Sunday, November 18, 2018

बाहिरी चक्रपथ निर्माण गर्न पूरै जग्गा रोक्का राख्ने तयारी

http://annapurnapost.com/news/113060
बाहिरी चक्रपथ निर्माण गर्न पूरै जग्गा रोक्का राख्ने तयारी
बाहिरी चक्रपथ निर्माण गर्न पूरै जग्गा रोक्का राख्ने तयारी
राजु बास्कोटा
अर्थतन्त्र
 ०२ मङि्सर २०७५ ०९:१३:००    565  shares
काठमाडौं : सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ निर्माण गर्न पूरै (६६.५८ किमी) खण्डमा जग्गा रोक्का गर्ने भएको छ। उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने बाहिरी चक्रपथमा पहिलोखण्ड चोभार–सतुंगल (६.६ किमि) काम अघि बढाउने सहरी विकास सचिव रमेशप्रसाद सिंहले जानकारी दिए।

उनका अनुसार पूरै खण्डका लागि जग्गा रोक्का राख्ने गरी अयोजनाले प्रस्ताव तयार गरी मन्त्रालय पेस गरेको छ। प्राधिकरण आफैंले जग्गा रोक्का राख्न सक्ने भए पनि मन्त्रालयको सहमतिसहित अघि बढ्ने निर्णय गरिएको छ। मन्त्रालयले सडक निर्माणका लागि अधिकारसहितको सम्पूर्ण काम प्राधिकरणबाट गराउने गरी निर्णय गर्न मन्त्रिपरिषद्सम्म प्रस्ताव पेस गर्नेछ।
प्राधिकरणबाट आएको फाइल मन्त्रालयले अध्ययन गरिरहेको जानकारी सिंहले दिए। पहिलोखण्ड अगाडि बढाउने र सबै खण्डको जग्गा रोक्का राख्ने विषय अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको सिंहको भनाइ छ। उनका अनुसार यसअघि समस्या देखिएको चोभार–सतुंगल खण्डमा टुक्रा जग्गा धेरै भएको विषयमा समाधानको विकल्प खोजेर खोज्नुपर्ने देखिएको छ।
काठमाडौं उपत्यकाभित्र बाहिरी चक्रपथ बनाउन आर्थिक वर्ष २०५६÷५७ मा सम्भाव्यता अध्ययन भएको थियो। त्यस क्रममा ७२ किमि रहेको यो सडक विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) पछि भने यसो दूरी ६६.५८ किमि कायम भएको पनि प्राधिकरणले जानकारी दिएको छ।
यो सडकको विभिन्न १० वटाखण्डमा डीपीआर तयार छ। यसमध्ये काठमाडौंको खड्का भद्रकाली–सनडोल खण्डको ६.५ किमि क्षेत्रभित्र चपली घुम्ती, चुनिखेल, बालुवा जगडोल भन्ञ्याङ, गोकर्णेश्वर सनडोल, घट्टेखोला नयाँपाटी सिमाना पर्छ। यसको डीपीआर बनाउन बाँकी रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त ई. दिलीप भण्डारीले जानकारी दिए। उनका अनुसार यही सडकको अर्कोखण्ड भक्तपुरको भातेढिकुरोदेखि अरनिको राजमार्ग हुँदै नयाँ ठिमीसम्मको ५.६ किमि दूरीको पनि डीपीआर बनेको छैन। यो खण्डभित्र भातेढिकुरो अरनिको राजमार्ग नयाँ ठिमी हुँदै राधेराधेसम्म बाहिरी चक्रपथको रेखांकन तय भएको छ। बाँकी आठवटा खण्डको डीपीआर तयार भएर यसको पूर्णविवरण मन्त्रालय पठाएको जानकारी बाहिरी चक्रपथ विकास अयोजना प्रमुखसमेत रहेका भण्डारीले अन्नपूर्णलाई जानकारी दिए।
प्राधिकरण आफैंले जग्गा रोक्का राख्न सक्ने भए पनि मन्त्रालयको सहमतिसहित अघि बढ्ने निर्णय गरिएको छ।
डीपीआर तयार भएका आठवटा खण्डमध्ये काठमाडौंमा पाँच, भक्तपुरमा तीन र ललितपुरमा दुईवटा खण्ड छन्। काठमाडौंको चोभार–सतुङल (६.६ किमि) खण्डभित्र चोभारकै भूतखेल, पाँगा बालकुमारी, मच्छेगाउँ, सतुंगल हुँदै बलम्बुसम्म पुग्छ।
सतुंगल पैयाँटार (१०.९२ किमि)मा सतुंगल–बलम्बु, बलम्बु–चुनिखेल, पुरानो नैकाप–किट्नी भन्ञ्याङ, स्युचाटार–किम्सी, डाडाँ पौवा–सीतापाइला, इचंगुनारायण–रानीवन–पैयाँटारमा चक्रपथ पर्नेछ। पैयाँटार खड्का भद्रकाली (६ किमि)मा धर्मस्थली, काभ्रेस्थली, फुटुङ, टोखा, खड्का भद्रकाली, विष्णुु बूढानीलकण्ठ, चपली घुम्ती हुँदै अगाडि बढ्ने गरी डीपीआर तयार भएको छ। सनडोल–नयाँपाटी–थलीडाँछी (३.९६ किमि) खण्डभित्र चपली घुम्ती, चुनिखेल, बालुवा जगडोल भन्ञ्याङ, गाकर्णेश्वर सनडोल, घट्टेखोला नयाँपाटी सिमानासम्म पर्छ।
भक्तपुरमा तीन खण्ड छन्। यसमध्ये डीपीआर भएको थली डाँछी भातेढिकुरो (९.५१ किमि) भित्र मनोहरा खोला, चागुँनारायण, दुवाकोट, झौखेल, छालिङ, पकौनेपाटी खरीपाटी, बागेश्वरी, सुडाल, ताथली चित्तपोल, भातेढिकुरो अरनिको राजमार्गसम्म बाहिरी चक्रपथको रेखांकनसहितको डीपीआर प्राधिकरणले तयार पारेको छ। यही जिल्लाभित्रको अर्को खण्ड अरनिको राजमार्ग दधिकोट सिरुटार (३.५ किमि)मा नयाँ ठिमी अरनिको राजमार्ग, कटुन्जे, दधिकोट, सिरुटार लभुको सिमानाभित्र रहेको क्षेत्रसम्म डीपीआर नै तयारी अवस्थामा रहेको बाहिरी चक्रपथ आयोजना प्रमुख भण्डारीले बताए।
ललितपुरमा दुवै खण्डको डीपीआर तयार छ। ललितपुरमा लुभु हरिसिद्धि (५ किमि) खण्डमा लुभु, सानागाउँ, हरिसिद्धि र मूलसडक क्षेत्रभित्र यो सकडक पर्छ। यही जिल्लाभित्रको अर्कोखण्ड हरिसिद्धि–खोकना (८.९९ किमि) मा भने हरिसिद्धि, ठैव, भरुवारासी, धापाखेल, सानाकोठी, बुङमती, खोकना, सानोखोकना, चोभार वाग्मती नदी हुँदै बाहिरी चक्रपथ निर्माण हुने रेखांकनसहितको डीपीआर तयार भएको पनि प्राधिकरणले जानकारी दिएको छ।


No comments:

Post a Comment