यो राज्यमा विशेश्वर प्रसाद कोईराला जस्ता नेतालाई फांसी दिनु पर्छ भन्ने देशघाति नैन बहादुर खत्री मानवअधिकारको अध्यक्ष बने ।
इ.राममणि, ब्राजाभिला
नेपालको विभिन्न कालखण्डहरुमा विभिन्न परिवेश र राजनैतिक धरातलमा स्वदेशी तथा विदेशीको इशारामा अनेक पृष्ठभूमि,राजनैतिक चरित्र र खुबिका प्रधानमन्त्रीहरु भए । नेपाललाई हालको दयनीय अबस्थामा पुर्याउने बहादुरीको श्रेय राणा शासनका जननी थापा,पाण्डे र बस्नेत जातीले दरबारको नजिकिने होडका कारण पाएका छन् ।तत्कालिन शाह वंशिय रानीहरुले आफ्नो छोराको गद्दी एक्किन गराउन खोज्दा नेपालमा १०३ बर्षे अन्धकार युगको शताब्दी हावी भयो । राणाहरुले आंफुलाई श्री ३ घोषणा गरेर नेपाली जनताको रगत र पसिनामा होली खेले । राणाशासनको अन्त्य पछि देश र जनता छोडेर भारत भागेका त्रिभुवनलाई फिर्ता ल्याएर त्यस बेलाका राजनैतिक दलहरु र नेपाली जनताले महा गल्ती गरे, जसका कारण देश २०६२ सम्म शाह वंशीय राजाको मनोमानीमा बन्दी भयो । पहिले बाटै हत्याको भुमरीमा जकडिंदै आएको राजतन्त्रले ज्योतिषिको पूर्व उद्घोष अनुसार नै उदण्ड दिपेन्द्रको पौरखले २०५८ जेष्ठ १९ गते तिलान्जली पायो। राणाहरुको मनोमानीको समाप्ती देखि २०६२ सम्म र त्यस पछिको अन्योलपुर्ण नेपालको राजनीतिमा धेरै प्रधानमन्त्रीहरु भए । केहिले नेपाललाई बनाउन खोजेका पनि थिए, तर दरबारिया खेल,कति केशमा प्रधानमन्त्रीहरुको खुबीका कारण देश झन गरिब बन्दै गयो । सो अबधिमा कुन प्रधानमन्त्रीले के के गरे विबेचना गरौं ।
२००७ देखि २०१५ सम्म राणाको पन्जाबाट उम्केको नेपालको अबस्था अन्योलपुर्ण नै रह्यो । राज्य संचालनको लागि त्यसबेलाका प्रधानमन्त्रीहरुको खासै केहि भुमिका रहेन । २०१५ मा जनताबाट चुनिएका विशेश्वर प्रसाद कोईराला प्रधानमन्त्री बने । तर तत्कालीन महोत्वाकांक्षी राजा महेन्दसंगको टकरावका कारण २०१७ को कालो बिहानीको नेपालमा प्रवेश भयो । तुलसी गिरी,नगेन्द्र रिजाल तथा र्सुय बहादुर थापा जस्ता निरंकुसको हातमा देश गयो । राजपरिवार र केहि मन्त्रीहरुको रकमले स्वीजरल्याण्डको बैंकमा जम्मा हुने मौका पायो । नेपालका राजा विश्वमा नै गरिब देशका धनी राजामा कहलाईए । त्यसपछि २०३२ ताका कीर्तीनीधि बिष्ट प्रधानमन्त्री बने र यिनकै तजविजमा पक्की सिहदरबारमा आगो लगाईयो । यसरी देश बर्बादीको खाडलमा भासिंदै गयो ।
देशको यो बिडम्बना सहन नसकि प्रबासी बनाईएका विशेश्वर प्रसाद कोईराला २०३३ मा मेल मिलापको नीति लिएर नेपाल पसे । साथमा अन्य केहि दलका मानिसहरु पनि उनको पछि लागे । तीन बर्षपछि सबै राजनैतिक दलहरुको सक्रियतामा र नेपाली जनताको साथले ठुलो क्रान्ति भयो । फाशिष्ट पंचेहरुको सातो गयो । जनतालाई कुनै प्रकारको पंचायत चाहिएको थिएन,तर पंचे जालमा बहुदल कि सुधारिएको पंचायत भनी जनमतको नाटक गरियो । तत्कालिन प्रधानमन्त्री सुर्य बहादुर थापाले देशको संम्पदाको दुरुपयोग गरेर पंचेलाई २४ लाख र बहुदललाई २० लाख जनताले मत दिएको भनि पंचेहरुले जितेको बनाए । राजा वीरेन्द्रले पनि अल्पमतको पनि कदर गरिने छ भने पनि त्यो कहिल्यै भएन । जनमतको नतीजा र राजाको भाषण पानीमा मानव त्याज्य ग्यांस जस्तै अर्थहिन भयो । पंचेहरुले एक पछि अर्को गर्दै थप १० बर्षदेश लुटे ।
२०४५ ताका मरिच मान सिंह नामका प्रधानमन्त्री भए । खासमा नेपालको विदेशीहरु संगको दुरदशाको थालनी यिनैका कारण भएको मान्न सकिन्छ । चिन संगको दरबारको हितैषी पनका कारण भारतबाट नेपालले आर्थिक नाकाबन्दीको सामाना गर्नु पर्यो । चिनले रमिता हेर्यो । चिनमा पानी पर्दा नेपालमा छाता ओड्ने कामरेडहरुले यो राम्रोसंग बुझे हुन्छ कि,विश्वबाट असफल कम्युनिष्ट र अधिक जनसंख्याका कारण चीन आंफै अस्थिर छ, उसले नेपाललाई कहिल्यै पनि केहि सहयोग गर्न सक्दैन । देशको यहि नाजुक अबस्थामा २०४६ को क्रान्ति भयो । यसमा धेरै नेपालीले जीवनको बलिदान गरे । फलस्वरुप २०४७ मा विश्वकै उत्कृष्ठ भनिएको
संबिधान नेपालले पायो । लोकतान्त्रिक अभ्यासमा नेपाली कांग्रेसले बहुमत पायो र उसको नेतृत्वमा सरकार बन्यो । राज्य र जनताले असंभव आशा राखे,जुन त्यति चांडै पुरा हुन संभव थिएन । यसबेला गिरिजा कोईराला प्रधानमन्त्री थिए । यो सत्य हो कि नेपालको इतिहासमा गिरिजा भन्ने नाम अफाप सिद्ध छ । उनैका कारण आफ्नै बहुमतको सरकार ढलेर मध्याबधिक चुनावमा देश होमियो । हृाल पनि देश र जनता बन्दी हुनाको कारण यिनैको नेतृत्वको गलत निर्णय दिल्ली संझौताले गर्दा हो ।
उता एकलौटी लुड्याउन नपाएका तर विद्रोह, खास गरि आतंक र चन्दामा विश्वास गर्ने हुलको २०५२ मा जन्म भयो र राज्य र जनता बिरुध्द यस्तै अबसरको फाईदा लिएर झन् उग्र रुपमा प्रकट भयो । अस्थिर सरकारको फाईदा लिएर आतंक झन मौलाउंदै गयो । यसका नेताहरु भारतको ४ तारे होटेलमा बसेर गरिवका छोराछोरीलाई असंभव सपना बांडेर युद्धमा होम्दै गरे । यता राज्यका सेवकहरु दिनहुं ६० ,७० का दरले देशका लागि जीवनको आहुती दिंदै थिए । नेपालमा २०५२ पछिको सबै भन्दा फष्टाएको भनेको मानवाधिकार समुह हो । हुन पनि यो गल्लीमा उम्रने च्याउ र मानव त्याज्यमा सप्रेको मुला जस्तै फस्टायो । यो डलरको श्रोत हुनाले यसको आडमा ती डलर कृषकले जननीलाई धोका दिए,जसको कारण राज्यको हालको यो दशा भएको छ । यसैको आडमा कसैको स्वार्थका लागि भाडामा स्वयं घोषित नागरिक समुहका अगुवाहरुको पनि जन्म भयो । यसको वंशज, कार्यक्षेत्र,नुनपानी मानवाधिकार समुहको जस्तै कसैबाट प्रायोजित छ। त्यसैका लागि अझैं पनि यो मरिमेटेको छ ।
देशको त्यो बिडम्बनामा राजा दरबारमा नशामा रम्दै रहे ।नशाकै तालमा २०५८ जेष्ठमा दरबार हत्या काण्ड भयो। राजयोग परेका ज्ञानेन्द्रले ५० बर्षअघि पहिरिएको श्रीपेच पुनः पहिरिए । यस बेलासम्म सेना चीर निन्द्रामा थियो । देश सरकार बिहिन जस्तै थियो । पाडो खानेले बाच्छो पनि खान्छ भन्ने चलन चल्तीको भनाईको समेत मनन गरी विश्लेषण गर्न नसक्ने हुतीहारा सेना सधैं ठिक छ सरकार भनी सलाम मात्रै गरि बस्यो । सेनाको हेलिकप्टरमा विद्रोहीहरुले गोली हाने पछि प्रधानमन्त्रीले सेना परिचालन गर्ने
आदेश दिए। सेना परिचालन गर्ने आदेशको पालना नभएपछि प्रधानमन्त्री गिरिजा प्रसादले राजिनामा दिए । त्यस पछि राजाले प्रधानमन्त्रीको लागि बिज्ञापन गरे । सोझा शेर बहादुर पिपल पाते माधव नेपालको पार्टीको र्समर्थनमा प्रधानमन्त्री बने । यदि त्यसबेला पिपल पातेको र्समर्थन नभएको भए नेपालको राजनीति फरक हुनेथियो । यसैबेला प्रधानमन्त्री शेर बहादुरले हुतिहारा सेनापति प्यारजंगकोर् इशारामा सेनाले कसैका स्वार्थका लागि सत्ता धान्न पेश गरिएका सबै खाले कागजातमा आंखा चिम्लेर सहि गरेर योग्य क्षमतावान अधिकृतहरुलाई बर्बात् मात्र गरेनन्,आंफैले पनि जेलको अनुभव समेत गरे । त्यस पछि आतंक नियन्त्रण गर्न नसकेको भनी सबै राजनैतिक दललाई प्रतिबन्ध लगाई आंफै अध्यक्ष बनि पुर्व देशमारालाई साथमा लिई ज्ञानेन्द्रले देश हांके ।
संसद पुनःस्थापना हुनु पर्छ भन्ने अडान लिएका अनिष्ठ गिरिजाले २०६१ मा हत्यामा बिश्वास गर्नेसंग अप्राकृतिक सम्बन्ध कायम गरे । श्रीलंकाबाट २६ बर्षो लर्डाईको पाठ सिकेर राज्यलाई सबै खाले आतंकहरुको पंजाबाट संधैलाई मुक्त गर्नुको सट्टा, मेलमिलापको निती लिएर गिरिजाले देशलाई धोका दिए। यसैको फल राजनैतिक दलले हाल भोगिरहेछन् । मतदानमा सहि निर्णय गर्न नसक्ने जनताले पनि धोका पाएकै छन्,धोका पाउनु पर्छ, अझैं धेरै भोग्न बांकी छ ,जनता बन्दी भएका छन् । ज्ञानेन्द्र चतुर भनिए पनि उनको बुद्धिले त्यसबेला घांस खायो, जुन बेला उनले ७ पार्टीको प्राकृतिक सम्बन्ध कायम गर्न दिन हुने थिएन, जसको फल उनैले भोगे । २०६२ मा राजतन्त्रले बिदा लियो । उनको नारायणहिटिबाट बनमा बास भयो,हाल उनी बत्ती र
पानी बिनाको शरणार्थी जीवनको अनुभवको विलौना गर्दै छन् । जब मानिस वा संस्था अर्काको सिद्धान्तको पछि लाग्छ, उसले धोका पाउंछ, ऊ आफ्नो गन्तब्यमा कहिल्यै पुग्न सक्दैन । अहिले सात पार्टीको हाल त्यहि भएको छ । हृत्या, हिंसाबाट पीडित नेपाली जनताले शान्ति आउंछ भन्ने आशले संविधानसभाको नाटकिय चुनावमा भाग लिए । भोट कसरी हालियो, जित्नेले कसरी जित्यो,पार्टीहरूले पछि बुझे । आफ्नो योजना अनुसार अरु पार्टी गएको देखेर बिद्रोहमा भरोसा गर्ने हुल दंग पर्यो ।
यसमा विश्वमा नै असफल भएको यु.एन.ले यिनीहरुलाई साथ दियो । यस्तो
कतै छ विश्वमा - राज्यको सेना र बिद्रोहमा हुलको तुलना भएको -नेपाल यसको उदाहरण बन्यो । बिद्रोहमा हुलको नाईके प्रधानमन्त्री बने । तर सत्ता आरोहणको उन्माद धेरै दिन टिकेन,नक्कली प्रमाण पत्र भएका प्रधानसेनापतिलाई मुद्धा फैसला गरेर कार्वाहि गर्न सकिने कानुनी प्रावधान हुदाहुंदै त्यसबेलाका चन्दा प्रवर्तक प्रधानमन्त्री पुष्पकमल दाहाल सेनाको चिफ बलपुर्वक हटाउंछु भन्दा उठ्नै नसक्ने गरी उनी आंफै हिलोमा पछारिए। परिस्थिति अनुसार सेना हांक्न सक्ने योग्य ब्यक्ति बाहिरिए,सक्षम नेतृत्वको अभावमा हाल सेना अन्योल ग्रस्त छ । खासमा भन्ने हो भने नेपालमा राम्रो
केहि गर्नको लागि पहिलो कदम हालको कानुनी ब्यबस्था ध्वस्त पार्नु पर्छ र भ्रष्टाचार रहित कानुनी राज्य बनाउनु पर्छ । तर , दुखदः यो राज्यमा विशेश्वर प्रसाद कोईराला जस्ता नेतालाई फांसी दिनु पर्छ भन्ने देशघाति नैन बहादुर खत्री मानवअधिकारको अध्यक्ष बन्यो । जब सम्म नैन बहादुर,मीन बहादुर रायमाझी जस्ता नैतिकता पतित भ्रष्टहरु कानुन क्षेत्रमा देशमा सक्रिय रहन्छन्, कालो कोटले न्याय दिन सक्दैन । जनतालेन्याय पाउंदैनन् । पैसा पेल्नेको लागि न्यायालयले काम गर्छ । होइन भने एकै छिनमा फैसला हुने कट्वालको मुद्धा किन फैसला हुन सकेन -कति रकम खायो न्यायाधिसले उक्त मुद्धाको फैसला रोक्न- र यसैका कारण प्रधानमन्त्री पुष्पकमलले राजिनामा दिनु पर्यो । यसबाट थाहा हन्छ कि नेपालको न्याय प्रणाली भ्रष्ट छ, असक्षम छ ।
२०५० मा सच्चा नेता मदन भण्डारीलाई संधैका लागि हटाएर २ वटा क्षेत्रबाट चुनाव हारेका पीपलपाते माधव नेपाल २०६६ जेठमा कांग्रेसको बुइ चढेर प्रधानमन्त्री बने । यता आफ्नै बुद्धिका कारण सत्ताबाट हटेका दाहालले फरि प्रधानमन्त्री खान पिपलपातेलाई एक बर्षसम्म के मात्रै गरेनन्, के मात्रै भनेनन्- जे जे भए पनि जेठ १४ मा संविधान आएन । राज्यको अरबौं स्वाहा पारेर जम्बो टोली फेरि एक बर्षम्याद थपि देशलाई अझैं कंगाल बनाउंदै छ । खै कस्तो संविधान बनाउला यो अनपढ र
मुर्खहरुको बाहुल्य भएको हुलले - खासमा भन्ने हो भने गाउं गाउं र जाति जातिको राज्य नेपाललाई आबश्यक छैन,नेपाल एकै ढिक्का रहोस् ,८० प्रतिशत हिन्दुको मर्यादा रहोस् । शान्ति आओस्,चन्दा दिन नपरोस्,देश बन्द नहोस्,नेपाल बनाउने सक्षम प्रधानमन्त्री आओस् । जनताले यहि चाहेका छन् । अस्तु ।।
No comments:
Post a Comment