https://www.janaboli.com/post/216773


बढेको तलब आजदेखि : कुन तहका कर्मचारीले थाप्छन् [तालिकासहित]
काठमाडौ । सरकारले राष्ट्रसेवक
कर्मचारीको बढाएको तलब आजदेखि लागू हुनेछ । कर्मचारीको तलब १८ देखि २०
प्रतिशतसम्म वृद्धि भएको थियो । आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सरकारले
करिब साढे ५ लाख हाराहारी संख्यामा रहेका कर्मचारीको तलब साउन १ देखि लागू
हुने गरी बढाएको हो । कार्यालय सहयोगीदेखि नायब सुब्बासम्मको तलबमा २०
प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको
छ ।

झन्डै साढे दुई लाख हाराहारी रहेका
सेवानिवृत्त राष्ट्रसेवकहरूको पेन्सनसमेत वृद्धि भएको छ ।
पूर्वराष्ट्रसेवकहरूको पेन्सनमा जुन पदबाट सेवानिवृत्त भएको हो, त्यही पदको
बहालवाला कर्मचारीको बढेको तलबको ६६ प्रतिशतका दरले वृद्धि हुनेछ ।
सबभन्दा तल्लो तहको कर्मचारी कार्यालय
सहयोगीको तलब १६ हजार २ सय ३० बाट ३ हजार २ सय ४६ बढेर १९ हजार ४ सय ७६
रुपैयाँ पुगेको छ । सबभन्दा माथिल्लो तह मुख्यसचिवको तलब ५५ हजार २ सयबाट ९
हजार ९ सय ३६ बढेर ६५ हजार १ सय ३५ रुपैयाँ पुगेको छ । खरिदारको तलब २२
हजार १ सय ७० बाट ४ हजार ४ सय ३४ बढेर २६ हजार ६ सय ४ रुपैयाँ पुगेको छ ।

सबै तहका कर्मचारीलाई दिइँदै आएको मासिक २
हजार रुपैयाँ महँगी भत्ता, वाषिर्क ७ हजार ५ सय कपडा भत्ता बजेटमा यथावत्
राखिएको छ । दुई दर्जनभन्दा बढी कार्यालयका कर्मचारीलाई दिइँदै आएको सय
प्रतिशतसम्मको प्रोत्साहन भत्तासमेत यथावत् छ ।
No comments:
Post a Comment