Friday, July 19, 2019

श्रेष्ठ एग्री इन्पुट्समा

https://halokhabar.com/news-details/1465/2019-05-08
श्रेष्ठ एग्री इन्पुट्समा नेपालमै निर्माण भएका आलु खन्ने औजार, ट्रेलर, रिजर, पोटेटो प्लान्टर, हिल्याउने चक्का, केज ह्वील, मल्टीक्रस थ्रेसर, पेडल थ्रेसर, कोदो थ्रेसर, गाजरको बिउ झार्ने थ्रेसर, ०.५ टी कर्न सेलर, मकै काट्ने मेशिन, हाते कर्न सेलर बन्ने गर्छ । श्रेष्ठका अनुसार सिड ट्रिटर, आलु, सुन्तला, जुनार र गोलभेँडा ग्रेडर, अदुवा, वेसार धुने मेशिन, सोलार ड्रायर, क्याटल फिडर, चाफ कटर, हाइड्रोपोनिक मेशिन, युरिया मोलासेस मिनरल ब्लक मेशिन, माछा सफा गर्ने मेशिन र हाते ड्रिल बन्ने गरेको छ ।  
उनकोबाट सामाग्री लैजाने किसानहरुले श्रेष्ठबाट एकदमै प्रभावित भईरहेका छन् । किसानहरु आउँदा सागसब्जी समेत खुसीले ल्याइदिने उनी वताउँछन् । अहिलेसम्म जतिले सामान लगेका छन्, सवै खुसी छन् । मर्मत गर्न समेत मेकानिक्सहरु उनीहरुको घरैमा पठाईदिने गरेका छन्, उनले । सुरुसुरुमा पावर ट्रेलर मात्रै अनुदानमा दिइन्थ्यो । त्यस बेलाका कृषि सचिव डा.सुरज पोखरेललाई दाङमा वितरण गरिएको ८५ वटा पावर ट्रिलरको दुरुपयोग भएको भिडियो खिचेर देखाएको उनी अझै सम्झिन्छन् । पावर ट्रेलरहरु सामान ढुवानीमा बढी प्रयोग हुन थाल्यो । त्यती मात्रै नभएर नेपालको खेतीयोग्य जमिनका यस्ता ठूला मेशिन प्रयोग गर्न पनि गाह्रो हुने अवस्था आएको उनी बताउँछन् । त्यसपछि मिनी टिलर प्राथामिकतामा पर्न थालेको श्रेष्ठ बताउँछन् । 


नेपालमै उत्पादन भएका कृषि औजार लिन चाहनेहरुले सिधै गोविन्दभक्त श्रेष्ठसंग सम्पर्क गर्न सक्नुहुनेछ ।
फोन नं.९७५१०१५१५३/९८५१०१५१५३

No comments:

Post a Comment