Friday, July 19, 2019

मासु उत्पादनको लागि कुन जातको खरायो पाल्ने ? विज्ञले तयार पारेको महत्वपूर्ण बुदाहरु अवस्यै पढौं

https://halokhabar.com/news-details/1873/2019-07-04

मासु उत्पादनको लागि कुन जातको खरायो पाल्ने ? विज्ञले तयार पारेको महत्वपूर्ण बुदाहरु अवस्यै पढौं

२०७६ असार १९ बिहीबार १०:१४:०० मा प्रकाशित ९५०७
हलोखबर
halokhabar
काठमाडौं । खरायो स्तनधारी चारखुट्टे जनावर हो । यो जनावर घरपालुवा र जंगली दुबै अवस्थामा पाइन्छ। खरायो विशेषगरी मासु र ऊनका लागि विश्वका धेरै ठाँऊमा पालिने गरिन्छ । केहीले आप्नो सौखको रूपमा पनि पाल्ने गरेकाछन् । खरायोहरू अत्यन्तै तिब्र प्रजननदर भएका जनावर हुन् । पोथी खरायो ६ महिनाको भएपछि प्रजननको लागि योग्य हुन्छ भने भाले खरायो ७ महिनामा परिपक्व हुन्छ। खरायोले एक बर्षमा ८ देखि ९ पटकसम्म व्याउंछ । तर धेरै पटक व्याउंदा उनको उत्पादन र गुणस्तरमा कमी आउने हुँदा बर्षा ३ देखि ४ पटकसम्म मात्र व्याउनु दिनु पर्दछ । पछिल्लो समय नेपालमा पनि खरायो व्यवसायिक रुपमानै पाल्न थालिएको छ ।

१. खरायो के को लागि पालिन्छ ?
 उन र मासु उत्पादनको लागि खरायो पालिन्छ ।

२. उन उत्पादनको लागि पालिने खरायोलाई कस्तो हावापानी उपयुक्त हुन्छ ?
 १० देखि २५ डिग्री सेल्सियस तापक्रम भएको हावापानी उपयुक्त हुन्छ ।

३. कुन जातको खरायो उन उत्पादनको लागि प्रसिद्ध मानिन्छ ?
अंगोरा जातको खरायोलाई उन उत्पादनको लागि प्रसिद्ध मानिएको छ ।

४. मासु उत्पादनको लागि कुन कुन जातको खरायो पालिन्छ ?
विशेष गरी मासु उत्पादनको लागि रसियन ग्रे, चिन्चिला, न्यू फिल्ड हृवाईट जातका खरायो पालिन्छ ।

५. खरायो पालन गर्नको लागि आवश्यक जानकारी लिन कहां सर्म्पर्क गर्नु पर्छ ?
सम्बन्धित जिल्ला पशु सेवा कार्यालय वा केन्द्रिय बंगुर कुखुरा प्रबर्द्धन कार्यालय, हरिहरभवन, ललितपुरमा सम्पर्क गरी आवश्यक जानकारी र सहयोग लिन सकिन्छ ।

६. खरायोलाई हरियो भुई घांस बाहेक अन्य हरियो रुखपात पनि खुवाउन सकिन्छ ?
खरायोलाई आलु, मुला, गाजर, काउली बोडी, फापर, बन्दागोभी, सकरकन्द लगायत किम्बु र र्इ्पिल इपिल जस्ता डालेघाँस पनि खुवाउन सकिन्छ ।

७. खरायोलाई कुन कुन हरियो भुई घांस खुवाउने ?
खरायोलाई बर्सिंम, जै, दुवो, क्लोभर, स्र्टाईलो, बन्सो, नेपियर, मकै, उखु, बदाम, र्लुर्सन जस्ता हरियो भुई घांस खुवाउन सकिन्छ ।

८. वयस्क खरायोलाई कति हरियो घांस खुवाउनु पर्दछ ?
खरायोलाई आफ्नो शारीरिक तौलको आधा तौल बराबर हरियो घांस खुवाउनु पर्दछ ।

९. खरायोको बच्चाले जन्मेको कति दिन पछिबाट घांस खान थाल्छ ?
खरायोको बच्चाले ८ देखि १० दिन पछिबाट मात्र आंखा देख्छ र त्यस पछि विस्तारै घांस खान शुरु गरे पनि १ महिना पछिबाट मात्र राम्ररी घांस खान थाल्छ ।

१०. पोथी खरायोलाई व्याएको कति दिन पछि फेरी भालेसित मिसाउनु राम्रो हुन्छ ?
व्याएको २ हप्ता भित्रमा नै पनि सजिलै भाले लगाउनु सकिन्छ तर व्याएको करिब ४५ दिन पछि बच्चालाई दूध छुटाउने र त्यस्को १ हप्ता भित्र भाले मिसाउनु राम्रो हुन्छ ।

११. पोथी खरायोलाई सबै बच्चा जन्माई सक्न कति जति समय लाग्छ ?
पोथी खरायोले १५ देखि ३० मिनेटमा १० देखि १२ वटा जन्माउंछ ।

१२. खरायोले एक वेतमा कतिवटा बच्चा जन्माउंछ ?
एक वेतमा खरायोले सरदर ७ देखि ८ वटासम्म बच्चा जन्माउंछ ।

१३. उनको लागि पालिएको अंगोरा खरायोलाई बर्षा कति पटकसम्म व्याउन दिने ?
धेरै पटक व्याउंदा उनको उत्पादन र गुणस्तरमा कमी आउने हुंदा बर्षा ३ देखि ४ पटकसम्म मात्र व्याउनु दिनु पर्दछ ।

१४. खरायोले एक बर्षमा कति पटकसम्म व्याउँछ ?
खरायोले एक बर्षमा ८ देखि ९ पटकसम्म व्याउंछ ।

१५. खरायोको गर्भावधि कति दिनको हुन्छ ?
खरायोको गर्भावधि करिब १ महिनाको हुन्छ ।

१६. वाली लागे पछि माउ खरायोको उन काटी हाल्नु पर्छ भन्छन् नि किन होला ?
किनकि गर्भिणी माउको उनको गरमले पेटमा भएको ६० प्रतिशतसम्म बच्चा मर्न सक्छ ।

१७. खरायोलाई हाडनातामा प्रजनन गराउनु हुन्छ कि हुंदैन ?
हुंदैन, किनकि हाडनातामा प्रजनन गराएमा त्यसबाट जन्मेको सन्तानहरु खिएर जाने, रोगसंग लड्ने क्षमता कम हुने, ख्याउटे र बढी मर्ने हुन्छ ।

१८. खरायोको भाले पोथीलाई कसरी प्रजनन गराउने ?
 प्रजननको समयमा जहिले पनि पोथी खरायोलाई भाले भएको ठाउंमा लैजानु पर्दछ ।

१९. अनि कुन उमेरमा पोथी खरायो प्रजनन योग्य हुन्छ ?
पोथी खरायो ७ देखि ९ महिनाको उमेरमा प्रजनन योग्य हुन्छ ।

२०. भाले खरायोको प्रजनन योग्य उमेर कति हो ?
भाले खरायो ८ देखि ९ महिनामा प्रजनन योग्य हुन्छ ।

२१. कस्तो छालालाई गुणस्तरहीन छाला भनिन्छ ?
छालाको आकार नमिलेको, छाला ठाउं ठाउंमा प्वाल परेको, उन पातलो र एक नासको नभएको, फोहोर टांसिएको, टुक्रिएको र सडिएको जस्ता छाला कम गुणस्तरको मानिन्छ ।

२२. गुणस्तरको छाला कस्तो हुन्छ ?
छालाको आकार मिलेको, एकनासको घना उन छालामा राम्ररी टांसिएको, सफा र प्रशोधित उनलाई सामान्यतया गुणस्तरको छाला भनिन्छ ।

२३. खरायोलाई छाला उत्पादनको लागि कुन बेला वध गर्ने ?
छालाको लागि खरायोलाई करिब ९ हप्ता भन्दा माथि उमेर भए पछि र जाडो शुरु हुनु ठीक अगाडी मारेर छाला निकाल्नु पर्दछ ।

२४. खरायोको मासु खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ हो ?
हो खरायोको मासुमा बोसोको मात्रा कम हुने हुनाले स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

२५. मासु खानको लागि खरायोलाई मार्नु पर्दा कसरी मार्न सकिन्छ ?
देब्रे हातले पछाडीको दुई खुट्टा समातेर उंधो मुन्टो बनाई झुण्डाउने र दाहिने हातले लठ्ठी लिएर टाउको पछाडीको भाग कन्पारोमा हिर्काई मार्न सकिन्छ ।

२६. मासुको लागि पालिने खरायोलाई कति तौल भए पछि मासुको लागि प्रयोग गर्नु पर्दछ ?
करिब १.६ किलोग्राम तौल भए पछि मासुमा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

२७. त्यसो भए भेडा अंगोरा खरायोको उनमा खास फरक चाहिं के हो ?
अंगोरा खरायोको उन ९८.५ प्रतिशत शुद्ध हुन्छ भने भेडाको उन ५० प्रतिशत मात्र शुद्ध हुन्छ ।

२८. अंगोरा खरायोको उन धेरै न्यानो हुन्छ ?
 हो धेरै न्यानो हुन्छ र त भेडाको उन भन्दा ८ गुणा न्यानो हुन्छ ।

२९. एक बयस्क अंगोरा खरायोबाट वार्षिक कतिसम्म उन उत्पादन हुन्छ ?
 वार्षिक ७०० देखि ८०० ग्रामसम्म उन उत्पादन हुन्छ भने भाले भन्दा पोथीले केही बढी उन दिन्छ ।

३०. एक बर्षमा कति पटकसम्म उन काट्न सकिन्छ ?
 अंगोरा खरायोको उन ३र३ महिनाको फरकमा गरी बर्षमा ४ पटकसम्म काट्न सकिन्छ ।

३१. अंगोरा खरायोबाट कहिले देखि उन उत्पादन लिन सकिन्छ ?
राम्रो व्यवस्थापनमा पालिएको खरायोबाट करिब ३ महिनाको उमेर भए पछि उन उत्पादन लिन सकिन्छ ।

३२. खरायोलाई कक्सिडियोसिस रोगबाट बचाउन के कुरामा ध्यान दिनु पर्छ ?
फोहोर खोर भएमा यो रोग हुने संभावना बढी भएकोले खरायोको खोरलाई प्रत्येक हप्तामा २ पटक नियमित सफा गरी निःसंक्रमण गर्नु पर्दछ ।

३३. रोगी खरायो बसेको खोरलाई के गर्ने ?
 रोगी खरायो बसेको खोरलाई राम्ररी सफा गर्ने अनि निःसंक्रमण गरी २ देखि ३ दिनसम्म खोर खालि राखी अनि मात्र खरायोलाई फेरी खोरमा राख्ने व्यवस्था मिलाउनु पर्दछ ।

३४. खरायोको कक्सिडियोसिस रोगको उपचार कसरी गर्न सकिन्छ रु ?
पशु स्वास्थ्य प्राविधिकको सहयोगमा पाक्वीन, कड्रीनल जस्ता औषधि प्रति लिटर पानीमा १ ग्रामको दरले घोली ५ देखि ७ दिनसम्म खुवाएर उपचार गर्न सकिन्छ ।

३५. खरायोमा कक्सिडियोसिस (Coccidiosis) रोग लागेको कसरी थाहा पाउने ?

 यो शुक्ष्म परजिवीबाट हुने रोगबाट ६ देखि ७ हप्ता उमेरका खरायोहरु बढी प्रभावित हुने गर्दछ । रोगी खरायोको पेट फुल्ने, आहारा नखाने, पाखाला लाग्ने लक्षण देखा पर्दछ ।

३६. फनफने रोगबाट बच्नको लागि के उपाय अपनाउनु पर्छ ?
रोगी खरायोको दूध, तुहेको बच्चा, पाठेघरबाट निस्किएको श्रावबाट रोग र्सर्ने भएकोले मानिस र खोरको सरसफाईमा राम्ररी ध्यान दिनु पर्दछ ।

३७. फनफने रोगको उपचार पनि हुन्छ ?
रोगी खरायोलाई पशु स्वास्थ्य प्राविधिकको सहयोगमा एन्टीवायोेटिक औषधि ५ देखि ७ दिन सम्म प्रयोग गरी उपचार गर्नु पर्दछ ।

३८. खरायोको फनफने (Listeriosis) रोग कस्तो रोग हो ?

फनफने रोग खरायोबाट मानिसमा पनि सजिलै र्सन सक्दछ । यो रोग लागेको खरयोमा कडा ज्वरो आउने, मुण्टो बटार्ने, घांस दानापानी नखाने जस्ता लक्षण देखा पर्दछ ।

३९. खरायोलाई कस्तो कस्तो रोग लाग्दछ ?
खरायोलाई अन्य पशुपंक्षीहरु जस्तै विभिन्न किसिमका रोगहरु लाग्ने भएतापनि फनफने र कक्सिडियोसिस प्रमुख रोग मानिन्छ ।

४०. भाले अंगोरा खरायोलाई कति उमेरसम्म प्रजनन कार्यमा प्रयोग गर्ने ?
 भाले खरायोलाई प्रजनन कार्यको लागि लागि ३ देखि ३।५ बर्षम्म प्रयोग गर्न सकिन्छ ।

४१. पोथी अंगोरा खरायोलाई कति उमेरसम्म उत्पादनको लागि प्रयोग गर्न सकिन्छ ?
 पोथी खरायोलाई बच्चा उत्पादनको लागि ३ बर्षम्म प्रयोग गर्न सकिन्छ ।

४२. खरायोलाई छाडा छोडेर पाल्नु हुन्छ कि हुंदैन ?
 हुंदैन, बढी बिजाइँ गर्छ साथै असुरक्षित पनि हुन्छ ।

४३. अंगोरा भाले खरायोलाई कस्तो खोरको आवश्यकता पर्दछ ?
अंगोरा भालेको लागि २.५ फिट लम्बाई, २ फिट चौर्डाई १.५ फिट उंचाई भएको जमीनमा दिसा पिसाव बगेर जाने गरी टांड परेको खोर बनाउनु पर्दछ ।

४४. अंगोरा माउ खरायोको लागि कस्तो खोरको आवश्यकता पर्दछ ?
अंगोरा माउको लागि ४ फिट लम्बाई, २.५ फिट चौर्डाई र २ फिट उंचाई भएको जमीनमा दिसा पिसाव बगेर जाने गरी टांड परेको खोर बनाउनु पर्दछ ।

४५. खरायोको माउ बच्चाहरुलाई दैनिक कति दाना खुवाउन सकिन्छ ?
 घांस खाई रहेको माउलाई ६० देखि ७० ग्राम, बच्चा सहितको माउलाई १२० ग्राम र १ देखि १।५ महिना उमेरका खरायोको बच्चालाई ४० ग्राम सम्म दाना खुवाउन सकिन्छ ।

४६. खरायोको शारिरीक अवस्था अनुसार कस्तो दाना खुवाउनु पर्दछ ?
माउको दानामा १५५, व्याउने माउको दानामा १७५ र बच्चाको दानामा २०५ प्रोटिन भएको दाना खुवाउनु पर्दछ ।

No comments:

Post a Comment