https://www.onlinekhabar.com/2018/10/712603
‘तालिम, पोर्नसाइट प्रतिवन्ध वा मदिरा निषेधले बलात्कार रोकिँदैन’
Share to TwitterShare to Email
‘तालिम, पोर्नसाइट प्रतिवन्ध वा मदिरा निषेधले बलात्कार रोकिँदैन’
'सकारात्मक पुरुषत्वको खाँचो छ, अब पुरुषहरू अगाडि आउनुपर्यो'
२४ असोज, काठमाडौं । साउदी अरबबाट फर्किँदा त्रिभुवन अन्तराष्ट्रिय
विमानस्थलमा लुटिएकी र प्रहरीबाटै बलात्कृत भोजपुरकी सीता राईलाई न्याय माग
गर्दै देशभरि आवाज उठेको थियो । त्यतिबेला बलात्कारविरुद्ध ‘अकुपाई
बालुवाटार’ अभियान नै चल्यो ।
साउदीमा चार बवर्ष बसेर ०७० सालमा स्वदेश फर्केकी सीतामाथि आफ्नै देशमा भएको यो आपराधिक घटनापछि विन्दु ठाकुर, शिवा हासमीलगायत पीडितको मुद्दा सर्वत्र चासोको विषय बन्यो ।
सरकारलाई दबाव यति बढ्यो कि कानूनमा पहिलोपटक बलात्कार पीडितलाई
क्षतिपूर्तिको व्यवस्था गर्न राज्य बाध्य भयो । घटना भएको ६ महिनासम्म
उजुरी दिन पाइने हद म्यादको व्यवस्था भयो । मुलुकी अपराध संहिता ऐनसम्म आई
पुग्दा एक हद म्याद बढेर एक वर्ष पुगेको छ । तर, बलात्कारका घटना भने कम
भएका छैनन् ।
नेपाल प्रहरी र अदालतमा दर्ता भएका मुद्दाको संख्या हेर्दा पाँच वर्षमै बलात्कारका घटना दोब्बर भएको देखिन्छ । नेपाल प्रहरीमा आर्थिक वर्ष ०६९/०७० मा जबरजस्ती करणीका ६७७ घटना दर्ता भएकोमा ०७३/०७४ मा ११३९ पुगेका छन् । यस्तै सर्वोच्च अदालतमा ०६९ मा २३९४ मुद्दा दर्ता भए भने ०७४ मा यो संख्या ४७९४ पुग्यो ।
यस्तो अपराध किन बढिरहेको छ ? बलात्कार हुनुमा दोषी को छ ? यसका कारणहरु के हुन् ? न्यूनीकरणका उपाय के-के छन् ? यस्ता प्रश्नको जवाफ खोज्न अनलाइनखबरले अधिकारकर्मी डा. रेणु अधिकारीसँग लामो वार्तालाप गरेको छ ।
२८ वर्ष पहिले महिला पुनस्थापना केन्द्र (ओरेक नेपाल) स्थापना गरेर हिंसा पीडित महिलाको पुनस्र्थापनामा सक्रिय डा. अधिकारी महिलालाई वस्तु ठान्ने सोच नै बलात्कारको प्रमुख कारक रहेको बताउँछिन् ।
मदिरा प्रतिबन्ध वा अश्लील साइटमा रोक लगाएर बलात्कारका घटनामा कमी नआउने बरु यसले माइन्ड डाइभर्ट मात्रै गर्ने गरेको उनको बुझाई छ । बलात्कारीलाई कडा सजाय हुनुपर्ने पक्षमा रहेकी उनी फाँसी दिने कानून बनाउन बनाउन नहुनेमा जोड दिन्छिन् ।
अपराधीलाई कारवाहीको दायरामा ल्याउन छोडेर आत्मरक्षाको तालिम सञ्चालन गर्ने सोचले पीडित कमजोर भएकै कारण बलात्कार भएको हो भन्ने सन्देश गएको उनको विश्लेषण छ ।
आत्मरक्षा तालिम आवश्यक भए पनि यसले बलात्कार हुनबाट रोक्न नसक्ने बताउने डा. अधिकारी सबैलाई तालिम दिन सम्भव नभएको बताउँछिन् । डा. अधिकारीको प्रश्न छ- डेढ करोडभन्दा बढी संख्यामा रहेका सबै महिलालाई सरकारले तालिम दिन्छ ? नौ महिनाकी शिशु र ९२ वर्षकी हजुरआमालाई कस्तो आत्मरक्षा तालिम दिने ?
सञ्चारमाध्यममा दिनहुँजसो बलात्कारका समाचार आइरहेका छन् । यो बलात्कारका घटना बढेको संकेत हो ?
अपराधीले सजायको पाएको समाचार पढेपछि पीडितले उजुरी गर्नुपर्ने रहेछ भन्ने सोच बढेको हो । चेतना पनि बढ्दै गएको छ । सञ्चारमा माध्यममा समाचार आएर घट्ना बढ्ने पनि होइन ।
तर, सञ्चार माध्यमलाई मेरो सुझाव के छ भने सनसनी फैलाउने भन्दा पनि समाधान दिने खालका रिपोर्टिङ हुनुपर्छ । त्यस्तो रिपोर्टिङ भइरहेको पनि छ ।
बलात्कार घटना बढ्नुको कारण के हो ?
महिला, गरिब वा पाखा पारिएका समुदायमाथि हुने बलात्कार लगायतका हिंसालाई तीनवटा फ्रेममा राखेर हेर्नुपर्छ । ती हुन्- सैन्यवाद, पुँजीवाद र जडसुत्रवाद ।
‘बच्चालाई दुई थप्पड लगाएपछि भनेको मान्छ वा नियन्त्रण हुन्छ’ भनिन्छ नि, त्यो नै सैन्यवाद हो । सैन्यवाद भनेको आर्मीको बर्दी लगाएर गरिने दमनमात्रै होइन, यो नियन्त्रण गरेरै समस्याको समाधान हुन्छ भन्ने सोच हो ।
जडसुत्रवादका विभिन्न आयाम छन् । त्यस्तो जडसुत्रवादले आफ्नो देश, समूह, जात, धर्म बाहिरका मान्छेमाथि हिंसा गर्न प्रेरित गर्दछ ।
त्यस्तैमध्येको एक हो- अतिराष्ट्रवादी जत्रसुत्रता । उदाहरणका लागि भारत र पाकिस्तान विभाजन हुने बेलामा थुप्रै महिलामाथि बलात्कार भयो ।
हिन्दुले मुस्लिम र मुस्लिमले हिन्दु महिलामाथि बलात्कार गरे । महिलाको शरीरलाई युद्ध मैदान बनाइयो ।
नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री भएका बेलामा भएको एउटा हत्याकाण्डमा सात महिनाकी गर्भवतीको पेट पनि ब्लेडले चिरेर बच्चा निकालेर मारियो । किनभने त्यो मुस्लिमलाई खत्तम गर्नुपर्छ भन्ने अतिवाद थियो ।
पुँजीवादलाई पनि बलात्कारको कारण मान्न नसकिने होइन । पुँजीवादी सोचले पनि कहीँ न कहीँ हिंसालाई प्रश्रय दिएको हुनुपर्छ । तर, जसरी गृहमन्त्रीज्यूले संसदीय समितिमा भन्नुभयो, त्योचाहिँ हास्यास्पद हो ।
हिजो पावरमा भएकाहरूमा अहिले पनि म नै पावरफूल हुँ भन्ने सोच छ । मेयर र उपमेयरमै यस्तो समस्या देखिन्छ । महिला भएकै कारणले प्रायः उपमेयरलाई सजिलै काम गर्न दिइएको छैन ।
सुनसरीकी एकजना उपमेयरले अस्ति भर्खरै मसँग भन्नुभएको थियो, मेयरले नगरपालिकामा आएर श्रीमतीलाई जसरी हप्काएर काम गराउन खोज्छन् । यो उदाहरणले महिला पनि समान हो भन्ने सोचको विकास मेयर जस्तो व्यक्तिमा पनि भएको छैन भन्ने देखाउँछ ।
देशले राष्ट्रप्रमुख, न्यायपालिका प्रमुख, व्यवस्थापिका प्रमुख महिला पाइसकेको छ । कानूनले राज्यका विभिन्न निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ । यस्तो व्यवस्था पनि महिला हिंसा न्यूनीकरणमा किन प्रभावकारी हुन सकेन ?
राजनीतिक सत्ता र सामाजिक सत्ता फरक कुरा हुन् । राजनीतिक सत्तामा महिला आएका छन् । शैक्षिकस्तरमा राम्रो हुँदै गएको छ । तर, महिला समान हो भन्ने सोच पटक्कै आएको छैन ।
संविधानअनुसार महिला, दलित, आदिवासी जनजाति विभिन्न क्षेत्रमा आएका छन् । तर, हिजोको सोच परिवर्तन भएको छैन । राजनीतिक परिवर्तन त भयो । तर, समाजिक रुपमा हिजोकै समूहमा रहेको शक्ति विकेन्द्रीकृत भएन ।
एउटा समूहले थ्रेट पनि फिल गरेको होला । महिला बाठा भए, दलित, मतवाली बाठा भए भन्ने जडसुत्रवादी सोचको अन्त्य भएको छैन । कति महिला अधिकारको कुरा गर्ने ? अब त पुरुष अधिकार चाहिने बेला भयो भन्छन्, क्या ! पुरुषले थ्रेट फिल गरेको छ भन्ने यो सोचले देखाउँछ ।
महिला अधिकार भन्नुको अर्थ पुरुषको अधिकारलाई तल फाल्ने भनेको त होइन नि । महिला अधिकार भनेको त महिला र पुरुषलाई बराबर बनाउने भनेको हो । पितृसत्तावादी सोच कायम रहनु भनेको यस्तो हिंसाले निरन्तरता पाउनु हो ।
पितृसत्ताले बलात्कारका घट्ना बढ्छ भन्ने आधार के हो ?
पितृसत्ताले के भन्छ भने पुरुषलाई तैंले जसरी भए पनि कमाउनुपर्छ । तैँले जसरी पनि परिवार पाल्नुपर्छ भन्छ । छोरा मान्छे भएर रुनु हुँदैन भन्छ । तँलाई कमजोर बन्ने छुट छैन भन्छ ।
पितृसत्ताको यस्तो सोचबाट महिला मात्रै होइन, पुरुष पनि पीडित छन् । पुरुषले समुदायमा आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ । त्यो हुन नसक्दा उसले आफलाई कमजेार फिल गर्छ ।
कमजोर मान्छेले अरुलाई नियन्त्रण गर्न सक्दाखेरी म पनि केही हुँ भन्ने ठान्छ । कमजोरले अर्काको शरीरलाई नियन्त्रण गर्दाखेरि म पनि पुरुष भएँ भन्ने ठान्छ ।
अर्कोतिर द्वन्द्वबाट प्रत्यक्ष प्रभावितको पीडा सबैले देखेका हुन्छौं । तर, यसबाट अप्रत्यक्ष रुपमा धेरै मान्छे प्रभावित भएका हुन्छन् ।
द्वन्द्वले त्यसमा सहभागी नहुनेको पनि मानसिकता खल्बल्याएको हुन्छ । यो कुरा जान्दाजान्दै पनि हामीकहाँ द्वन्द्वपछि उपचार प्रक्रिया त शुरु भएको छैन ।
मानसिक स्थिति चुनौतिपूर्ण अवस्थामा रहेको जमात ठूलो भयो । खासगरी युवा जमात । युवामध्ये पनि पुरुष बढी छन् । यसका लागि ठाउँ ठाउँमा मनोविमर्श केन्द्र खोल्नुपर्दछ ।
हामीले समाजमा विद्यमान द्वन्द्वले प्रभाव पारेको मानसिकताको उपचार गरेनौं । यहाँ मैले दश वर्षे द्वन्द्वको मात्रै कुरा गर्न खोजेको होइन । हिजोदेखि समाजमा जरा गाडेर बसेको कुनै पनि द्वन्द्वको प्रभावको उपचार खोजेका छैनौं ।
यस्तो अपराध न्यूनीकरणमा सरकारको भूमिका कस्तो पाउनुभएको छ ?
कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई कारवाही होस् भनेर हामी मात्रै होइन, सिंगो देश नै लागिरहेको छ । तर, सडकमै उत्रँदा पनि सरकारले अपराधी पत्ता लगाउन सकेको छैन ।
जिम्मेवार सरकार छ भने त सही मुद्दामा दशजना मान्छे सडकमा निस्किए पनि मुद्दा सम्वोधन गर्नुपर्ने हो । सही कामका लागि एक लाख मान्छे नै सडकमा उत्रनुपर्छ भन्ने होइन नि, तर हजारौं जनता सडकमा आउँदा पनि सरकारले सुनिरहेको छैन ।
निर्मला पन्त लगायतका घटना विशेषमा सफलता हात नलागे पनि सरकारले बलात्कारका घटना रोक्न विभिन्न काम गरेको देखिन्छ । जस्तो- पोर्न साइट प्रतिबन्ध, मदिरा र लागु पदार्थविरुद्धको अभियान आदि । तत्काल नतिजा नदेखिए पनि दीर्घकालमा यसले सकारात्मक परिणाम ल्याउला नि ?
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एउटा संस्थासँग मिलेर प्रतिवेदन सार्वजनिक पनि गर्यो । मदिरा र लागु पदार्थ विरुद्धको अभियान चलाउने निर्देशन दिएको मैले पनि सुनेकी छु । यो राम्रो हो । म लागु पदार्थ र मदिरा राम्रो हो भन्ने पक्षमा कदापि छैन ।
धेरैलाई महिला हिंसाको कारण रक्सी वा लागु पदार्थ हो भन्ने पनि लाग्न सक्छ । तर, यसले महिला हिंसा रोकिन्छ भन्नु सोह्रैआना गलत हो । रक्सी बहानामा मात्रै हो । तपाईले अहिलेसम्म रक्सी खाएर अर्काको श्रीमती वा श्रीमान कुटेको पाउनुभएको छ ? छैन नि । आफ्नै श्रीमान वा श्रीमतीलाई कुटेको छ नि ।
यो मान्छेलाई मैले नियन्त्रण गर्न मिल्छ, मैले जे गर्दा पनि हुन्छ भनेर त्यस्तो गरेको हो । उसलाई बहाना चाहिँ के मिल्छ भने मैले जाँड खाएको थिएँ भन्छ ।
रक्सी खाँदा मान्छे अलिकति उत्तेजित त हुन्छ होला । तर, त्यसको मतलब त्यो नै हिंसाको कारण होइन । कारण त महिलालाई सम्पत्ति मान्ने सोच नै हो । समाजले गरिब, कमजोर महिलालाई सम्पत्ति मान्यो । महिलालाई जे गरे पनि हुन्छ भन्ने मान्यता कारक हो यो ।
मदिराविरुद्धको अभियान, लागुपदार्थ विरुद्धको अभियान चलाउनुस् । तर, त्यसले महिला हिंसा अन्त्य हुन्छ भन्ने वाइह्यात तर्क नगर्नुस् ।
अश्लील साइट बन्द गर्ने सरकारको निर्णयपछि अब त बलात्कार केही मात्रामा भए पनि रोकिन्छ होला नि ?
अश्लीलताको परिभाषा के हो ? अस्ति भर्खरै एउटा पत्रिकामा आएको तस्वीर मलाई ट्याग गरेर यस्तो तस्वीरले महिला हिंसा बढ्छ कि बढ्दैन भन्यो ।
हामी समाजमा बस्छौं, त्यसैले पत्रिकामा होस् कि अन्त समाजलाई अशोभनीय काम गर्नुहुँदैन । पक्का हो, समाजको मर्यादामा हामी बस्नै पर्छ । तर म नाँगै छु भन्दैमा बलात्कार गर्ने अधिकार तपाईलाई कसले दियो ?
एउटा उदाहरण हेर्नुस, उच्च रक्तचापको विरामीले नुन खानु हुँदैन । उच्च रक्तचापको विरामीलाई पनि नुन हालेको तरकारी देख्नेबित्तिकै खान त मन लाग्छ होला नि । मुखबाट पानी आउँछ होला नि । तर, त्यो बिरामीले मलाई उच्च रक्तचाप छ है भनेर त्यो तरकारी खाँदैन । मलाई उच्च रक्तचाप छ है भनेर ऊ कुनै पनि रेष्टुरेण्टमा नुन प्रयोग गर्न पाइँदैन भनेर हिँड्दैन ।
यो विषय पनि त्यस्तै हो । ल ठीक छ, केटीको खुल्ला शरीर देखेर पुरुष उत्तेजित भयो रे । त्यस्तो भएपछि कसरी आफूलाई संयम बनाउने भन्ने कुरा पो सिक्नु पर्यो त । उत्तेजना भयो भन्दैमा मनपरी अर्काको शरीर छुएर हिँड्ने त ? यो त हामीले जे गरे पनि हुन्छ । पीडित पो संयमित हुनुपर्छ भन्ने सोच भएन र ?
देशका विभिन्न स्थानमा सञ्चालन भएको आत्मरक्षा तालिमको प्रभाव कस्तो होला ?
आत्मरक्षा तालिमले भोलिदेखि नै महिला हिंसा अन्त्य हुन्छ जसरी प्रचार प्रसार गरिएको छ । सात नम्बर प्रदेशको मुख्यमन्त्रीले उदघाटन गरेर आत्मरक्षा तालिम शुरु गर्नु भएको छ । यस्तो तालिम आफैमा राम्रो हो । आफूमाथि आक्रमण हुँदा आत्मरक्षा गर्ने तालिम सिक्नु नराम्रो हुँदै होइन ।
तर, बलात्कार रोक्न आत्मरक्षा तालिम भन्ने कुरा सही होइन । त्यसको मतलब त के भयो भने महिला तिमीहरू कमजोर छौ, अपराधीको कारणले होइन कि तिमीहरू कमजोर भएका कारणले बलात्कार भएको हो भने जस्तो भएन र ? तिमीहरू बलियो होउ र पिटेर लखेट्देउन भनेको भयो ।
सभ्य समाजले यस्तो अपराधलाई रोक्ने नीति पो लिनु पर्यो त । पीडकलाई नियन्त्रण गर्ने नीति लिनु त कता हो कता, उल्टै पीडितलाई दोषी देखाउने सोच यसमा पनि देखिन्छ ।
ल ठीक छ । एकछिन तपाईले भने जसरी नै आत्मरक्षा तालिमले महिला हिंसा रोकिन्छ भन्ने पनि मानौं । तर, डेढ करोडभन्दा बढी संख्यामा रहेका सबै महिलालाई सरकारले तालिम दिन्छ ? नौ महिनाकी शिशु र ९२ वर्षकी हजुरआमालाई कस्तो आत्मरक्षा तालिम दिने ?
सरकारले गरेको पोर्न साइट, आत्मरक्षा तालिम, मदिरा-लागु पदार्थविरुद्धको अभियानले माइन्ड डाइभर्ट गर्ने काम गरिरहेको छ ।
हामीकहाँ अहिले कहीँ पनि यौनको विषयमा जानकारी दिने ठाउँ छैन । कतिपय मान्छेहरूले इन्टरनेटबाटै जानकारी लिएका छन् ।
अश्लीलतालाई कहाँसम्म राख्ने भन्ने प्रश्न पनि छ । कुन कुरा अश्लील हो र कुन यौन शिक्षा हो भन्ने कसले छुट्याउने ? पुरुष वा महिलाको शरीरको बनावट कस्तो हुने भन्ने विषय शिक्षकले छोपेर अगाडि बढाउँछ । विद्यार्थीलाई खुलेर पढाउन सक्दैनन् ।
म मेडिकल डाक्टर हुँ । मैले आफ्नो काम शुरु गर्दा एकदमै पढेलेखेका महिलाहरूबीच सर्भे गरेकी थिएँ । महिलाको पिसाब फेर्ने र महिनावारी हुने अंग फरक हुन्छ भन्ने पढे लेखेका धेरै महिलालाई नै थाहा रहेनछ । थाहा छैन भनेर उडाउन खोजेकी होइन । महिलालाई नै महिला अंगको विषयमा थाहा रहनेछ भनेकी हुँ । यस्ता कुराहरू मान्छेले इन्टरनेटबाट सिकिरहेका छन् भने त्यसलाई अन्यथा लिनु त भएन नि ।
यौन शिक्षा दिने र अश्लील वेभसाइटबीच भिन्नता हुनु जरुरी छ । कुन उमेरकाले कस्तो सामग्री पढ्न हेर्न मिल्ने भन्ने पनि स्पष्ट हुनुपर्छ ।
टेलिभिजनमै पनि १४ वर्षमुनिका बालबालिकाले हेर्न नमिल्ने कुरा आइरहेको हुन्छ । वयस्कका लागि मात्रै भन्ने पनि लेखिएको हुँदैन । यो विषयमा निरपेक्ष तरिकाले जानुभन्दा पनि लजिकल हुनुपर्छ ।
शिशुदेखि लिएर हजुरआमासम्म भइरहेको यस्तो अपराधलाई यौनसँग जोडेर हेर्न मिल्ला ?
मिल्दैन । यस्तो अपराध मानसिकरुपमा विकृत मान्छेले गर्ने हो । बलात्कार भनेको यौन सन्तुष्टिसँग मात्रै जोडिने विषय होइन ।
बलात्कार बढ्नुको अर्थ हाम्रो देशमा मानसिकरुपमा विकृत पुरुषको संख्या बढ्नु हो । उनीहरूको पनि मानसिक उपचारको खाँचो छ ।
नेपाल प्रहरीमा दर्ता भएको एक हजार वटा बलात्कारका घट्नाका पीडित मध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेरका छन् । यो उमेर समूहलाई अपराधीले किन टार्गेट गरेको होला ?
शारीरिकरुपमा नियन्त्रण गर्न र फकाउन सक्ने भएकाले उनीहरू यस्तो अपराधको शिकार भइरहेका छन् । तपाईले भन्नुभएको तथ्यांकले यो उमेरका बच्चाहरू पोर्नोग्राफिक चलचित्रका लागि दुरुपयोग त भइरहेको छैन भन्ने आशंका पनि जन्माएको छ ।
अर्कोतिर प्रेम गर्ने भनेर ‘डेट रेप’ पनि हुने गरेको छ ।
शारीरिक अपाङ्गता भएका, गरिब महिलाहरूमाथि यस्तो अपराध हुनुको कारण यिनीहरूले के गर्न सक्छन् र भनेर हो । मलाई कसैले केही गर्न सक्दैन भनेर यस्तो गरेका हुन् ।
मुलुकी अपराध संहितामा भएको बलात्कारसम्बन्धी प्रावधान पर्याप्त छ ?
यो विषय कानूनले मात्रै समाधान पनि हुँदैन । मानसिकता नै परिवर्तन हुनुपर्दछ । बलात्कारसम्बन्धी कानूनी प्रावधान नराम्रो छैन । क्षतिपूर्ति, एक वर्षको हदम्याद जस्ता कानूनी प्रावधान राम्रो छ ।
कानून राम्रो भएर मात्रै पुग्दैन । किनभने, कानूनले न्याय दिने भनेको प्रमाणको आधारमा हो । प्रमाण नहुने हो भने त जस्तोसुकै अपराधीलाई पनि कारवाही नै हुँदैन ।
प्रमाण संकलन गर्ने ठाउँ ठीक छैन । राम्रो प्रहरी नभएको होइन, तर अनुसन्धान निकै फितलो छ ।
जस्तो- निर्मला पन्तको कुरा शुरुदेखि नै गिजोलिएको छ । अब दोषी प्रमाणित नभएसम्म सार्वजनिक गर्न सक्ने अवस्था छैन । डिल्लीराज विष्टलाई सरकार कारवाहीको दायरमा ल्याउनु पर्छ । किनभने, उसले अनुसन्धान दह्रोसँग गरेन ।
यो प्रहरीमाथि नै शंका भएको घटना हो । तर, छानविन समितिमा प्रहरी नै राखिएको छ ।
सरकारी मान्छेले सरकारी मान्छेलाई संरक्षण नै गर्छ । मेरो विगत अनुभव पनि यही भन्छ । यस्तै हुँदा नै मैले सीता राईको केसमा राजीनामा दिएर निस्केकी हुँ । निर्मला पन्तको विषयमा सर्वपक्षीय टीम बनाउन सरकार किन डरायो ? समितिमा पुरुषको बाहुल्यता किन हुन्छ । नियत त्यस्तो नहोला । तर, परिस्थितिले नियत हो भन्ने ।
प्रहरीमा पनि पितृसत्तात्मक सोच छ । उच्चस्तरको अनुसन्धान पनि हुने गरेको छ तर त्यस्तो अनुसन्धान ठूलो दबाव आएपछि मात्रै । कानूनबारे अझै सबैलाई जानकारी छैन । अनुसन्धान राम्रोहोस् भनेर हामीले पनि सहयोग गर्नुपर्दछ ।
कतिपयले सजाय कम भएर पनि बलात्कार बढेको भनेका छन् । अझै कडा सजाय आवश्यक देख्नुहुन्छ ?
तपाईले फाँसीतर्फ इंगित गर्न खोज्नुभएको हो भने म त्यसको पक्षमा छैन । फाँसी दिएर कहीँ पनि अपराध कम भएको छैन । फाँसीको व्यवस्था भयो भने प्रहरीले झन कम अनुसन्धान गर्छ ।
जुन देशमा अनुसन्धानको प्रक्रिया राम्रो छैन, त्यस्तो देशमा त यस्तो व्यवस्था गर्नै हुँदैन । त्यस्तो व्यवस्था भएको भए निर्मला पन्तकै मुद्दामा दिलिपसिंह विष्टलाई फाँसीमा हालिसक्ने रहेछ ।
निर्दोष मान्छे फाँसीमा पर्ने सम्भावना हुनु भनेको त राम्रो होइन नि । पहिलो कुरा, निर्दोष मान्छे समातिनु नै भएन । तर, समातिहाले पनि फाँसीको व्यवस्था नराखेपछि निर्दोषको ज्यान त गएन नि । निर्दोषिता प्रमाणित भयो, उ फर्केर त आउँछ । (जस्तो- १३ वर्ष जेल बसेपछि निर्दोष सावित भएको घटना )
बलात्कारीलाई अधिकतम सजाय के हुनुपर्ला त ?
म सर्वस्वसहित जन्मकैदको पक्षमा छु । कतिपय साथीहरूबाट सर्वस्वहरण गर्नुहुँदैन, त्यसो गर्दा अपराधीको परिवारका सदस्यलाई असर पर्छ, उनीहरूको त दोष छ भन्ने कुरा पनि आएको छ । यसमा छलफल हुन बाँकी छ । बलात्कारीलाई कुनै दिवस वा अवसरको बहानामा उन्मुक्ति दिनुहुँदैन । उसलाई फिल हुनुपर्छ यो अपराध भनेको कति ठूलो हो भनेर ।
अपराधीलाई सजाय र पीडितले न्याय नै नपाइरहेको अवस्था छ । पीडितको पुनःस्थापनाको अवस्था चाहिँ कस्तो पाउनुभएको छ ?
पुनस्र्थापना ? त्यो त नेपालमा छँदैछैन भन्दा पनि हुन्छ । हेर्नुस्, पीडित हुने भनेकै सबैभन्दा बढी समाजमा पछि परेका महिला हुन् । जो समाजमा स्थापित नै छैन, उसलाई के पुनस्थापना ? पहिला त महिलालाई समाजलाई स्थापित गर्नुपर्यो नि ।
स्थापित नै नभएकालाई त्यहाँ लगेर राखियो भने फेरि पीडित हुँदोरहेछ भन्ने म प्रमाणसहित भन्न सक्छु । सिराहामा मानसिक अवस्था कमजोर भएकी एक बालिकालाई शिक्षकले बलात्कार गर्दोरहेछ ।
शिक्षक पक्राउ पनि परे । जिल्ला अदालतले दोषी पनि ठहर गर्यो । पछि उच्च अदालतले धरौटीमा रिहा गर्यो । त्यहाँबाट गएपछि उसले फेरि बलात्कार गर्यो । अवस्था यस्तो छ ।
सुरक्षागृहमा तीन महिनासम्म राख्न पाइन्छ । त्यसपछि पीडित त ती बालिकाजस्तै समाजमै गएर बस्नुपर्छ । मेरो विचारमा पुनस्थापना नहुँदा पनि महिला हिंसा बढेको हो ।
निर्मला पन्तको घटना पनि डीएनएको वरिपरि अल्मलियो । बलात्कारजस्तो अपराधमा यो विधिको प्रयोग कत्तिको प्रभावी मान्नुहुन्छ ?
मोरङको केही वर्ष पहिलेको घटना हो । दुईजनाले बलात्कार गरेका रहेछन् । पीडक पक्ष एकदमै बलियो थियो । अन्तिममा डीएनएमा जाने भए । पीडित बालिका गर्भवती भएकी थिइन् । बच्चासँग डीएनए मिलाउँदा एकजनासँग मिलेन । अर्को एक जनासँग मात्रै मिल्यो ।
जसको मिलेन, उ बलात्कारी होइन भनेर छुट्यो । गर्भवती हुँदा त पछिल्लो पटक बलात्कार गर्नेबाट भयो होला नि त । तर, अर्को बलात्कारी त्यही आधारमा छुट्यो । डीएनएले यस्तो समस्या ल्याउँदोरहेछ ।
डीएनए अन्तिम उपाय हो । तर, डीएनए मात्रै सबथोक होइन । सारा सिस्टम नै गञ्जागोल छ भने नमूना संकलन, ल्याब, नतिजा प्रकाशन पो कति विश्वस्त होला ।
१५ प्रतिशत बलात्कार घरभित्र भएको अनुसन्धानबाट देखिन्छ । मुख्य कुरा, छोरी भनेको सम्पत्ति होइन भन्ने सन्देश जानुपर्छ ।
बलात्कार रोक्न निरन्तरको अभियान चाहिन्छ । त्यसैले हामी अहिले गाउँपालिका र नगरपालिकासँग मिलेर काम गरिरहेका छौं, खासगरी उपमेयरहरूसँग ।
बलात्कार लगायत महिलामाथि हुने सम्पूर्ण हिंसाको जड भनेको महिलालाई जे गर्दा पनि हुन्छ भन्ने सोच हो । स्थानीय सरकारलाई हामीले टोलटोलमा चेतनामूलक कार्यक्रम गर्नुस् भनेका छौं । महिला र पुरुष समान हो भन्ने चेतना जगाउनुस् भनेका छौं । महिला वा पुरुषलाई विभेद गर्नु भनेको हिंसा हो भन्ने कुरा फैलाउनुस् भनेका छौं ।
जबसम्म घरभित्र श्रीमानलाई श्रीमती बलात्कार गर्ने छुट हुन्छ, बाहिर पनि यस्तो घटना भइरहन्छ । घरमा पनि श्रीमतीको इच्छाविपरीत मैले छुनुहुँदैन भन्ने मान्यता स्थापित हुनुपर्यो । समाजमा पनि त्यही मान्यता स्थापित गराउनुपर्छ र यसका लागि तपाईहरूले भूमिका खेल्नुस् भनिरहेका छौं ।
विद्यालय तहबाट नै सकारात्मक पुरुषत्वको कुरा सिकाउनुपर्दछ । अहिले हेर्दा सबै नेपाली पुरुषजति बलात्कारी हो कि जस्तो देखिन्छ । यो कुरा त सही होइन नि । ए बाबा, नेपाली पुरुषहरू त्यति खराब त होइनन् नि ।
बलात्कारका घट्ना रोक्न केके गर्नुपर्ला ?
समुदायदेखि नै सोच बदल्ने अभियान शुरु गर्नुपर्छ । राष्ट्रिय तहकै नेताहरूको सोचमा पनि परिवर्तन आवश्यक छ । उहाँहरूबाट दण्डहीनता अन्त्य गर्छु भन्ने प्रतिवद्धता आउनुपर्छ ।
उजुरी परिसकेका यौन हिंसाका अपराधमा मात्रै सरकारले धमाधम अपराधी समात्न थाल्ने हो भने सरकारले कडा गर्दो रहेछ भन्ने सन्देश त जान्छ नि । द्वन्द्वपछि प्रहरीको पुनर्संरचना हुनुपर्ने हो, त्यो पनि हुन सकेको छैन । उहाँहरूलाई तालिमको पनि आवश्यकता छ ।
राम्रो प्रहरी अधिकृत भएको ठाउँमा सहज तरिकाले अनुसन्धान प्रक्रिया अगाडि बढेको पनि छ । तर, जनताले त प्रत्येक प्रहरी राम्रो खोज्ने हो नि । एकजना पनि प्रहरी अधिकारी खराब भयो भने पीडितले न्याय पाउने सम्भावना त हुँदैन ।
संविधानको समानताको हकमा प्रत्याभूत गरिएका कुरा कार्यान्वयन गर्नुपर्छ । सकारात्मक पुरुषत्वको खाँचो छ । पुरुषमाथि धेरै आरोप लाग्यो, अब पुरुषहरू अगाडि आउनुपर्यो । समाजमा महिलाभन्दा पनि संवेदनशील पुरुष पाएको छु । यस्ता घटनाले उहाँहरूको धेरै मन दुःखेको छ । उहाँहरू आउनुपर्यो । आउने वातावरण सरकारले पनि बनाउनुपर्यो ।
दण्डहीनताको अन्त्य गर्ने अभियानै सञ्चालन गर्नुपर्छ । पुनस्थापना केन्द्र स्थापना हुनुपर्यो । भित्रैबाट प्रतिवद्धता गर्ने हो भने हामीकहाँ सकारात्मक उपलब्धी हासिल गर्न समय लाग्दैन ।
छोरीलाई नसह भन्ने सिकाउनुपर्छ । संवेदनशील अंगमा तिम्रो इच्छाविना कसैले पनि छुन पाउँदैन भन्ने सिकाउनुपर्यो ।
छोराले अरुलाई दुःख दिने, पीडा दिने गर्दैन । अरुसँग समान व्यवहार गर्ने मात्रै छोरो हो भनेर सिकाउनुपर्यो । घरमा छोराछोरीलाई सकारात्मक पुरुषत्वको शिक्षा दिनु जरुरी छ । समानताको सोच घरबाटै शुरु भएमात्रै समाज तपाई-हामीले चाहेजस्तो अपराधमुक्त बनाउन सक्छौं ।
तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर

सुनसरीकी एकजना उपमेयरले अस्ति भर्खरै मसँग भन्नुभएको थियो, मेयरले नगरपालिकामा आएर श्रीमतीलाई जसरी हप्काएर काम गराउन खोज्छन्अहिले हाम्रो देश संक्रमणकालमा छ । कस्तोखालको संक्रमणकाल भने राजनीतिकरुपमा स्थिर तर सामाजिक सोचको संक्रमण अन्त्य भएको छैन ।

सुरक्षागृहमा तीन महिनासम्म राख्न पाइन्छ । त्यसपछि पीडित त ती बालिकाजस्तै समाजमै गएर बस्नुपर्छ । मेरो विचारमा पुनस्थापना नहुँदा पनि महिला हिंसा बढेको होललितपुरको गौदामचोर घटना पनि प्रहरी अनुसन्धानकै कारण फितलो भयो ।
प्रहरीमा पनि पितृसत्तात्मक सोच छ । उच्चस्तरको अनुसन्धान पनि हुने गरेको छ तर त्यस्तो अनुसन्धान ठूलो दबाव आएपछि मात्रै । कानूनबारे अझै सबैलाई जानकारी छैन । अनुसन्धान राम्रोहोस् भनेर हामीले पनि सहयोग गर्नुपर्दछ ।
कतिपयले सजाय कम भएर पनि बलात्कार बढेको भनेका छन् । अझै कडा सजाय आवश्यक देख्नुहुन्छ ?
तपाईले फाँसीतर्फ इंगित गर्न खोज्नुभएको हो भने म त्यसको पक्षमा छैन । फाँसी दिएर कहीँ पनि अपराध कम भएको छैन । फाँसीको व्यवस्था भयो भने प्रहरीले झन कम अनुसन्धान गर्छ ।
जुन देशमा अनुसन्धानको प्रक्रिया राम्रो छैन, त्यस्तो देशमा त यस्तो व्यवस्था गर्नै हुँदैन । त्यस्तो व्यवस्था भएको भए निर्मला पन्तकै मुद्दामा दिलिपसिंह विष्टलाई फाँसीमा हालिसक्ने रहेछ ।
निर्दोष मान्छे फाँसीमा पर्ने सम्भावना हुनु भनेको त राम्रो होइन नि । पहिलो कुरा, निर्दोष मान्छे समातिनु नै भएन । तर, समातिहाले पनि फाँसीको व्यवस्था नराखेपछि निर्दोषको ज्यान त गएन नि । निर्दोषिता प्रमाणित भयो, उ फर्केर त आउँछ । (जस्तो- १३ वर्ष जेल बसेपछि निर्दोष सावित भएको घटना )
बलात्कारीलाई अधिकतम सजाय के हुनुपर्ला त ?
म सर्वस्वसहित जन्मकैदको पक्षमा छु । कतिपय साथीहरूबाट सर्वस्वहरण गर्नुहुँदैन, त्यसो गर्दा अपराधीको परिवारका सदस्यलाई असर पर्छ, उनीहरूको त दोष छ भन्ने कुरा पनि आएको छ । यसमा छलफल हुन बाँकी छ । बलात्कारीलाई कुनै दिवस वा अवसरको बहानामा उन्मुक्ति दिनुहुँदैन । उसलाई फिल हुनुपर्छ यो अपराध भनेको कति ठूलो हो भनेर ।
अपराधीलाई सजाय र पीडितले न्याय नै नपाइरहेको अवस्था छ । पीडितको पुनःस्थापनाको अवस्था चाहिँ कस्तो पाउनुभएको छ ?
पुनस्र्थापना ? त्यो त नेपालमा छँदैछैन भन्दा पनि हुन्छ । हेर्नुस्, पीडित हुने भनेकै सबैभन्दा बढी समाजमा पछि परेका महिला हुन् । जो समाजमा स्थापित नै छैन, उसलाई के पुनस्थापना ? पहिला त महिलालाई समाजलाई स्थापित गर्नुपर्यो नि ।
स्थापित नै नभएकालाई त्यहाँ लगेर राखियो भने फेरि पीडित हुँदोरहेछ भन्ने म प्रमाणसहित भन्न सक्छु । सिराहामा मानसिक अवस्था कमजोर भएकी एक बालिकालाई शिक्षकले बलात्कार गर्दोरहेछ ।
शिक्षक पक्राउ पनि परे । जिल्ला अदालतले दोषी पनि ठहर गर्यो । पछि उच्च अदालतले धरौटीमा रिहा गर्यो । त्यहाँबाट गएपछि उसले फेरि बलात्कार गर्यो । अवस्था यस्तो छ ।
सुरक्षागृहमा तीन महिनासम्म राख्न पाइन्छ । त्यसपछि पीडित त ती बालिकाजस्तै समाजमै गएर बस्नुपर्छ । मेरो विचारमा पुनस्थापना नहुँदा पनि महिला हिंसा बढेको हो ।
निर्मला पन्तको घटना पनि डीएनएको वरिपरि अल्मलियो । बलात्कारजस्तो अपराधमा यो विधिको प्रयोग कत्तिको प्रभावी मान्नुहुन्छ ?
मोरङको केही वर्ष पहिलेको घटना हो । दुईजनाले बलात्कार गरेका रहेछन् । पीडक पक्ष एकदमै बलियो थियो । अन्तिममा डीएनएमा जाने भए । पीडित बालिका गर्भवती भएकी थिइन् । बच्चासँग डीएनए मिलाउँदा एकजनासँग मिलेन । अर्को एक जनासँग मात्रै मिल्यो ।
जसको मिलेन, उ बलात्कारी होइन भनेर छुट्यो । गर्भवती हुँदा त पछिल्लो पटक बलात्कार गर्नेबाट भयो होला नि त । तर, अर्को बलात्कारी त्यही आधारमा छुट्यो । डीएनएले यस्तो समस्या ल्याउँदोरहेछ ।
डीएनए अन्तिम उपाय हो । तर, डीएनए मात्रै सबथोक होइन । सारा सिस्टम नै गञ्जागोल छ भने नमूना संकलन, ल्याब, नतिजा प्रकाशन पो कति विश्वस्त होला ।
घरमा छोराछोरीलाई सकारात्मक पुरुषत्वको शिक्षा दिनु जरुरी छ । समानताको सोच घरबाटै शुरु भएमात्रै समाज तपाई-हामीले चाहेजस्तो अपराधमुक्त बनाउन सक्छौंयस्तो अपराध नियन्त्रणमा स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्ला ?
१५ प्रतिशत बलात्कार घरभित्र भएको अनुसन्धानबाट देखिन्छ । मुख्य कुरा, छोरी भनेको सम्पत्ति होइन भन्ने सन्देश जानुपर्छ ।
बलात्कार रोक्न निरन्तरको अभियान चाहिन्छ । त्यसैले हामी अहिले गाउँपालिका र नगरपालिकासँग मिलेर काम गरिरहेका छौं, खासगरी उपमेयरहरूसँग ।
बलात्कार लगायत महिलामाथि हुने सम्पूर्ण हिंसाको जड भनेको महिलालाई जे गर्दा पनि हुन्छ भन्ने सोच हो । स्थानीय सरकारलाई हामीले टोलटोलमा चेतनामूलक कार्यक्रम गर्नुस् भनेका छौं । महिला र पुरुष समान हो भन्ने चेतना जगाउनुस् भनेका छौं । महिला वा पुरुषलाई विभेद गर्नु भनेको हिंसा हो भन्ने कुरा फैलाउनुस् भनेका छौं ।
जबसम्म घरभित्र श्रीमानलाई श्रीमती बलात्कार गर्ने छुट हुन्छ, बाहिर पनि यस्तो घटना भइरहन्छ । घरमा पनि श्रीमतीको इच्छाविपरीत मैले छुनुहुँदैन भन्ने मान्यता स्थापित हुनुपर्यो । समाजमा पनि त्यही मान्यता स्थापित गराउनुपर्छ र यसका लागि तपाईहरूले भूमिका खेल्नुस् भनिरहेका छौं ।
विद्यालय तहबाट नै सकारात्मक पुरुषत्वको कुरा सिकाउनुपर्दछ । अहिले हेर्दा सबै नेपाली पुरुषजति बलात्कारी हो कि जस्तो देखिन्छ । यो कुरा त सही होइन नि । ए बाबा, नेपाली पुरुषहरू त्यति खराब त होइनन् नि ।
बलात्कारका घट्ना रोक्न केके गर्नुपर्ला ?
समुदायदेखि नै सोच बदल्ने अभियान शुरु गर्नुपर्छ । राष्ट्रिय तहकै नेताहरूको सोचमा पनि परिवर्तन आवश्यक छ । उहाँहरूबाट दण्डहीनता अन्त्य गर्छु भन्ने प्रतिवद्धता आउनुपर्छ ।
उजुरी परिसकेका यौन हिंसाका अपराधमा मात्रै सरकारले धमाधम अपराधी समात्न थाल्ने हो भने सरकारले कडा गर्दो रहेछ भन्ने सन्देश त जान्छ नि । द्वन्द्वपछि प्रहरीको पुनर्संरचना हुनुपर्ने हो, त्यो पनि हुन सकेको छैन । उहाँहरूलाई तालिमको पनि आवश्यकता छ ।
राम्रो प्रहरी अधिकृत भएको ठाउँमा सहज तरिकाले अनुसन्धान प्रक्रिया अगाडि बढेको पनि छ । तर, जनताले त प्रत्येक प्रहरी राम्रो खोज्ने हो नि । एकजना पनि प्रहरी अधिकारी खराब भयो भने पीडितले न्याय पाउने सम्भावना त हुँदैन ।
संविधानको समानताको हकमा प्रत्याभूत गरिएका कुरा कार्यान्वयन गर्नुपर्छ । सकारात्मक पुरुषत्वको खाँचो छ । पुरुषमाथि धेरै आरोप लाग्यो, अब पुरुषहरू अगाडि आउनुपर्यो । समाजमा महिलाभन्दा पनि संवेदनशील पुरुष पाएको छु । यस्ता घटनाले उहाँहरूको धेरै मन दुःखेको छ । उहाँहरू आउनुपर्यो । आउने वातावरण सरकारले पनि बनाउनुपर्यो ।
दण्डहीनताको अन्त्य गर्ने अभियानै सञ्चालन गर्नुपर्छ । पुनस्थापना केन्द्र स्थापना हुनुपर्यो । भित्रैबाट प्रतिवद्धता गर्ने हो भने हामीकहाँ सकारात्मक उपलब्धी हासिल गर्न समय लाग्दैन ।
छोरीलाई नसह भन्ने सिकाउनुपर्छ । संवेदनशील अंगमा तिम्रो इच्छाविना कसैले पनि छुन पाउँदैन भन्ने सिकाउनुपर्यो ।
छोराले अरुलाई दुःख दिने, पीडा दिने गर्दैन । अरुसँग समान व्यवहार गर्ने मात्रै छोरो हो भनेर सिकाउनुपर्यो । घरमा छोराछोरीलाई सकारात्मक पुरुषत्वको शिक्षा दिनु जरुरी छ । समानताको सोच घरबाटै शुरु भएमात्रै समाज तपाई-हामीले चाहेजस्तो अपराधमुक्त बनाउन सक्छौं ।
तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर
No comments:
Post a Comment