Tuesday, December 25, 2018

भुइँकटहर

सम्भावनायुक्त फलफूल - भुइँकटहर !!!
========================
भुइँकटहरलाई उष्ण फल भनिए तापनि यसको उत्पादन उपोष्ण हावापानीमा पनि त्यत्तिकै राम्रो हुन्छ । यसलाई समुन्द्री सतहदेखि १५०० मिटरको उचाइसम्ममा खेती गर्न सकिन्छ । २१–२३ सेल्सियस तापक्रम यसको लागि उत्तम मानिन्छ । तर पनि १५.५ देखि ३२.५ सेल्यिससम्मको तापक्रममा यसको खेती सफलताका साथ गर्न सकिन्छ । तुषारो नपर्ने तर मन्द चिसो रात भएमा फलको गुणस्तर राम्रो हुन्छ । भुइँकटहरले अलिअलि छायाँ मन पराउँदछ । तर घाम नै नपर्ने ठाउँमा भने उत्पादन हुँदैन । पातका कोषिकामा पानी जम्मा गरेर राख्न सक्ने क्षमता भएको हुँदा यो फलले गर्मी सुक्खा हावापानी पनि सहन्छ । ५१ देखि ५०० से.मि. सम्म वार्षिक पानी पर्ने ठाउँँमा यसको खेती सफलताका साथ गर्न सकिन्छ ।
रोपेको ३० महिनामा मात्र भुइँकटहर खान योग्य हुन्छ। हाल नेपालमा यसको व्यावसायिक खेती गर्ने किसान अत्यन्त कम छन्।'इथरेल' नामक औषधि प् प्रयोगबाट भुइँकटहरको बिरुवा रोपेको १६ महिनामा फल खानयोग्य हुन्छ। भा र त , वेष्टइण्डिज, ब्राजिल, स्पेन आदि देशमा पनि यही औषधिको प्रयोग गरी वर्षैभरि भुइँकटहर उत्पादन भइरहेको छ |
फलफूल थोक बजार बल्खुमा भुइँकटहरको सिजन सुरु भएयता दैनिक औसत ५ टन भन्दा बढी भुइँकटहर खपत हुने गरेको छ। बजारमा नेपालमा उपादित भुइँकटहरले मात्र बजार थेग्न नसक्दा ७० प्रतिशत भन्दा बढी भुइँकटहर भारतबाट खपत गर्नुपरेको छ |
नेपालको पूर्वी तराईबाट केहि मात्रामा भुइँकटहर खपत हुने गरे पनि अन्य क्षेत्रबाट भने खासै भुइँकटहर बजारमा आउदैन । सिजन सुरु भएसँगै विशेषत भारतको सिलगुढीबाट यसको आयात गरिने गरेको व्यवसायीहरु बताउँछन्।
नेपालमा उत्पादित भुइँकटहरको आकार भन्दा भारतबाट आउने भुइँकटहरको आकार ठूलो हुन्छ। बजारमा १ किलो देखि ३ किलो सम्मको भुइँकटहर आउँछ। यसरी आउने भुइँकटहरमा पनि ग्राहकले ठूलो आकारको नै मन पराउने हुँदा भारतीय भुइँकटहरले नै बजार लिने गरेको छ। अहिले सामान्यत बजारमा भूइँकटहरको प्रजाति र गुणस्तर हेरी प्रतिकिलो ७० देखि ९० रुपैयाँसम्ममा कारोबार भईरहेको छ। येदि हामीले ठुलो प्रजातिको भुइँकटहरकोखेति सो खेति संगै केरा खेति ठाउँ ठाउमा गर्ने हो भने मुनाफा धेरै लिन सकिन्छ | तेस्तै हाल हामीले उपदान गर्ने समय अबधि लामो हुने र येदि इथरेल' नामक औषधि प्रयोग गरि खेति गर्ने हो भने भुइँकटहरको बिरुवा रोपेको १६ महिनामा फल निकाल्न सकिन्छ | भुइँकटहर लाई प्लास्टिक मल्चिंग गरि खेति गर्न सके झारपात समेत नआउने र उत्पादन मा समेत बृदी गर्न सकिन्छ |तर नेपालमा प्रबिधि पूर्ण र ब्यबसायिक हिसाबले भुइँकटहरको खेति गरेको पाइदैन यता तिर पनि सोच्ने हो कि ?
१. बेर्ना छनोट :
बेर्न छनोट गर्दा कसरि गर्ने पुरानो तरिका अनुसार :
प्रायः किसानहरुले नया बेर्ना रोप्दा फलको टुप्पातिर रहेको बेर्ना (crown) रोपेको पाईन्छ, किनभने यो यस्तो मूल्यमा पाईन्छ । तर व्यावसायिक खेती गर्ने किसानले चाहिँ यस्तो बेर्ना नरोपी फलको फेदतिरबाट पलाएका बेर्ना (slip) वा पुरानो भूईकटहरको बिरुवाको साईडबाट पलाएका बेर्ना (sucker) लाई रोप्नुपर्छ ।
नया तरिका : यो तरिका मा भुइँ कटहर को बिरुलाई तन्तु प्रजनन बिधि बाट उत्पादन गरिएको त्यसमा पनि राम्रो जात को बिरुवा लगाउन सकिन्छ | हाल नेपालमा विश्व मा प्रचलित जात MD -२ जात को तन्तु प्रजनन को बिरुवा समेत पाइन्छ | यस किसिमको बिरुवा बाट राम्रो आम्दानी र बजार समेत लिन सकिन्छ | तर हाल नेपालमा ब्यबसायिक रुपमा भुइँ कटहर खेति त्यसमा पनि तन्तु बिरुवा बाट गरिएको पाइदैन |
२. एकैपटक फूल नफुल्ने समस्या:
व्यावसायिक भूईकटहर खेती गर्ने किसानहरुले भोगिरहेका समस्याहरु मध्ये फूलहरु एकैपटक नफुल्ने प्रमुख हो, जसले गर्दा फलहरु एकै समयमा नपाकी टिपाईमा धेरै श्रम खेर गैइरहेको छ । यसको लागि मङ्सिर महिनामा ५ मि.लि. इथिलिन + ५लि. पानी +२०० ग्राम युरिया मिसाई बनाएको झोल प्रती बोट ५० मि.लि. को दरले बिरुवाको मुटुमा हाल्नुपर्छ । यसरी उपचार गरेपछी फाल्गुनमा ९९% बिरुवाहरुमा फूल फुल्छन ।
- राजेन्द्र देवकोटा -बिज्ञ कृषि
==================================KRD==================
Unsaturated gases like ethylene and acetylene in the form of smoke cause early flowering in pineapple. This can be achieved by applying acetylene saturated water or calcium carbide in the heart of the plant. About 50ml ethrel solution 10 ppm conc. in combination with 2% urea and 0.04% sodium carbonate can bring forth flowering. NAA@25 ppm also induces flowering.

To delay harvest by a few days (10 - 15 days), 300 ppm Planofix may be sprayed on the fruit just 60 to 70 days ahead of harvest. To ripen the fruit earlier by about 10 - 15 days, 500 ppm of ethrel may be sprayed on the fruit about one month before normal harvest. Staggering of harvesting almost throughout the year is possible by the following means i. using different planting materials.

ii. planting suckers and slips at regular intervals from July-December and 

 iii. applying flower inducing chemicals at desired time as stated above
  =========================KRD====================

Applying Calcium Carbide to Induce Flowering in Pineapple 

 Figure 2: Pineapple seven weeks after calcium carbide application. Residue appears on the flower and leaves. Slight leaf burning is evident on leaves which seven weeks previously were part of the whorl. Photo by Brian Hilton

 Figure 2: Pineapple seven weeks after calcium carbide application. Residue appears on the flower and leaves. Slight leaf burning is evident on leaves which seven weeks previously were part of the whorl. Photo by Brian Hilton

=====================

http://prsvkm.kau.in/book/flower-induction

No comments:

Post a Comment