Monday, July 24, 2017

‘एन्टी ब्याक्टेरियल’ हुन्छ बासी खाना

पत्र पत्रिका बाट  -साभार

http://www.enayapatrika.com/2017/07/25/167726/
बुसतुल्लाह खान, पाकिस्तान   |   १७ मिनेट अगाडि
भारतीय रेलवेका ८० रेल र ७४ रेलवे स्टेसनमा गरिएको एक सर्वेक्षणको रिपोर्टबाट थाहा भएको छ कि रेलका यात्रीलाई जुन खाना दिइन्छ, त्यो प्रायः पुरानो र बासी हुन्छ । त्यसैले यस्ता खाना यात्रुको स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।
तर, यस्ता बेकारका रिपोर्टबाट खाना पाकाउने र खाना खानेमध्ये कसैले पनि अब बिल्कुलै डराउनुपर्दैन । लगातार ताजा, स्वच्छ, स्वस्थ र राम्रो खानाले मानिसको शरीरलाई कीटाणुसित लड्न सक्षम बनाउन सक्दैन । खाना जति बासी या सडेगलेको हुन्छ, त्यति नै एन्टिबायोटिक हुन्छ ।
अब तपाईं यही तथ्यमाथि ध्यान दिनुहोस् कि लगभग ९० वर्षअघि एक स्कटिस चिकित्सक अलेक्जेन्डर फ्लेमिङले यदि आफ्नो प्रयोगशालामा डबल रोटीको एउटा सानो टुक्रा भुल्दैनथे, त्यसमा केही दिनपछि ढुसी पर्दैनथ्यो र यसका कारण आसपासका ब्याक्टेरिया मर्न सुरु हुँदैनथ्यो भने डा. फ्लेमिङलाई यही ढुसीबाट पेनिसिलिन बनाउने सोच आउने थिएन । यदि त्यस्तो नहुँदो हो त पेनिसिलिनबाट एन्टिबायोटिकको क्रान्ति आउने नै थिएन । यस्तो अवस्था कायमै रहेको भए आज पनि करोडौँ मानिस सय वर्षअघि जस्तै सामान्य रुघाखोकीबाटै ज्यान गुमाउन बाध्य हुने थिए ।
के प्रमाणित भयो त ?
यसबाट यो प्रमाणित भयो कि बासी या ढुसी परेको खाना एन्टिबायोटिक हुने भएकाले त्यसलाई तपाईं हामी सबैले भगवान्को प्रसाद ठान्नु ठीक हुन्छ । जब कुनै एनआरआई या एनआरपी युरोप या अमेरिकाबाट दिल्ली या लाहोर आएपछि केही खानपिन गर्नासाथ पेट समातेर शौचालयतिर दौडिरहेको देख्न सकिन्छ । तर, हामीले यहाँ भारत या पाकिस्तानमा कुनै पनि परिकार र कुनै पनि स्थानमा बसेर खाए पनि हाम्रो पेटले कुनै नखरा गर्दैन र ढुंगा, माटो जे खाए पनि सजिलै पचाउँछ । तर, त्यसो भन्दैमा हाम्रो ताजा खानालाई एन्टिबायोटिक बनाउन त्यसलाई बासी बनाउने वा सडाउने, गलाउने आवश्यकता छैन । ताजा खानालाई नै कीटाणुको दुस्मन बनाउन सकिन्छ ।
सडकबाट उड्ने धुलो, माटो र जनावरका गोबर आदि यदि पाक्दै गरेका खानामा परे भने त्यो खाना एन्टिबायोटिक बन्छ । र, त्यस्तो खानाका कारण हाम्रो शरीर एकपटक बिरामी भएपछि फेरि पटक–पटक बिरामी हुँदैन ।
त्यसको व्यवस्थापन
युरोप वा अमेरिकामा कुनै पनि रेस्टुरेन्टमा किचन पछिल्लो भागमा किन हुन्छ भन्नेबारे के तपाईंले कहिल्यै सोच्नुभएको छ ? तर, यसको ठीकविपरीत हाम्रो यहाँका जति पनि रेस्टुरेन्ट र ढाबाहरू छन्, तिनमा किचन सडकतिर र बस्ने व्यवस्था पछिल्तिर किन गरिएको छ ? यसको कुनै कारणबारे कहिल्यै सोच्नुभएको छ ?
किनकि, हामी सबैले स्विकार्ने गरेका छौँ कि सडकबाट उड्ने धुलो, माटो र जनावरका गोबर आदि यदि पाक्दै गरेका खानामा परे भने त्यो खाना एन्टिबायोटिक बन्छ । र, त्यस्तो खानाका कारण हाम्रो शरीर एकपटक बिरामी भएपछि फेरि पटक–पटक बिरामी हुँदैन ।
यतिखेर बजारमा जति पनि बोतलमा बन्द गरिएको पानी बिक्री भइरहेको छ, घिउ र खानेतेलका जुन–जुन ब्रान्ड छन्, सडक किनार या कार्यालयका क्यान्टिन या रेलवेको डाइनिङ, होस्टेलको क्यान्टिन आदिमा जेजे पाकिरहेका छन्, तिनको अनुगमन गर्ने हाम्रा अनुसन्धान संस्था र सर्वेक्षण गर्नेवाला अधिकारी कति सजिलै मुख फुलाएर भनिदिन्छन् कि यस्ता खाना मानिसका लागि उपयोग गर्नलायक छैनन् । यदि यस्तै हुँदो हो त भारतको जनसंख्या पछिल्ला ७० वर्षमा चालीस करोडबाट एक अर्ब तीस करोड र पाकिस्तानको जनसंख्या साढे तीन करोडबाट २० करोडसम्म कसरी पुग्दो हो र ? अनि, जापानको जनसंख्या किन बढ्दैन ?
जब, म पहिलोपटक दिल्लीको यात्रामा गएको थिएँ, मैले एउटा थोत्रो ट्रक देखेँ, जसबाट कालो धुवाँ निस्किरहेको थियो । र, त्यसको पछिल्लो भागमा लेखिएको थियो– यो त यसरी नै चल्छ ।
मेरो पनि बुझाइ यही छ कि खाऊ, पिऊ र कुनै चिन्ता नगर । यदि केही हानिकारक छन् त तिनै मानिस छन्, जो हाम्रो खानपानलाई स्वास्थ्यको दुस्मन बताइरहेका छन् । जे गर्नु छ गर, तर यो त यसरी नै चल्छ ।
(पाकिस्तानबाट बिबिसी हिन्दीका लागि)
बिबिसी हिन्दी डट कमबाट

No comments:

Post a Comment