Wednesday, July 19, 2017

रेबिज रोगबारे त्रास, भ्रम र सत्यता – डा. शेरबहादुर पुन (सेयर गरि सबैलाई जानकारी गराउँ )

पत्र पत्रिका बाट  -साभार   https://npnepalnews.com/2017/07/19/4124

एक महिला छोरीलाई रेबिज सरेको छ कि भन्ने शंका लिएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आएको धेरै दिन भएको छैन । डर र त्रासका साथ छोरीसँगै अस्पताल आएकी उनले रेबिजका कारण भाइलाई गुमाएका रहिछन् । भाइ गुमाएकी ति महिलाको छोरीसँग छिमेकीले आफ्ना बच्चा खेल्न दिएनन् ।
आफ्नो छोरीलाई छिमेकका बच्चासँग खेल्न नदिएपछि मात्र उनी छोरीलाई पनि रेबिज सरेको छ कि भन्ने शंका लिएर अस्पताल आएकी थिइन् । पछि कारण खोज्दै जाँदा के थाहा भयो भने छिमेकीलाई बालबच्चा खेल्दा वा एकले अर्कोलाई छुँदा रेबिज सर्छ भन्ने भ्रम रहेछ ।
पहिला रेबिज रोगी भनेर थाहा नपाएको, सँगै बसेर खाना खाएको र पछि रोग पत्ता लागेपछि आफूलाई पनि सरेको छ कि भन्ने त्रासले निदाउनै नसकेको भनेर कयौँ व्यक्ति अस्पतालको सम्पर्क आउने गरेका छन् । जुन अर्को त्रासको उदाहरण हो ।
रेबिजको एउटा सुई लगाए पुग्छ रे नि डाक्टर साब भनेर आउने पनि छन् । कहिलेकाहीँ त रेबिज विरामीलाई देखेको मात्र भए पनि सुई लगाईदिनुस् न भनेर आउँछन् । यस्ता शंका र भ्रम लिएर अस्पताल आउने धेरै छन् ।
समाजमा अझै पनि रेबिजबारे अन्यौलता वा प्रस्ट जानकारी नहुँदा यो समस्या देखिएको हो । स्वास्थ्यकर्मीमा रेबिजबारे पूर्ण जानकारी नहुनु वा उनीहरुको लागि निर्देशिकाको अभाव, अन्धविश्वास, चेतनामुलक कार्यक्रमको कमी, अनुसन्धानको अभाव र यो रोग लागेपछि मृत्युवरण अनिवार्य हुनु लगाएका कारण नागरिकमा अन्यौता र त्रास पैदा हुने गरेको हो ।
रेबिज बेवास्ता गरिएको रोग
यो जति त्रासयुक्त रोग हो, त्यति नै बेवास्ता गरिएको वा कम चर्चामा आउने रोग पनि हो । हरेक बर्ष सेक्टेम्बर २८ मा मनाउने विश्व रेबिज दिवस कहिले पनि अरु रोगहरु जस्तै मुटु रोग, मधुमेह, क्यान्सर दिवस जस्तो व्यापक रुपमा मनाएको पाईदैन । सूचनाप्रवाह गर्ने सञ्चारमाध्यमले पनि त्यसरी चर्चा गरेको भेटिंदैन ।
यसै विषयमा सेवा दिने हामी (चिकित्साकर्मी) आफÞैं पनि रेबिजÞ दिवसबारे अनविज्ञ देखिन्छौं । सानो समूहले मात्रै रेबिज सम्झने अहिलेको अवस्था हो । रेबिज रोग बारेमा शिक्षण अस्पतालमा पनि विद्यार्थीलाई खासै चासोका साथ अध्यापन गराएको देखिंदैन । नेपालमा बर्षेनी सयौको संख्यामा रेबिजÞका कारणले ज्यान गुमाउने यर्थाथता र गलत उपचार वा सल्लाहको कारणले ज्यान गुमाउन सक्ने जोखिमलाई मध्यनजर गर्ने हो भने रेबिजÞ सम्बन्धी जानकारी हरेक व्यक्ति वा स्वास्थ्यकर्मीले राम्ररी लिनु वा दिनुपर्ने देखिन्छ ।
एक दशक भन्दा बढीको मेरो अनुभवको आधारमा रेबिज रोगबारे देखिएको भ्रम तथा अन्यौललाई केही हदसम्म कम गर्ने र त्यसको निदान गर्ने प्रयास मात्र हो ।
नेपाल सरकारबाट केहि अन्यौल तथा भ्रमबारे सम्बोधन गर्ने गरी जारी गरिएको प्रोटोकोल यस प्रकार छ ।
१) रेबिज रोगीलाई खान दिएको, छोएको, र रेबिजकै कारण ज्यान गएमा मलामीले खोप नलिने ।
२) आलो घाउ नभएको ठाउमा संक्रमितको र्‍याल (थुक) लागेमा ÷खोप नलिने
३) पशुको मुखमा हात हाली औषधि खुवाउँदा घाउ नभएमा /खोप नलिने
४) रोगको संकेत देखिनुपूर्व रोगीको जुठो खाएमा /खोप नलिने
५) रेबिज रोग लागेको जनावरको दुध पिएमा / खोप नलिने
६) घर खेतको मुसा वा छुचुन्द्रोले टोकेमा / खोप नलिने तर टिटानसको सुइ भने लिने
७) मन्दिर वरिपरीका बाँदरले केहि चिज खोस्दा टोकेमा / खोप नलिने तर एकै पटक एकै समयमा धेरैलाई टोकेमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार खोप लिने
यी बाहेक बढी सोधिने जिज्ञासा यस्ता छन्
१. रेबिज बिरामीलाई हेरचाह गरेको व्यक्तिको ¥याल पर्यो वा छुँदा सर्छ ? सर्दैन
२. रेबिज बिरामीलाई हेरचाह गरेको व्यक्तिको परिवारसँग खेल्दा सर्छ ? सर्दैन
३. टोक्ने कुकुर वा जनावर एक महिनापछि मर्यो के गर्ने ? सुइ लगाउनु पर्दैन किनभने रेबिजÞ लागेको कुकुर भए दश दिन भित्र मर्छ ।
४. कुकुरले केहि महिना अगाडि खुट्टामा वा कुनै अंगमा टोकेमा र त्यसपछि त्यो कुकुरको अवस्था थाहा भएन भने जति सक्दो छिटो सुई लगाउने ।
५. रेबिज रोगीको रगत लागेमा के गर्ने ? सुई लगाउनु पर्दैन किनभने रेबिजÞ भाइरस रगतबाट सर्दैन
६. जंगली जनावरले टोकेमा के गर्ने ? छिटो सुई लगाउने किनभने जंगली जनावरमा रेबिजÞबारे पूरा जानकारी हुँदैन
७. पालेको सुंगुर, घोड़ा, खरायो वा बाँदरले टोकेमा के गर्ने ? सुई लगाउनु पर्दैन ।
८. गर्भवती महिलाले सुई लगाउने कि नलगाउने ÷बाहिरको कुकुरले टोकेमा सुई लगाउने ।
९. बाहिरको कुकुरले घरको कुकुरलाई टोकेर त्यसको जुठो खाएमा के गर्ने ? लक्षण देखिनसकेको भए लगाउनु पर्दैन ।
१०. रेबिज सुई लगाए अरु स्वास्थ्य जटिलता आउँछ भन्छन् ? सही के हो ? कसै कसैलाई सामान्य जस्तै सुई लगाएको ठाउँमा दुख्ने, बिबिरा आउने, चिलाउने, हल्का ज्वरो आउने हुन सक्दछ ।
११. रेबिजको एउटा मात्र लगाए पुग्ने सुई हुन्छ रे नि ? हुँदैन, पुरै डोज पाँच वटा लगाउनु पर्छ ।
काठमाडौं उपत्यकाभित्र मात्रै होइन बाहिर पनि रेबिजबारे समय समयमा तालिम दिन सके पनि बर्षेनी रेबिजका कारण ज्यान गुमाउनुपर्ने अवस्थामा केहि हदसम्म कमि आउनेछ । त्यतिमात्र होइन नागरिकलाई रेबिजबारे उब्जने गरेको शंका, अन्यौता र त्रास पनि समाधान गर्न सहयोग पुग्नेछ । यसबारेमा सरकारले पनि बेलैमा सोच्नुपर्ने देखिन्छ ।
(डा. पुन सरुवा रोग अस्पताल टेकुमा कार्यरत हुनुहुन्छ)

No comments:

Post a Comment