प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
Sunday, July 14, 2019
क्षमताभन्दा बढी पानी भरिएपछि कुलेखानीकाे ड्याम खाेल्ने तयारी, चार जिल्लाका नागरिकलाई सतर्क रहन आग्रह
मकवानपुर
- मकवानपुरको कुलेखानी ड्याम भरिएर खतराको संकेत देखिएपछि ड्याम खोलेर पानी
छाडिने भएको छ । दिनहुँजसो कुलेखानीको क्षमताभन्दा बढी पानी जमेपछि जिल्ला
सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने भएको हो ।
कुलेखानीको ड्याम खोल्दा त्यहाँबाट बग्ने
पानीले चार जिल्लामा प्रभाव पार्ने भएकाले सतर्क रहन मकवानपुरका प्रमुख
जिल्ला अधिकारी अस्मान तामाले आग्रह गर्नुभएको छ ।
कुलेखानीको क्षमता कुल १ हजार ५ सय ३०
मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १ हजार ५ सय २५ दशमलब ४ मिटर पानी
भरीसकेको छ । प्रतिघण्टा २ मिटरका दरले पानी बढीरहेकाले कुलेखानीमा खतराको
संकेत देखिएको हुँदा पानी बाहिर निकाल्न लागिएको प्रमुख जिल्ला अधिकारी
तामाङले बतााउनु भयो ।
सोमबार बिहान ८ बजेबाट कुलेखानी
ड्यामभित्रको पानी ढोका खोलेर बाहिर छोडिने भएको हो । नेपाली सेना, ससस्त्र
प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राबिधिकको सहभागितामा कुलेखानीको
पानी निकाल्न लागिएको हो ।
कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले
मकवानपुरको भिमफेदी, इन्द्रसोवर, बागमती गाउँपालिकाका साथै सर्लाही, रौतहट र
सिन्धुली जिल्लाका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।
बागमती खोला भएर कुलेखानीको पानी बग्ने
भएकाले त्यस आसपासका क्षेत्रमा रहेकाहरु विशेष सतर्क बस्न प्रमुख जिल्ला
अधिकारी तामाङले आग्रह गर्नुभयाे ।
No comments:
Post a Comment