Sunday, September 5, 2010



काठमाडौँ, भदौ २० (नागरिक)- सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकले कुनै एक व्यक्तिको खाता (एकाउन्ट) अरु कतैबाट सञ्चालन भएको छ कि छैन हेर्न सकिने र आफ्नो जानकारी बाहेक अरु ठाउँबाट चलेको भए लगआउट गर्न सकिने सुविधा दिन थालेको छ ।

शनिबारदेखि सबै प्रयोगकर्तालाई फेसबुकले यो नयाँ सुरक्षा सुविधा थपेको हो। यसअघि केही प्रयोगकर्ताले मात्र यो सुविधा पाएका थिए ।

यो सुविधा विशेष गरी अर्काको कम्प्युटर वा साइबरमा गएर अथवा आफ्नो कार्यालयको कम्प्युटरमा लग इन गर्ने तर लगआउट गर्न बिर्सनेहरुका लागि उपयुक्त हुन्छ। तपाईँको पासवर्ड अरु कसैलाई थाहा छ भने कुन ठाउँबाट कुन कुन बेला तपाईँको जानकारी बिना उनीहरुले लग इन गरे भन्ने जानकारी पनि तपाईँले सजिलै पाउन सक्नुहुनेछ।

यदि कुनै नयाँ कम्प्युटर वा मोबाइलबाट तपाईँको खातामा (एकाउन्ट) लगइन भयो भने हुने बित्तिकै एसएमएस वा इमेलबाट त्यसको जानकारी पाउने सेटिङ मिलाउने सुविधा पनि फेसबुकले थपेको छ ।

यसका लागि तपाईँको फेसबुकको दायाँ छेउको माथि रहेको एकाउन्टमा क्लिक गरी त्यसबाट एकाउन्ट सेटिङ्ग्समा क्लिक गर्नुपर्छ। त्यसपछि एकाउन्ट सेक्युरिटी नजिकैको चेन्ज लेखिएको ठाउँमा क्लिक गर्नुपर्छ ।

No comments:

Post a Comment