Wednesday, September 22, 2010

२१८ मेगावाट विद्युत् उत्पादनको तयारी

दुर्गाप्रसाद शर्मा, (पर्वत), धौलागिरी अंचलमा २ सय १८ मेगावाट विद्युत् उत्पादनका लागि जलविद्युत् परियोजना शुरु भएका छन्। पर्वत म्याग्दी र मुस्ताङ जिल्लामा शुरु भएका चार परियोजनाबाट आगामी पाँच वर्षभित्र २ सय १८ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुने भएको हो।

पर्वतको मोदीखोलामा १० मेगावाट क्षमताको तल्लो मोदीखोला एक र १४ दशमलव ८ मेगावाट क्षमताको मध्यमोदी मुस्ताङ र म्याग्दी जिल्लामा बन्ने १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज र म्याग्दीमा ३० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना शुरु भएका हुन्।

यी परियोजनामध्ये तल्लो मोदीखोला जलविद्युत् आयोजनाको ४० प्रतिशतभन्दा बढी निर्माणकार्य पूरा भैसकेको छ भने अन्य तीन आयोजनाले जग्गा अधिग्रहण सकेर भौतिक निर्माणको कार्य शुरु गर्न लागेका हुन्। राहुघाट सरकारी र भारतीय बैंकको सह-लगानीमा निर्माण भैरहेको छ भने अन्य तीन परियोजना निजी क्षेत्रका कम्पनीले निर्माण शुरु गरेका हुन्।

मुस्ताङ जिल्लाको लेते र कुंजो म्याग्दीको नारच्याङ र दाना गाविसमा कालीगण्डकी गर्ज हाइड्रोपावर कम्पनीले निर्माण गरेको हो। पाँच वर्षमा पूरा हुने परियोजनाको लागत २५ अर्ब रुपियाँ हुने अनुमान गरिएको छ। परियोजनाका लागि आवश्यक ३ सय रोपनी जग्गा अधिग्रहण भैसकेको कम्पनीका निर्देशक कुमार पाण्डेले बताउनुभयो। जग्गा अधिग्रहण सकिएको छ

लगानीकर्ता जुटाएर भौतिक निर्माणको काम थाल्ने तयारी भैरहेको छ -उहाँले भन्नुभयो। यो परियोजनामा भारत अमेरिका र क्यानाडालगायतका मुलुकका लगानीकर्ताले चासो देखाएका छन्। निर्माणस्थल बेनी-जोमसोम सडक खण्डमा परेकाले पहुँच मार्ग निर्माणभन्दा सडकको स्तर उन्नति गरे पुग्ने देखिएको परियोजनाले जनाएको छ।

पर्वतको चुवा गाविसमा निर्माणाधीन तल्लो मोदीखोला-१ जलविद्युत् आयोजनाले ४० प्रतिशतभन्दा बढी भौतिक निर्माणको काम सकेको छ। निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर प्रालिले निर्माण शुरु गरेको १० मेगावाट क्षमताको आयोजना आगामी २०६८ को भदौसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको हेडर्वक्स डिसेन्डिङ बेसिनको धेरै काम पूरा भएको

छ भने विद्युत् गृहमा पनि काम भैरहेको छ। वर्षा लागेपछि सुस्ताएको काम खोलामा पानी घटेपछि फेरि बढाउने आयोजनाका निर्देशक उपेन्द्र गौतम बताउनुहुन्छ। ँहामी एक वर्षभित्र काम सक्ने तयारीका साथ निर्माणमा जुटेका छौं केही अवरोध भए पनि समयमै काम सम्पन्न गर्ने कुरामा विश्वस्त छौं -उहाँले भन्नुभयो।

पर्वतको भुकदेउराली र देउपुर गाविसमा निर्माण हुने १४ दशमलव ८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाले पनि जग्गा अधिग्रहणको काम सम्पन्न गरिसकेको छ। हिमाल हाइड्रोपावर कम्पनीले निर्माण शुरु गरेको आयोजना २ अर्ब ८० करोड रुपियाँको लागतमा दुई वर्षभित्र पूरा गर्ने कम्पनीका वरिष्ठ अधिकृत कृष्णबहादुर घिमिरेले बताउनुभयो। पीपीए र

लगानीकर्ताको टुंगो लगाएपछि भौतिक निर्माणको काम शुरु हुन्छ -उहाँले भन्नुभयो।

म्याग्दीको झीं दग्नाम र पाल्तेखेत गाविसमा निर्माण हुने राहुघाट जलविद्युत् आयोजनाले पनि भौतिक निर्माणका लागि बोलपत्र आ³वान गरिसकेको छ। जग्गा अधिग्रहणमा भने विवाद भएकाले केही समयदेखि रोकिएको छ। नेपाल सरकारको ७० र भारतीय आयात-निर्यात बैंकको ३० प्रतिशत लगानीमा बन्न लागेको परियोजना करिब ५ अर्ब रुपियाँको लागतमा सम्पन्न

हुनेछ। सिभिल संरचनाको निर्माणकार्य छिट्टै शुरु हुन्छ -परियोजनाका निर्देशक बुद्धकृष्ण मानन्धरले बताउनुभयो।

No comments:

Post a Comment