Tuesday, November 13, 2018

२० वर्षे सवारीसाधन जोगाउन यसरी हुँदैछ चलखेल

https://nepalkhabar.com/np/news/printmedia/49342/
२० वर्षे सवारीसाधन जोगाउन यसरी हुँदैछ चलखेल

सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयू २० वर्षबाट २५ वर्ष पुर्याउने तयारी गरेको छ।
यातायात व्यवस्था विभागका प्राविधिकहरुले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयू २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा वढाउन लागिएको खबर आजको कारोबार दैनिकमा शिव बोहराले लेखेका छन्।
आफ्नै नीति लागू गराउन नसकेको सरकारले व्यवसायीको दवावमा अर्को निर्णय गर्न लागेको छ। यसमा वातावरण मन्त्रालयले मौन समर्थन जनाएको छ
भारतमा सार्वजनिक सवारीको आयू १५ र चीनमा ५ वर्ष मात्रै तोकिएको छ।
तर, नेपालमा भने सार्वजनिक सवारी साधनको आयु हुँदैन भन्दै पुराना सवारीलाई पुरस्कृत गर्नेतर्फ नीति निर्माता नै लागेका छन्।
प्रकाशित २८ कार्तिक २०७५, बुधबार | 2018-11-14 06:52:57

No comments:

Post a Comment