प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
Sunday, November 18, 2018
सात सहरमा वायुको गुणस्तर खस्कियो
http://annapurnapost.com/news/113136
सात सहरमा वायुको गुणस्तर खस्कियो
काठमाडौं :
एक सातादेखि सात सहरमा वायुको गुणस्तर खस्कँदै गएको पाइएको छ। काठमाडौं,
चितवन, नेपालगन्ज, दाङ, पोखरा, ललितपुर र सिमराको वायु प्रदूषण राष्ट्रिय
मापदण्डभन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्यांक छ।
यी सहरमा दुई दशमलव पाँच माइक्रोनका वायुको स्तर ६० पीपीएम (पार्ट पर
मिलियन) भन्दा माथि काटेको छ। यो वायु २४ सै घण्टा श्वासप्रश्वासका लागि
योग्य होइन। श्वासप्रश्वासका लागि वायुको गुणस्तर सरकारले ४० पीपीएम तोकेको
छ। तर सात दिनयता नेपालगन्जमा वायुको गुणस्तर शनिबार एक सय ४५ पीपीएमसम्म
पुगेको छ। यसअघि त्यहाँ एक सय ३८ पीपीएम पुगेको थियो। रत्नपार्कको स्टेसनले
काठमाडौंमा ८८ देखि ९४ पीपीएम मापन गरेको छ। यो अति हानिकारक हो। विश्व
स्वास्थ्य संगठनले २५ पीपीएमसम्मको वायु मात्र श्वासप्रश्वासका लागि योग्य
भनेको छ।
वायुको गुणस्तर खस्किए पनि सम्बन्धित निकायले नियन्त्रण र सावधानीका
कार्यक्रम ल्याउन भने सकेको छैन। गुणस्तर सुधारका लागि कार्यक्रम नरहेको
विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए। जाडो बढेसँगै वायु गुणस्तर
खस्कने भएकाले सावधानी अपनाउन उनको सुझाव छ।
चितवनको वायुको स्तर सौरहामा ६९ देखि ७८, दाङमा ८७, सिमरामा ८७, पोखरा
विश्वविद्यालय स्टेसनमा ५१ देखि ५४, भैंसेपाटीमा २१, धुलिखेलमा ३८ र
पुल्चोकमा ४७ पीपीएम पुगेको छ। वातावरण विभागले रत्नपार्क, शंखपार्क,
भैंसेपाटी, वीरेन्द्र स्कुल भक्तपुर, पुल्चोक ललितपुर, धुलिखेल काभ्रे,
दाङ, नेपालगन्ज, सिमरा, सौरहा, पोखरा विश्वविद्यालय, गण्डकी बोर्डिङ स्कुल
पोखरा, लुम्बिनी र सुनसरीको झुम्कामा मेसिन राखेर वायुप्रदूषण मापन गर्दै
आएको छ।
आइतबार पुल्चोक, पोखरा, सिमरा, चितवन, रत्नपार्क, नेपालगञ्ज र दाङमा
वायुको स्तर ६० देखि एक सय १८ पीपीएमभन्दा बढी रह्यो। यो दिन वीरेन्द्र
स्कुल, गण्डकी बोर्डिङ पोखरा, रूपन्देही र झुम्का स्टेसनले प्रदूषण मापन
गरेनन्।
प्रत्येक तीनतीन सेकेन्डमा लिने वायुलाई सफा राख्न तीनै तहका सरकारले
प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने वातावरणविद् भूषण तुलधारको भनाइ छ। जाडो
छल्न आगो ताप्नेहरू बढ्ने भएकाले त्यसले प्रदूषण बढाउँछ। त्यसैले यसमा
कडाइ गर्नुपर्ने उनको भनाइ छ।
सवारीसाधनले निकाल्ने धूवाँका कारण काठमाडौंमा ३८ प्रतिशत वायुप्रदूषण
हुने गरेको अध्ययनले देखाएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा
प्रतिष्ठान (नास्ट)का प्राज्ञ मदनलाल श्रेष्ठले एक कार्यक्रममा वायु
प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको
बताए। वायु प्रदूषणमा दुई दशमलव पाँच माइक्रोन धूलोका कण मानव स्वास्थ्यका
लागि सबभन्दा हानिकारक हुने उनको भनाइ छ।
No comments:
Post a Comment