प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
Wednesday, December 19, 2018
जानकीको सम्बन्धन खारेज गर्न केसीको माग
https://www.kantipurdaily.com/news/2018/12/19/154523369515582089.html
जानकीको सम्बन्धन खारेज गर्न केसीको माग कान्तिपुर संवाददाता
काठमाडौँ
— डा. गोविन्द केसीले अवैध रूपमा विद्यार्थी भर्ना गरेर डिग्री बेच्ने
जानकीलगायत मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग राखेका छन् । त्यस्ता
कलेजले एमबीबीएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका विद्यार्थी भर्ना
गरेको जनाउँदै उनले आईओएम (चिकित्साशास्त्र अध्ययन संस्थान) लगायतका नियामक
निकायको ध्यानाकर्षण गराएका छन् ।
गैरकानुनी
भर्ना प्रक्रियामा अदालतले समेत चलखेल गरेको भन्दै उनले बुधबार जारी
विज्ञप्तिमा चिन्ता व्यक्त गरेका छन् । ‘जानकी मेडिकल कलेजले अवैध रूपमा
एमबीबीएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका विद्यार्थी भर्ना गरेकामा
तथा त्यसलाई रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेशसमेत दिइसकेको अवस्थामा
सर्वोच्च अदालतबाट न्याय प्रक्रियाकै मानमर्दन हुने गरी अवैध भर्नालाई वैध
बनाउन भइरहेको चलखेलप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा
उल्लेख छ ।
विभिन्न अदालतका फैसलाका आडमा यसअघि पनि मेडिकल
कलेजहरूले अवैध रूपमा विद्यार्थी भर्ना लिएका कारण मुलुकभर ठूलो संख्यामा
अयोग्य व्यक्तिले डाक्टरीको डिग्री र लाइसेन्स पाउने जोखिम रहेको केसीले
जनाएका छन् । ‘यस्तो प्रवृत्तिले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने र
सेवाग्राहीहरूको ज्यान खतरामा पर्ने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ । प्रकाशित : पुस ४, २०७५ २१:१९
No comments:
Post a Comment