पत्र पत्रिका बाट -साभार
http://rajdhanidaily.com/2017/06/07/36735/दीपशंकर चौलागाईं
कुनै पनि बाधा अवरोध नभए अबको एक वर्षमा
निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट ४ सय ५६ मेगावाट
विद्युत् उत्पान सुरु हुनेछ । अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाको रूपमा
निर्माणाधीन यस आयोजनालाई विद्युत् विकासको कोसेढुंगाकै रूपमा राज्यले
लिएको छ ।
दोलखाको गौरीशंकर गाउँपालिका–१ लामाबगरमा
निर्माणाधीन तामाकोसी जलविद्युत् आयोजना देशकै अत्यन्तै सस्तो जलविद्युत््
आयोजनामध्येको एक हो । यो आयोजनामा स्वदेशी पुँजी लगानी छ । यो आयोजना पूरा
हुनेबित्तिकै देशको विद्युत् माग पूर्णरूपमा पूरा गर्न सकिने जलस्रोत
विज्ञहरूको भनाइ छ ।
माथिल्लो तामाकोसीको क्षमता ४५६ मेगावाट
भए पनिरोल्वालिङ खोला मिसाउँदा वार्षिक २ अर्ब ४५ करोड युनिट विद्युत्
उत्पादन हुने विज्ञहरूको दाबी छ । यो अहिलेसम्म विद्युत् प्राधिकरणको
प्रणालीमा जोडिएको कुल विद्युत्को ६० प्रतिशतभन्दा बढी हुने विद्युत्
प्राधिकरणले जनाएको छ ।विद्युत् प्राधिकरणको आफ्नै अग्रसरतामा निर्माणाधीन
आयोजनाहरूको गति सुस्त छ । आयोजनापूरा हुने समय र लागत दुवैदोब्बर भइरहेका
छन् । तर, त्यही प्राधिकरणका कर्मचारीकै नेतृत्वमा निर्माणाधीन तामाकोसीको
प्रगति उत्साहजनक छ । माथिल्लो तामाकोसी जलविद्युत्् आयोजनाका आयोजना
प्रमुख विज्ञानप्रसादश्रेष्ठको क्षमताका कारण पनि तामाकोसीको प्रगति
उत्साहजनक बनेको नागरिक अगुवाको ठम्याइ छ ।
तामाकोसीमा छिटो काम हुनुमा स्थानीयले
कुनै पनि अवरोध सिर्जना नगर्नु र निर्णय प्रक्रिया छरितो हुनु अर्को मुख्य
कारण हो ।आयोजनाको प्रगति जेठ मसान्तसम्ममा ८९ दशमलव ५ प्रतिशत पूरा भएको छ
। दोलखामा अधिकांश समय वर्षा हुने हुँदा आयोजनाको मुख्य उपकरण ढुवानीमा
केही समस्या देखिए तापनि बाँकी सबै काम उत्साहपूर्ण रूपमा अघि बढेको छ ।
आयोजनाको काम समग्रमा ८८ दशमलव ८ प्रतिशत पूरा भइसकेको आयोजनाले आफ्नो
तथ्यांकमा उल्लेख गरेको छ । आयोजनामा हालसम्म ३३ अर्ब ७६ करोड खर्च भएको छ ।
भूकम्प र नाकाबन्दीको कारण करिब डेढ वर्र्ष ढिलाइ भएको सो आयोजनाको काम
हाल तीव्र गतिमा अघि बढिरहेकाले अबको एक वर्षभित्र उत्पादन गर्ने आयोजनाका
प्रवक्ता डा. गणेश न्यौपानेले बताए । माथिल्लो तामाकोसी जलविद्युत्
आयोजनाको टेलरेस सुरुङ निर्माणको कार्य शतप्रतिशत पूरा भएको प्रवक्ता
न्यौपानेले जानकारी दिए । उनले विद्युत्गृह र ट्रान्सफर्म क्याभन खन्ने
कार्य पनि शतप्रतिशत पूरा भएको जनाए ।
न्यौपाने भन्छन्, ‘हेडबक्स कंक्रिड गर्ने
काम ८८ दशमलव १ प्रतिशत पूरा भएको छ । मुख्य सुरुङ निर्माणको कार्य ८९
दशमलव ८ प्रतिशत र अडिटलगायत अन्य सुरुङहरू खन्ने कार्य ८५ दशमलव ३
प्रतिशत पूरा भएको छ ।’ सोआयोजनाको विनियोजित बजेट ३५ अर्ब २९ करोड रुपैयाँ
थियो भने प्रक्षेपितलागत ४१ अर्ब ७२ करोड राखिएको छ । सरकारले ०७४÷७५ को
बजेट सार्वजनिक गर्दा यस आयोजनालाई ५० करोड रकम विनियोजन गरेको छ ।
यो महिनाभित्र आयोजनाले जिल्ला समन्वय
समितिको बैठक राखी स्थानीयलाई सेयर जारी गर्ने प्रवक्ता न्यौपानेले जानकारी
दिएका छन् । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी पुँजीको १०
प्रतिशत अर्थात् १ अर्ब ५ करोड ९० लाख रुपैयाँबराबरको १ करोड ५ लाख ९० हजार
कित्ता जारी गर्ने छ । यसअघि नै कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने
सञ्चयकर्ता नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने
संस्थाका कर्मचारीका लागि सेयर जारी भइसकेकोकम्पनीले जनाएको छ ।
सार्वजनिक निजी साझेदारीमा बनेको नमुना
आयोजना माथिल्लो तामाकोसी हो । त्यसमा आयोजनाका विद्युत् प्राधिकरण,देशभरका
कर्मचारी सञ्चयकर्ता, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बिमा
संस्थान,दोलखाली जनता, आमसर्वसाधारणको सेयर लगानी छ । त्यस्तै, प्राधिकरण र
आयोजनामा कार्यरत कर्मचारी साथै आयोजनामा ऋण लगानी गर्ने
कर्मचारीहरूकोसेयर लगानी छ । सबै क्षेत्रले स्वामित्व लिएको यो नै देशको
पहिलो र ठूलो आयोजना पनि हो ।माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी १५ माघ
०६४ मा प्रबन्धपत्र अन्तिम रूप दिइएको थियो । त्यही प्रबन्धपत्रमा आयोजना
प्रभावितलाई १० प्रतिशत र सर्वसाधारण नागरिकलाई १५ प्रतिशत सेयर लगानीको
व्यवस्था गरेको हो । त्यही तामाकोसीको व्यवस्थालाई टेकेर चिलिमे
जलविद्युत्् आयोजनाले रसुवावासीलाई १० प्रतिशत सेयर वितरण भयो । तर, आयोजना
प्रभावितलाई र सर्वसाधारणलाई धितोपत्र ऐन २०६३ मा कुनै पनि व्यवस्था थिएन ।
अहिले धितोपत्र ऐन २०६३ को संशोधित ऐन २०७३ मा त्यसलाई स्पष्टपारेको छ ।
तामाकोसी र चिलिमेले गरेकोव्यवस्थालाई नजिर गरेर ऐनमै व्यवस्था भएपछि सबै
जलविद्युत्् आयोजनाहरूले सर्वसाधारण र आयोजना प्रभावितका लागि सेयर
निष्कासन गर्न सहज भएको छ । कतिपयले निष्कासन आह्वानसमेत
गरेका छन् । यसले २५ प्रतिशत लगानी
सर्वसाधारणबाट संकलन गर्ने बाटो खुला भएको छ ।अर्कोतर्फ हरेक उद्योगमा
प्रभावित क्षेत्र र सर्वसाधारणको स्वामित्व सुनिश्चित भएको छ ।तामाकोसीको
चर्चाले जलविद्युत्् कम्पनीले आह्वान गर्ने सार्वजनिक निष्कासनमा
सर्वसाधारणको भिड देखिन्छ । आह्वानगरेको रकमभन्दा १० गुणासम्म आवेदन पर्न
थालेको छ । यसले सर्वसाधारणको आकर्षण जलविद्युत्को सेयरतर्फ बढेको पुष्टि
गर्छ ।
देशले १८ घण्टासम्मको लोडसेडिङ भोगिरहेको
बेला माथिल्लो तामाकोसी निर्माणाधीन थियो । देशको आवश्यकताअनुसार पनि
विनाअवरोध जतिसक्दो चाँडो अन्धकार हटाउन माथिल्लो तामाकोसीलगायत आयोजना
पूरा हुनु जरुरी छ । त्यसैगरी ०७४ अन्तसम्ममा दोलखामै निर्माणाधीन
४०मेगावाटको उपल्लो खानीखोला पूरा हुनेछ । ३० मेगावाटको खानीखोला पनि
अन्तिम चरणमा पुग्नेछ ।
निर्माणाधीन २५ मेगावाटको सिंगटी खोला, ११
मेगावाटको तल्लो खारेखोला, ५ मेगावाटको घट्टेखोलाको काम मध्यतिर पुग्ने
देखिन्छ । नर्बेली कम्पनी स्टाटक्राफ्टले ४ वर्षअघि नै विस्तृत अध्ययन पूरा
गरेको ६५० मेगावाटको तामाकोसी तेस्रोको काम पनि सुरु हुने छाँट देखिएको छ ।
डेढ वर्षअघि स्टाटक्राफ्टले
आयोजनाबाट हात झिकेपछि अलपत्र जस्तो भएको
आयोजनामा ऊर्जा मन्त्रालयको १० वटा मुख्य आयोजनाको सूचीमा राखेर अघि बढाएको
छ । तामाकोसीमा चिनियाँ एक कम्पनीले स्थलगत निरीक्षण सुरु गरेको छ ।
त्यसैगरी जाइकाले पनि स्थलगत निरीक्षण गरेको छ । अपर तामाकोसीकै टेलरेसबाट
निस्केकोपानी प्रयोग गरेर निकाल्ने ८७ मेगावाटको तामाकोसी पाँचौंको अध्ययन
पनि पूरा भएको छ ।त्यसैगरी चिनियाँ सिमाना नजिक ५२ मेगावाटको माथिल्लो
लाप्चे खोलाको पीपीए भएर स्थलगत रूपमा क्याम्प राखेर काम सुरु गरेको छ ।
दोलखामा ६० मेगावाटको खिम्ती १, १० मेगावाटको सिप्रिङ, ३.५२ मेगावाटको
चर्नावती, २.४ मेगावाटको जिरी सिक्री र १ मेगावाटको कुथली बुखरी आयोजना
विद्युत् उत्पादन गरिरहेका आयोजना हुन् । जिरी खोलामा ५ सय किलोवाटको
आयोजना पनि पूरा हुन लागेको छ ।
No comments:
Post a Comment