एउटा सारंगीको भरमा देशदेशावर घुम्दै गीत गाउँदै हिँड्ने गन्धर्व जातिको अवस्था, यसको उत्पत्ति, बसोवास स्थल र जनजीवनजस्ता पक्षको सूक्ष्म अध्ययन गरी प्रकाशित पुस्तक हो, गन्धर्व लोकवार्ता तथा लोकजीवन ।
उहिलेका गाइने र पछिका गन्धर्वलाई त्यतिबेला समाचारदाता पनि भनिन्थ्यो । र, उनीहरूले देशका कुनाकाप्चामा पुगेर देशभरकिा तात्ताता समाचार सारंगीका तारमा रेट्दै गीतका रूपमा सुनाउँदै हिँड्थे । साँच्चै भन्ने हो भनेे लामो कालखण्डसम्म पनि नेपालका विकट ठाउँमा न हल्कारा पुग्थे न त त्यहाँ रेडियोलगायत कुनै पनि सञ्चार सामग्रीको उपस्िथति थियो । कतिपय स्थानमा रेडियो कस्तो हुन्छ भन्ने थाहा पाउन नसक्ने समय पनि थियो । त्यस्तो बेला, यिनै गन्धर्वका सारंगीमा रेटिने गीत नै समाचार स्रोत थिए । जुन महत्त्वपूर्ण कुरा हो र यसलाई पुस्तकमा महत्त्वका साथ वर्णन गरएिको छ ।
यिनै गन्धर्वहरूमाथि क्षेत्रगत अध्ययन र अनुुसन्धान गरी तुलसी दिवस र चूडामणि बन्धुको सम्पादकत्वमा यो पुस्तक प्रकाशित भएको छ । तुलसी दिवस यसका परयिोजना निर्देशक पनि हुन् । यसमा क्षेत्रगत अनुसन्धानका क्रममा चूडामणि बन्धुको संयोजकत्वमा कुसुमाकर न्यौपाने, मीना मानन्धर र मानबहादुर साहूले गन्धर्व जनजीवनको भित्री तहमा पुगेर जुन विशद् चर्चा गरेका छन्, त्यो आफैँमा महत्त्वपूर्ण त छ नै साथसाथै यो गन्धर्वजातिको समग्र अध्ययन गर्न चाहनेका लागि अमूल्य सामग्री पनि हो ।
सामान्यतया वार्ता भन्नाले कुराकानी या सवालजवाफ भन्ने बुझिन्छ । तर, यस पुस्तकमा लोक भनेको हामीले भन्दै आएको मानिसको समूहलाई नै भनिएको छ भने वार्ता भन्ने शब्दलाई चाहिँ सिर्जनाको अर्थमा प्रयोग गरएिको छ । पुस्तकमा परयिोजना निर्देशकको भनाइमा यसको अध्ययनका लागि आधिकारकि निकाय नेपाल प्रज्ञाप्रतिष्ठानले यसखालका अध्ययन-अनुसन्धानहरूको थालनीसम्म त गर्यो तर त्यसले निरन्तरता नपाएका कारण यसले पूर्णता पाउन सकेन । फलतः नेपाली लोकसंगीत संस्कृतिमा महत्त्वपूर्ण योगदान पुर्याउनेे गन्धर्व जातिको योगदानको उचित चर्चा हुन सकेन ।
पुस्तकको समग्र अध्ययनले सम्पादकद्वयले गरेको मिहिनेत प्रस्ट रूपमा झल्काउँछ । २२ वटा अध्यायमा विस्तारति यस पुस्तकमा गन्धर्व जातिको उत्पत्ति, यिनको मुख्य बसोवास स्थल, यिनको सामाजिक लोकजीवन र आर्थिक पक्ष, सहायक पेसा संस्कार, चाडपर्व, व्यवहार, सांगीतिक पक्ष आदि माथि जुन अध्ययन गरएिको छ, त्यो उदाहरणीय त छ नै त्यसले गन्धर्व जातिबारे आद्योपान्त ज्ञान पनि दिन्छ । कृतिमा यस जातिको यति मिहिन र सूक्ष्म अध्ययन गरएिको छ, जहाँ यिनको थर बाहुनक्षेत्रीसँग मिल्ने कुराको चर्चादेखि कारणसम्म उल्लेख छ । यो मात्र होइन, यसमा गीतका साथ दिइएका उदाहरणहरूले पनि पुस्तकलाई अझ आधिकारकि बनाएको छ ।
पोखरानिकटको गगनगौँडाकी टीकामाया गन्धर्वले घरभित्र राखेको सारंगी झिकेर गाइन् ः
चैत जाँदो वैशाखमा साल्को पात पलाई
यो बेलामा जो देखे नि मयाँ लाग्ने मलाई
चन्दन लाउनू छ्यापछ्याप गाजलुलाई कोस
अर्कालाई मैले क्यै भन्नु छैन यै कर्मको दोष ।
यस गीतले एउटी वयस्क महिलाको प्रेम र पीडालाई प्रस्ट रूपमा झल्काएको छ । सँगै, गन्धर्व जातिमा सारंगीवादनमा पुरुषको मात्र होइन, महिलाले पनि त्यत्तिकै अधिकार कायम गरेको संकेत सम्पादकद्वयले
दिएका छन् ।
तर, पुस्तकको अन्त्यतिर यस जातिको मौलिक बाजाको ठाउँ अन्य आधुनिक बाजाहरूले लिन थालेको सत्योद्गारले नेपाली संगीतप्रेमी जोकोहीको पनि मन कटक्क खान्छ । गीतमा समाचार भन्दै हिँड्ने यो सम्पन्न संगीतकर्मी जाति आज समय, परििस्थति र आफ्नै कारणले पनि ओझेलमा परेको छ । सारंगीलाई आधुनिक विद्युतीय प्रविधिसँग रूपान्तरति गर्न नसक्दा आजका गन्धर्वहरू आफ्ना लोकबाजा सारंगी र अर्बाजोलाई थन्क्याएर गितार, हार्मोनियम, भ्वायलिन, म्यान्डुलिन र बाँसुरीलाई समाउन बाध्य छन् । पुस्तकमा विशेषतः युवापुस्तामा यो परिवर्तन आइरहेको र समाजले यी बाजाहरूप्रति राख्ने हेयभावले पनि यो जातिमा यिनको प्रयोग दुर्लभप्रायः भइरहेको उल्लेख छ ।
परम्परागत सारंगीमा प्रयोग हुने खिर्राको काठ, खसीको आन्द्रा, घोडाको पुच्छरबाट फड्को मारेर प्यारासुटको डोरी र प्लास्िटकमा भर पर्न थालेका कारण पनि सारंगी या अर्बाजोबाट निस्कने मौलिक आवाजमा समेत परविर्तन आउन थालेको अनुभव गर्न सकिन्छ । यिनै विभिन्न कारणले आज सारंगी, अर्बाजो र गन्धर्व जाति स्वयं कुनै संग्रहालयमा जीवित रहने स्िथतिमा पुगेका छन् ।
समग्रमा गन्धर्व लोकवार्ता तथा लोकजीवनले यी यावत् पक्षमाथि उत्खननीय अध्ययन र अनुसन्धान गरेको छ । गन्धर्व जाति र यसको संस्कृति छायाँमा पर्दै गए पनि यसको इतिहासदेखि आजसम्मको अवस्थालाई यस पुस्तकले सारै मिहिन रूपमा प्रस्तुत गरेको छ । त्यसैले यो संग्रहणीय मात्र होइन, पठनीयसमेत बनेको छ । किताब किनेर भण्डारमा थन्क्याउने परम्परामा हुर्केका पुस्ताले पनि यस पुस्तकको पहिलो पृष्ठ पल्टायो भने आद्योपान्त छिचोल्न बाध्य हुन्छ । गन्धर्व लोकवार्ता तथा लोकजीवनको सफल पक्ष यो पनि हो ।
No comments:
Post a Comment