पनि जंगले विवाह नै गरेका हुन् । यिनी अति बल विष्टकी छोरी हुन् । यिनीतर्फबाट सन्तान भए–नभएको र साथै यिनको जन्म–मृत्युको विषयमा जानकारी हुन सकेको छैन ।
९) श्री ३ बडामहारानी हिरण्यगर्भदेवी ‘मैयाँ महारानी’
श्री ३ जंगले यिनलाई मात्र श्री ३ बडामहारानीको पद दिए । यिनी चौतारिया कर्णेल प्राण शाहकी छोरी र चौतरिया फत्तेजंग शाहकी सहोदर बहिनी हुन् । जंगले वि.सं. १९१० माघ, तदनुसार सन् १८५४ जनवरीमा यिनीसँग विवाह गरी ‘मैया महारानी’को पद दिए । यिनीतर्फबाट जंगकी सर्वप्रथम जेठी छोरी ललितराज्यश्वरी देवीको जन्म भयो । त्यसपछि कान्छी छोरी विष्णुदिव्यश्वरी देवी ‘बागकी कान्छी मैयाँ’ जन्मिन् । यिनी ‘मैयाँ महारानी’ श्री ३ जंगको मृत्युको तीन दिनपछि याने वि सं १९३३ फागुन १६ गते, तदनुसार सन् १८७७ फेब्रुअरी १८ ता. का दिन साँझ श्री ३ जंगको ‘लास’को शिर काखमा लिई ‘सती’ भइन् । यिनलाई जनरल पद्मजंगले दागबत्ती दिए ।
१०) महारानी हेमकुमारी देवी ‘अन्तरी महारानी’
यिनलाई पनि जंगले विवाह नै गरी ल्याएका हुन् । यिनी कर्णेल त्रिविक्रम सिंह थापा (काजीमामा) की छोरी हुन् । यिनीतर्फबाट जंगकी एक मात्र छोरी रुद्रकुमारी देवी जन्मिन् । हेमकमारी देवीको वि.सं. १९१८ कात्तिक १० गते रोज ३, तदनुसार सन् १८६१ मा सुत्केरी अवस्थामा मृत्यु भयो ।
११) महारानी विष्णुकुमारी देवी
यिनी चौतारिया कर्लेल प्राण शाहका छोरा मुख्य चौतरिया रणशेर शाहकी छोरी (मैया महारानी) की सहोदर भदै हुन् । यिनलाई जंगले विवाह गरी ल्याए । यिनीतर्फबाट जंगका छोरा पद्मजंग जन्मेका हुन् । यिनको जन्म र मृत्यु जानकारी भएको छैन ।
१२) यज्ञकुमारी देवी ‘नौली महारानी’
यिनी जंगकी विवाहिता पत्नी हुन् । यिनी चौतारिया कप्तान वीरबहादुर शाहकी छोरी हुन् । यिनीतर्फबाट सन्तान भए–नभएको थाहा भए–नभएको थाहा भएन, तर यिनको मृत्यु वि.सं. १९१४, तदनुसार सन् १९२३ मा भएको हो ।
१३) काहिँली महारानी
जंगले यिनलाई पनि विवाह गरी ल्याए । यिनी क्षेत्रीकी छोरी हुन्, तर यिनीतर्फबाट सन्तान भए–नभएको थाहा भएन । यिनको मृत्यु भने वि.सं. १९२३ मा भएको हो ।
१४) अर्की काहिँली महारानी सिद्धी गजेन्द्रलक्ष्मी
यिनी काजी प्रसादसिंह बस्नेतकी विवाहिता पत्नीतर्फकी छोरी हुन् साथै जंगबहादुरकी साली पनि हुन् । प्रसाद लक्ष्मीको मृत्युपछि जंगले साली गजेन्द्रलक्ष्मीसँग विवाह गर्न ससुरा काजी प्रसादसिंह बस्नेतसँग माग्दा ससुराले जंगलाई धिक्कारी लाञ्छनासमेत लगाएको प्रसंग सुरुमै गरिसकिएको छ । जंगलाई छोरी सिद्धिगजेन्द्र लक्ष्मी नदिई अरूसँगै विवाह गरिदिए । पछि जंगबहादुर आफू शक्तिशाली प्रधानमन्त्री भएपछि ससुरा काजी प्रसादसिंह बस्नेतले आफूलाई धिक्कारी लाञ्छनासमेत लगाएको स्मरण गरी एक दिन जंग हात्ती चढी सियिद्धगजेन्द्रलक्ष्मीको घरको झ्यालबाट घरभित्र पसी निजको लोग्नेलाई घरको थाममा बाँधिदिए । जंग घरभित्र पसेको चाल पाई सिद्धिगजेन्द्रलक्ष्मी सुकुलभित्र बेरिई लुकी बसिन् । तर, जंगले सो थाहा पाई सुकुलभित्रबाट साली सिद्धिगजेन्द्र लक्ष्मीलाई समाती तानी आफ्नो थापाथली दरबार भित्र्याएपछि जंगले तत्कालीन कानुनबमोजिम ‘जारलाई जारी’समेत तिरे । यिनीतर्फबाट सर्वप्रथम जंगकी छोरी खड्गकुमारी देवी (चिरेबिरे मैया) जन्मिन्, त्यसपछि छोरा रणवीर जंग (गोरे जर्नेल) । यिनी सिद्धिगजेन्द्रलक्ष्मीको जन्म र मृत्यु कहिले भयो जानकारी हुन सकेको छैन ।
१५) कान्छी महारानी
यिनी पनि चौतारिया कप्तान वीरबहादुर शाहकी छोरी नै हुन् । यज्ञकुमारी देवी नौली महारानीकी सहोदर बहिनी औ मैया महारानीकी सहोदर भदै हुन् । यिनलाई जंगले विवाह गरी ल्याए, तर यिनतर्फबाट सन्तान भए–नभएको थाहा भएन । यिनको मृत्यु वि.सं. १९१९, तदनुसार सन् १८६२ मा भएको हो ।
१६) राम्री महारानी
यिनी विवाहिता होइनन्, यिनी कसकी छोरी हुन् थाहा भएन । यिनीबाट जंगका जेठा छोरा नरजंगको जन्म भयो । यिनी श्री ३ जंगको मृत्युपछि पत्थरघट्टामा ‘सती’ हुन चाहन्थिन्, तर पेटमा बच्चा ‘वीरजंग’ भएकाले ‘मैया महारानी’ले सती जानबाट रोकिन् । यिनको जन्म र मृत्यु कहिले भयो थाहा हुन सकेको छैन ।
१७) गोरखपुरे महारानी
यिनी भारत ‘बेथुर–कटक’ स्टेटकी राजकन्या हुन् । यिनलाई जंगबहादुरले भगाएका हुन् । यिनीतर्फबाट जंगको सन्तान भए–नभएको र साथै जन्म र मृत्युसमेतको ज्ञात हुन सकेको छैन ।
१८) मीना महारानी ‘दाखचोके महारानी’
यिनी विवाहिता होइनन् । यिनी कसकी छोरी हुन् सो पनि थाहा हुन सकेको छैन । यिनीतर्फबाट सर्वप्रथम छोरीको जन्म भयो, त्यसपछि छोरा डम्बरजंग कुँवर राणाजीको जन्म भयो । मीना महारानीकी छोरीको विवाह काजी डिल्लीसिंह बस्नेतका छोरा कप्तान पद्मकेशर बस्नेतसँग सम्पन्न भएको हो । मीना महारानीकी छोरी आफ्नै कान्छी फुपू रणोद्वीपेश्वरी (कालिका देवीकी) सौता हुन पुगिन् । याने यिनकी छोरीको विवाह आफ्नै फुपासँग सम्पन्न भयो । मीना महारानी (दाखचोके महारानी) को मृत्यु वि.सं. १९४५ तदनुसार सन् १८८८ मा भएको हो ।
१९) सानी महारानी
यिनी स्व. प्रधानमन्त्री जनरल माथवरसिंह थापाको घरकी केटी हुन् । यिनको बाबुको नाम मैहर मान हो । यिनी विवाहिता होइनन् । यिनीतर्फबाट सन्तान भए–नभएको र जन्म र मृत्युको पनि जानकारी भएन ।
२०) मिश्री महारानी
यिनी विवाहिता होइनन् । माइत ‘डोटी’ हो । यिनको सन्तान भएनन् ।
श्री ३ जंगको मृत्यु भएको ३ दिनपछि वि.सं. १९३३ फागुन १६ गते, तदनुसार सन् १८७७ फेब्रुअरी २८ ता. को साँझ पूर्व तराई पत्थरघट्टामा श्री ३ जंगको भोटो र सुरुवाल लिई यिनी ‘सती’ भइन् । पद्मजंगले दागबत्ती दिए ।
२१) अन्तरी महारानी
यिनलाई जंगबहादुरले विवाह नै गरी ल्याएका हुन् । यिनका बाबुको नाम थाहा भएन, तर यिनी क्षेत्रीकै छोरी हुन् । यिनका सन्तान भए–नभएको भएन, तर यिनको मृत्यु भने वि.सं. १९१९ तदनुसार सन् १८६२ मा भएको हो ।
२२) अन्तरी रानी
यिनी विवाहिता होइनन् । यिनलाई जंगले कन्याकुमारीकै अवस्थादेखि राखेका हुन् । यिनी नैनसिंह खत्रीकी छोरी हुन् । यिनका सन्तान भए–नभएको र यिनको जन्म तथा मृत्युको विषयमा जानकारी भएन ।
२३) जन्तरी रानी
यिनी अविवाहिता हुन् । यिनलाई पनि जंगले कन्याकुमारीकै अवस्थादेखि राखेका हुन् । यिनका बाबु पनि क्षत्री हुन्, तर नाम थाहा भएन । यिनको मृत्यु वि.सं. १९२०, तदनुसार सन् १८६३ मा भएको हो ।
२४) रानी हिमकुमारी देवी
यिनी पनि अविवाहिता हुन् । यिनी कप्तान कोकल्याकी छोरी हुन् । यिनीतर्फबाट जंगकी एक मात्र छोरी भइन् । जसको विवाह चौतरिया कर्णेल खड्गबहादुर शाहसँग भयो । हिमकुमारी देवीको जन्म र मृत्यु कहिले भयो थाहा भएन ।
२५) रानी हेमकुमारी देवी
यिनी विवाहिता होइनन्, यिनका बाबु उपाध्याय ब्राह्मण हुन् । नाम थाहा भएन, तर आमाचाहिँ सुसारे हुन् । यिनीतर्फबाट सन्तान भए–नभएको थाहा भएन । यिनको मृत्यु वि.सं. १९२८ तदनुसार सन् १८७१ मा भएको हो ।
२६) आँधीखोले रानी
यिनी पनि अविवाहिता हुन्, तर जंगले यिनलाई ‘देउ–कलस’ पुजी भित्र्याएका हुन्, तसर्थ विवाह गरेकै हुन् भन्न सकिन्छ । यिनका बाबुको नाम नाम थाहा भएन, तर क्षेत्रीकै छोरी हुन् । यिनीतर्फबाट सन्तान भए–नभएको र यिनको जन्ममरणको केही जानकारी भएको छैन ।
२७) दीपा रानी
यिनी पनि अविवाहिता हुन् । यिनका बुबाको नाम थाहा भएन, तर क्षत्री हुन् । यिनीतर्फबाट जंगका सन्तान भए–नभएको र साथै यिनको जन्म र मरणको जानकारी भएको छैन ।
२८) नूरी रानी
यिनी अविवाहिता हुन्, यिनी कसकी छोरी हुन् र यिनीबाट सन्तान भए –नभएको थाहा भएन । यिनको मृत्यु वि.सं. १९०६, तदनुसार सन् १८४९ मा भएको हो ।
२९) भागी रानी
यिनी विवाहिता होइनन् । यिनी कसकी छोरी हुन् र यिनीतर्फबाट सन्तान भए–नभएको पनि थाहा भएन । जेहोस्, यिनलाई जंगले कन्याकुमारीमै भित्र्याएका हुन् । यिनको मृत्यु वि.सं. १९२७ तदनुसार सन् १८७० मा भएको हो ।
३०) साहिँली रानी
यिनी विवाहिता होइनन् । यिनी कसकी छोरी हुन् र यिनीतर्फबाट सन्तान भए–नभएको थाहा भएन, तर यिनको मृत्यु भने वि.सं. १९०३ तदनुसार सन् १८४६ मा भएको हो ।
३१) श्यामा रानी
यिनी अविवाहिता हुन् । यिनी कसकी छोरी हुन् थाहा भएको छैन । यिनीतर्फबाट एक मात्र छोरा ललितजंगको जन्म भएको हो । यिनको जन्म र मृत्युको विषय थाहा हुन सकेको छैन ।
३२) रानी राधा देवी
यिनी विवाहिता होइनन् । यिनका बाबुको नाम थाहा भएन, तर कार्कीकी छोरी हुन् । यिनीतर्फबाट सन्तान भए–नभएको र यिनको जन्म–मृत्यु विषयमा थाहा हुन सकेको छैन ।
३३) रानी रणकुमारी देवी
यिनी पनि विवाहिता होइनन् । यिनका बाबुको नाम थाहा भएन, तर भँडारीकी छोरी हुन् । यिनीतर्फबाट सन्तान भए–नभएको र यिनको जन्म र मृत्युबारेमा थाहा भएन ।
३४) जिना रानी
यिनी विवाहिता होइनन् । यिनका बाबुको नाम थाहा भएन । यिनीतर्फबाट सन्तान भए–नभएको थाहा भएन, तर यिनी वि.सं. १९००, तदनुसार सन् १८४३ मा जन्म भई वि.सं. १९८०, तदनुसार सन् १९२३ मा मृत्यु भएको हो ।
३५) सत्यभामा रानी
यिनी पनि विवाहिता होइनन्, यिनी कसकी छोरी हुन् भन्ने र यिनीतर्फबाट जंगका सन्तान भए–नभएको थाहा भएन, साथै यिनको मृत्यु कहिले भयो सो पनि थाहा हुन सकेको छैन ।
३६) रानी शुभकुमारी देवी
यिनी विवाहिता होइनन् । यिनी कसकी छोरी हुन्, यिनीतर्फबाट जंगका सन्तान भए–नभएको र जन्म–मृत्युका विषयमा समेत थाहा हुन सकेको छैन ।
३७) काली रानी
यिनी अविवाहिता हुन् । यिनकी आमा स्व. जनरल गगनसिंह भँडारीकी सुसारे हुन् । यिनका आमा–बाबुको नाम थाहा भएन, यिनको जन्म–मृत्यु पनि कहिले भयो थाहा हुन सकेको छैन ।
३८) जवाँ नानी
यिनी पनि विवाहिता होइनन् । यिनी कसकी छोरी हुन् र यिनीतर्फबाट सन्तान भए–नभएको थाहा भएन, साथै यिनको जन्म र मरणको विषयमा पनि थाहा भएको छैन ।
३९) जोगमाया नानी
यिनी अविवाहिता हुन् । यिनी नेवारनी हुन्, तर बाबुको नाम थाहा छैन, साथै यिनीतर्फबाट जंगबहादुरका सन्तान भए–नभएको थाहा भएन । यिनको मृत्यु वि.सं. १९१७ तदनुसार सन् १९६० मा भएको हो ।
४०) महारूपा रानी
यिनी पनि विवाहिता होइनन्, तर यिनी नर शाहकी छोरी हुन् । यिनीबाट सन्तान भए–नभएको र यिनको जन्म र मरणको विषयमा थाहा हुन सकेको छैन ।
४१) मणि नानी
यिनी पनि विवाहिता होइनन्, आमा–बाबु नेवार हुन् । बाबुको नाम थाहा भएन र आमाको नाम पूर्वा हो । यिनलाई जंगले जबर्जस्ती ल्याएका हुन् । यिनतर्फबाट सन्तान भए–नभएको र यिनको जन्म–मरणबारे जानकारी भएको छैन ।
४२) धाई नानी
यिनी पनि विवाहिता होइनन् । यिनी भोटिनी हुन् । यिनी कुनै मैया साहेवकी धाई हुन् । यिनका बाबु–आमाको नाम थाहा भएन र सन्तान भए–भएको साथै जन्म–मरणको जानकारी भएको छैन ।

Monday, June 24, 2019

मेडिसिटीमा शल्यक्रियाबिना स्तन ट्युमरको उपचार

https://nepaldut.com/2019/06/24/26794/?fbclid=IwAR2RIg8BNN9zR2uFr_y9SnkkONDBysvkWhEixnfcwotK2BO-mMw3LC1SP-I#.XREBdUkjxQU.facebook

मेडिसिटीमा शल्यक्रियाबिना स्तन ट्युमरको उपचार

Share to More
३ साताअघि ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाट फोक्सोमा रहेको ट्युुमरको सफल उपचार गर्न सफल नेपाल मेडिसिटी अस्पतालमा स्तनमा रहेको फाइब्रोडेनोमा अर्थात ट्युमरको पनि सफल उपचार गरिएको छ ।
१६ वर्षिया किशोरीका दुवै स्तनमा रहेका ट्युमरलाई ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाटै निष्क्रिय गरिएको हो ।
उपचारमा संलग्न चिकित्सक डा. ओम विजु पन्तका अनुसार ती किशोरीको बायाँ स्तनमा ३ तथा दायाँमा ४ स्थानमा ट्युमोर थिए । स्तनका लागि यस किसिमको अभ्यास नेपालमा अरु अस्पतालमा नरहेको उनले बताए ।
केही साता अघिमात्रै नेपाल मेडिसिटी अस्पतालमा नेपालमै पहिलो पटक एक २० वर्षीय युवकको फोक्सोको ट््युमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ अर्थात बिना शल्यक्रिया नै उपचार गरिएको थियो ।
माइक्रोवेभ एब्लेसन यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी, स्तन तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्यूूमरको उपचार गर्न सक्छ । साधारणतया महिलाहरुको स्तनमा देखिने क्यान्सररहित ट्युमोरलाई फाइब्रोडेनोमा भन्ने गरिन्छ ।
मांसपेशीमा मात्र लठ्ठाएर गरिएको यस माइक्रोवेभ एब्लेसनले शरीरमा दाग नपार्ने र एक ैपटकमा धेरैवटा घाउको उपचार गर्न सकिने चिकित्सकहरु बताउँछन् ।
नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा. सुनिल कुमार शर्मा ढकालसंगै इन्टरभेन्सन रेडियोलोजिष्ट डा. ओमविजु पन्त र डा. विवेक गुरुङ्ग तथा एनेस्थेसियोलोजिष्ट डा. अपूर्व शर्माको संलग्नतामा स्तनको माइक्रोवेभ एब्लेसन सफल भएको हो ।

नेपाली समाज र यौन

http://onlinemajheri.com/2019/06/3492/?fbclid=IwAR1PmAaIQLCpnkjh6Fepisua7Gr9JBJBF-4spCKyJHaInRbZ7c9dpPSWSyY