Wednesday, December 19, 2018

एउटै बगैँचामा चार करोडको स्याउ

http://gorkhapatraonline.com/news/63646

एउटै बगैँचामा चार करोडको स्याउ


बेलिना थापा
लमजुङ, पुस ५ गते । मनाङको एउटा बगैँचामा चार करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको छ । यो स्याउ बगैँचा सार्क राष्ट्रकै सबैभन्दा ठूलो भएको दाबी गरिएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका १ भ्राताङमा एग्रो मनाङ प्रालिले ४५० रोपनी जग्गामा चार सय मेट्रिक टन स्याउ फलाएको छ । [KRD- 1 Dhur ma 3000/ ko apple falne ?]    
 प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार बगैँचामा गाला, गोल्डेन, फुजी जातका स्याउ लगाइएको छ । गाला प्रतिकिलो १४० रुपियाँ, गोल्डेन प्रतिकिलो एक सय रुपियाँ र फुजी प्रतिकिलो १७० रुपियाँमा होलसेल बिक्री भइरहेको उहाँले बताउनुभयो ।
हाम्रो स्याउ औसतमा प्रतिकिलो ११० रुपियाँदेखि १३० रुपियाँमा बिक्री हुन्छ । चार सय मेट्रिक टन स्याउ औसत प्रतिकिलो १२० रुपियाँका दरले बिक्री गर्दा चार करोड ८० लाख हुन्छ । यसमा ५० मेट्रिक टन जति बिग्रने, बाँकी रहनेलगायत समस्या हुनसक्छ । ३५० मेट्रिक टन स्याउ बजारमा पु¥याउँदा चार करोड २० लाख आम्दानी हुन आउँछ, उहाँले भन्नुभयो ।
उत्पादित स्याउ बजारमा ६० प्रतिशत बिक्री भइसकेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार मनाङ, लमजुङको बेँसीसहर र काठमाडौँमा कोल्ड स्टोर छ । मनाङबाट काठमाडौँ र बेँसीसहरमा लगिएको र बिक्री गर्ने क्रममा रहेको छ । हाम्रो स्याउ नेपालभर बिक्री हुन्छ । यस वर्षदेखि पूर्वपश्चिमसम्म पुग्न थालेको छ, उहाँले भन्नुभयो । apple_1
एग्रो मनाङ प्रा.लि. का संस्थापक एवं मनाङका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले हाल ४५० रोपनीमा स्याउ खेती गरिएको र २८५ रोपनीमा खेती शुरु गर्ने तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार चार वर्षअघि इटाली र सर्बियाबाट वर्णशङ्कर (हाइब्रिड) जातका बेर्ना ल्याएर रोपेका बोटले रोपिएको छ महिनामै उत्पादन दिन थालेको थियो ।
गत वर्ष करिब तीन सय मेट्रिक टन र त्यसअघिको वर्ष डेढ सय मेट्रिक टन स्याउ उत्पादन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार स्याउ बगान करिब २५ करोड रुपियाँको लगानीमा स्थापना गरिएको हो । सांसद गुरुङले आगामी दस वर्षमा नेपालका आधा जनसङ्ख्यालाई मनाङ्गी स्याउ पु¥याउने सपना देख्नुभएको छ ।
अहिले भारतबाट अर्बाैंको स्याउ नेपालमा भित्रिन्छ । यसलाई कम गर्दै भोलिका दिनमा मनाङको स्याउ विदेशमा निर्यात गर्ने मेरो लक्ष्य छ, उहाँले भन्नुभयो । मनाङको चारवटै स्थानीय तहमा स्याउ फलाउने सोच बनाएका उहाँले यस्तै प्रकारको स्याउ मुस्ताङ, जुम्लालगायत जिल्लामा फलिसकेको र अन्य जिल्लामा पनि खेती गराउने योजना रहेको उहाँले सुनाउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (स्याउ जोन) एकाइ कार्यालय मनाङका प्रमुख कृषि अधिकृत राजेश्वर सिलवालका अनुसार वर्णशङ्कर प्रजातिको स्याउलाई बढवा दिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवथापन एकाइ खुमलटारबाट मनाङमा मात्रै २५ हजार बिरुवा वितरण गर्न दुई करोड ५० लाख बजेट स्वीकृत भएर आएको छ ।
सिँचाइ, मलखाद र उपचार राम्रो हुँदा र साना बोट धेरै ठाउँमा फिजिने भएकाले थोरै जग्गामा पनि वर्णशङ्कर जातका स्याउको उत्पादन बढी हुने उहाँले दाबी गर्नुभयो । उहाँका अनुसार यस वर्ष मनाङमा करिब एक हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ ।
अहिले तथ्याङ्क सङ्कलन भइरहेको उहाँले बताउनुभयो । जोन एकाइ कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७४÷७५ मा ८९ हेक्टर क्षेत्रफलमा ९१० मेट्रिकटन स्याउ उत्पादन भएको थियो । त्यसअघि आव २०७३÷७४ मा ८७ हेक्टर क्षेत्रफलमा ८२५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । आव २०७२÷७३ मा ७८ हेक्टर क्षेत्रफलमा ६६५ मेट्रिकटन उत्पादन भएको थियो ।  

[KRD-

No comments:

Post a Comment