प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
Sunday, July 14, 2019
मेलम्ची ठेकेदारलाई भगाएर हाकिमको पानी व्यापार चम्किदै
https://aarthiknews.com/news/4303
मेलम्ची ठेकेदारलाई भगाएर हाकिमको पानी व्यापार चम्किदै
आर्थिकन्यूज
सोमबार, ३० असार २०७६
काठमाडौं । सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी
उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५ ।
तर खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची
खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रुपमा ठेकेदारलाई भगाए ।
आयोजनाले ठेकेदारलाई दिनै पर्ने भुक्तानी नदिएर भगाइएको थियो ।
ठेकेदारले काम छाडेको सात महिनासम्म कुनै काम सुरु भएको छैन । अझै
मेलम्ची कति वर्षपछि आउँछ त्यो निश्चित छैन । मेलम्चीमा पानी उपत्यकामा नआए
पनि ट्याकंर र जारबाट पानी आफूर्ति गर्दै आएका व्यापारीलाई भने दीर्घ लाभ
प्राप्त हुँदै आएको छ ।
आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेल आफैँ बोलत, जार र
ट्याकंरबाट विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पानी आपूर्ति गर्ने
उद्योग चलाएर बसेका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
No comments:
Post a Comment