http://nepalihimal.com/article/3681
जुनार
भन्ने वित्तिकै मुख रसाउँछ र सम्झ्नामा आउँछ, सिन्धुली। काठमाडौं, पूर्वी
तराई र सीमावर्ती भारतीय बजारहरूमा प्रसिद्धि पाएको सिन्धुलीको जुनारमा
चीनको पनि नजर परेको छ। रोगमुक्त बगैंचाको व्यवस्थापन र फल उत्पादन गर्न
सके चिनियाँ बजारसम्म पहुँच बनाउन सकिने सम्भावना देखिएको छ। जिल्ला कृषि
विकास कार्यालयका अनुसार, आर्थिक वर्ष २०६९/७० मा सिन्धुलीबाट रु.१२ करोडको
जुनार निर्यात भएको थियो। त्यस वर्ष रामेछाप जिल्लाबाट पनि करीब साढे दुई
करोड रुपैयाँको जुनार निर्यात भएको थियो।
पहाडमा पनि यातायात चल्न थालेपछि व्यापारीहरू जुनारको वैना दिन घरघरमै
आउन थालेका छन्। रतनचुरा, सिन्धुलीका किसान चुडाराज शर्मा यातायातको सुविधा
नहुँदा गोटामा पचास पैसा पनि नपाउने जुनारले अहिले बोटमै गोटा गिन्ती गरेर
चार रुपैयाँसम्म भाउ पाउन थालेको बताउँछन्। ओख्रेनी–७ रामेछापका मानबहादुर
तामाङका अनुसार भदौमै वैना दिन आइपुग्ने व्यापारीहरूले मंसीरमा आफैं जुनार
टिपेर लैजाने बताउँछन्। दुई जिल्लाका दुई किसानको कुराले उत्पादन गर्न सके
जुनार फूलटिपाइ हुने देखाउँछ।
उत्पादन र आम्दानी
तराईको आँप भने जस्तै पहाडका मुख्य फलफूलमा पर्छन् सुन्तला, जुनार। आव २०६८/६९ मा देशभर सुन्तलाको उत्पादन एक लाख ६६ हजार टन, करीब ४० हजार टन जुनार र तेस्रोमा आठ हजार टन कागती उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकले देखाउँछ। अमिलो जातमा पर्ने यी फलफूलको वर्षेनि नयाँ विरुवा थपिंदै गएबाट उत्पादन पनि बढ्दो छ। जस्तो, आव २०५७/५८ मा नयाँ र माउ बोट सुन्तलाले १२ हजार हेक्टर र जुनारले ४ हजार हेक्टर जमीन ढाकेकोमा त्यसको ११ वर्षमा सुन्तलाले झ्ण्डै दोब्बर २४ हजार २८४ हेक्टर क्षेत्रफल ओगट्यो भने जुनारले करीब ६ हजार हेक्टर। अहिले ४९ जिल्लामा जुनार खेती भइरहेको छ। जुनार उत्पादनमा सिन्धुली पहिलो र रामेछाप दोस्रो जिल्ला हो। यिनले जुनारको कुल उत्पादनमध्ये क्रमशः २५ र २१ प्रतिशत हिस्सा ओगटेका छन्। यसैगरी, धनकुटा तेस्रो (५ प्रतिशत), बैतडी चौथो (४ प्रतिशत) र डोटी पाँचौं (३ प्रतिशत) स्थानमा छन्।
सिन्धुलीका रतनचुरा, वाशेश्वर र तीनकन्या प्रमुख जुनार क्षेत्रका रूपमा
परिचित छन्। यसैगरी, रामेछापका ओख्रेनी, भलुवाजोर आदि जुनार उत्पादनमा
चर्चित हुँदैछन्। सरकारले पनि यी दुई जिल्लालाई 'एक गाउँ, एक उत्पादन' को
जुनार पकेट क्षेत्र बनाएको छ। पहिले मकै मुख्य खेती हुने उल्लिखित
गाविसहरूलाई यतिबेला जुनारले पहेंलपुर पारेको छ। गएको दशैंमा रु.८३ हजारमा
पूरै बगैंचा बिक्री गरेका ओख्रेनी–९ का लोकराज श्रेष्ठले 'ग्रिनिङ' रोग
नलागेको भए त्योभन्दा राम्रो भाउ पाउने बताए। गएको भदौमै वैना लिएर रु.१
लाख सात हजारमा जुनार बेचेका ओख्रेनी–७ कै मानबहादुर तामाङ एक पटक बिरुवा
लगाएपछि वर्षमा एक पटक मल–जलसहित गोडमेल गरेपछि वर्षौं आम्दानी लिन पाइने
बताउँछन्।
रतनचुराका
चुडाराज शर्माले त जिल्ला कृषि कार्यालयलाई १० हजार कलमी बिरुवा दिएर थप
रु.३ लाख ५० आर्जन गरे। त्यसबाहेक उनले अरू किसानलाई थप ४०० जति बिरुवा
बिक्री गरे। जुनारको कलमीमा जोड दिएका शर्माले फलबाट वार्षिक सरदर रु.५०
हजार आय गरिरहेका छन्।
चिनियाँ बजार
नेपाल र चीनका अधिकारीहरूले सिन्धुलीको जुनार र स्याङ्जाको सुन्तला तिब्बत निर्यात गर्ने विषयमा २० असार २०६९ मा स्वच्छता तथा बिरुवा स्वस्थता (स्यानिटरी एण्ड फाइटो स्यानिटरी– एसपीएस) प्रोटोकलमा हस्ताक्षर गरेका थिए। उक्त सम्झौतामा सात वटा क्वारेन्टाइन बाली शत्रु मुक्त रहेको जुनार मात्र निकासी हुनसक्ने शर्त छ। यस अनुसार, फल कुहाउने पाँच प्रजातिका औंसा तथा सिट्रस क्यान्कर र ग्रिनिङ भन्ने रोगहरूबाट बगैंचा मुक्त हुनुपर्छ। त्यसका लागि सिन्धुलीमा पेष्ट (रोग कीरा गतिविधि) स्टाट्स सर्भे गरिसकिएको छ। चीनलाई विश्वस्त तुल्याउन थप काम गर्नुपर्ने जिल्ला कृषि कार्यालय सिन्धुलीका प्रसार अधिकृत सुजन अम्गाई बताउँछन्।
अहिले रामेछाप र सिन्धुलीको जुनारमा औंसा र ग्रिनिङ रोग ज्यादा देखिएको छ। सुन्तला र कागतीमा पनि ग्रिनिङ बढी देखा परेको छ। अमिलो प्रजातिको फलका लागि क्यान्सर मानिएको यो रोग 'सिट्रस सिल्ला' भनिने एक किसिमको झ्िंगाले ल्याउँछ। यसलाई निमिट्यान्न पार्न सके चीनमा नेपाली जुनारको विशाल बजार सुनिश्चित हुन सक्छ।
किरा लाग्ने र कुहिले डर हुने हुँदा जुनार हरियोमा नै बेच्ने गरेको उनको भनाई छ । जुनार खानको लागि उपयूक्त भएपछि बेच्ने हो भने बोटमानै प्रतिगोटा १० देखि १२ रुपैयमा बिक्छ । जुनारको दाना लाग्न सुरु भएदेखिनै व्यापारीहरुले पनि बोटनै किनिदिन्छन् । व्यापारीले किन्दा प्रतिगोटा ३ देखि ५ रुपयाँ तिर्छन् । जवकी त्यही जुनार मौसमको समयमा उनीहरुले १० देखि १२ सम्ममा बेच्ने गरेका छन् । यस्तो हुदा कृषकलाई भन्दा पनि व्यापारीलाई बढी फाईदा हुने गरेको छ ।
जुनारको गति
सिन्धुली र रामेछापको जुनारमा चिनियाँ आँखा परिसकेको छ, तर त्यसलाई जाँच्ने स्वास्थ्य उत्पादन हुनसकेको छैन।
उत्पादन र आम्दानी
तराईको आँप भने जस्तै पहाडका मुख्य फलफूलमा पर्छन् सुन्तला, जुनार। आव २०६८/६९ मा देशभर सुन्तलाको उत्पादन एक लाख ६६ हजार टन, करीब ४० हजार टन जुनार र तेस्रोमा आठ हजार टन कागती उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकले देखाउँछ। अमिलो जातमा पर्ने यी फलफूलको वर्षेनि नयाँ विरुवा थपिंदै गएबाट उत्पादन पनि बढ्दो छ। जस्तो, आव २०५७/५८ मा नयाँ र माउ बोट सुन्तलाले १२ हजार हेक्टर र जुनारले ४ हजार हेक्टर जमीन ढाकेकोमा त्यसको ११ वर्षमा सुन्तलाले झ्ण्डै दोब्बर २४ हजार २८४ हेक्टर क्षेत्रफल ओगट्यो भने जुनारले करीब ६ हजार हेक्टर। अहिले ४९ जिल्लामा जुनार खेती भइरहेको छ। जुनार उत्पादनमा सिन्धुली पहिलो र रामेछाप दोस्रो जिल्ला हो। यिनले जुनारको कुल उत्पादनमध्ये क्रमशः २५ र २१ प्रतिशत हिस्सा ओगटेका छन्। यसैगरी, धनकुटा तेस्रो (५ प्रतिशत), बैतडी चौथो (४ प्रतिशत) र डोटी पाँचौं (३ प्रतिशत) स्थानमा छन्।
नेपाल र चीनका अधिकारीहरूले सिन्धुलीको जुनार र स्याङ्जाको सुन्तला तिब्बत निर्यात गर्ने विषयमा २० असार २०६९ मा स्वच्छता तथा बिरुवा स्वस्थता (स्यानिटरी एण्ड फाइटो स्यानिटरी– एसपीएस) प्रोटोकलमा हस्ताक्षर गरेका थिए। उक्त सम्झौतामा सात वटा क्वारेन्टाइन बाली शत्रु मुक्त रहेको जुनार मात्र निकासी हुनसक्ने शर्त छ। यस अनुसार, फल कुहाउने पाँच प्रजातिका औंसा तथा सिट्रस क्यान्कर र ग्रिनिङ भन्ने रोगहरूबाट बगैंचा मुक्त हुनुपर्छ। त्यसका लागि सिन्धुलीमा पेष्ट (रोग कीरा गतिविधि) स्टाट्स सर्भे गरिसकिएको छ। चीनलाई विश्वस्त तुल्याउन थप काम गर्नुपर्ने जिल्ला कृषि कार्यालय सिन्धुलीका प्रसार अधिकृत सुजन अम्गाई बताउँछन्।
अहिले रामेछाप र सिन्धुलीको जुनारमा औंसा र ग्रिनिङ रोग ज्यादा देखिएको छ। सुन्तला र कागतीमा पनि ग्रिनिङ बढी देखा परेको छ। अमिलो प्रजातिको फलका लागि क्यान्सर मानिएको यो रोग 'सिट्रस सिल्ला' भनिने एक किसिमको झ्िंगाले ल्याउँछ। यसलाई निमिट्यान्न पार्न सके चीनमा नेपाली जुनारको विशाल बजार सुनिश्चित हुन सक्छ।
किरा लाग्ने र कुहिले डर हुने हुँदा जुनार हरियोमा नै बेच्ने गरेको उनको भनाई छ । जुनार खानको लागि उपयूक्त भएपछि बेच्ने हो भने बोटमानै प्रतिगोटा १० देखि १२ रुपैयमा बिक्छ । जुनारको दाना लाग्न सुरु भएदेखिनै व्यापारीहरुले पनि बोटनै किनिदिन्छन् । व्यापारीले किन्दा प्रतिगोटा ३ देखि ५ रुपयाँ तिर्छन् । जवकी त्यही जुनार मौसमको समयमा उनीहरुले १० देखि १२ सम्ममा बेच्ने गरेका छन् । यस्तो हुदा कृषकलाई भन्दा पनि व्यापारीलाई बढी फाईदा हुने गरेको छ ।
No comments:
Post a Comment