https://www.onlinekhabar.com/2019/07/779221
Share to TwitterShare to Email
नेपाल भित्रिने सामानको ‘उपयोग अवधि’मा हेरफेर
‘उपभोग अवधि’ ७५ बाट ६० प्रतिशतमा झर्यो
२३ असार, काठमाडौं । भारतबाट नेपालमा भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षणलाई छुट दिएकै दिन सरकारले नेपालमा आयात हुने वस्तुको ‘उपभोग अवधि’ मा समेत भारी सहुलियत प्रदान गरेको खुलेको छ ।
गत जेठ १० गते बसेको मन्त्रिपरिषद बैठकबाट स्वीकृत निकासी पैठारी आदेशमा नेपालमा आयात हुने वस्तुहरुमा भन्सार बिन्दुमा आइपुग्दासम्म ७५ प्रतिशत ‘उपभोग अवधि’ रहनुपर्ने भनिएको थियो ।
तर, गत विहीबारको मन्त्रिपरिषदले बैठकले जेठ १० मा आफैंले गरेको
निर्णयलाई सच्याउँदै ६० प्रतिशत मात्रै ‘एक्स्पायर्ड डेट’ भएका सामानलाई
आयात गर्न दिइने गरी खुकुलो नीति लिएको छ । यसरी छुट दिइएको सामानमा
औषधिसमेत पर्छ ।
वाणिज्य मन्त्रालयले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेपछि सोहीअनुसार ७५ प्रतिशत ‘एक्स्पायर्ड डेट’ बाँकी रहेका वस्तुलाई मात्रै नेपाल प्रवेश गराउन थालिएको थियो ।
नयाँ संशोधनसहित असार २ गतेबाट कार्यान्वयनमा आएको निकासी पैठारी आदेशमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने विहीबारको क्याबिनेटबाट पुनःसंशोधन गरिएको थियो ।
तरकारी र फलफूलसम्न्धी निर्णयसँगै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको प्रस्तावमा आयात हुने वस्तुहरुको ‘एक्स्पायर्ड डेट’ समेत घटाएर ७५ प्रतिशतबाट ६० प्रतिशतमा झारिएको हो ।
त्यसैगरी विहीबारको क्याबिनेटले असार २ गतेको नयाँ आदेश लागू हुनुपूर्व नै प्रतीतपत्र र बैंकिङ प्रक्रिया पूरा गरी आयात प्रक्रियामा रहेका वस्तुमाथिको प्रतिबन्धसमेत हटाइदिएको छ ।
गत जेठ १० गते बसेको मन्त्रिपरिषद बैठकबाट स्वीकृत निकासी पैठारी आदेशमा नेपालमा आयात हुने वस्तुहरुमा भन्सार बिन्दुमा आइपुग्दासम्म ७५ प्रतिशत ‘उपभोग अवधि’ रहनुपर्ने भनिएको थियो ।
वाणिज्य मन्त्रालयले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेपछि सोहीअनुसार ७५ प्रतिशत ‘एक्स्पायर्ड डेट’ बाँकी रहेका वस्तुलाई मात्रै नेपाल प्रवेश गराउन थालिएको थियो ।
नयाँ संशोधनसहित असार २ गतेबाट कार्यान्वयनमा आएको निकासी पैठारी आदेशमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने विहीबारको क्याबिनेटबाट पुनःसंशोधन गरिएको थियो ।
तरकारी र फलफूलसम्न्धी निर्णयसँगै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको प्रस्तावमा आयात हुने वस्तुहरुको ‘एक्स्पायर्ड डेट’ समेत घटाएर ७५ प्रतिशतबाट ६० प्रतिशतमा झारिएको हो ।
त्यसैगरी विहीबारको क्याबिनेटले असार २ गतेको नयाँ आदेश लागू हुनुपूर्व नै प्रतीतपत्र र बैंकिङ प्रक्रिया पूरा गरी आयात प्रक्रियामा रहेका वस्तुमाथिको प्रतिबन्धसमेत हटाइदिएको छ ।
No comments:
Post a Comment