https://ujyaaloonline.com/story/21600/2019/6/11/passenger-mistakenly-opens-emergency-door-toilet
Facebook2,463TwitterEmailPrintFriendly
विमानका यात्रुले शाैचालय ठानेर ‘इमर्जेन्सी’ ढाेका खाेलेपछि...
जेठ २८, २०७६ मंगलबार १३:५७:५९
|
उज्यालो सहकर्मी
गएको शुक्रबार बेलायतमा यात्रु बोकेर उडान भर्न तयारी हालतमा रहेको एउटा विमानको उडान पटक पटक गरी ७ घण्टा ढिला भयो ।
यो घटना बेलायतको म्यानचेस्टरबाट
पाकिस्तानको इस्लामावादका लागि उड्न लागेको पाकिस्तान इण्टरनेशनल एअरलाइन्स
पीआईएको फ्लाइट नम्बर ७०२ को विमानमा भएको हो ।
विमानको उडान ७ घण्टा ढिला हुनुको पछाडि कारण भने रमाइलो छ ।
विमानमा रहेका एक यात्रुले शौचालय भन्ने
ठानेर पटक पटक आकस्मिक ढोका खोलेपछि विमानको उडान पछाडि धकेलिएको हो । ती
यात्रुले शौचालय ठानेर त्यही आकस्मिक ढोका किन बारम्बार खोले भन्ने चाहिँँ
खुल्न सकेको छैन ।
No comments:
Post a Comment