Tuesday, December 25, 2018

दक्ष/अदक्ष सबै नेपालीलाई जापानमा काम गर्ने अवसर, यस्तो छ जापानले ल्याएको भिषासम्बन्धी नयाँ नियम

http://www.abhiyan.com.np/?p=304145
दक्ष/अदक्ष सबै नेपालीलाई जापानमा काम गर्ने अवसर, यस्तो छ जापानले ल्याएको भिषासम्बन्धी नयाँ नियम
दक्ष/अदक्ष सबै नेपालीलाई जापानमा काम गर्ने अवसर, यस्तो छ जापानले ल्याएको भिषासम्बन्धी नयाँ नियम
The following two tabs change content below.
पुस १०, काठमाडौं । ठूलो संख्यामा विदेशी अदक्ष (ब्लु–कलर) कामदार ल्याउने तयारी गरिरहेको जापानले भिषा नीतिसम्बन्धी निर्देशिका पारित गरेको छ । मंगलवार त्यहाँको मन्त्री परिषद्ले नयाँ भिषामार्पmत देशमा आउने कामदारहरुलाई सघाउने र उनीहरुको जीवन सहज बनाउने खालको नीतिगत उपायहरुको समष्टिगत प्याकेज नै पारित गरेको हो ।
१ सय २६ ओटा योजना भएको यो प्याकेज यसै महीना संशोधन गरिएको आप्रवासी नियन्त्रण कानूनको सहायक भएको भन्दै स्थानीय दैनिक पत्रिका जापान टाइम्सले मंगलवार समाचार छापेको छ ।
यसमा जापानी, अंग्रेजी, चिनियाँ, नेपाली लगायत ११ भाषा बोल्नेहरुलाई सजिलो होस भनेर १ सय परामर्श केन्द्र स्थापना लगायत योजनाहरु छन् । देशभित्र आएका कामदारहरु मुख्य शहरी क्षेत्रहरुमा मात्रै अत्यधिक रुपमा एकीकृत नहुन भनेर आवश्यक उपाय पनि अपनाइएको छ । केन्द्र सरकारले आप्रवासी कामदारहरुको शोषण गर्ने ब्रोकरहरुको गतिविधि रोक्न कठोर स्क्रिनिङ प्रक्रियाहरु पनि ल्याउने वाचा गरेको छ । गैर–जापानीहरुको लागि जापानी भाषामा शिक्षा कार्यक्रम ल्याउन ६० करोड येन पनि छुट्टयाउँदै छ ।
संशोधित आप्रवासन कानून अन्तर्गत जापानले निश्चित खालका सीप र विज्ञता भएका अदक्ष विदेशी कामदारलाई वर्किङ भिषा उपलब्ध गराउँदैछ । आगामी वर्षको अप्रिलदेखि शुरु हुने यो भिषा कार्यक्रम अन्तर्गत आउँदो पाँच वर्ष भित्र नर्सिङ सेवा, कृषि, माछा पालन, खाद्य प्रशोधन र खाद्य सेवालगायत श्रमिक अभाव चरम भएका १४ औद्योगिक क्षेत्रमा करीब ३ लाख ४५ हजार विदेशी काम ल्याइनेछ । यस भिषा कार्यक्रममा चीन, इण्डोनेशिया, मंगोलिया, म्यानमार, नेपाल, थाइल्याण्ड, फिलिपिन्स र भियतनामी कामदारहरुलाई समावेश गरिएको छ ।
यस अघि पनि नेपाललगायत अन्य देशहरुबाट औद्योगिक प्रशिक्षार्थीका रुपमा कामदार लगिने व्यवस्था थियो । तर, यसरी जाने प्रशिक्षार्थीहरुले काम वा रोजगार दाता फेर्न नपाउने भएकोले थोरै पैसाका लागि अप्ठ्यारो स्थितिमा पनि काम गर्न बाध्य हुन्थे । नयाँ भिषा कार्यक्रम अन्तर्गत जापान सरकारले विदेशमा जापानी भाषासम्बन्धी शिक्षामा ३ अर्ब ४० करोड येन खर्च गर्ने योजना बनाएको छ । नयाँ भिषा कार्यक्रम अन्तर्गत १८ वर्ष वा सो भन्दा माथिका विदेशी कामदारहरुले आवेदन दिने पाउनेछन् । यसमा २ खालको आवासीय भिषाको व्यवस्था छ ।
पहिलो खालको भिषाका लागि अदक्ष कामका लागि जानेले मात्रै आवेदन दिन पाउनेछन् । यो भिषा पाँच वर्षको लागि मात्रै हुनेछ । यसमा जापान जाने व्यक्तिले आप्mनो परिवारका सदस्यहरुलाई साथमा लान पाउने छैनन् । यिनीहरुले आधारभूत जापानी भाषा मात्रै जाने हुन्छ । दोस्रो खालको भिषामा भने उच्च सीप भएका कामदारले मात्रै आवेदन दिन पाउनेछन् । यिनीहरुको भिषा अवधि बारम्बार नवीकरण हुनेछ । यिनीहरुले साथमा परिवारका सदस्यलाई पनि लैजान पाउनेछन् ।
जापानले यसरी अदक्ष कामदार लैजान थालेको यो नै पहिलो पटक हो । जनसंख्या बनावटमा आएको परिवर्तनसँगै बजारमा श्रमीकको अभाव उच्च भएपछि जापानले अदक्ष कामदार पनि लैजान लागेको हो । यस अघि भने पेशागत ज्ञान भएका र उच्च सीप भएका विदेशीहरुलाई मात्रै वर्किङ भिषा दिइन्थ्यो ।
नेपालबाट काम गर्न खाडी मुलुक, मलेशीया लगायत देशहरुमा नेपालीहरु जाने प्रवृत्ति निकै धेरै छ । जापानमा भने प्रायः जसो पढ्नकै लागि जानेको संख्या धेरै छ ।

No comments:

Post a Comment