Monday, December 17, 2018

डेढ घण्टामै बुटवल देखि नारायणगढ

http://butwalnow.com/2018/12/17/डेढ-घण्टामै-नारायणगढबाट/?fbclid=IwAR0AmVDABWVOC7pjaZrw11V7b9No7r4mbCLzSIc2zk8B65dpbqQl-LBw_II

डेढ घण्टामै बुटवल देखि नारायणगढ

Butwal-बुटवल
बुटवल– नारायणगढ सडकखण्डलाई स्तरोन्नति गरेर चार लेनको बनाएपछि एक घण्टा ३० मिनेटमा नै नारायणगढबाट बुटवल पुगिने भएको छ । १२५ किलोमिटर दूरीको सडकमा अहिले यात्रा गर्न तीन घण्टा लाग्दै आएको छ । सडक निर्माणका लागि अबको दुई साताभित्र चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी गरिएको छ ।
एडीबीका सडक निर्देशक सरोजकुमार प्रधानले भने ‘हामी सरर डेढ घण्टा नारायणगढबाट बुटवल पुग्ने गरी सडक बनाउने छौँ, अहिले भन्दा गाडीको स्पट बढाउने गरी सडक विस्तार हुँदैछ । अहिले नारायणगढ बुटवल सडकखण्ड दुई लेनको छ, जसलाई विभागले अब चार लेनको बनाउने छ । यसअघि विभागले यो सडकखण्ड चार लेनको बनाउन लागि झण्डै १६ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरेको थियो ।
सडकको दुई\दुई लेनको बीचको भागमा ‘ग्रिनरी’का लागि खाली ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडक दुईतर्फ नै ७–७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुने छ ।अबको तीन वर्षमा बुटवल नारायणगढ सडक विकसित देशका सडकजस्तै बन्ने दाबी गरिएको छ । यो सडकखण्डको छेउमा रहेका बस्तीहरूका लागि ‘सर्भिस लेन’ निर्माण गर्ने विभागको तयारी छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो ।
२८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यो ७ मिटरको हुनेछ । इन्जिनियर शर्माले नेपालका अन्य राजमार्ग सडकभन्दा बुटवल नारायणगढ सडक फरक बन्ने बताए । उनले भने ‘जसले यात्रुलाई सहज मात्रै हुुने छैन, राजमार्ग क्षेत्रमा सहरी सौन्दर्य पनि बढ्नेछ । यसअनुसार यो बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्नेछ ।’ १२५ किलोमिटरको यो सडकलाई दुईवटा प्याकेजमा निर्माण गर्न लागिएको छ । जसअनुसार नारायणगढ–दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६३ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेजअन्तर्गत निर्माण गरिनेछ ।
यो खण्ड विस्तार गरिसक्न तीन वर्ष ३ लाग्ने छ । नारायणगढ–बुटवल खण्ड पूरै भाग चार लेनको हुने छैन । दाउन्नेको उकालो र ओरालो भाग तीन लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेनमात्रै हुनेछ । त्यहाँको भौगोलिक र प्राकृतिक अवस्थाले त्यसलाई चार लेन बनाउन सम्भव देखिएको छैन । त्यसैले त्यहाँको प्राकृतिक संवेदनशीलतालाई ध्यानमा राखेर ३ लेन मात्रै बनाउन लागिएको हो ।
३ लेनमध्ये उकालोतर्फ २ लेनको प्रयोग गरिनेछ । ओरालोतर्फ जाने सवारीले एक लेन मात्रै प्रयोग गर्नेछन् । दाउन्नेको उकालोको चढाइ निकै असहज हुने भएकाले दुई लेन दिन लागिएको आयोजनाले जनाएको छ । ओरालेमा गाडीहरू सजिलै पास हुने भएकाले एउटा लेनको मात्रै प्रयोेग गर्न पाउनेछन् । यस्तै दाउन्ने पहाडमा ८ किलोमिटर सडक डबल लेनको मात्रै हुनेछ । उक्त आठ किलोमिटरमा फुटपाथ र साइकल लेनसमेत राखिने गरी रिपोर्ट बनाइएको छ ।
यस आयोजनाका लागि सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का पाउने नियम रहेकाले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरसनले नै दुवै प्याकेजमा ठेक्काको सम्झौता गर्ने एडीबीका सडक निर्देशक सरोजकुमार प्रधानले जानकारी दिए । ‘२८ दिनभित्र सम्झौता गर्न आउनुपर्ने हो । हामीले पत्रचार गरिसकेका छौँ, अबको दुई हप्ताभित्र उनीहरू आएर सम्झौता गर्ने छन्’ उनले भने । यो आयोजनामा प्राविधिक रूपमा सफल भएका ७ वटा कम्पनीहरू अन्तिम प्रतिस्पर्धामा रहेका थिए ।
प्रधानका अनुसार आयोजनाअन्तर्गतको दुईवटै प्याकेजको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सबैभन्दा कम रकम कबोल गरेको छ । एउटै प्याकेजमा काम गर्दा निर्माण ढिलो हुने भएकाले दुईवटा प्याकेज बनाएको प्रधानले बताए । पहिलो प्याकेज नारायणगढदेखि दाउन्नेसम्मको ६३ किलोमटिर दूरीमा रहेको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेजअन्तर्गत निर्माण गरिनेछ ।
प्याकेज–१ मा ९ अर्ब १३ करोड रूपैयाँमा स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्काको प्रस्ताव गरेको छ । यो प्याकेजमा परेको सबैभन्दा कम कबोल रकम हो । यो प्याकेजमा लोङ्जियान ब्रिले सबैभन्दा बढी १० अर्ब ८९ करोड रूपैयाँसम्मको आर्थिक प्रस्ताव गरेको छ । यस्तै साङ्घाई कन्स्ट्रक्सनले ९ अर्ब ३७ करोड, हुनान ब्रिज एन्ड रोड कन्स्ट्रक्सनले ९ अर्ब ६४ करोड, चाइना रेल्वे ब्युरोले १० अर्ब ४४ करोड, हुवेई छाङ्जाङले १० अर्ब ७० करोडको आर्थिक प्रस्ताव गरेको छ ।
हालसम्म सडक निर्माण गरेको एक वर्षसम्म सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन छ । तर, अब बुटवल नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम पाँच वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्ने गरी नयाँ अभ्यास गरिएको छ ।पहिलो चरणमा ९ कम्पनीले बोलपत्र हाले पनि २ वटा कम्पनी प्राविधिक मूल्याङ्कनमा असफल भएका थिए । विभागका अनुसार यो सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि भइसकेको छ ।

No comments:

Post a Comment