Wednesday, July 12, 2017

यस्तो छ नेपालमा डलरमा हुने पीपीएको नालिबेली

पत्र पत्रिका बाट  -साभार    http://www.onlinekhabar.com/2017/07/609360/

अनलाइनखबर


२८ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विदेशी विदेशी परिवर्त्य मुद्रा (अमेरिकी डलर)को लगानीमा निर्माण हुने जलविद्युत आयोजनासँग गरिने विद्युत खरिद बिक्री सम्झौता (पीपीए)को निर्देशिका कार्यान्वयनमा ल्याएको छ ।
निर्देशिकामार्फत डलरमा हुने पीपीएको स्पष्ट निती, भुत्तानीका आधार, विनिमय जोखिम वहन लगायतका विषयलाई स्पष्ट पारिएको छ ।
निर्देशिकका अनुसार अबदेखि प्राधिकरणले विदेशी लगानीमा निर्माण हुने एक सय मेगावाटभन्दा ठूला जलविद्युत आयोजनासँग मात्रै डलरमा पीपीए गर्ने छ । यस्तो व्यवस्थाले एक सय मेगावाटसम्मका जलविद्युत आयोजना निर्माण गर्न स्वदेशी लगानीकर्ता र प्रवर्द्धकलाई उत्साहित बनाउने प्राधिकरणको अपेक्षा छ ।
अधितकम दश वर्ष वा व्यवसायिक विद्युत उत्पादन सुरु दिन (सिओडी) देखि ऋण चुत्ता अवधि (पे-व्याक पिरियड) जुन अघि हुन्छ सोही अवधिसम्मका लागि मात्रै डलरमा पीपीए हुने छ । उक्त अवधि सकिएपछि बाँकी पीपीए अवधिभर सबै रकम नेपाली रुपैयाँमा भुत्तानी हुने व्यवस्था गरिएको छ ।
प्राधिकरणले डलरमा पीपीए हुने नदी प्रवाहमा आधारित (आरओआर)आयोजनाका लागि स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई अहिले दिंदै आएको सुक्खायाम र बर्षायामको क्रमशः ८.४० र ४.८० रुपैयाँ प्रति युनिट दर नै दिने छ ।
जलशायययुक्त र ‘पिकिङ रन अफ रिभर’ आयोजनामा पनि विदेशी लगानी भएमा त्यस्ता आयोजनाका लागि भरखरै तय गरिएको दरको सीमामा रहेर पीपीए गरिने छ ।
पीपीए दर स्थिर गरिएकाले एकातर्फ आयोजनाको प्रवर्द्धकले तय गरेका अनुमानित लागतको कुनै मतलव हुँदैन भने अर्कोतर्फ लागत बढाएर महंगोमा पीपीए गर्न खोज्ने विदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने छ ।
रन अफ रिभर आयोजनाका लागि १६ मंसिरबाट १५ जेठलाई सुख्खायाम र १६ जेठदेखि १५ मंसिरसम्मलाई बर्षायाम कायम गरिएको छ । तर, कुल वाषिर्क ऊर्जाको ३० प्रतिशत शुख्खायाममा नपुर्‍याएमा सुख्खायाम (पुस-चैत) र बर्षायाम ( वैशाख-मंसिर) कायम गरिने व्यवस्था छ । स्वदेशी लगानीकर्तालाई जस्तै विदेशीलाई पनि वाषिर्क ३ प्रतिशतका दरले ८ वटा साधारण मूल्यवृद्धि (स्कालेसन) पाउने व्यवस्था गरिएको छ ।
विदेशी लगानीमा निर्माण हुने आयोजनामा लगानी संरचनाको सीमा पनि निश्चित गरिएको छ । त्यस्ता आयोजनामा स्वपूँजी (इक्विटी)को अंश २० प्रतिशतभन्दा कम र ऋणको अंश अधिकतम ८० प्रतिशत तोकिएको छ । प्रवर्द्धकको इक्विटीमा प्रतिफल १७ प्रतिशतभन्दा नबढ्ने गरि पीपीए दर तय गरिएको छ ।
पीपीए गरिने दिनका लागि नेपाल राष्ट्र बैकले तोकेको डलरको सटही मूल्यलाई स्थिर राखिने छ । यसले हरेक दिनको डलरको विनिमयदरमा आउने उतार चडावले भुक्तानीमा कुनै फरक पार्ने छैन ।
डलरमा पीपीए गरिका आयोजनाबाट उत्पादित विजुलीको बील नेपाली रुपैयाँमा आउने छ । व्यापारिक रूपमा विद्युत् उत्पादन हुन थालेपछि बिल नेपाली रुपैयाँमै आउँछ भने त्यसलाई पीपीए गर्दा स्थिर राखिएको विनिमय दरले गणना गरी डलरमा भुक्तानी दिइने छ ।
तर, कूल लागतको ८० प्रतिशतमा नबढ्ने गरी डलर ऋण लगानी गरेका एक सय मेगावाटभन्दा ठूला आयोजनाले मात्रै डलरमा भुक्तानी पाउने छन् । बाँकी विल नेपाली रुपैयाँमा भुत्तानी हुने व्यवस्था गरिएको छ ।
डलरमा पीपीए गर्दा विनिमय जोखिम (एक्सेन्स रिक्स) बेहोर्न कोष स्थापना गरिने छ । नेपाली मुद्रा कमजोर बनेर डलरमा बिल भुक्तानी गर्दा प्राधिकरणको वित्तीय स्वास्थ्यमा पर्ने जोखिम कम गर्न ‘हेजिङ फण्ड’ स्थापनाको प्रस्ताव गरिएको हो ।
नेपाल राष्ट्र बैकले ‘हेजिङ फण्ड’को स्थापना, संचालन र नियमनको ढांचा तयार गर्ने छ । हेजिङ लागत/प्रिमियम नेपाल सरकार, प्राधिकरण र प्रवर्द्धकले व्यहोर्ने छन् । डलरको सटही दर बढेको अवस्थामा फण्डमार्फत जोखिम व्यहोरिन्छ । यसले गर्दा सटही जोखिम बिजुली खरिदकर्ता (प्राधिकरण) या लगानीकर्ताले ब्यहोनु पर्दैन ।
विद्युत खरिदकर्ता र लगानीकर्ता दुवैलाई मारमा पर्न नदिन विभिन्न मुलुकले हेजिङ फण्ड प्रयोगमा ल्याएका छन् । यस अघि डलरमा पीपीए गरिएका आयोजनाको सटही जोखिम प्राधिकरणले व्यहोर्दै आएको छ ।
विगतमा डलरमा पीपीए गरिएका आयोजनाका नालिबेली
खिम्ती

सुरुमा डलरमा पीपीए गरिएको ६० मेगावाटको खिम्ती आयोजनाले सरकारलाई बुझाउनु पर्ने रोयल्टी, भुत्तानी गर्दा लाग्ने बैक शुल्क र वैदेशिक मुद्राको विनिमय जोखिम पुरै प्राधिकरणले व्यहोरिरहेको छ । १ माघ २०५२मा पीपीए भएको आयोजनाको आधार वर्षको खरिद दर अमेरिकी ५.९५ सेन्ट तय गरिएको थियो ।
उपलब्ध गराईएको ऊर्जाको आधारमा डिमाण्ड चार्ज गणना गरि त्यसका आधारमा भुत्तानी हुने व्यवस्था गरिएको छ । डिमाण्ड चार्जको ९६.७४८६ प्रतिशत डलरमा र ३.२५१४ प्रतिशत नेपाली रुपैयाँमा भुक्तानी हुने व्यवस्था छ । डलरको अंश भुक्तानी दिनको विनिमय दरमा र नेपाली अंशकको सिधै नेपाली रुपैयाँमा भुक्तानी हुने छ ।
डलरको अंशका लागि अमेरिकी उपभोत्ता मूल्य सूचीका आधारमा र नेपाली रुपैयाँ अंशका लागि नेपाल राष्ट्र बैकले निर्धारण उपभोत्ता मूल्य सूचीका आधारमा वाषिर्क मूल्यबृद्धि दिने व्यवस्था छ ।
यो वापत व्यापारिक विद्युत उत्पादन सुरु भएको २० वर्ष पछि खिम्तीको आधार स्वामित्व एक रुपैयाँमा प्राधिकरणमा आउने व्यवस्था छ । सन् २०२०मा खिम्तीको आधा स्वामित्व प्राधिकरणामा आउँदै छ । हाल आयोजनाबाट खरिद गर्ने विद्युतको प्रति युनिट मुल्य ११.५१ रुपैयाँ (रोयल्टी सहित) छ ।
भोटेकोसी
६ साउन २०५३मा भएको भोटेकासीको आधार वर्षको पीपीए दर अमेरिकी ६ सेन्ट्स थियो । भोटेकोसीबाट खरिद हुने विद्युतको भुक्तानी गर्दा बैंक शुल्क र वैदेशिक मुद्राको विनियमय जोखिम प्राधिकरणले पुरै व्यहोर्छ ।
तर, रोयल्टी भने कम्पनीले नै तिर्छ । आयोजनालाई वाषिर्क ०-६ प्रतिशतसम्म मुल्यवृद्धि दिने व्यवस्था गरिएको छ । व्यापारिक उत्पादन सुरु भएको दिनदेखि २५ वर्षसम्म प्राधिकरणले विद्युत खरिद गर्नुपर्ने छ । भाटेकोसीको पीपीए दर अहिले प्रतियुनिट १०.६७ रुपैयाँ छ ।
माथिल्लो मस्र्याङदी ए
५० मेगावाटको माथिल्लो मस्र्याङदी एको विद्यत खरिद दर अमेरिकी ५.९९५ सेन्ट प्रति युनिट छ । आयोजनासँग पीपीए भएको आधार वर्षको १६औँ वर्षसम्म खरिद दरको ९७ प्रतिशत अमेरिकी डलर र तीन प्रतिशत नेपाली रुपैयाँ हुनेछ भने १७औँ वर्षदेखि ९० प्रतिशत अमेरिकी डलर र दश प्रतिशत नेपाली रुपैयाँ हुने व्यवस्था छ ।
१५पटक सम्म वाषिर्क तीन प्रतिशतका दरले चक्रवर्ति बृद्धि दिइने व्यवस्था पीपीएमा गरिएको छ । डलर सटही जोखिम पूरै प्राधिकरणले व्यहोर्ने व्यवस्था छ ।
आयोजनासँग पीपीए भएको आधार वर्षको १६औँ वर्षसम्म खरिद दरको ९७ प्रतिशत अमेरिकी डलर र तीन प्रतिशत नेपाली रुपैयाँ हुनेछ भने १७औँ वर्षदेखि ९० प्रतिशत अमेरिकी डलर र दश प्रतिशत नेपाली रुपैयाँ हुने व्यवस्था छ । आयोजनाको पीपीए दर प्रतियुनिट ७.५० रुपैयाँ छ ।
तल्लो सोलु
८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाकोे ऋण चुक्ता गर्ने अवधि व्यवसायीयकरुपमा विद्युत उत्पादन सुरु मितिले १० वर्ष -१२०औं महिनां सम्म मासिक बिल रकम मध्ये आंशिक रुपमा विदेशी मुद्रामा र नेपाली मुद्रामा भुक्तानी हुने गरि पीपीए गरिएको छ ।
नेपाली रुपैंयामा प्राप्त बिलको यसरी भुक्तानी गर्दा अमेरिकी डलरको तुलनामा नेपाली रुपैंयाको १२ कात्तिक ०७०को नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको बिक्री दर ९८.६८ रुपैयाँ प्रति डलरमा स्थिर राखी आंशिक रुपमा विदेशी मुद्रामा र नेपाली मुद्रामा भुक्तानीको व्यवस्था छ ।
विलमध्ये ४५ प्रतिशत नेपाली रुपैयाँमा भुक्तानी हुन्छ भने बाँकी ५५ प्रतिशत डलरमा भुत्तानी हुन्छ । तल्लो सोलुको वर्षायाममा प्रति यनिट ४.८०रुपैयाँ र सुख्खा याममा प्रति यनिट ८.४० रुपैयाँ पनि पीपीए दर कायम गरिएको छ । ऋण चुक्ता गर्ने अवधि सकिएपछि सम्झौता अवधिसम्म सम्पूर्ण बिल रकम नेपाली रुपैंयाँमा भुक्तानी गरिने छ ।
५ वर्षसम्म दिने ३ प्रतिशत साधारण मूल्यवृद्धि पनि नेपाली रुपैयाँमै हुने छ । डलर सटही जोखिम लिएबापत पीपीए अवधिको अन्तिम ५ वर्षमध्ये सुरुका २ वर्षमा १५ प्रतिशत र बाँकी ३ वर्षमा २५ प्रतिशत निःशुल्क ऊर्जा आयोजनाले प्राधिकरणलाई दिने व्यवस्था छ ।
कावेली ए
नेपाल विद्युत प्राधिकरण र ३७.६ मेगावाटको कोवेली ए जलविद्युत आयोजनाबीच ७ जेठ २०७२मा पीपीए भएको हो । आधार वर्षको पीपीए दर प्रतियुनिट ५.७६६० (भ्याट बाहेक) र ६.२९८५ (भ्याट सहित) सेन्ट्स छ ।
विलको ६० प्रतिशत डलरमा र ४० प्रतिशत नेपाली रुपैयाँमा भुत्तानी हुने व्यवस्था छ । डलर अंशका लागि ३ प्रतिशत र नेपाली रुपैयाँका लागि वाषिर्क ६ रकम सटही जोखिम प्राधिकरणले बेहोर्नेछ ।
तर, १६ वर्षपछि आयोजनाको बोलपत्र आह्वान गर्दाको डलर सटही दर ७१ रुपैयाँ २५ पैसालाई आधार मानी त्यसभन्दा बढीको रकम प्राधिकरण र आयोजनाले आधा-आधा बेहोर्नेछन् ।
२०७४ असार २८ गते १२:५१ मा प्रकाशित

No comments:

Post a Comment