Thursday, December 20, 2018

नैतिक शिक्षाको खाँचो

http://rajdhanidaily.com/139076/
नैतिक शिक्षाको खाँचो
20 hours ago
20/12/2018

नैतिक शिक्षाको खाँचो

डा. देवीप्रसाद आचार्य


शिक्षाशास्त्री ओटावेले नवजात शिशु जन्मँदा असामाजिक हुन्छ भन्दै उसलाई सामाजिक र मानवीय जीवनचर्यामा परिणत गर्ने काम घर–परिवार समुदाय, विद्यालयलगायतका निकायहरूको हो भन्ने आशय व्यक्त गरेका छन् । यसको अर्थ मानिस जन्मँदा उसले खाली दिमाग लिएर जन्मन्छ र उसको खाली मस्तिष्कमा जस्तो वातावरण वा शिक्षादीक्षा दिइन्छ, तदनुरूपको ज्ञान आर्जन गरी उसले उसले बानी, व्यवहार सिक्छ भन्ने कुरा बुभ्mनुपर्दछ । यसका लागि घर–परिवार, समुदाय तथा विद्यालयहरूले उचित शिक्षाको व्यवस्था गरी असल व्यक्ति, व्यक्तित्व तथा समाज निर्माणमा जोड दिनुपर्दछ । देशका शिक्षित जनशक्ति नैतिकवान, कर्तव्यनिष्ठ, सरल, सभ्य, शालीन, भद्र तथा सहयोगी हुन नसकेमा सुसंस्कृत एवं लोककल्याणकारी समाज निर्माण हुन सक्दैन । तसर्थ नैतिक शिक्षा आजको आवश्यकता बन्न गएको छ ।
नैतिक शब्दको अर्थ सुविचारशील, सद्विचार, सद्भाव वा सदाचारको नियम भन्ने हुन्छ । नैतिकता भनेको नीतिसहितको व्यवहार आउनु हो । अहिले हाम्रो समाजका हरेक क्षेत्रमा नैतिकताको ठूलो अभाव रहेको सामाजिक अनुभव छ । नैतिक व्यवहारको अभावमा समाजमा सद्भाव र सुविचारको कमी हुँदै गएको अवस्था अनुभूति भएको छ । सामाजिक सद्भाव र देश विकासका लागि समाजका हरेक नागरिकहरू अनुशासित, मर्दादित, कर्मशील तथा कर्तव्यनिष्ठ हुन आवश्यक हुन्छ । यसर्थ समाजका व्यक्ति, व्यक्तित्व तथा राज्यका हरेक निकायमा अनुशासन, जवाफदेहिता, पारदर्शिता, जिम्मेवारीबोधका लागि नैतिक शिक्षा आवश्यक छ ।



सामाजिक सद्भाव र देश विकासका लागि समाजका हरेक नागरिकहरू अनुशासित, मर्यादित, कर्मशील तथा कर्तव्यनिष्ठ हुन आवश्यक छ । यसर्थ समाजका व्यक्ति, व्यक्तित्व तथा राज्यका हरेक निकायमा अनुशासन, जवाफदेहिता, पारदर्शिता र जिम्मेवारीबोधका लागि नैतिक शिक्षा आवश्यक छ


नैतिक शिक्षाले व्यक्तिलाई जन्म दिने माता, पिता र शिक्षा दिने गुरुजन र समाजका मान्यजनहरूको आदेश र उपदेशलाई शिरोधार्य गर्न सक्ने सकारात्मक सोचको विकास गर्न सहयोग गर्दछ । यसका साथै ठूलालाई इज्जत, सानालाई माया, सहिष्णु आचरण, लोककल्याणकारी चिन्तनको विकासमा नैतिक शिक्षाको ठूलो भूमिका हुन्छ । यसैगरी, आप्mनो भाषा, संस्कृति, धर्म, परम्परागत सामाजिक मूल्य र मान्यताप्रतिको सकारात्मक सोचको विकास गराउन तथा समाजमा रहेका भिन्न धार्मिक एवं सांस्कृतिक सम्प्रदायका मूल्य र मान्यताप्रति सहानुभूति राख्न सक्ने चिन्तनका दायराहरू फराकिलो बनाउन महŒवपूर्ण भूमिका खेल्छ ।
हाम्रो समाज पूर्वीय मूल्य र मान्यताबाट प्रशिक्षित छ । वैदिक कालमा शिक्षाको सम्पूर्ण गतिविधि गुरुमा निहित थियो । गुरु र ऋषिमुनि समाजका नेतृत्व वर्ग मानिन्थे । समाजमा नैतिक व्यवहार एवं आत्मअनुशासन उच्च थियो । समयको विकाससँगै शिक्षा ऋषिकुल, देवकुल, पितृकुल, राजकुल र गुरुकुल हुँदै विद्यालय शिक्षाको अवस्थामा आइपुग्दा शिक्षामा नैतिकता, जनहितकारी संस्कार र कर्तव्यबोधजस्ता मानवीय गुणहरूको सिकाइ कमजोर बन्दै गएको अग्रज पुस्ताको ठम्याइ छ । यस सन्दर्भमा व्यक्ति तथा समाजलाई आदर्शवान बनाउन नैतिक शिक्षाको विषयवस्तुलाई घर, परिवार तथा शिक्षण संस्थाहरूले महŒव दिन आवश्यक ठानिन्छ ।
नैतिक शिक्षाले व्यक्तिलाई आप्mनो घर, परिवार, समुदाय र जन्मभूमिप्रतिको कर्तव्यबोध गराइदिन्छ । यसका साथै आपूmभन्दा सानालाई माया, ठूलालाई सम्मान गर्ने भावनाको विकास गर्न सहयोग गर्दछ । समाजका बालबालिकालाई अनुशासित हुन, सकारात्मक सोचको विकास गर्न, ठूलालाई सम्मान गर्न, साँचो बोल्न, अरूलाई सहयोग गर्न, जात, जाति, धर्म, लिंग, वर्गजस्ता विभेदहरूमा सहभाव राख्न सक्ने ज्ञानको विकासका लागि नैतिक शिक्षाको आवश्यकता पर्दछ ।
घर परिवार, मानिसको पहिलो सिकाइको स्थान हो । बालकको सबैभन्दा ठूलो मित्र तथा गुरु आमा हुन् भन्ने गरिन्छ । नेपोलियन बोनापार्टले ‘मलाई शिक्षित आमा देऊ, म तिमीलाई असल नागरिक दिन्छु’ भनेका छन् । यसको अर्थ घरायसी वातावरणको शिक्षाले मानिसको जीवनमा ठूलो प्रभाव पार्छ भन्ने हो । असल नागरिक हुनका लागि असल आचरणको आवश्यकता पर्दछ । घरमा सिकाएकोे र सिकेको कुराले बालबालिकाले विद्यालयमा गर्ने व्यवहार तथा आचरणमा प्रभाव पार्नुका साथै उसको दीर्घकालीन जीवनमा समेत ठूलो भूमिका खेलेको हुन्छ । यसर्थ हरेक अभिभावकले आप्mना छोराछोरीलाई नैतिक आचरण वा असल व्यवहारको अभ्यास घरपरिवारमा नै गराउनुपर्छ ।

समयको विकासस“गै शिक्षा ऋषिकुल, देवकुल, पितृकुल, राजकुल र गुरुकुल हु“दै विद्यालय शिक्षाको अवस्थामा आइपुग्दा शिक्षामा नैतिकता, जनहितकारी संस्कार र कर्तव्यबोधजस्ता मानवीय गुणहरूको सिकाइ कमजोर बन्दै गएको अग्रज पुस्ताको ठम्याइ छ



प्र्रकृतिवादी दार्शनिक रुसोले शिक्षालाई आचरण निर्माणको माध्यम हो भनेका छन् । मानिसको नैतिक आचरण, असल बानी, व्यवहार, तथा असल संस्कार सिक्ने आधार शिक्षा हो । यसर्थ, शिक्षामा नैतिक शिक्षाको विषयवस्तुलाई अनौपचारिक एवं औपचारिक रूपमा सिकाइ शिक्षणको माध्यम बनाउन जरुरी छ । यसो गर्दा घरमा बुबाआमा वा अभिभावकले आप्mना छोराछारीलाई नैतिक शिक्षाको वियषवस्तुलाई सैद्घान्तिक तथा व्यावहारिक रूपमा सिक्ने र सिकाउने काम गर्नुपर्छ । शिक्षालयले आजका कलिला बालबालिका तथा किशोर किशोरीहरूलाई नैतिक शिक्षा र दीक्षाले प्रशिक्षित बनाउँदै समाजका स्थापित मूल्य र मान्यतालाई उनीहरूमा हस्तान्तरण गर्नुपर्छ । नैतिक शिक्षाको मार्गदर्शनले व्यक्ति तथा समाजलाई अनुशासित एवं कर्तव्यनिष्ठ बनाउन मद्दत गर्दछ ।
शिक्षाविद् पेरे बोड्र्युले हरेक बालबालिकाको सिकाइमा उसको पारिवारिक तथा सामाजिक संरचनाले गहिरो प्रभाव पारेको हुन्छ भन्ने धारणा राखेका छन् । यसको अर्थ मानिसको सिकाइमा वातावरणले ठूलो प्रभाव पारेको हुन्छ । घर, परिवार, समुदाय, विद्यालयलगायतका समाजका अनौपचारिक एवं औपचारिक ठाउँमा त्यहाँको वातावरण वा परिवेशको आधारमा मानिसले ज्ञान आर्जन गरिरहेको हुन्छ । नैतिक शिक्षाको कमीले अहिले समाजमा अपराधीकरण बढ्दै गइरहेको छ । साइबर अपराध, मादक पदार्थ दुव्र्यसनी, धु्रमपानजस्ता कुलतमा लाग्ने बालबालिकाकोे संख्यामा व्यापक वृद्घि भइरहेको तथ्यांक छ । त्यसैले, समाजका बालबालिकालाई कुलत र जोखिमबाट जोगाउन उचित मार्गनिर्देश गर्ने प्राथमिक दायित्व अभिभावक, समुदाय तथा शिक्षालयहरूको हो । व्यक्तिलाई अनुशासित, मर्यादित, सहिष्णु, कर्तव्यनिष्ठ, परोपकारी तथा सांस्कारिक बनाउनका लागि घर, परिवार, शैक्षिक संस्थालगायत राज्य गम्भीर हुन आवश्यक छ ।
आज शिक्षालाई समयसापेक्ष बनाउनुपर्ने बहस छ । समयसापेक्ष शिक्षाभित्रको एउटा अत्यन्त महŒवपूर्ण पाटो नैतिक शिक्षा पनि हो । नैतिक शिक्षाबिना व्यक्ति, समाज, शिक्षालयलगायत देशका कुनै पनि निकायहरू अनुशासित, मर्यादित, जवाफदेही तथा कर्तव्यनिष्ठ बन्न सक्दैनन् । नैतिक शिक्षाले सहयोगी भावनाको विकास गर्न, आप्mनो काम आफैं गर्न, स्वावलम्बी बन्न, घर परिवार, आफन्तजन, छिमेकीजनलगायत समुदायमा सामाजिकीकरण हुन मद्दत गर्छ । सरल, सभ्य, शालीन भद्र र सहयोगी व्यक्तित्व निर्माणको स्रोत पनि नैतिक शिक्षा नै हो । यसर्थ आजका बालबालिकालाई घर, परिवार र समुदायबाट स्वआर्जित ज्ञानमा नैतिक शिक्षाको प्रशिक्षणलाई आवश्यक छ भने औपचारिक रूपमा आर्जन गरिने राष्ट्रिय शिक्षा प्रणाली, पाठ्यपुस्तक, पाठ्यव्रmम एवं शिक्षण सिकाइमा पनि नैतिक शिक्षाको विषयस्तुलाई महŒव दिन आवश्यक ठानिन्छ ।
नैतिक शिक्षाबिना समाजमा सहनशीलता, सामाजिक सद्भाव र सहिष्णुमैत्री व्यवहार कमजोर हुन्छ । प्रसिद्ध वैज्ञानिक हेलेन केलरले ‘शिक्षाको उच्चतम सिकाइ सहनशीलता हो’ भनेकी छन् । हाम्रो देशको सन्दर्भमा अहिले समाजमा आप्mनै शिक्षित छोराछारीबाट नै वृद्घ मातापिताहरू अपहेलित हुन परेका घटनाहरू व्याप्त छन् । एकातिर जन्म दिने बुबाआमाहरूले सहनशील, दयालु कर्तव्यनिष्ठ श्रवणकुमाररूपी छोराछारीहरू पाउन सकेका छैनन् भने अर्कोतिर शिक्षालयमा शिक्षा दिने गुरुजनहरूले पनि एकलव्यरूपी गुरुलाई सम्मान गर्ने चेलाहरू उत्पादन गर्न सकेका छैनन् । यसैगरी, समाजमा सज्जन, कल्याणकारी र सर्वहिताय चिताउने नागरिकको अभाव हुँदै गएको अवस्था छ । यस सन्दर्भमा नैतिक शिक्षाको विषयवस्तुको ज्ञान व्यक्ति, समाज र सिंगो राष्ट्रका लागि आवश्यक ठानिन्छ ।
अन्त्यमा समाजमा लोभ, लालच, चोरी  डकैती, सम्बन्ध विच्छेदका घटनाहरू व्याप्त छन् । भ्रष्टचार, हिंसा, बलात्कार, दुव्र्यसन, अपराधीकरण, सांस्कृतिक विचलनजस्ता समस्या बढिरहेको अवस्था छ । नैतिकता, इमानदारिता, लोककल्याणकारी चिन्तन, सकारात्मक सोच, परोपकार, सामाजिक सद्भावजस्ता मानवीय गुणहरू हराउँदै गएको अवस्था छ । यस सन्दर्भमा यी र यस्ता अमर्यादित घटनाक्रमहरूबाट व्यक्ति तथा समाजलाई जोगाउन आत्मअनुशासनसहितको नैतिक शिक्षाको विषयवस्तुलाई देशको शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक तथा सिकाइ शिक्षणको माध्यम बनाउन वाञ्छनीय ठानिन्छ ।


(Visited 25 times, 2 visits today)

No comments:

Post a Comment